परेन पानी, फुलेन गुराँस
१० वैशाख २०८०
•
६ मिनेट पाठ
परेन पानी, फुलेन गुराँस
चैत-वैशाख महिना वनपाखामा ढकमक्क फुलेर राताम्मे हुनु गुराँसको विशेषता हो। यसैले त अन्य फूलभन्दा उच्च कोटीमा आफ्नो अस्तित्व राख्न सफल भएको हुन सक्छ। गुराँसका बोट अहिले ठिङ्ग्रिङ्गै छन्। चैत-वैशाख ढकमक्क फुल्ने गुराँस यस वर्ष फुलेको देखिएन।




पाथीभरा जाने पदमार्ग दायाँबायाँ गुराँसको झाङ। तर गुराँस हो कि होइन भने ठम्याउन निकै मुस्किल छ। किनकि अन्य बोटभन्दा त्यति भिन्नता देखिँदैन। पाथीभरा मन्दिरमा प्रत्येक दिन पूजापाठ गर्न जाने आउने तीर्थयात्री एकैछिन उभिएर यसो हेर्ने गर्दछन् अनि भन्ने गर्दछन्, ‘गुराँस किन फुलेन।’

विगतमा पाथिभरा क्षेत्रमा फुलेको गुराँसको रस चुस्न झुम्मिएका अनेक थरिका चरा अनि मौरी। ती चराको आवाजले सङ्गीतमय यात्रा हुने गर्दथ्यो। गुराँसका रस चुस्ने अनेक थरिका चराचुरुंगी र आफ्नो आहारा बटुल्न आउने ती मौरी अहिले कहाँ केको रस चुस्तै होलान्!

चैत-वैशाख महिना वनपाखामा ढकमक्क फुलेर राताम्मे हुनु गुराँसको विशेषता हो। यसैले त अन्य फूलभन्दा उच्च कोटीमा आफ्नो अस्तित्व राख्न सफल भएको हुन सक्छ।
विगतमा पाथीभरा जाने पदमार्गमा कुनै विशिष्ट व्यक्ति वा दुलहीको स्वागत गर्नका लागि बसेको जस्तै पदमार्गको दायाँबायाँ विभिन्न प्रकारका लालीगुराँसका फूलले सजिएको हुन्थ्यो। निकै लामो समय गाडीभित्र गुम्सिएर उकुसमुकुस यात्रापछि गाडीबाट ओर्लिनेबित्तिकै मनमोहक राष्ट्रिय फूल लालीगुराँसको स्वागतले तीर्थयात्रीमा एक प्रकारको ऊर्जा प्राप्त हुने गर्थ्याे।

पाथीभरा क्षेत्रका वनपाखा रङ्गीन बन्थ्यो। लालीगुराँस फुलेपछि पाथीभरा दर्शनका लागि आउने तीर्थयात्री सबैको मन लोभ्याउने गर्दथ्याे। ढकमक्क फुलेको लालीगुराँस देख्दा सबैको मन लोभ्याउने र आनन्द लिन तथा पाथीभरा देवीको दर्शन गर्ने अवसर मिल्यो। तर यस वर्ष भने गुराँस फुल्न सकेन। गुराँसका रुख छन् तर अरू रुखभन्दा त्यति भिन्नता छैन।

सिदिङवा गाउँपालिका–४ साब्लाखुकी फूलमाया लिम्बू ढकमक्क गुराँस फुल्दाको आनन्द लिन र पाथीभराको दर्शन गर्न जाने सोच निकै अगाडिदेखि नै थियो। गत बुधबार भने लिम्बूको साइत जु¥यो। बिहान ४ बजे नै ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट पाथीभरा क्षेत्र प्रस्थान गरे।

पाथीभरा क्षेत्रका वनपाखा रङ्गीन बन्थ्यो। लालीगुराँस फुलेपछि पाथीभरा दर्शनका लागि आउने तीर्थयात्री सबैको मन लोभ्याउने गर्दथ्याे।
दुई घन्टा यातायातको साधनमार्फत काफ्लेपाटी पुगिन्। काफ्लेपाटीबाट पाँच किलोमिटर उकालो पदमार्गको प्रयोग गरेर पाथीभरा मन्दिर पग्नु सकिन्छ। पदमार्गको दायाँबायाँ फुलेको गुराँसको आनन्द लिँदै कहीँ कतै गुराँसको थुङ्गासँग तस्बिर लिने सोच बनाउँदै रङ्गीन सोच बनाएर उकालो लागिन्। तर लिम्बूका ती रङ्गीन सोच लामो समय टिक्न सकेन। न त कतै गुराँस फुलेको देख्न पाइयो न त चराचुरुङ्गीको आवाज नै सुन्न पाइन्। ‘किन गुराँस फुलेन’, लिम्बूले भनिन्, ‘गुराँस फुलेको हेर्न पाइन्छ भने आइयो तर गुराँस फुलेन छ।’

मधेसमा गुराँस पाइँदैन। मधेसमा जन्मेहुर्केकालाई गुराँस हेर्नका लागि पहाड उक्लिनै पर्दछ। गुराँस हेर्न र पाथीभराका दर्शन गर्न साप्तरीका शिव यादवले भने ढकमक्क गुराँस फुलेको हेर्ने इच्छा पूरा नभएको बताइन्।

दुई घन्टा यातायातको साधनमार्फत काफ्लेपाटी पुगिन्। काफ्लेपाटीबाट पाँच किलोमिटर उकालो पदमार्गको प्रयोग गरेर पाथीभरा मन्दिर पग्नु सकिन्छ।
प्राकृतिक सुन्दरतासँगै विभिन्न प्रजातिका गुराँस फुल्ने याममा गुराँस फुल्न नसकेको स्थानीय इन्द्रनारायण भट्टराईले बताए।

विगत वर्षमा पाथीभराको दर्शनसँगै गुराँस फुलेको मनोरम दृश्यावलोकन गर्न ठूलो संख्यामा तीर्थयात्री आउने गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए।

नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये पाथीभरा क्षेत्रमा मात्र २६ प्रजातिका पाइने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। विश्वमा दुर्लभ वन्यजन्तु रेडपान्डाको बासस्थान पाथीभरा क्षेत्रमा पर्दछ। कालो भालु, मृग, घोरल साथै नेपालमा मात्र पाइने काँडेभ्याकुर, कालिज, नेपालको राष्ट्रिय पक्षी डाँफे लगायत वन्यजन्तु तथा पक्षी पाइने गर्दछन्।

पर्यटन मन्त्रलयको आर्थिक सहयोगमा पाथीभरा क्षेत्रमा गुराँस उद्यान क्षेत्रको घोषणसमेत गरिएकाले गुराँसको संरक्षण गर्ने काम भइरहेको छ। यस क्षेत्रमा सुनपाती, रातो चिमाल, चियाफुले गुराँस, नीलो चिमाल, पहेँलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँस पाइन्छन्।

नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये पाथीभरा क्षेत्रमा मात्र २६ प्रजातिका पाइने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
यस्तै कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पनि पाइन्छन्। यस क्षेत्रमा पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङजस्ता प्रजातिसमेत रहेका छन्।

स्थानीय व्यवसायी गुराँस फुलेको समयमा पर्यटन व्यवसाय फस्टाउने आशमा हुन्छन्। हिमाली र पहाडी भेगमा ढकमक्क गुराँस फुलेको हुन्छ। फागुनदेखि जेठसम्म गुराँस फुल्छ। गुराँसलाई विम्ब बनाएर धेरै गीत, गजल र कविता लेखिएका छन्।

यतिबेला सामाजिक सञ्जालमा गुराँसछेउ उभिएको, हत्केलामा गुराँस राखिएको, कानमा सिउरिएका तस्बिर बढी लोकप्रिय हुन्छन्। यतिबेला गुराँस बगैँचामा रमाउने र पदयात्रा गर्नेहरू धेरै भेटिन्छन् । तस्बिरमा देखेकाहरू प्रत्यक्षरूपमा गुराँस देख्दा धेरै रमाउँछन्।

यस्तै कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पनि पाइन्छन्। यस क्षेत्रमा पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङजस्ता प्रजातिसमेत रहेका छन्।
हरेक वर्ष देवतालाई गुराँस चढाइन्छ । यसका पात, बोक्रा र फूल मानिस तथा घरपालुवा जनावरका लागि औषधिका रूपमा प्रयोग गरिन्छ। अचार, सर्वत र रक्सी बनाउन पनि यो झनै उपयोगी हुन्छ। तर, यस वर्ष भने विगतमा फुलेझैँ गुराँस नफुलेको स्थानीय बताउँछन्।

किन फुलेन गुराँस

जलवायु परिवर्तन कारणले गुराँस फुल्न नसकेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका वार्डेन दिपेन्द्र पोखरेल बताउँछन्। यस वर्ष विगतको जस्तो असोजदेखि अहिलेसम्म खासै वर्षा हुन सकेन। हिमाली भेगमा हिमपात नभई हिउँ पर्ने समय गएको छ। विगतमा चाँदीजस्तै सेताम्य हुने हिमाल कालो चट्टानजस्तै देखिन थालेको छ। हिउँ पग्लेर हिमरेखाभन्दा माथि जान थालेको पोखरेलले बताए।

हिमालमा समयमै हिमपात र वर्षा कमी हुनुले पनि जैविक विविधतामा असर पुगेको वार्डेन पाखरेलको भनाइ छ। त्रिभुवन विश्वविद्यालय वनस्पति शास्त्र केन्द्रीय विभागमा प्राध्यापन गर्ने वनस्पतिविद् विजया पन्त जमिनमा पानीको मात्रा कम भएकाले यसपालि गुराँस नफुलेको बताउँछिन्।

जलवायु परिवर्तन कारणले गुराँस फुल्न नसकेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका वार्डेन दिपेन्द्र पोखरेल बताउँछन्।
‘त्यही ठाउँमा अघिल्लो वर्ष फुल्ने यस वर्ष नफुल्ने भनेको सुक्खापनले गर्दा नै हुनुपर्छ‘, उनी भन्छिन्, ‘पानीलाई सोसेर गुराँस फुल्ने भएकाले फुल्नुअघि पानी नपर्दा गुराँस फुल्न सकेन।’

उनका अनुसार सुक्खा हुनेबित्तिकै सुक्ष्म जीवाणु र ढुसीले माटो मलिलो र रसिलो बनाउने प्रक्रिया बन्द हुने भएकाले कोपिला लागे पनि गुराँसको फूल फक्रिन नसकेको हुनुपर्छ। बिरुवा फुल्नु-नफुल्नु, फल लाग्नु नलाग्नुमा जलवायु परिवर्तन जस्ता अरू थुप्रै कारण पनि उत्तिकै जिम्मेवार हुने उनले बताइन्। रासस
अर्को समाचार
पाथीभरा मन्दिरबाट संकलन भयो १ सय ८४ तोला सुन
१२ पौष २०८०
•
१ मिनेट पाठ
पाथीभरा मन्दिरबाट संकलन भयो १ सय ८४ तोला सुन
ताप्लेजुङको पाथीभरा मन्दिरबाट १ सय ८४ तोला सुन सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिले बिहीबार पत्रकार सम्मेलनमार्फत पछिल्लो समय जम्मा भएको सुनचाँदी सहितको परिणाम सार्वजनिक गरेको हो।




जसअनुसार कुल १ सय ८४ तोला १ सय ३४ लाल सुन जम्मा भएको छ भने ९२ किलो ६ सय ५० ग्राम चाँदी जम्मा भएको छ। चाँदी भने रिफाइन नगरिएको अवस्थामा रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङले जानकारी दिए।

उनका अनुसार ८५ तोला ८ लाल सुन रिफाइन गरिएको अवस्थामा रहेको छ भने ९९ तोला १ सय २६ लाल सुन भने रिफाइन नगरिएको अवस्थामा रहेको छ।

पाथीभरा मन्दिरबाट संकलन भएको ६ हजार ५ सय ३९.७७५ किलोग्राम तामा तथा १६ हजार ६ सय ३८.१०० किलोग्राम बराबर घण्टी भण्डारण भएको अवस्थामा रहेको समितिले जनाएको छ।

समितिले अहिले आफ्नो खातामा ८ करोड ३५ लाख २३ हजार ५ सय ४८ रुपैयाँ मौज्दात रहेको समेत जानकारी दिएको छ। यसमध्ये गत वर्षको अल्या ७ करोड ६७ लाख ६१ हजार ७ सय ६० रुपैयाँ रहेको थियो।

गत कार्तिक १ गतेदेखि मंसिर मसान्तसम्ममा ६८ लाख ११ हजार १ सय १० रुपैयाँ भेटी जम्मा हुन आएको समेत समितिले जनाएको छ। समितिका कार्यकारी निर्देशक हाङवाङले संकलन भएको भेटी रकममध्ये उल्लेखित रकम भने गणना हुन आएको रकम मात्र रहेको जानकारी दिए ।

‘पछिल्लो दुई महिनामा संकलन भएको रकममध्ये गणनामा स्थलमा ल्याएर गणना गर्ने र अर्को महिनामा सो सहितको विवरण सार्वजनिक गर्ने तयारीमा छौं’ उनले भने।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस