हुम्लामा टर्च बालेरै प्रसूति सेवा
०६ वैशाख २०८०
•
१ मिनेट पाठ
हुम्लामा टर्च बालेरै प्रसूति सेवा
हुम्लाको दुर्गम बस्तीमा विद्युत् सेवा सर्वसुलभ नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या हुने गरेको छ।




विशेषगरी स्वास्थ्य चौकीमा  प्रसूति गराउन समस्या हुने गरेको जनाइएको छ। ‘टर्च’ बालेर सुत्केरी गराउनुपर्ने बाध्यता रहेको स्वास्थकर्मीको भनाइ छ। विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम विद्युत्  वितरण केन्द्रको चर्को लोड सेडिङका कारण स्वास्थ्यकर्मीलाई ‘मोबाइल’ र अन्य ‘टर्च’ बालेर सुत्केरी गराउनु परेको हो।

ठेहे स्वास्थ्य चौकीका प्रमुख दानबहादुर बोहराले भने, 'मोबाइल र टर्च बालेर  सुत्केरी गराउनुपर्ने बाध्यता रहेको छ। हिल्दुम विद्युत् वितरण केन्द्रबाट आपूर्ति हुने विद्युत् नियमित नहुँदा गर्भवतीलाई सुत्केरी गराउन समस्या हुने गरेको छ।'

यही बैशाख ४ मा प्रसूतिगृहमा आएकी भएकी ठेहेकी २० वर्षीया नन्द भण्डारीलाई तीन घण्टा लामो समय टर्च बालेर प्रसूति गराउनु परेको गुनासो प्रमुख बोहराले गरे। विद्युत् आपूर्ति नहुनु र स्वास्थ्य चौकीमा रहेको सोलारले काम नगरेपछि स्वास्थ्यकर्मी र बिरामीलाई समस्या खेप्दै आउनुपरेको छ।

नवजात शिशुलाई अन्धकारमा हेरचाह गर्नु अनि आमालाई पनि चिसो पानीले सफा गर्नुपर्ने बाध्यता छ। हिल्दुुम विद्युत् वितरण केन्द्रले हाल दैनिक १७–१८ घण्टा लोड सेडिङ गर्ने गरेको कारण सुत्केरी तथा बिरामीको उपचार गर्न कठिन हुने गरेको छ। विद्युत् लोडसेडिङ बढेका कारण ठेहे स्वास्थ्य चौकी मात्र नभएर बरगाउँ, डाँडाफया र स्याडाँ स्वास्थ्य चौकीको अवस्था पनि उस्तै रहेको जनाइएको छ। रासस
अर्को समाचार
निजी अस्पतामा निःशुल्क प्रसूति सेवा
३० पौष २०७८
•
२ मिनेट पाठ
निजी अस्पतामा निःशुल्क प्रसूति सेवा
शुक्रबार सुर्य अस्पतालले ‘आमा सुरक्षा कार्यक्रम’ संचालन सम्बन्धमा आयोजन गरेको पत्रकार सम्मेलन। तस्बिरः रितेश त्रिपाठी
नेपाल सरकारको ‘आमा सुरक्षा कार्यक्रम’ शनिबार माघ १ गतेदेखि सुरु गरिरहेको वीरगन्जको सुर्य अस्पतालले सरकारी अस्पतालसरह प्रसूति सेवा निःशुल्क दिने भएको छ। सरकारको नीति अनुसार सुरक्षित मातृत्वका लागि स्वास्थ्य संस्थामा मात्र बच्चा जन्माउने व्यवहार प्रोत्साहन गर्न सरकारी अस्पतालमा प्रसूति सेवा निःशुल्क छ। स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमालाई अस्पतालबाट फर्किने बेलामा एक हजार रुपैयाँ यातायात खर्च समेत सरकारले उपलब्ध गराउँदै आएको छ। यो सेवा अब निजी स्तरबाट संचालित वीरगन्जको सुर्य अस्पलालले पनि दिने भएको हो।  




‘प्रसूति शुल्क, आवश्यक पर्दा गरिने अप्रेसनको शुल्क, तोकिएका औषधिहरु र सैया (बेड) निःशुल्क रुपमा उपलब्ध हुनेछ,’ अस्पतालकी वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. मोनिका सिंह यादवले भनिन, ‘यो सुविधा सरकारले बिशेष रुपमा विपन्न वर्गका लागि दिइरहेका कारण क्याबिनको सुविधा लिने बिरामीहरुका लागि नभई जेनरल वार्डका बिरामीहरुका लागि हुनेछ।’ अस्पतालको जेनरल वार्डमा पनि आधुनिक उपकरणहरु राखेको र दक्ष जनशक्ति आफूहरुले खटाउने गरेको उनले दावी गरिन्।  

शनिबारबाट आमा सुरक्षा कार्यक्रम सुरु गर्ने अस्पताका अध्यक्ष डा. सरोज सिंहले बताए। अस्पतालका अध्यक्ष डाक्टर सिंहले शुक्रबार पत्रकार सम्मेलन नै गरेर सेवाको बारेमा जानकारी दिए। मातृशिशु मृत्यु दर न्यून गर्ने नेपाल सरकारको महत्वाकाँक्षी र महत्वपूर्ण लक्ष्य अनुसार निजी अस्पतालले ‘आमा सुरक्षा कार्यक्रम’ संचालन गर्न पाएकोले यसलाई आफूहरुले सामाजिक दायित्व सरह प्रभावकारी रुपमा लागु गर्न उत्साहित रहेको बताए।  

सुरक्षित तथा निःशुल्क प्रसूति गराउन स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाले वीरगन्ज महानगरपालिकाको सिफारिसमा अनुमति प्रदान गरेपछि यो सेवा सुरु गर्न पाएको अस्पतालले जनाएको छ। सुर्य अस्पताललाई ५० शैयाको स्वकृति प्राप्त छ। ७ वटा भेन्टिलेटरसहित १२ सैयाको सघन उपचार कक्ष पनि कोरोनाको अवस्थालाई ध्यानमा राखेर तयार राखेको अध्यक्ष सिंहले बताए।

महिनामा कम्तिमा सय जनाभन्दा बढी आमाहरुले अस्पतालबाट सेवा लिने गरेकोमा ‘आमा सुरक्षा कार्यक्रम’ लागु भएपछि यो संख्या बढ्ने आँकलन गरिएको छ। यसअघि वीरगन्जको सरकारी नारायणी अस्पताल र निजी वीरगन्ज हेल्थ केयर अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ संचालनमा रहेको छ।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १८ सेकेन्ड अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस