महाशिवरात्रीको तयारी पूरा,वृद्धवृद्धाका लागि लाइनमा बस्नु नपर्ने
०५ फागुन २०७९
•
३ मिनेट पाठ
महाशिवरात्रीको तयारी पूरा,वृद्धवृद्धाका लागि लाइनमा बस्नु नपर्ने
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वका लागि सबै तयारी पूरा भएको जनाएको छ।  शुक्रबार कोषका कोषाध्यक्ष नारायण सुवेदीले शिवरात्रीको लागि सबै तयारी पूरा भइसकेको बताएका हुन्।




उनले महाशिवरात्री भक्तजनलाई पूजा आराधनाको लागि शनिबार बिहान ३ बजेदेखि ४ वटै ढोका खुला गर्ने बताए। उनले वृद्धवृद्धाका लागि लाइनमा बस्नु नपर्ने व्यवस्था मिलाएको र एक जना आफन्तले वृद्धवृद्धालाई मन्दिरमा दर्शका लागि लैजान पाउने व्यवस्था गरेको पनि बताए।

पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको मुल शिविर रहनेछ। मुल शिविरसँगै खोजखबर कक्षको व्यवस्थापन गरिनेछ। मेला क्षेत्र र दर्शनमार्गलाई लक्षित गरी सिसि क्यामेराको जडान गर्ने, दर्शनमार्गमा ब्यारिकेड जडान लगायतको कार्यमा र मन्दिरभित्र भीड व्यवस्थापनको लागि नेपाली सेनाको विशेष सहयोग हुनेछ। मन्दिर परिसरमा स्वयंसेवकका लागि नेपाल स्काउट लगायतका ४ हजार स्वयंसेवकहरु रहनेछन्।  

पशुपतिनाथ मन्दिर नजिकै कोर क्षेत्रमा डाक्टर, नर्स, औषधि र बेडसहितिको नेपाली सेनाको मुल स्वास्थ्इ शिविर रहनेछ भने सशस्त्र प्रहरी, नेपाल प्रहरी समेतका गरी करिव ५० वटा स्वास्थ्य शिविर रहेनछन्। आपत्कालीन अवस्थाका लागि एम्बुलेन्स र आगो नियन्त्रक साधन उपलब्ध हुनेछ।

त्यस्तै जुत्ता, चप्पल व्यवस्थापन दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शन्मार्ग १, भुवनेश्वरी नजिक शंकराचार्य मठ पछाडि १, बज्रघर दक्षिणतर्फ १, राममन्दिर नजिक वागमती पारी १ गरी पाँच ठाउँमा व्यवस्थापन गरिने कोषले जनाएको छ। चन्दन वितरण दर्शन गरेर निस्किने कोर क्षेत्रभित्र, जयवागेश्वरी, ब्रजघर अगाडि दक्षिण ढोका र तिलगंगामा समेत रहनेछ। कोषले प्लाष्टिक, काँच, सिसा जस्ता फुट्ने प्रकृतिको कप प्लेट र सामग्रीहरुको प्रयोगमा रोक लगाएको छ।

दर्शन मार्गको रुपमा गुह्वेश्वरी—गौरीघाट, उमाकुण्ड—दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट—१ लाइन, मित्रपार्क— जयवागेश्वरी—इंटापाखा भएर भुवनेश्वरीस्थ्ति फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट—१ लाइन, बत्तिसपुतली—गौशाला, एयरपोर्ट—तिलगंगा भएर पिंगलास्थान—सुमार्गी भवन अघिबाट चार शिवालय— पञ्चदेवल हुँदै दक्षिण ढोकाबाठ १ प्लस १ लाइन गरी बाहिरी रुपमा तीन स्थानबाट दर्शन लाइनहरु रहनेछन्। तिलगंगा राममन्दिरतर्फ समेत आवश्यक्ता अनुसार एक लाइन हुनेछ भने नित्य दर्शनार्थीका लागि बिहान ७ बजेभित्र भुवनेश्वरस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था हुनेछ।

त्यस्तै पार्किङ तथा ट्राफिक व्यवस्थापनको लागिः तिलगंगा कोरिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरहको उपलब्ध ठाउँ, गुह्येश्वरी पारी गरी पाँच स्थानमा व्यवस्थापन गरिएको छ। एयरपोर्ट, गौशाला, चाबहिलको रिङरोडमा यात्रुहरुको चापलाई ध्यानमा राखि सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यक्ता अनुसार डाइभर्सनको समेत व्यवस्था मिलाइनेछ। सडक छेउमा फुटपाथका कुनैपनि पसल राख्न नदिने कोषले जनाएको छ। कोषले मन्दिर परिसरमा मांस, मदिरा तथा कुनैपनि प्रकारका नशालुपदार्थ निषेधित क्षेत्र भएकाले गाँजा, भाङ, जाँडरक्सी जस्ता पदार्थहरुको बिक्रीवितरण, ओसारपसार, भण्डारण एवं सेवन नगर्न आग्रह गरेको छ। कोषले यस पटकको महासवशरात्रीमा करिव २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अभिलाषा राखेको छ।  
अर्को समाचार
विद्युतीय शवदाह
२१ वैशाख २०८१
•
४ मिनेट पाठ
विद्युतीय शवदाह
पशुपति क्षेत्र विकास कोषले आगामी साउनदेखि विद्युतीय शवदाहलाई निःशुल्क बनाउने भएको छ। अहिले यसरी शवदाह गर्दा चार हजार पाँच सय रुपियाँ शुल्क लाग्थ्यो। यो नियम कार्यान्वयनमा आएपछि विद्युतीय मेसिनबाट शवदाह गर्न चाहनेले एक पैसा पनि तिर्नुपर्दैन। शुल्क मात्र हैन, वातावरण र अन्य पक्षबाट हेर्दा पनि कोषको यो पहल सकारात्मक मान्नुपर्छ।




कोषका अनुसार हाल प्रतिदिन सरदर १५ देखि २० वटासम्म शव विद्युतीय मेसिनबाट दाह गरिन्छ। त्यसैगरी ४० देखि ५० वटा शव दाहको माध्यमचाहिँ दाउरा हुने गरेको छ। यसरी विद्युतीय मेसिनबाट दाह गर्दा निःशुल्क बनाउनुका धेरै राम्रा पक्ष छन्। जस्तो– यतिबेला संघीय राजधानी काठमाडौँ विश्वकै प्रदूषित शहरको सूचीमा सूचीकृत हुन पुगेको छ। जसको मुख्य कारण धुवाँ पनि हो। प्रत्येक दिन ५० को हाराहारीमा शव जलाउँदा निस्कने धुवाँले अन्ततोगत्वा प्रदूषणलाई नै साथ दिने हो। यो कार्यले धेरै मानिस दाउराभन्दा विद्युतीय मेसिनतर्फ आकर्षित हुने निश्चित छ। त्यसैले विद्युतीय शवदाहलाई प्राथमिकता दिने कोषको नीति सराहनीय छ।

अर्कोतर्फ नेपाल सरकार जनतासँग अधिक कर उठाउने राष्ट्रमा विश्वमाझ दरिएको छ। उदाहरणका लागि पेट्रोलियम पदार्थ र सवारी साधनमा लिइने करले सर्वसाधारणको ढाडै सेक्ने गरेको छ। कर तिर्न एक दिन मात्र ढिला भएमा पनि दोब्बर/तेब्बर असुल्ने प्रक्रिया मुलुकले अंगालेको छ। यस्तो अवस्थामा बाँचुन्जेल करै कर, जरिवानै जरिवाना तिर्दा तिर्दा हैरान एउटा नेपाली मरिसकेपछि पनि शुल्क तिर्न बाध्य हुन्थ्यो। यसको अन्त्य हुनु निश्चय नै सुखद कुरा हो । तर, विद्युतीय शवदाह गृहको व्यवस्था राजधानीमा मात्र हुँदा यो  सुविधाबाट बाँकी देश विमुख हुनु उचित हुनसक्तैन।

पशुपतिनाथका नाममा १८ हजार रोपनीभन्दा बढी जग्गा छ । यस अर्थमा  आराध्य देवता पशुपतिनाथ नेपालका सबैभन्दा ठूला ‘जमिनदार’ हुन्। उनका अन्य सम्पत्ति पनि धेरै छन्। जसलाई पहुँचवालाले ‘लुटको धन, फुपूको श्राद्ध’ बनाइरहेका छन्। तर पशुपति क्षेत्रभित्र शौच गरेको र अन्य धार्मिक कार्यका लागिसमेत शुल्क तिर्नुपर्ने अवस्था थियो। एकातिर दैनिक लाखौँ रुपियाँ भेटी उठ्ने अर्कोतिर जे गर्न पनि सर्वसाधारणबाट पैसा उठाउने कार्य गलत हो। पूजाआजाका नाममा भक्तजनले चढाउने/स्वस्फूर्त दान गर्ने रकमले नै धेरै ठूलो खर्च धान्न सक्छ, परिसरलाई व्यवस्थित तुल्याउन। भारतको तिरूपति बालाजीमा यस्तै आर्जनबाट दैनिक हजारौँ मानिसले निःशुल्क भोजन गर्न पाउँछन्। अन्य मन्दिरमा पनि यस्ता दृश्य देख्न सकिन्छ। तीभन्दा कम हैसियत नेपाल निवासी हाम्रा भोले बाबाको पनि हैन। यस अर्थमा पशुपति क्षेत्रमा हुने कुनै पनि कामका लागि आर्थिक बोझ सर्वसाधारणलाई बोकाउन जरुरी छैन। कोषले ढिलै भए पनि यो वास्तविकता महसुस गर्नु राम्रो पक्ष हो।

धार्मिक मान्यता र आस्थाका कारण अझै पनि धेरै हिन्दु आफन्तलाई विद्युतीय मेसिनमार्फत दाह गराउन रुचाउँदैनन्। धार्मिक आस्थासँग जोडिएको यो विषयलाई जबर्जस्ती गराउन नमिले पनि विद्युतीय मेसिनद्वारा दाह गराउन आकर्षित गराउने यस्तै परिपाटी अपनाएर हो। अब शव जलाउन दाउरा प्रयोग न्यून गर्दै विद्युतीय मेसिनप्रति आकर्षण बढाउन विशेषगरी धार्मिक गुरुहरूलाई परिचालन गर्ने रणनीति अपनाउनु वेश हुनेछ। यसका राम्रा पक्ष सञ्चार माध्यममार्फत प्रचारप्रसार गर्न सक्दा विद्युतीय दाहसंस्कार झनै प्रभावकारी हुन सक्छ।

खासमा नेपाल कतिपय कुरामा नभएरभन्दा पनि व्यवस्थापन गर्न नजानेर पछाडि परिरहेको छ। खानपिनको कुरा होस् या मन्दिरको आम्दानी सदुपयोग गर्ने कुरा, हामीले ‘माल पाएर पनि चाल नपाएको’ अनुभव भइरहेको छ। एकातिर देवताका नाममा चढाइएको वा पहिल्यै भएको सम्पत्ति टाठाबाठा वा मन्दिरसँग विभिन्न साइनो लगाउनेले खाइदिने अर्कोतर्फ त्यही मन्दिर र परिसरको हालत भने नाजुक हुने यथार्थ सबैतिर देखिँदै आएको हो। यस्तो अवस्थामा कोषले विद्युतीय शवदाहप्रति आकर्षण वृद्धि गर्न लिएको पहलकदमी सबैतर्फबाट सही मान्नुपर्छ।

कोषले आफ्नै विशेषगरी अचल सम्पत्तिको लेखाजोखा गर्न सकेको छैन। उठ्नुपर्ने करोडौँ वक्यौता उठाउन सकेको छैन। कुत उठ्न उत्तिकै बाँकी छ। यसको दर पनि समयसापेक्ष हुन सकेको छैन। नाम मात्रको भाडा तिरेर बस्नेहरूले नै कोषको सम्पत्ति कब्जा गरेका अवस्था छ। यस्तो अवस्थामा अब कोषले यी सम्पूर्ण समस्या समाधान गरी आफ्नो सम्पत्ति संरक्षण गर्ने र त्यसको अधिकतम सदुपयोग गर्ने दृढ संकल्प गर्न जरुरी छ। यस्तो अवस्थामा कोषको सर्वत्र प्रशंसा त्यसरी नै हुनेछ, जसरी अहिले विद्युतीय शवदाहलाई निःशुल्क बनाउने भन्दा भयो।  
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
यो पनि पढौँ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस