वैद्यखानाबाट औषधि उत्पादन सुरु
१४ फागुन २०७९
•
२ मिनेट पाठ
वैद्यखानाबाट औषधि उत्पादन सुरु
झण्डै बन्द हुने अवस्थामा पुगेको सिंहदरबार वैद्यखानाले औषधि उत्पादन गर्न सुरु गरेको छ। वैद्यखानाबाट अहिले १५ थरी औषधि उत्पादन गर्न सुरु गरिएको र निकट भविष्यमै करिब सय थरी औषधि उत्पादन गर्ने योजना रहेको वैद्यखानाका निमित्त कार्यकारी निर्देशक डा. रामदेव यादवले बताए। उनका अनुसार वैद्यखानाले अहिले अश्वगन्धा चुर्ण, सन्दिपन चुर्ण, त्रिफला चुर्ण, षड्विन्दु तेल, केशर गुलगुल, च्यवनप्राश, स्पेसल च्यावनप्राश, हरिद्राखण्ड, शिलाजित, तुलसी चिया, पञ्चसकार चुर्ण, अविपत्तिकरण चुर्णलगायतका १५ थरी औषधि उत्पादनको काम सुरु भइसकेको छ। यसैगरी शिलाजित उत्पादन गर्ने प्रक्रियामा रहेको यादवले बताए।




स्वास्थ्य मन्त्रालयले २०७९ असोजमा डा. यादवलाई वैद्यखानाको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। ‘वैद्यखानामा म आएपछि १५ थरी औषधि उत्पादन गर्न सुरु गरेँ। निकट भविष्यमा सय थरी औषधि उत्पादन गर्ने तयारी गर्दैछु,’ डा. यादवले भने, वैद्यखानामा म आउँदा कर्मचारीले ५ महिनादेखि तलब खान पाएका थिएनन्। म आउनबित्तिकै सबैलाई तलब खुवाएँ।’ वैद्यखानासँग सम्झौता गरेअनुसार ठेकेदारले पर्याप्त जडिबुटी तथा कच्चा पदार्थ उपलब्ध नगराएकाले केही औषधि उत्पादन गर्न ढिलो भएको भन्दै डा. यादवले भने, ‘माग गरेजति जडिबुडी प्राप्त हुनबित्तिकै कम्तीमा १ सय थरी औषधि उत्पादन गर्ने हाम्रो तयारी छ।’ वैद्यखानाले हरके वर्ष जडिबुटी तथा कच्चा सामग्री उपलब्ध गराउन ठेक्का आह्वान गर्ने गर्छ।

२०६० सालसम्म वैद्यखानाले करिब १सय ६५ थरी औषधि उत्पादन गथ्र्यो तर पछिल्लो समय औषधि उत्पादन गर्ने प्रक्रिया सुस्त हुँदै गयो। भदौ/ असोजसम्म वैद्यखानाले ५ थरी मात्र औषधि उत्पादन गरको थियो। वैद्यखानाका दुई उच्च कर्मचारीबीचको विवादले वैद्यखाना निरन्तर आरालो लागेको थियो।  

यसअघि वैद्यखानामा डा. श्यामबाबु यादव र डा. सवरी साह दुवैले आफू कार्यालय प्रमुख भएको दाबी गर्दै कार्यालय प्रमुख बस्ने कुर्सीमा बस्न हानाथाप गरेका थिए। 
अर्को समाचार
वैद्यखानाको पुनर्जीवन
२२ पौष २०८०
•
३ मिनेट पाठ
वैद्यखानाको पुनर्जीवन
‘हरियो वन, नेपालको धन’ भनिन्थ्यो कुनैबेला। यसको मतलव धन भन्नाले वनको काठ मात्र ठानिएको थिएन । जंगलमा पाइने वनजन्य पदार्थका कारण यो निकै ठूलो सम्पत्तिका रूपमा गनिएको थियो। यस्ता वनजन्य चिजबिजमध्ये जडीबुटी पनि मुख्य थियो। जसको उचित प्रयोगले मुलुकलाई समृद्ध तुल्याउन ठूलै भूमिका निर्वाह गर्ने सोचिएको थियो।




यही सोचकै परिणाम हो कि करिब साढे तीन सय वर्षअघि नै यस्तो जडीबुटीको प्रयोग गरी मुलुकमै आयुर्वेदिक औषधि बनाउने उद्देश्यले वैद्यखाना तयार पारिएको थियो। अहिले सिंहदरबार वैद्यखानाका नामले चिनिने यो कारखानाले विक्रम संवत् २०५४/५५ ताकासम्म १६० थरीका औषधि उत्पादन गर्‍थ्यो। जसबाट नेपालीले आफ्नै मुलुकको जडीबुटीयुक्त औषधि सेवन गरी स्वस्थ हुन पाउने अवसर प्राप्त गर्थे।

तर अब यो वास्तविकता इतिहासमा सीमित हुने भएको छ। १६० थरीबाट घट्दै घट्दै गएर २०७९/८० मा मात्र २० थरी औषधि उत्पादन गर्ने अवस्थामा आइपुगेको यो कारखाना त्यसपछि ३ थरीमा झर्‍यो। झन् अहिले त त्यही तीन थरी पनि उत्पादन गर्न नसक्ने गरी थारो पल्टनु वास्तवमै चिन्ताको विषय हो। मुलुकमै प्रचुर मात्रामा उपलब्ध जडीबुटीको अधिकतम उपयोग गर्ने र आफ्ना जनताको स्वास्थ्य अधिकारमा योगदान पुर्‍याउने उद्देश्यले त्यतिबेलै खोलिएको वैद्यखानाको गुणस्तर र शाखा कार्यालयहरू वृद्धि हुँदै जानुपर्ने हो तर भइरहेको उत्पादनसमेत बन्द हुने अवस्थामा पुग्नु सरकारी अक्षमताको पराकाष्टा हो।

अहिले वैद्यखाना कर्मचारी आउने र दिउसोभर चौरमा बसेर घाम तापेर जाने निकायमा परिणत भएको छ। यसरी उत्पादन हुन नसक्नुमा औषधि बनाउने जडीबुटी नहुनु बताइएको छ। अनि जडीबुटीका लागि टेन्डर नै हुन नसक्नुको कारणचाहिँ यो कार्यालय प्रमुखविहीन हुनु हो। त्यसैले यहाँ कहिले प्रमुख नियुक्त हुन्छन्, कहिले जडीबुटीका लागि टेन्डर खुल्छ, कहिले जडीबुटी आपूर्ति हुन्छ र कहिले औषधि बनाउने काम सुरु हुन्छ भन्ने कसैलाई पनि पत्तो छैन।

एकातिर चार महिनादेखि कारखाना बन्द छ। अर्कोतर्फ कर्मचारी कामबिहीन छन्। आम्दानी नभएकै कारण तीन महिनादेखि कर्मचारी र उनीहरूमा आश्रित परिवार आर्थिक तनाव बेहोर्न बाध्य छन्। समग्रमा भन्दा निकै लामो इतिहास बोकेको एउटा गौरवशाली निकाय खण्डहरमा परिणत हुने अवस्थामा छ। तर पनि यसतर्फ सरकारको ध्यान नपुग्नु पनि लापरबाहीको चरम संकेतका रूपमा देखापरेको छ।

नेपालको जडीबुटी ठूलो मात्रामा भारतलगायत तेस्रो मुलुकसम्म निर्यात हुने गरेको छ। नेपालकै निजी औषधि कारखानाहरूले समेत भरपुर उपयोग गर्ने गरेका छन्। पहिलो कुरा त हाम्रो बहुमूल्य जडीबुटी आफैँ प्रशोधन गर्ने र औषधि बनाउने क्षमता नहुँदा विदेश निर्यात गर्नुपरेको छ। जसका कारण थोरै पैसा लिएर ट्रकमा पठाएका आफ्नै जडीबुटीबाट बनेका औषधि धेरै पैसामा केही बोरामा आफैँ भित्र्याउनुपर्ने बाध्यता छ। अर्कोतर्फ थोरै भए पनि यहीँ प्रयोग गरिरहेको निकाय बन्द हुने अवस्था तुल्याएको छ। यसले जसरी बाँसबारी छाला जुत्ता, जनकपुर चुरोट कारखाना, भृकुटी कागज कारखाना, कृषि औजार कारखाना जस्ता उद्योग धराशायी तुल्याएर केही व्यक्ति/घराना पोस्ने राष्ट्रघाती काम भयो, कतै वैद्यखाना बन्द पार्ने नियत पनि त्यसैको निरन्तरता त हैन भन्ने शंका उत्पन्न भएको छ।

वैद्यखानाको अहिले समस्याको मुख्य कारण सरकारी लापरबाही देखिएको छ। सबैभन्दा पहिले यो कार्यालयमा योग्य प्रमुख नियुक्त गर्नुपर्छ। जसलाई कार्यसम्पादन सम्झौता गराएर लक्ष्य दिइ काम गर्ने प्रतिबद्धता व्यक्त गराउनुपर्छ। त्यसपछि ‘फास्ट ट्रयाक’बाट जडीबुटी टेन्डर गरी चाँडोभन्दा चाँडो उत्पादन थाल्नुपर्छ। एकातिर जडीबुटीको अधिकतम उपयोग अर्कोतर्फ स्तरीय उत्पादनमार्फत जनताको स्वास्थ्य अधिकार परिपूर्तिमा योगदान र मुनाफासमेत आर्जन गर्ने अवस्था कार्यालयको मुख्य सर्त हुनुपर्छ। तब मात्र आयुर्वेदिक औषधि आवश्यक पर्ने सर्वसाधारणका साथै ४३ जना कर्मचारीको समेत भविष्य सुखद हुन सक्छ।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस