नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगरबाट स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका–१५ रानीबाट मोरङ जहदा गाउँपालिका–१ का ३२ वर्षीय उदियानन्द सरबरियालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको हो।
सरबरियाको साथमा रहेको ३ लाख ५६ हजार २ सय १० नेपाली रुपैयाँसहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।
भारतको जोगबनीबाट हिँडेर आउँदै गरेका सरबरियालाई शङ्का लागी इलाका प्रहरी कार्यालय रानीको टोलीले चेक गर्दा उनको साथबाट रकम फेला पारेको थियो।
उनको साथबाट फेला परेको रकमको स्रोत खोल्न नसकेपछि आवश्यक कारबाहीका लागि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।
यसअघि पुस २८ गते विराटनगर–१८ का रविप्रकाश साहलाई प्रहरीले स्रोत नखुलेको ७ लाख ९ हजार नेपाली रुपैयाँसहित पक्राउ गरेको थियो।