स्रोत नखुलेको साढे ८३ लाखसहित दुई जना पक्राउ
२१ असार २०७९
•
१ मिनेट पाठ
स्रोत नखुलेको साढे ८३ लाखसहित दुई जना पक्राउ
धनुषाको जनकनन्दनी गाउँपालिका-१ इनर्वा बाट सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ। 




जनकनन्दनी गाउँपालिक ५ का ३६ वर्षीय इश्वर मण्डल र १९ वर्षीय राजेश मण्डललाई ८३ लाख ६४ हजार ५ सय रुपैयाँ सहित पक्राउ गरिएको सशस्त्र प्रहरी छिन्नमस्त गण बर्दिवासले जनाएको छ।

भारतबाट आलुको बोरा लोड गरेर आइरहेको ज ७ प ५००७ नम्बरको मोटरसाइकल रोकेर तलासी गर्दा स्रोत नखुलेको उक्त रकम बरामद भएको जनाइएको छ। 

सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवाल नेतृत्वको टोलीले पक्राउ गरेको स्रोत नखुलेको रकमसहित मोटरसाइकलसंगै दुई जनालाई कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको जनाइएको छ।

फोटो- स्रोत नखुलेको रकमसहित पक्राउ मानिस। 
अर्को समाचार
स्रोत नखुलेको साढे १२ लाखसहित सर्लाहीबाट पाँच जना पक्राउ
०१ माघ २०७९
•
१ मिनेट पाठ
स्रोत नखुलेको साढे १२ लाखसहित सर्लाहीबाट पाँच जना पक्राउ
सर्लाही प्रहरीले स्रोत नखुलेको रकमसहित पाँच जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ। एकै दिन दुई ठाउँबाट स्रोत नखुलेको करिब साढे १२ लाख रुपैयाँसहित सर्लाही प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको हो।




सर्लाही प्रहरीले मलंगवाबाट एक जना भारतीय नागरिक र गोडैताबाट चार जनालाई अवैध रकमसहित नियन्त्रणमा लिएको हो।

सर्लाही सदरमुकाम मलंगवा नगरपालिका २ स्थित नेपाल विद्युत् प्राधिकरणको अगाडि हुँदै भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको भारतको सितामढी जिल्लाको मरिया ग्राम पंचायत ३ तिलहंगीका जयलाल महताका करिब १९ वर्षका छोरा राहुल महतोलाई स्रोत नखुलेको रकम सहित प्रहरीले पक्राउ गरेको हो। महतोबाट दुई लाख नेपाली रुपैयाँ बरामद भएको सर्लाही प्रहरीले जनाएको छ।

यसै गरी गोडैता नगरपालिका १२ लक्ष्मी चोकमा बरहथवाबाट भारततर्फ जाँदै गरेको बागमती प्रदेश ०१– ०२५– च १७९४ नम्बरको स्विफ्ट कार रोकेर चेकजाँच गर्दा करिब साढे दश लाख नेपाली रुपैयाँ बरामद भएको हो। चेकजाँचमा स्रोत नखुलेको १० लाख ४५ हजार नेपाली रुपैयाँ बरामद भएको सर्लाही प्रहरीको भनाइ छ।

रकमसहित कार चालक काठमाडौँ बागेश्वरी मनोहरा नगरपालिका ८ का ३२ वर्षीय पहलाद चापागाईँ, बागेश्वरी मनोहरा नगरपालिका २ का २७ वर्षीय सनम बस्नेत, वडा नम्बर ८ का ३६ वर्षीय शिव चापागाईँ तथा ४८ वर्षीय कृष्ण दाहाल प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपी विजय यादवले जानकारी दिए।

यसै गरी सर्लाही प्रहरीले भारतबाट भन्सार नतिरी अवैध रुपमा नेपाल भित्र्याएका करिब डेढ लाखका सामग्री विभिन्न ठाउँबाट बरामद गरी भन्सार चलान गरेको पनि जनाएको छ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस