बाउन्ना र बलान पुल बनेपछि हट्यो बाढीको डर
१४ फागुन २०७९
•
३ मिनेट पाठ
बाउन्ना र बलान पुल बनेपछि हट्यो बाढीको डर
बाउन्ना खोलमा नवनिर्मित पक्की पुल। तस्बिर: महेश्वर
यहाँको उदयपुरगढी गाउँपालिकाको एउटै वडाका २ खोलामा एकैसाथ पक्की पुल निर्माण भएपछि आसपासका स्थानीयबासीलाई वषौँदेखिको खोला बाढीको कहरको डर हटेको छ। उदयपुरगढी गाउँपालिका ७ नं. वडाका बाउन्ना र बलान खोलामा यही महिनादेखि पक्की पुल सञ्चालनमा आएपछि वर्षेनी सहदै आउनु परेको बाढीको चपेटा अन्त्य भएको हो।




पूर्वाधार विकास कार्यालय उदयपुरका प्रमुख (डिई) गंगासागर यादवका अनुसार दुवै पुल प्रदेश सरकार, सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमार्फत निर्माण भएका हुन्। डिई यादवका अनुसार बाउन्ना खोलामा ७२.७ मिटर लम्बाई र ८.४ मिटर चौडाको पुल निर्माणमा मूल्य अभिवृद्धि कर (भ्याट)सहित ९ करोड ६१ लाख ५२ हजार ४ सय ६३ रुपैँया ९४ पैसा खर्च भएको छ।

१० करोड ४३ लाख ८७ हजार १ सय ५९ रुपैँया ९० पैसाको लागत इस्टीमेट भएकोमा निर्माण व्यवसायीहरुबीच घटाघट प्रतिस्पर्धा हुँदा इसिसि–केएम जेवी काठमाडौँले सो मूल्यमा ठेक्का सम्झौता गरेर काम सम्पन्न गरेको हो। ०७७ जेठ ११ गते सम्झौता गरी निर्माण थालेको २ स्पानको पुल तोकिएकै समयावधिभित्र सम्पन्न भएर सञ्चालनमा आएको डिई यादवले बताए। ९ सय मिटर एप्रोच सडक रहेको उक्त आरसिसी प्रविधिको पुल सुरक्षित गर्न नदी नियन्त्रण गर्न १ सय ५० मिटर लामो बाँध पनि बाँधिएको छ।

त्यसैगरी सोही वडाको बलान खोलामा ३४.४ मिटर लामो र ८.४ मिटर चौडाईको १ स्पानको अर्को पक्की पुल पनि भर्खरै सञ्चालनमा आएको छ। ६ करोड ५५ लाख ४३ हजार ४७ रुपैँया ११ पैसाको प्राविधिक इस्टीमेट भएको उक्त पुल सपना निर्माण सेवा हेटौँडाले भ्याटसहित ५ करोड १७ लाख ७७ हजार ९ सय २४ रुपैँया २२ पैसामा सम्पन्न गरेको हो। सपनाले पुल निर्माणका लागि ०७७ असार ९ गते सम्झौता गरी काम थालेर समयमै बनाईसकेको पनि डिई यादवले बताए।

दायाँ बायाँ दुवैतर्फ १.२० मिटर फुटपाथका लागि राखिएको बलान पुलको १ सय ५० मिटर एप्रोच सडक निर्माण भएको छ भने १ सय २० मिटर नदी नियन्त्रण बाँध बाँधिएको छ।

प्रादेशिक सडक/पुल इकाईको प्राविधिक रेखदेखमा पुल निर्माण सम्पन्न भएपछि यसअघि वर्षेनी बाउन्न र बलानले दु:ख दिदै आएका स्थानीयबासीको बाढी समस्या टरेको छ। नजिकै चुरे पहाड शीर भएका ती खोलाहरु हिउँदमा सुक्खा हुने भए पनि वर्खायाममा सामान्य वर्षामै उर्लेर आउने बाढीले गाउँलेलाई सताउँदै आएका थिए।  

बाढीको डरले घाँस दाउराका लागि वन जंगल र खेतबारी गर्दा पनि गाउँले आकाशमा कालो बादल मडारिन थालेको देख्नेबित्तिकै घर फर्कनु पर्ने अवस्था थियो। अलिकति मात्र ढिला गरे पनि खोला बाढी तर्न नसकेर जंगलमै बास बस्नुपर्ने अवस्था रहेको वडाध्यक्ष भुवन मगरले बताए। उनले भने ‘घाँसदाउरा र मेलापात गर्न पनि खोला वारपार गर्नै पर्ने बाध्यता छ। तर, सामान्य पानी पर्यो कि उर्लिहाल्ने खोलाले यसअघि हामीलाई हैरान पार्दै आएको थियो।’  

वडाध्यक्ष मगरका अनुसार पूर्व दक्षिणतर्फ सिराहा र सप्तरीसँग सीमानाका जोडिएका ती खोला बाढीको कहरबाट बँच्न धेरै वर्षदेखि गाउँलेले सरकारसँग हारगुहार गर्दै आएका थिए। तर, कसैले सुनुवाई नगर्दा वर्षेनी १–२ जनाको ज्यान जाने तथा कैयौँ घाईते हुदै अएका थिए। ‘हरेक वर्ष बाढीले १–२ जनाको ज्यान जाने गरेको थियो भने दर्जनौँ घाईते नभएको त कुनै साल थिएन’ वडाध्यक्ष मगरले भने ‘अव भने पुल बनेपछि यस्तो दुरदिन नआउला भन्ने ठानेका छौँ।’ वडाध्यक्ष मगरले सिराहा, सप्तरीलाई उदयपुरगढीको नेपालटारलाई छिचोलेको मदन भण्डारी लोकमार्गसँग जोडिदै जिल्लाको माथिल्लो भेगका रौतामाई र लिमचुङबुङ तथा खोटाङको हलेसी जोड्ने सडकमा परेकाले पनि दुवै पुलको निकै महत्व रहेको छ।

उदयपुरगढी गाउँपलिाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले पञ्चायतकाल र बहुदल अवधिभर पुल बनाउने प्रयास गरे पनि नसकेको काम अहिले भएकोमा खुसी व्यक्त गरे। पञ्चायतकालमा नभएपछि बहुदलमा आफु गाविस अध्यक्ष हुँदासमेत पहल गर्दा नबनेको पुल संघीयता र गणतन्त्र आएपछि बल्ल पुल बनेको उनले बताए। संघीयता आएपछि प्रदेश सरकारको नजर परेपछि मात्र दुवै खोलामा पुल बनेकोमा उनी खुसी छन्।  
अर्को समाचार
दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा
१६ चैत्र २०८०
•
३ मिनेट पाठ
दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा
मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ।




सोल्मास्थित भालुखोला र नेर्पास्थित मेवाखोलामा निर्माणाधीन २० मिटर लामा पुलको भौतिक र आर्थिक प्रगति ८० प्रतिशत भएको मध्यपहाडी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी हर्क प्रधानले बताए। अब दुवै पुलको सडक संरचना (एप्रोच रोड)को काम मात्र बाँकी छ।

निर्माणाधीन  दुवै पुलको एप्रोच रोड र रङरोगन वैशाखसम्म सकेर हस्तान्तरण गरिने केएम इन्जिनियर्स विल्डर्सका प्रबन्ध निर्देशक मोहन कार्कीले बताए। वि.सं. २०८१ असार २२ गते दुई पुलको काम सक्ने गरी २०७९ असार २२ गते केएम इन्जिनियर्स विल्डर्सले सडक विभागसँग भ्याटबाहेक रु सात करोड ७४ लाख २५ हजारमा सम्झौता गरेको थियो।

यसैगरी, सोही सडकखण्डको नेर्पा र सोल्माको सिमानामा पर्ने छेपेखोलामा २० मिटर लामो मोटरेबल पुल पनि निर्माण  भएको छ। अहिले सञ्चालनमा रहेको छेपेखोलाको मोटरेबल पक्की पुल निर्माणको जिम्मा सगरमाथा सजिव जेभी खोटाङले लिएको हो। वि.सं.२०८० कात्तिक ११ गते पुल बनाइसक्ने गरी  २०७८ मङ्सिर १४ गते भ्याटबाहेक रु तीन करोड पाँच लाख ८० हजार १३७ मा ठेकेदार कम्पनीले सडक विभागसँग निर्माण सम्झौता गरेको थियो। यो पुलको पनि आर्थिक र भौतिक प्रगति मेवाखोला र भालुखोलाजस्तै ८० प्रतिशत पूरा भएको छ।

भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भएको पुलमा रङरोगन गर्न र ३३० मिटर एप्रोच रोड कालोपत्र गर्न बाँकी रहेको ठेकेदार कम्पनीका प्रतिनिधि कृष्ण घिमिरेले बताए। ‘छेपेखोलामा निर्माण गरिएको पुल गत असारमा नै पूरा गरेर सवारी साधन सञ्चालन गरेका छौँ। एप्रोच रोडको काम भने मेवाखोला र भालुखोलासँगै गर्ने गरी समन्वय भएको छ। ‘त्यसो गर्दा कच्चा पदार्थ जुटाउन र मेसिन चलाउन सहज हुन्छ’, उनले भने, ‘वैशाखभरिमा सडक संरचनाको काम सक्छौँ। त्यहीअनुसार आवश्यक निर्माण सामग्री सङ्कलन गरिरहेका छौँ।’

निर्माणाधीन तीनवटै पुलको बाँकी काम यथाशीघ्र पूरा गर्न ठेकेदार कम्पनीलाई पटक–पटक निर्देशन दिइएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए। ‘निर्माणाधीन तीनवटै पुलको प्रगति हेर्दा तोकिएको मितिभन्दा अगाडि नै सम्पन्न हुने देखिन्छ। वर्षा सुरु हुनासाथ निर्माणको काम रोकिन्छ’, उनले भने, ‘निर्धारित समयभन्दा अगाडि पुल काम पूरा गर्नेलाई पुरस्कृत गर्ने योजना छ।’

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको बुवालुङस्थित बुवासुङ–लामीडाँडा जोड्ने पङ्खुखोलाको १५ मिटर मोटरेबल पुलको काम सिरुवा कन्ट्रक्सन काठमाडौँले नगरेपछि गत जेठ–१२ गते ठेक्का तोडिएको छ। ठेक्का सम्झौता तोडिएको पङ्खुखोला पुलको लागि अर्को ठेक्का लगाउन सम्बन्धित निकायले चासो नदिएकामा जिल्लावासी खिन्न छन्।

पाँच खण्डमा विभाजन गरेर कालोपत्र गरिएको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको निर्मलीडाँडाभन्दा यता (दिक्तेलतर्फ)का सडकखण्डमा पर्ने भुल्केखोला, लप्सेखोला, दाम्देखोला, साप्सुखोलालगायत विभिन्न पाँचवटा खोलामा भने यसअघि नै पक्की पुल तयार भई सञ्चालनमा आइसकेका छन्। तीनवटा निर्माणाधीन तथा एउटा ठेक्का सम्झौता तोडिएको ४८ किलोमिटर लामो दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने नौवटा खोलामा मोटरेबल पक्की पुल निर्माण हुनेछन्। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस