पशुपतिनगर अध्यागमन तीन वर्षदेखि कामविहीन
२१ फागुन २०७९
•
५ मिनेट पाठ
पशुपतिनगर अध्यागमन तीन वर्षदेखि कामविहीन
भारतीय सीमा क्षेत्र पशुपतिनगरमा २०७६ वैशाख १५ मा खुलेपनि अहिलेसम्म कामविहीन अध्यागमन कार्यालय। तस्बिर : भीम/नागरिक
पूर्वीपहाडकै एकमात्र सहज भारतीय नाका पशुपतिनगरमा ३ वर्षअघि खुलेको अध्यागमन कार्यालय अझै सञ्चालनमा आउन सकेको छैन। गृहमन्त्री नै हेलिकप्टरमा आएर ‘तामझाम’साथ उद्घाटन गरेको कार्यालय अहिलेसम्म काम शून्य छ।




स्थानीयको वर्षाैंको दबाब र प्रतीक्षापछि २०७६ वैशाख १५ मा सरकारले पशुपतिनगरबाट तेस्रो मुलुकका पर्यटकको आउ–जाउ सहज बनाउनेगरी यहाँ अध्यागमन कार्यालय खोलेको थियो। तत्कालीन गृहमन्त्री रामबहादुर थापा आएर अध्यागमन कार्यालय उद्घाटन गरेका थिए। र, उनले भनेका थिए– पूर्वीपहाडको यो ढोका पर्यटकको मात्र होइन, मुलुककै विकास र समृद्धिको ढोका हो। तर, उनले यसो भनेको ३ वर्ष बित्दा कार्यालयमा कर्मचारी त करिब पदपूर्ति भएको छ तर सेवाप्रवाह हुन सकेको छैन।

भारतपट्टि यही प्रकृतिको कार्यालय नखुल्दा पशुपतिनगरको अध्यागमन कार्यालय कामविहीन भएको हो। भारतपट्टि कार्यालय नहुँदा भारततिरबाट नेपाल घुम्न आउन चाहने र नेपालबाट भारततिर जान चाहने तेस्रो मुलुकका पर्यटकले सास्ती खेप्नुपरेको छ। यहाँसम्म पुगेका पर्यटक सीमापार गर्न नपाउँदा झापाको काँकरभिट्टा धाउन बाध्य छन्।  

कार्यालयमा शाखा अधिकृतस्तरका प्रमुख छन्। यहाँ काम नभएपछि उनी काँकरभिट्टा कार्यालयमै बसेर काम गरिरेहका छन्। २ नायब सुब्बा, १ खरिदार, १ सहायक कम्प्युटर अधिकृत, १ सहायक लेखापाल र २ कार्यालय सहयोगीको दरबन्दी छ। यी दरबन्दीमध्ये सबैजसो पदपूर्ति पनि भएको छ। तर, कार्यालयको सेवा भने ठप्प छ।

कार्यालय प्रमुख रेवन्त भट्टराईले भारतपट्टि यही प्रकृतिको कार्यालय नखुल्दा पशुपतिनगरको अध्यागमन कार्यालयमा कुनै काम हुन नपाएको बताए। ‘हामीलाई नेपालपट्टिबाट काम गर्न कुनै समस्या छैन तर भारतपट्टि कार्यालय नहुँदा पर्यटकले सेवा पाउन सकेका छैनन्,’ उनले भने, ‘यहाँ सेवा लिन आएका पर्यटकलाई झापाको काँकरभिट्टा पठाउने गरिएको छ।’

उनले कार्यालय कामविहीन भइरहेकोबारे अध्यागमन विभागमा समेत पटक–पटक जानकारी गराएको बताए। ‘हामीले भारतपट्टि अध्यागमन नहुञ्जेल यताको कार्यालयको पनि काम नहुने भएकाले कि उतापट्टि कार्यालय खोल्ने पहल गर्न, कि यताको कार्यालयको संरचना परिवर्तन गर्नसमेत सुझाएका छौं,’ उनले भने, ‘त्यसमा पनि भारतपट्टि अध्यागमन खुल्यो भने सबैभन्दा राम्रो हुनेछ।’ सिडिओ श्रवणकुमार पोख्रेलले आफू सरुवा भएर इलाम आउनेबित्तिकै यो कार्यालयको सेवाबारे जानकारी लिएको बताए। ‘अध्यागमन कार्यालयले सेवा दिन नपाएको थाहा भयो तर यसबारे मैले माथिल्लो निकायमा थप फलोअप गर्न पाएको छैन,’ उनले भने, ‘अब पहल गर्नेछु।’

विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले पनि भारतपट्टि अध्यागमन नखुल्दा पशुपतिनगरको अध्यागमन कार्यालय कामविहीन भएको बताए। ‘हामीले हाम्रो तर्फबाट भारतपट्टि कार्यालय खुलाउन पनि पहल त गरिरहेकै छौं तर सफल भएको छैन,’ उनले भने, ‘पशुपतिनगर सीमामा अध्यागमन खुलाउन भारतीय पक्ष चाहिँ वेट एन्ड सी (पर्ख र हेर)को अवस्थामा देखिन्छ। हामीले पनि आफ्नो तहबाट प्रयासमात्रै गर्ने हो।’  

भौगोलिक हिसाबले पूर्वीपहाडमा पशुपतिनगरजस्तो सहज नाका अरूतिर छैन। त्यसैले पनि स्थानीयले यो नाका खुलाउन र अध्यागमन स्थापना गर्न लामो समयदेखि पहल गरेका थिए। स्थानीय अगुवा मिलन क्षेत्रीले स्थानीयको ठूलो दबाबपछि खुलेको अध्यागमन कामविहीन हुनु पूर्वीपहाडकै लागि दु:खद् भएको बताए। ‘हामीले संघर्ष गरेर खुलाएको अध्यागमन कार्यालय कामविहीन हुनु विडम्बना हो,’ उनले भने, ‘नेपाल सरकारले भारतसँग कुरा गरेर तुरुन्त भारतपट्टि कार्यालय खोल्ने वातावरण मिलाउन सक्नुपर्छ।’  

यो नाकाबाट पूर्वीपहाडको मात्र नभइ, सिंगो मुलुकको पर्यटन प्रवद्र्धनमा सहयोग आशा स्थानीयलाई छ। यहाँ खुलेको अध्यागमनले भारतको दार्जिलिङ, सिक्किम आउने तेस्रो मुलुकका पर्यटक भिœयाउन, नेपालबाट भारततिर जानमात्र होइन, सीमा क्षेत्रको शान्ति–सुरक्षामा समेत सघाउने स्थानीय बताउँछन्। सूर्याेदय नगरपालिकाले समेत यहाँ अध्यागमन खुलाउन पटक–पटक संघीय सरकारको ध्यानाकर्षण गरेको थियो।  

‘पहाडकी रानी’ मानिने भारतको पर्यटकीय सहर दार्जिलिङ यहाँबाट करिब ५० किलोमिटरमा छ। दार्जिलिङमा बर्सेनि आउने तेस्रो मुलुकका लाखौं पर्यटक पशुपतिनगरबाट नेपाल छिर्न नपाउँदा उतैबाट फर्किंदैछन्। पशुपतिनगरमा अध्यागमन खुलेपछि दार्जिलिङ आउने पर्यटकले नेपालका लागि यहींबाट प्रवेशाज्ञा (भिसा) पाउने आशा थियो।

यहाँको अध्यागमनले तेस्रो मुलुकका पर्यटकलाई १५, ३० र ९० दिनसम्मको प्रवेश भिसा जारीसहितका काम गर्नसक्ने विभागको भनाइ छ। यो कार्यालयलाई प्रवेश भिसा लिएर आएका विदेशीलाई आगमन अनुमति जारी गर्ने, यो नाका भइ प्रस्थान गर्ने विदेशीलाई प्रस्थान अनुमति दिने, विदेशीको आगमनसम्बन्धी विवरण अध्यावधिक राख्ने र अध्यागमनसम्बन्धी अभिलेख प्रत्येक साता विभागमा पठाउनुपर्ने जिम्मेवारी तोकिएको छ।

कार्यालय सञ्चालनमा आए इलाम, झापा, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह«थुम, संखुवासभालगायत पूर्वी जिल्ला घुम्न आउने पर्यटकलाई सेवा पुग्नेछ। पशुपतिनगरमा अध्यागमन सञ्चालन भए ठूलो संख्यामा उतापट्टि (दार्जिलिङ, भारत) आएका पर्यटक पूर्वीपहाड भिœयाउन सकिने सूर्याेदयका मेयर रणबहादुर राई बताउँछन्। सूर्याेदय नगरलाई प्रदेश सरकारले पर्यटकीय नगर घोषणा गरिसकेकाले यहीं अध्यागमन खुल्दा सूर्याेदय र इलामलाई मात्र होइन, पूर्वीपहाडका सबै जिल्लालाई सहयोग पुग्ने उनले जनाए।

नजिकैको दार्जिलिङसम्म पर्यटक घुमाउन ल्याउने त्यहाँका व्यवसायीले आधा घण्टाका लागि ‘नेपाल घुम्ने’ प्याकेजसमेत राखेका हुन्छन्। भारतीय पर्यटकलाई भिसा नलाग्ने भएकाले आधा घण्टाको समय पशुपतिगर आएर उनीहरू साधारण किनमेल गर्छन् र फर्किन्छन्। मुद्रा सस्तो हुने भएकाले भारतभन्दा कम खर्चमा इलामलगायत पहाडी जिल्लाका रमणीय स्थान घुम्ने रहर बोकेका तेस्रो मुलुकका पर्यटक चाहिँ सीमासम्म आएर फर्किने गरेका छन्। 

इलामको सबैभन्दा अग्लो डाँडो सन्दकपुर (३ हजार ६ सय ३६ मिटर) पनि पशुपतिनगरबाट नजिकै पर्छ। विश्वको सर्वाेच्च शिखर सगरमाथा देखिने भारतको नेपालसँग जोडिएको एकमात्र द्वार सन्दकपुरमा भारतपट्टिबाट बर्सेनि हजारौं पर्यटक आउँछन्। त्यतिमात्र होइन, यहाँ बर्सेनि तेस्रो मुलुकका पर्यटन व्यवसायी संस्थाले पर्यटकका लागि ‘साइकल रेस कम्पिडिसन’समेत आयोजना गर्छन्। तर, त्यहाँसम्म आएका पर्यटक नेपाल छिर्न भने नपाएर उतै फर्किने गरेका थिए।

यहाँ अध्यागमन सञ्चालन भए सन्दकपुर आउने पर्यटक इलामका ग्रामीण पर्यटकीय क्षेत्र, माइमझुवा, माबु, जमुनाको दुर्लभ वन्यजन्तु रेडपान्डा संरक्षित क्षेत्र चोयाटार वन, विश्व सम्पदा सूचीमा सूचीकृत माइपोखरीलगायत घुम्न सक्नेछन्। दार्जिलिङ आएका ५ प्रतिशत पर्यटकमात्र नेपाल छिराउन सके इलामको आर्थिक विकासमा ठूलो सहयोग हुने पर्यटन प्रवद्र्धन क्षेत्रमा क्रियाशील केशव धौराली बताउँछन्।
अर्को समाचार
पशुपतिनगर अध्यागमन तीन वर्षदेखि कामविहीन
२३ फागुन २०७९
•
५ मिनेट पाठ
पशुपतिनगर अध्यागमन तीन वर्षदेखि कामविहीन
भारतीय सीमा क्षेत्र पशुपतिनगरमा २०७६ वैशाख १५ मा खुलेको अध्यागमन कार्यालय । तस्बिरः भीम-नागरिक
पूर्वी पहाडको एक मात्र सहज नाका पशुपतिनगरमा तीन वर्षअघि खुलेको अध्यागमन कार्यालय अझै सञ्चालनमा आउन सकेको छैन। गृहमन्त्री नै हेलिकप्टरमा आएर‘तामझाम’का साथ उद्घाटन गरेको सो कार्यालय कामविहीन अवस्थामा छ। स्थानीयको वर्षाैंको दबाब र प्रतीक्षापछि २०७६ वैशाख १५ मा सरकारले पशुपतिनगरबाट तेस्रो मुलुकका पर्यटकको आउजाउ सहज बनाउनेगरी यहाँ अध्यागमन कार्यालय खोलेको थियो। तत्कालीन गृहमन्त्री रामबहादुर थापाले अध्यागमन कार्यालय उद्घाटन गरेका थिए। त्यतिबेला उनले भनेका थिए, ‘पूर्वी पहाडको यो ढोका पर्यटकको मात्र होइन, मुलुककै विकास र समृद्धिको ढोका हो।’ तर उनले यस्तो भनेको तीन वर्षको अन्तरालमा कार्यालय खुलेर कर्मचारी पदपूर्ति भइसके पनि सेवाप्रवाह भने हुन सकेको छैन।




भारतपट्टि यही प्रकृतिको कार्यालय नखुल्दा पशुपतिनगरको अध्यागमन कार्यालय कामविहीन भएको हो। उता कार्यालय नहुँदा नेपाल घुम्न आउन चाहने भारतीय र नेपालबाट भारततिर जान चाहने तेस्रो मुलुकका पर्यटकले सास्ती खेप्नुपरेको छ। यहाँसम्म पुगेका पर्यटक सीमापार गर्न नपाउँदा झापाको काँकरभिट्टा धाउन बाध्य छन्। कार्यालयमा शाखा अधिकृतस्तरका प्रमुख छन्। यहाँ काम नभएपछि उनी काँकरभिट्टा कार्यालयमै बस्छन्। दुई नायब सुब्बा, एक खरिदार, एक सहायक कम्प्युटर अधिकृत, एक सहायक लेखापाल र दुई कार्यालय सहयोगीको दरबन्दी यस कार्यालयमा छ। ती दरबन्दीमध्ये सबैजसो पदपूर्ति भएको छ तर कार्यालयको सेवा भने ठप्प छ।

कार्यालय प्रमुख रेवन्त भट्टराईले भारतपट्टि यही प्रकृतिको कार्यालय नखुल्दा पशुपतिनगरको अध्यागमन कार्यालयमा कुनै काम हुन नसकेको बताए।‘हामीलाई नेपालपट्टिबाट काम गर्न कुनै समस्या छैन तर भारतपट्टि कार्यालय नहुँदा पर्यटकले सेवा पाउन सकेका छैनन्,’ उनले भने, ‘यहाँ सेवा लिन आएका पर्यटकलाई झापाको काँकरभिट्टा पठाउने गरिएको छ।’ उनले कार्यालय कामविहीन भइरहेकोबारे अध्यागमन विभागमा समेत पटकपटक जानकारी गराएको बताए। ‘हामीले भारतपट्टि अध्यागमन नहुन्जेल यताको कार्यालयको पनि काम नहुने भएकाले कि उतापट्टि कार्यालय खोल्न कि यताको कार्यालयीय संरचना बदल्न सुझाएका छौं,’ उनले भने, ‘त्यसमा पनि भारतपट्टि अध्यागमन खुल्यो भने त निकै राम्रो हुनेछ।’

इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले आफू सरुवा भएर आउनेबित्तिकै अध्यागमन कार्यालयको सेवाबारे जानकारी लिएको बताए।‘अध्यागमन कार्यालयले सेवा दिन नपाएको थाहा भयो तर यसबारे मैले माथिल्लो निकायमा थप छलफल गर्न पाएको छैन,’ उनले भने, ‘अब पहल गर्नेछु।’ विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले पनि भारतपट्टि अध्यागमन नखुल्दा पशुपतिनगरको अध्यागमन कार्यालय कामविहीन भएको बताए। ‘हामीले हाम्रा तर्फबाट भारतपट्टि कार्यालय खुलाउन पनि पहल गरिरहेकै छौं तर सफल भएका छैनौं,’ उनले भने, ‘पशुपतिनगर सीमामा अध्यागमन खुलाउन भारतीय पक्षचाहिँ पर्ख र हेरको अवस्थामा देखिन्छ। हामीले पनि आफ्नो तहबाट प्रयास मात्रै  

गर्ने हो।’

भौगोलिक हिसाबले पूर्वी पहाडमा पशुपतिनगरजस्तो सहज नाका अरूतिर छैन। त्यसैले पनि स्थानीयले सो नाका खुलाउन र अध्यागमन स्थापना गर्न लामो समयदेखि पहल गरेका थिए।स्थानीय अगुवा मिलन क्षेत्रीले स्थानीयको ठुलो दबाबपछि खुलेको अध्यागमन कामविहीन हुनु पूर्वी पहाडकै लागि दुःखद भएको बताए। ‘हामीले संघर्ष गरेर खुलाएको अध्यागमन कार्यालय कामविहीन हुनु विडम्बना हो,’ उनले भने, ‘सरकारले भारतसँग कुरा गरेर तुरुन्त भारतपट्टि कार्यालय खोल्ने वातावरण मिलाउन सक्नुपर्छ।’ यो नाका खुले पूर्वी पहाडको मात्र नभई सिंगो मुलुकको पर्यटन प्रवद्र्धनमा सहयोग हुने आशा स्थानीयलाई छ। यहाँ खुलेको अध्यागमनले भारतको दार्जिलिङ, सिक्किम आउने तेस्रो मुलुकका पर्यटक नेपाल भिœयाउन, नेपालबाट भारततिर जान सहज हुने मात्र होइन, सीमा क्षेत्रको शान्तिसुरक्षामा समेत त्यसले सघाउने स्थानीय बताउँछन्। सूर्याेदय नगरपालिकाले समेत यहाँ अध्यागमन खुलाउन पटकपटक संघीय सरकारको ध्यानाकर्षण गरेको थियो।  

‘पहाडकी रानी’मानिने भारतको पर्यटकीय सहर दार्जिलिङ यहाँबाट करिब ५० किलोमिटर दूरीमा पर्छ। दार्जिलिङमा बर्सेनि आउने तेस्रो मुलुकका लाखौं पर्यटक पशुपतिनगरबाट नेपाल छिर्न नपाउँदा उतैबाट फर्किन्छन्। पशुपतिनगरमा अध्यागमन खुलेपछि दार्जिलिङ आउने पर्यटकले नेपालका लागि यहींबाट प्रवेशाज्ञा (भिसा) पाउने आशा थियो। यहाँको अध्यागमनले तेस्रो मुलुकका पर्यटकलाई १५, ३० र ९० दिनसम्मको प्रवेश भिसा जारीसहितका काम गर्न सक्ने विभागको भनाइ छ। यो कार्यालयलाई प्रवेश भिसा लिएर आएका विदेशीलाई आगमन अनुमति जारी गर्ने, यो नाका भई प्रस्थान गर्ने विदेशीलाई प्रस्थान अनुमति दिने, विदेशीको आगमनसम्बन्धी विवरण अद्यावधिक राख्ने र अध्यागमनसम्बन्धी अभिलेख प्रत्येक साता विभागमा पठाउनुपर्ने जिम्मेवारी तोकिएको छ।

कार्यालय सञ्चालनमा आए इलाम, झापा, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभालगायत पूर्वी जिल्ला घुम्न आउने पर्यटकलाई सेवा पुग्नेछ। पशुपतिनगरमा अध्यागमन सञ्चालन भए ठुलो संख्यामा उतापट्टि (दार्जिलिङ, भारत) आएका पर्यटक पूर्वी पहाडमा भिœयाउन सकिने सूर्याेदयका मेयर रणबहादुर राई बताउँछन्। सूर्याेदय नगरलाई प्रदेश सरकारले पर्यटकीय नगर घोषणा गरिसकेकाले अध्यागमन खुल्दा सूर्याेदय र इलामलाई मात्र होइन, पूर्वीपहाडका सबै जिल्लालाई सहयोग पुग्ने उनले जनाए।  

नजिकैको दार्जिलिङसम्म पर्यटक घुमाउन ल्याउने त्यहाँका व्यवसायीले आधा घण्टाका लागि ‘नेपाल घुम्ने’प्याकेजसमेत राखेका हुन्छन्। भारतीय पर्यटकलाई भिसा नलाग्ने भएकाले आधा घण्टाको समय पशुपतिनगर आएर उनीहरू साधारण किनमेल गर्छन् र फर्किन्छन्। मुद्रा सस्तो हुने भएकाले भारतभन्दा कम खर्चमा इलामलगायत पहाडी जिल्लाका रमणीय स्थान घुम्ने रहर बोकेका तेस्रो मुलुकका पर्यटकचाहिँ सीमासम्म आएर फर्किनुपर्ने बाध्यतामा छन्।

इलामको सबैभन्दा अग्लो डाँडो सन्दकपुर (३ हजार ६३६ मिटर) पनि पशुपतिनगरबाट नजिकै पर्छ। विश्वको सर्वाेच्च शिखर सगरमाथा देखिने र भारत–नेपाल जोड्ने एक मात्र द्वार सन्दकपुरमा भारतपट्टिबाट बर्सेनि हजारौं पर्यटक आउँछन्। त्यति मात्र होइन, यहाँ बर्सेनि तेस्रो मुलुकका पर्यटन व्यावसायिक संस्थाले पर्यटकका लागि ‘साइकल रेस कम्पिटिसन’समेत आयोजना गर्छन्। तर त्यहाँसम्म आएका पर्यटक नेपाल छिर्न भने नपाएर उतै फर्किने गरेका हुन्। यहाँ अध्यागमन सञ्चालन भए सन्दकपुर आउने पर्यटक इलामका ग्रामीण पर्यटकीय क्षेत्र, माईमझुवा, माबु, जमुनाको दुर्लभ वन्यजन्तु रेडपान्डा संरक्षित क्षेत्र चोयाटार वन, विश्व सम्पदा सूचीमा सूचीकृत माईपोखरीलगायत घुम्न सक्नेछन्। दार्जिलिङ आएका ५ प्रतिशत पर्यटक मात्र नेपाल ल्याउन सके इलामको आर्थिक विकासमा ठुलो सहयोग हुने पर्यटन प्रवद्र्धन क्षेत्रमा क्रियाशील केशव धौराली बताउँछन्।
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस