खानीखोलाको तीन जङ्गलमा आगलागी, सचेत रहन आग्रह
०७ वैशाख २०८०
•
२ मिनेट पाठ
खानीखोलाको तीन जङ्गलमा आगलागी, सचेत रहन आग्रह
खानीखोला गाउँपालिकास्थित तीन जङ्गलमा गए रातिदेखि आगलागी भएको छ । धाप्ले सामुदायिक वन, साल्धारा र साल्मे सामुदायिक वनमा आगलागी भएको गाउँपालिकाले जनाएको छ।  




आगलागीबाट भौतिक एवं मानवीय क्षति नभएपनि जङ्गलका रुख बिरुवा नष्ट भइरहेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए। उनका अनुसार छिमेकी जिल्ला सिन्धुलीको जङ्गलमा पनि आगलागी भइरहेकाले यसको प्रकृतिबारे थप बुझ्दै कारण पत्ता लगाउने प्रयास भइरहेको छ। “आगलागीको कारण खोज्दैछौँ, जङ्गलको आगो बस्तीतर्फ आउनसक्ने बारे आज बिहानैदेखि स्थानीयलाई सचेत गराउन थालेका छौँ”, थिङले भने।  

गत हप्ता तेमाल गाउँपालिकाको ८ र ९ वडास्थित मेच्छे जङ्गलमा लागेको आगो स्थानीय र सुरक्षाकर्मीद्वारा तीन दिनमा नियन्त्रणमा ल्याइएको थियो। उक्त आगलागीबाट निजी वनमा रोपिएको करिब दुई हजार कटहरका बिरुवासमेत नष्ट भएको स्थानीय सुकुमान तामाङले बताए।  

गत चैतमा पनि गाउँपालिकाको केही जङ्गलमा आगलागी भएपछि गाउँपालिकाले सुक्खायाममा आगलागीजन्य सामाग्रीको अत्यावश्यकबाहेक अन्य कामकाजमा प्रयोग नगर्न, आगलागी हुन नदिन तथा त्यसबाट बच्न सचेतनामूलक अपिल गरेको थियो। त्यसबेला आगलागीबाट सबैभन्दा बढी वडा नं ५ स्थित जङ्गलमा रुख, बिरुवा क्षति भएको गाउँपालिकाले जनाएको छ। सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र कर्मचारीको सक्रियतामा केही दिनमा आगो नियन्त्रणमा ल्याइएको थियो।  

लामो समयको खडेरीपछि निरन्तर हावाहुरी तथा तापक्रम बढिरहेको अवस्थामा सामुदायिक वन तथा निजी क्षेत्रमा आगलागी हुनसक्ने भएकाले उक्त गाउँपालिकाले सेचत रहन आग्रह गरेको हो।  

यसअघि गत माघ तेस्रो साता धुलिखेल नगरपालिका–९ ठूलीचौरस्थित धोबीखोला सामुदायिक वनमा आगलागी भएपछि सदरमुकामस्थित कालीजङ्ग गणको टोलीले दिनभरको प्रयासपछि नियन्त्रणमा लियो। आगलागीबाट ठूलीचौरमा रहेका विभिन्न जातका रुख बिरुवा नष्ट भएका थिए। जङ्गलसँगै जोडिएको बस्तीमा क्षति पुग्न सक्ने भएकाले नेपाली सेनाको टोलीले जङ्गलमा लागिरहेको आगो नियन्त्रणमा लिने अथक प्रयास गरेको थियो।  

अघिल्लो चैतमा नमोबुद्ध नगरपालिका–७ काँक्रेस्थित जङ्गलमा लागेको आगो नियन्त्रण बाहिर रहँदा निकै तनावको अवस्था सिर्जना गरेको थियो। जिल्ला विपद् व्यवस्थापन समितिले आगलागीका घटना हुनसक्ने जनाउँदै पूर्वतयारीसँगै स्थानीय सरकारसँग विपद् व्यवस्थापनका लागि समन्वय गरिरहेको जनाएको छ। उसले आगो लागिसकेपछि पूर्ण नष्ट नभएसम्म नियन्त्रणमा लिन कठिन हुने भएपछि सबैमा सचेत रहन अपिल गर्दै आएको छ।  

डिभिजन वन कार्यालय धुलिखेलले जङ्गलमा घाँस पलाउने धारणा, वनमा रहेका बोट बिरुवामा राम्रो फल फल्ने आशा, चोरी शिकारीले जङ्गली जन्तुको शिकार गर्न सहज बनाउने उद्देश्यले जिल्लाका सामुदायिक वनमा डढेलो लगाउने गरेको घटनाक्रमले देखाएको छ। सामुदायिक वनमा डढेलो लाग्न नदिन कार्यालयले जिल्लाको विभिन्न स्थानमा चेतनामूलक होर्डिङ बोर्ड राख्नुको साथै डढेलोबाट हुने बेफाइदा, हानिनोक्सानी र कानुनी व्यवस्थाको बारेमा माइकिङसमेत गर्दै आएको जनाएको छ। 
अर्को समाचार
कफी खेती प्रवर्द्धनमा डाँडापारिका दुई गाउँपालिका
१८ वैशाख २०८१
•
४ मिनेट पाठ
कफी खेती प्रवर्द्धनमा डाँडापारिका दुई गाउँपालिका
काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र (महाभारत पर्वत शृङ्खला पारि) मा अवस्थित अति दुर्गम मानिएका दुई गाउँपालिकाले कफीखेती प्रवर्द्धन एवं विस्तारकार्य तीव्र बनाएका छन्।  




चालु आर्थिक वर्षमा महाभारत र खानीखोला गाउँपालिकाले कफीको पकेट क्षेत्र बनाएका छन् भने आउँदो आर्थिक वर्षमा ‘पकेट क्षेत्र’को सङ्ख्या बढाई कफी उत्पादनमा परिचित गाउँपालिका बनाउने योजनामा छन्।

यी दुई स्थानीय तह सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा ‘अति दुर्गम’मा सूचीकृत गाउँपालिका हुन्। महाभारत गाउँपालिकाले हाल सबै वडामा कफी खेती गर्दै आइरहे पनि छवटा वडा पकेट क्षेत्र बनिसकेका छन्। गाउँपालिका थप दुई वडामा दुई कफी पकेट क्षेत्र बनाउने योजनामा रहेको छ।

गाउँपालिकाको कृषि शाखाका अनुसार यस वर्ष १ र ७ नम्बर वडामा कफी पकेट क्षेत्र विस्तारका लागि स्थानीय किसानलाई कफीका बिरुवा रोप्दादेखि उत्पादकत्व बढाउने तथा त्यसको बजारीकरणसम्मको विषयमा तालिम दिइएको छ।

शाखा प्रमुख खिमबहादुर डाँगीले सोमबार जिल्ला कृषि विकास कार्यालयको समीक्षा कार्यक्रममा कफी खेती गर्न इच्छुक किसानलाई हौसला दिने कार्यक्रम समेत गाउँपालिकाले गर्दै आइरहेको बताए।

डाँगीका अनुसार सडकको विकाससँगै कफी खेती गर्ने किसानको सङ्ख्या पनि बढ्दै गएको हो। यस वर्ष पनि गाउँपालिकाको नीति तथा कार्यक्रममा कफी प्रवर्द्धन कार्यक्रम उल्लेख थियो। गाउँपालिकाको वडा नं २, ३, ४, ५, ६ र ८ मा एकएकवटा पकेट क्षेत्र स्थापना गरिएको हो।

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले कफीखेतीलाई प्राथमिकता दिई सुरुआतदेखि नै कफीखेती हुने क्षेत्रको सर्वेक्षण गरेर क्रमशः त्यहीअनुसारको योजना बनाएको जानकारी दिए।

उनले भने, ‘आउँदो आवमा स्थानीय किसानको चाहना अनुसार कफी खेती प्रवर्द्धन एवं विस्तारका लागि आवश्यक बजेट विनियोजन गरिनेछ।’

उनका अनुसार कफी बिक्रीबाट गाउँपालिकाभित्र वार्षिक ५० हजारदेखि सात–आठ लाख रूपैयाँसम्म आम्दानी गर्ने किसान रहेका छन्।

सर्वेक्षणअनुसार पहिलो प्राथमिकतामा परेको वडा नं २ मा सबैभन्दा बढी कफी खेती भइरहेको गाउँपालिकाको प्रतिवेदनमा उल्लेख छ। त्यसपछि वडा नम्बर ३, ४, ५, ८, ६, ७ र १ मा कफी खेती हुँदै आएको हो।

उक्त गाउँपालिकाका हालसम्म करिब एक हजार पाँच सय किसान व्यावसायिक कफीखेतीमा संलग्न रहेका छन्। शाखाका अनुसार गत वर्ष करिब डेड लाख किलो चेरी (कफीको फल) उत्पादन भएको थियो।

गाउँपालिकाको हाल ७२ हेक्टर अर्थात् एक हजार चार सय ३३ रोपनी जमिनमा कफीखेती भइरहेको छ। गाउँपालिकाले कफी किसानलाई उत्पादनमा आधारित अनुदान दिने कार्यविधिसमेत बनाउने योजना बनाएको छ।

यस्तै गाउँपालिकाले गत वर्ष किसानलाई एक लाख कफीका बिरुवा वितरण गरेको थियो भने कफीका दुई नर्सरी स्थापना गरेको छ।

केही वर्षअघिसम्म खाद्यबालीमा आश्रित खानीखोलाका किसान मकै, कोदो, फापर लगायत बालीले वर्षभरि जीविका धान्न मुस्किल परेपछि दुई वर्षदेखि व्यावसायिक कफीखेतीमा रमाउँदै आएका छन्। खानीखोला–१ हात्तीडाँडाका राजकुमार लामाले चार वर्षअघि नै कफीखेती सुरु गरेका थिए।

उनले हाल करिब दश रोपनी क्षेत्रफलमा कफी लगाएका छन्। दुई वर्षदेखि कफीबाट उत्पादन पनि निकालिएको बताउँदै लामाले हाल आठ सय किलो कफी उत्पादन गरी तीन लाख आम्दानी गरेका छन्।

गाउँपालिकाले कफीखेतीलाई प्राथमिकतामा राख्दै दिगो आयस्रोतका रूपमा कफीखेती छनोट गरी चालु आर्थिक वर्षको सुरुआतमै ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रम अघि सारेको थियो।

कार्यक्रम अन्तर्गत कृषक समूह र कृषि सहकारी गरी ११ संस्थामा आबद्ध किसानलाई घोषित अनुदान वितरण कफी किसानलाई प्रोत्साहन गरिएको जनाइएको छ। सबै कृषक समूहलाई पाँच लाख ४५ हजार सात सय ७६ वितरण गरिएको थियो।

चालु आवमा अनुदान कार्यक्रमअनुसार ३५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिए। उनका अनुसार अनुदान वितरण गरी बाँकी बजेटबाट किसानलाई थप ३५ हजार बिरुवा वितरण गरी नर्सरी प्रवर्द्धनमा लगानी गरिएको छ।

गाउँपालिकाले यस वर्ष करिब ३० हजार किलो कफी उत्पादन हुने अनुमान गरिएकामा २० हजार किलोमात्रै उत्पादन भएको जनाएको छ। ‘समूहभन्दा बाहिर रहेका किसान समेटेर कफी प्रवर्द्धनमा आउँदो आवमा थप कार्यक्रम बनाउनेछौं’, अध्यक्ष थिङले भने। 

उनका अनुसार भौगोलिक विकटताका कारण अन्य नगदे बालीभन्दा कफीको बजारीकरण सजिलो देखिएकाले उक्त खेतीलाई गाउँपालिकाले प्राथमिकतामा राखिएको हो।

गाउँपालिकाले किसानलाई उत्पादित भएकोमध्ये एक किलो बराबर रु ३५ अनुदान दिंदै आएको छ। विगत १२ वर्षदेखि कफीखेती गर्दै आएका वडा नं ६ का किसान बाबुलाल घलानले गाउँपालिकाबाट अनुदान पाएपछि आफूहरू निकै खुसी भएको बताए।

यस वर्ष अनुदान तथा प्राविधिक सहयोग पाएका उनले कफी उत्पादनबाट वार्षिक तीन लाख आम्दानी गर्दै आएका थिए। यस वर्ष उनले पाँच सय किलो कफी उत्पादन गरेका छन्।

यस वर्ष गाउँपालिकाका एक सय ७६ कफी किसानले अनुदान पाएका हुन्। सबैभन्दा बढी मिल्चे साना किसान कृषक समूहले कफी उत्पादन गरेको हो। सो समूहले तीन हजार एक सय ६९ किलो कफी उत्पादन गरेको थियो।

-रासस
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस