२० वर्षदेखि फरार ३ अभियुक्तहरु पक्राउ
१४ फागुन २०७९
•
२ मिनेट पाठ
२० वर्षदेखि फरार ३ अभियुक्तहरु पक्राउ
पछिल्लो पटक पक्राउ ३ जना फरार अभियुक्त। तस्विरः महेश्वर
 उदयपुर प्रहरीले वर्षौँदेखि फरार रहेका ३  जना अभियुक्तलाई पक्राउ गरेको छ। जिल्ला अदालतले बिभिन्न मुद्धामा दोषी करार गरे पनि सजाय भुक्तान नगरी प्रहरीको ‘फरार सूची’मा रहेका बिभिन्न ठाउँका अभियुक्तहरु पक्राउ परेका हुन्।  

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा २०५९ देखि २०७४ सालसम्मको अदालती फैसलामा दोषी करार भएका अभियुक्तहरु रहेका छन्।  जिल्ला अदालत उदयपुृरले २०५९ असार २६ गतेको फैसला अनुसार ज्यान मास्ने बेच्ने अभियोगमा २ वर्ष कैद सजाय सुनाइएका सिन्धुलीको दुघौली नगरपालिका १४ कालीखोला नौले घर भई हाल कटारी नगरपालिका २ खोक्सा बस्दै आएका ४० वर्षीय ऋद्धिकुमार गौतम पक्राउ परेका छन्।  

त्यस्तै उदयपुर अदालतकै २०६२ फागुन ८ गतेको इजलासी फैसला अनुसार जवरजस्ती करणी अभियोगमा ६ वर्ष कैद सुनाइएका कटारी नगरपालिकाकै १ नं. वडा कालीखोला घर भई मधेस प्रदेशको सिराहा जिल्ला मिर्चया नगरपालिका ७ बस्ने ५० वर्षीय स्वस्तिहरि बराल पनि प्रहरी नियन्त्रणमा परेका छन्।  अर्का अभियुक्त कटारी नगरपालिका ८ बेलटारका ६९ वर्षीय दुर्गाबहादुर तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश पोदारले बताए।  

लागू औषध कारोबार मुद्धामा १० महिना १५ दिन कैद तथा १० हजार रुपैँया जरिवाना सुनाइएका तामाङ जिल्ला अदालत उदयपुरको २०७४ फागुन २८ गते बसेको इजलासको फैसला अनुसार दोषी प्रमाणित भएका हुन्।  खोजी सूचिमा रहेका फरार अभियुक्तहरुको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले शनिबार उनीहरुलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाइएको छ।  

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराई कैद सजाय भुक्तानका लागि अदालतको जिम्मा लगाइएको प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले बताए।  अदाललते पनि प्रहरीले बुझाए लगत्तै कैद सजाय भुक्तानका लागि जिल्ला कारागार शाखा पठाएको जनाएको छ।  एसपी फुयालका अनुसार फरार प्रतिबादी पक्राउ अभियान अन्तगर्त २०७९ फागवुन ९ देखि १४ गतेसम्ममा ७ जना फरार अभियुक्तहरु पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइसकिएको छ।
अर्को समाचार

हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ

डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस