काहुँडाँडा चिनाउन महोत्सव
२२ माघ २०७९
•
४ मिनेट पाठ
काहुँडाँडा चिनाउन महोत्सव
पोखराको उत्तरपूर्वस्थित काहुँडाँडा अहिले आन्तरिक र बाह्य रोजाइको गन्तव्यका रूपमा विकास हुँदैछ। कुनै समय प्रचारप्रसार अभावले गुमनाम जस्तै बनेको यो डाँडा सडकको विस्तारले पर्यटकको रोजाइमा पर्न थालेको छ। यहाँ बनाइएको काहुँ धराहराबाट पोखरा उपत्यका अलवोलक गर्न सकिने भएकाले पनि डाँडा उक्लनेहरू बढिरहेका छन्।




काहुँडाँडाको अझ प्रचारप्रसार गर्न महोत्सव आयोजना गर्न लागिएको छ। पर्यटन प्रवर्द्धन गर्न आगामी फागुन ४ देखि फागुन १४ गतेसम्म काहुँ धरहरा महोत्सव हुने भएको छ। पर्यटन क्षेत्रको प्रवर्द्धन र विकास गर्दै समृद्ध देश निर्माणका लागि महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक संयोजक देवबहादुर गुरुङले बताए।

काहुँको पर्यटन क्षेत्रको विकास गर्दै दृश्यावलोकनको गन्तव्यका रूपमा विकास गर्न सकिने जनकल्याण क्लबका अध्यक्ष समेत रहेका गुरुङले बताए। महोत्सवको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचारप्रसार भएमा काहुँ क्षेत्रको विकासमा सहयोग पुग्ने उनको धारणा छ।

महोत्सव अवधिभर ५० हजार दर्शकले महोत्सवको अवलोकन साथै राष्ट्रिय फूल लालीगुँरास लगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्ने आयोजकले बताएको छ। महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति, खुला भजन चुट्का प्रतियोगिता, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता, लाइभ म्युजिक कन्र्सट, स्थानीय उत्पादनको प्रदर्शनी हुनेछ।

पोखरा महानगरपालिका–११ स्थित यो डाँडाबाट पोखरा महानगरपालिकाभित्रका ३३ वटै वडासहित माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ। करिब दुई हजार दुई सय घरधुरी र १५ हजार जनसंख्या रहेको यस क्षेत्रमा सांस्कृतिक विविधताको समिश्रण अर्थात् ब्राम्हण, क्षेत्री, गुरुङ, मगर र दलितहरूको बसोबास छ।

पोखरा सहरबाट नजिकै रहेको लालीगुराँस फुल्ने काहुँडाँडामा प्राचीन समय काउना खेती गरिने हुँदा काउनोबाट काहुँ हुँदै अपभ्रंश भएर काँहुडाँडा रहन गएको स्थानीयवासीको भनाइ छ। यस क्षेत्रको विकास र प्रचारप्रसारका लागि २०६२ र २०७५ सालमा काँहु धरहरा महोत्सव आयोजना गरिएको थियो।

सकियो नाटक महोत्सव

पोखरा थिएटरको आयोजनामा भएको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव सकिएको छ। यही माघ १४ गते सुरु भएको महोत्सव शनिबार अतिथि नाटकका रूपमा धुमधामको घुमघाम मञ्चनसहित समापन भएको हो। महोत्सवमा प्रदर्शन गरिएको नाटकले विद्यार्थी, शिक्षकसहित आम नाटकप्रेमीको ध्यान तान्न सफल भएको आयोजक पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए।

शनिबारसम्म पाँच हजार दर्शकले पोखरा थिएटरको गन्धर्व नाटकघरमा पुगेर नाटक हेरेको अध्यक्ष परिवर्तनले बताए। ‘महोत्सव सकिंदासम्म झण्डै पाँच हजार दर्शकले महोत्सवमा नाटक हेरे हामीले अपेक्षा गरेभन्दा बढी सफलता पाइरहेका छौं’, उनले भने।

नाटक हेर्न आउने दर्शकले दिएको प्रतिक्रिया आगामी दिनमा नाटक गर्न उत्साह थपेको संस्थापक अध्यक्ष दिलप्रसाद गुरुङले बताए। ‘नाटक महोत्सव एकदम राम्रो भइरहेको छ। सकारात्मक प्रतिक्रिया पाएका छौं। हामीमा उत्साह थपिएको छ’, संस्थापक अध्यक्ष गुरुङले भने।

महोत्सवमा गण्डकी प्रदेशभरका विद्यालयबाट २० वटा नाटक प्रस्तुत भएका थिए। अन्तिम दिन अतिथि नाटकका रूपमा धुमधामको घुमघाम मञ्चन भएको हो। नाटक मञ्चन गरेका प्रत्येक विद्यालयलाई प्रोत्साहनस्वरूप १०–१० हजार रुपैयाँ प्रदान गरिएको अध्यक्ष परिवर्तनले बताए।

वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा बनेको छनोट समितिले नाटक छनोट गरेको हो। छनोट समितिको सदस्यमा कलाकार तथा निर्देशक माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन रहेका थिए। महोत्सवका लागि कुल २९ वटा नाटकको स्क्रिप्ट छनोट समितिसम्म पुगेको थियो। तीमध्ये १९ वटा नाटक छनोट गरेर महोत्सवमा मञ्चन गरिएको नाटक छनोट समितिका संयोजक तथा कलाकार प्रकाश घिमिरेले बताए।

पछिल्ला समय विद्यालयले नाटकको महत्व बुझ्दै गएको संयोजक घिमिरेले बताए। ‘पछिल्लो समयमा नाटकमा विद्यालयको निकै चासो बढेको छ। त्यसैले होला यो पटक २९ विद्यालयले स्क्रिप्ट पठाएका थिए’, उनले भने, ‘यो पटक १०-१२  मात्र राख्ने कि भन्ने थियो तर सबै स्क्रिप्ट राम्रा भएकाले २०  छनोट गरेर मञ्चन भएका हुन्।’ 

यसरी नाटकको विद्यालय स्तरमा महत्त्व बढ्दै गएकाले अबको केही वर्षमा गण्डकी प्रदेश नाट्य क्षेत्रमा अब्बल हुने उनको आकलन छ।

गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञाप्रतिष्ठान, राइट फर चिल्ड्रेनको सहकार्यमा महोत्सव भएको हो। यस अगाडि दुई संस्करणको गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सव गरिसकेको पोखरा थिएटरले पोखरा महानगरपालिकास्तरीय नाटक महोत्सव समेत आयोजना गरेको थियो। रासस
अर्को समाचार
पर्यटनार्थ बाँके राष्ट्रिय निकुञ्जका सबै ‘वन पथ’ खुला
१७ चैत्र २०८०
•
३ मिनेट पाठ
पर्यटनार्थ बाँके राष्ट्रिय निकुञ्जका सबै ‘वन पथ’ खुला
पर्यटन प्रवर्द्धनका लागि दुर्लभ पाटेबाघको फोटो प्रदर्शन गर्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहलगायत। तस्बिर: अर्जुन/नागरिक
बाँके राष्ट्रिय निकुञ्जले स्वदेशी तथा विदेशी पर्यटकका लागि आफ्ना सबै वनपथ (बाटो) खुला राखेको छ।




पर्यटकको आगमनलाई ध्यानमा राख्दै निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट जुनसुकै समयमा पनि टिकट काट्ने व्यवस्था मिलाइएको छ। दुर्लभ पाटेबाघ संरक्षण गर्ने उद्देश्यले २०६७ सालमा स्थापना भएको यो मुलुककै कान्छो राष्ट्रिय निकुञ्ज हो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले निकुञ्ज क्षेत्रमा पर्यटकले दुर्लभ पाटेबाघसहित आहारा प्रजातिका वन्यजन्तु अवलोकन गर्नसक्ने अवस्था रहेको सुनाए।

‘निकुञ्जभित्रका प्रायः वनपथ अहिले चालु अवस्थामा छन्, पर्यटक घुम्न आउनुभयो भने हामी कुनै पनि कुराको कमी हुन दिँदैनौं,’ उनले भने, ‘निकुञ्जभित्र बाघको संख्या चारबाट बढेर अहिले २५ वटामा पुगेको छ, आहारा प्रजातिको संख्या पनि बढेको छ।’

गर्मी याममा निकुञ्जभित्र वन्यजन्तुलाई पिउने पानी अभाव हुन नदिन चालु आवमा पनि थप दुईवटा पोखरी निर्माण गर्न लागेको शाहले जानकारी दिए।

‘निकुञ्जको जलसैनी क्षेत्रमा बाघले पौडी खेलेको चाँडै हेर्न पाइयोस् भन्ने अपेक्षामा छौं, हामीले जलाशय र सिमसारको विकास गर्दै जाने योजना अगाडि बढाइरहेका छौं,’ उनले भने।

स्थापनाको १३ वर्षसम्म निकुञ्ज क्षेत्रमा संरक्षणसँगै पूर्वाधार निर्माणको काम भएको र अब भने पर्यटन प्रवर्द्धनकाे कामलाई केन्द्रमा राखिएको प्रमुख संरक्षण अधिकृत शाहले बताए।

निकुञ्जभित्र वन्यजन्तु अवलोकनका लागि मँचान, घाँसे मैदान, कृत्रिम पोखरी, वनपथजस्ता पूर्वाधार निर्माण गरिएको कार्यालयले जनाएको छ। उनले भने, ‘यसअघि कुनै पनि वर्षमा पाँच सयभन्दा बढी पर्यटक यहाँ घुम्न आएको अवस्था छैन। अब भने कम्तीमा दुई हजारभन्दा बढी पर्यटकको संख्या पुर्‍याउने प्रयासमा छौं, पर्यटनलाई हामी केन्द्रबिन्दुमा राखेर काम गरिरहेका छौं।’

‘पर्यटन प्रवर्द्धनमा समन्वय आवश्यक’

निकुञ्जको पर्यटन प्रवर्द्धन लागि आवश्यक समन्वय हुनुपर्ने यहाँका सरोकारवालाले जोड दिएका छन्। पर्यटन प्रवर्द्धनका लागि निकुञ्ज, होटल व्यवसायी, पर्यटन व्यवसायी, सञ्चारकर्मी, संरक्षण क्षेत्रमा लागेका व्यक्तिलगायत बिच समन्वय हुनुपर्नेमा जोड दिइएको हो। 

निकुञ्ज कार्यालयले मुख्यालय ओभरीमा शुक्रबार गरेको कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका व्यक्तिले सबैभन्दा नजिक र पायक पर्ने स्थानमा रहेको बाँके निकुञ्जमा पर्यटनको प्रचुर सम्भावना रहेको बताए।

निकुञ्जमा पर्यटकलाई तान्न राप्ती नदीमा बोटिङ, निकुञ्ज क्षेत्रमा रिसोर्ट निर्माणजस्ता कुरालाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए।

राप्ती सोनारी गाउँपालिका–८ का वडाध्यक्ष शालिकराम डाँगीले निकुञ्जमा अब पर्यटकलाई बढीभन्दा बढी भित्र्याउन आवश्यक रहेको बताए। पर्यटन प्रवद्र्धनका लागि सरोकार राख्ने निकायबीच समन्वय हुनुपर्नेमा उनले जोड दिए।

प्रमुख संरक्षण अधिकृत शाहले निकुञ्जका लागि नेपाल सरकारको पर्यटन बोर्डले उल्लेखनीय लगानी नगरेको बताए। प्रदेश सरकारसँग पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम भए पनि खासै सहकार्य हुन नसकेको उनले सुनाए।

नेचर गाइड एसोसिएसन बाँकेका अध्यक्ष भीम डाँगीले निकुञ्जमा अझै पनि पूर्वाधार कमी रहेको बताए। ‘निकुञ्जभित्र पर्याप्त मात्रामा वनपथ, घाँसे मैदान, पोखरी छैनन्, चुरेको फेदीमा प्रसस्त पानी छ, त्यहाँसम्म बाटो पुर्‍याउन सकियो भने त्यहाँसम्म लगेर पर्यटकलाई घुमाउन सकिन्छ,’ उनले भने।

होटल सिद्धार्थ नेपालगन्जका केशव न्यौपानेले बाँके निकुञ्जको पर्यटन प्रवर्द्धन गर्नका लागि आफूहरूले पनि प्रयास गरिरहेको बताए। होटलमा बास बस्न आउने पाहुनालाई निकुञ्जबारे जानकारी गराएर घुमाउने वातावरण बनाएको बताए।

रिम्ना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह ढकेरीका अध्यक्ष गोकुल ओलीले निकुञ्जसँगै सामुदायिक वनमा पनि पर्यटकलाई घुमाउने ठाउँ रहेको बताए। ‘मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा पनि निकुञ्जले पर्यटकीय गतिविधि बढाउने खालका कार्यक्रम गर्नुपर्छ,’ उनले भने। 
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस