विद्युत आपूर्तिमा देखिएको समस्या १५ दिनमा समाधान हुन्छः निर्देशक घिसिङ
१० वैशाख २०८०
•
४ मिनेट पाठ
विद्युत आपूर्तिमा देखिएको समस्या १५ दिनमा समाधान हुन्छः निर्देशक घिसिङ
फाइल तस्बिर
विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सुक्खा यामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा समस्या आएको बताएका छन्।

आइतबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले सुक्खायामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा समस्या आएको बताएका हुन्। उनले पूर्वका उद्योगी व्यवसायीहरुले ४ दिनदेखि विद्युत कटौति गरेर लोडसेडिङ गरेको बताए पनि लोडसेडिङ नभएको दाबी गरे।

उनले विराटनगर करिडोर क्षेत्रमा विद्युत लाइनमा प्राविधिक समस्या तथा सुक्खायामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा कमी भएको कारण विद्युत कटौति गरेको स्वीकार गरे। प्रवन्ध घिसिङले विराटनगर ओद्योगिक क्षेत्रमा विद्युत आपूर्तिमा प्राविधिक समस्या आएकाले ४ दिन विद्युत लोड कटौति भएको बताए। उनले सुक्खायाममा माग अनुसार उत्पादन नहुने भन्दै अझ गत वर्षको भन्दा यो वर्ष राम्रो अवस्थामा प्राधिकरण रहेको बताए।

उनले गत वर्ष धेरै अफ्ठ्यारो अवस्थामा विद्युत आपूर्ति गरेको भन्दै विराटनगर औद्योगिक करिडोरमा देखिएको समस्या तत्काल समाधान हुने बताए। अहिले उत्पादन घटेको भन्दै प्राधिकरणले अधिकांश औद्योगिक क्षेत्रको लोड कटौति गरेको उनको भनाइ छ।

प्रवन्ध निर्देशक घिसिङले यो ‘सर्ट टर्म’को समस्या भएको भन्दै १०÷१५ दिनमा समाधान गर्ने प्रतिवद्धता जनाए। उनले यो वर्ष विद्युत आपूर्तिमा समस्या नहुने गरी काम गरिरहेको दाबी गरे। उनले पूर्वमा सबस्टेसनको ब्रेकरमा समस्या आएकाले केही दिन आपूर्ति प्रभावित भएको बताउनु भयो। उहाँले अहिले समस्या समाधान भइसकेको र शनिवारदेखि विराटनगरमा सामान्य रुपमा विद्युत प्रवाह भइरहेको दाबी गरे। उनले गत वर्षको हिउँदको समयमा भन्दा यो वर्ष २५ देखि ३० प्रतिशतसम्म विद्युत उत्पादन घटेको बताए। उनले हिउँ र पानी नपरेकाले निजी क्षेत्रको उत्पादन समेत १५ प्रतिशतको हाराहारीमा मात्रै रहेको बताए।

उनले भने,‘गत वर्षको भन्दा नेपाल विद्युत प्राधिकरण यो वर्ष राम्रो पोजिसनमा छौं। गत वर्ष प्राधिकरणलाई धेरै अफ्ठ्यारो थियो। बाहिरबाट धेरै विद्युत आयात गर्नसक्ने अवस्थामा थिएनौं। नेपालमा विद्युत उत्पादन पनि धेरै बढेको अवस्था थिएन। तर यो वर्ष विगत केही समय देखि उद्योगी व्यवसायीहरुले धेरै लोडसेडिङ भयो भन्ने गुनासो गर्नुभएको छ। लोडिसेडिङ हुनुमा थोरै प्राविधिक विषयहरु रहेका छन्। पूर्वका उद्योगीहरुले ४ दिनदेखि गुनासो गर्नुभएको छ। एक हप्तादेखि पूर्वमा प्राविधिक समस्या पनि थियो। रुपमणि सबस्टेशनको ब्रेकर पड्कको हुनाले ब्रेकर परिवर्तन गर्दा एउटा सर्किट बाइपास गर्नुप¥यो। त्यहाँ १३२ केभीको दुईवटा मात्रै ढल्केवरबाट पूर्व जाने ट्रान्समिसन लाईन छ। त्यसकारण दुई तिन दिन समस्या भएको हो।  त्यो समस्या समाधान भएको छ। बिहार र कटैयाँबाट एउटा सर्किटबाट समय–समयमा ब्रेकरमा समस्या हुँदा अभरलोड भएर तार चुडिदा समस्या भएको हो । अहिले ब्रेकर मर्मत भएको छ। शनिवारदेखि सामान्य छ। विराटनगर औधोगिक करिडोर क्षेत्रमा सबै उद्योगीहरुले नरमल रुपमा नै विद्युत पाइराख्नु भएको छ। बिहान र बेलुकको पिक समयमा पनि पाइराख्नुभएको छ। बेलुकाको पिकमा पुग्दैन। तर पनि प्राधिकरण विद्युत दिइरहेको छ। काबेली करिडोर यो वर्षको विद्युत उत्पादनको कुरा गर्दा प्राधिकरणसँग गत वर्ष यो समयमा जडित क्षेमता भनेको २ हजार मेगावट जति थियो। पानी धेरै परेको हुनाले सबै खोलाहरुमा राम्रो विद्युत उत्पादन थियो। विद्युत उत्पादन राम्रो थियो। त्यसो हुँदा गत वर्ष अप्रिलको अन्तिमसम्म राम्रो थियो। यो वर्ष हिँउ र पानी दुवै नपरेको कारण विद्युत उत्पादन घटेको छ। समग्रमा सबै उत्पादन कम भएको छ। अहिले २५ देखि ३० प्रतिशत गत वर्षको तुलना घटेको छ। यो वर्ष विद्युत उत्पादन क्षेमता २७ सय मेगावाट पुगेको छ। निजी क्षेत्रले उत्पादन गरेको विद्युत १५ प्रतिशत पनि उत्पादन भएको छैन। यो वर्ष नै सबै भन्दा सुक्खा सिजन होला।’

उनले नेपालको कुल जडित क्षमता करिव २५०० मेगावाट पुगेको बताए। स्थानीय माग धान्नका लागि ५०० मेगावाट विद्युत भारतबाट आयात भइरहेको उनको भनाइ छ।  पछिल्लो समय ५०० मेगावाट औद्योगिक लोड थपिएको भन्दै प्राधिकरणले माग गर्ने सबै उद्योगहरुको लोड स्वीकृत गर्ने गरेको उनले बताए। विद्युतको माग पूरा गर्नका लागि कुलेखानी जलाशययुक्त जलविद्युत आयोजना २४ सै घण्टा चलाइरहेको घिसिङले बताए। उनले बिहान बेलुकी पीक आवरमा भने दिन नसकिएको स्वीकार गरे।

प्रवन्धक निर्देशक घिसिङले आगामी १०/१५ दिनमा विद्युत मागमा रहेको समस्या समाधान हुने बताए। उनले यो वर्ष करिव २८०० मेगावाट विद्युत प्रणालीमा पुग्ने भन्दै नेपालको माग २००० मेगावाटसम्म पुग्ने अनुमान रहेको बताए। उनले पीक आवरको माग भने करिव १७५० मेगावाट पुगेको बताए। औसत विद्युतको माग करिब १३०० मेगावाट र बेस लोड १२०० मेगावाट रहेको उनको भनाइ छ। विद्युत माग पूरा गरेर नेपालबाट करिव १२०० मेगावाट विद्युत निर्यात गर्ने गरी प्राधिकरणले योजना बनाइरहेको उनले बताए।  
अर्को समाचार
विद्युत आपूर्तिमा समस्या हुँदा उद्योगहरु प्रभावित
०४ असार २०७९
•
२ मिनेट पाठ
विद्युत आपूर्तिमा समस्या हुँदा उद्योगहरु प्रभावित
पर्सा बारा औद्योगिक करिडोर। तस्बिरः रितेश त्रिपाठी
विद्युत आपूर्तिमा समस्या देखिएको भन्दै यसको समाधान खोज्नका लागि वीरगन्ज उद्योग वाणिज्य संघले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई माग पत्र बुझाएको छ। नेपाल विद्युत आपूर्तिमा आत्मनिर्भर हुँदै गएर हाल विद्युत भारतमा निकासी समेत भईरहेको बेला हर्षित उद्योग जगत वास्तविकतामा भने उर्जा संकट खपिरहेको उद्योगीहरुले बताएका छन्।

समस्या समाधानका खातिर आफूले उद्योगीहरुको तर्फबाट प्राधिकरणलाई पत्र पठाएको संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले बताए। संघका अनुसार हाल बारा–पर्सा आद्योगिक कोरीडोर लगभग २०० ठूला र २००० जति मझौला तथा साना प्रकृतिका उद्योगहरु संचालनमा रहेका छन्। यी उद्योगहरुको संचालनको लागि गुणस्तरीय विद्युतको नियमिति आपूर्ति एक अति आवश्यक रहे पनि अहिले समस्या भएको उनले बताए।

‘बारा–पर्सा औद्योगिक कोरीडोरका प्रायः उद्योगहरुमा ६६ के.भि.ए.को फिडर र परवारनीपुरमा रहेको हिमाल फिडरबाट विद्युतको आपूर्ति हुने गरेको छ। तर विगतका केही महिनादेखि उद्योगहरु उक्त फिडरहरुबाट हुने.गरेको विद्युत आपूर्तिमा गुणस्तरीयताको कमि देखिएको छ,’ संघको पत्रमा छ, ‘दिनको १० पटकसम्म ट्रीपिङ्ग र ४/५ पटकसम्म लामो समयको लागि विद्युत आपूर्ति नै बन्द हुने समस्या समान्य भईसकेको छ।’

विद्युत आपूर्तिमा देखिएका भोल्टेज अनियमितता र पटकपटकको ट्रीपिéबाट मेशनरी पार्टहरु दैनिक रुपमा खराब हुने गरेको र लाईन काटिने समस्याले मेशीनमा राखिएको कच्चापदार्थ बिग्रिने र उत्पादन प्रभावित हुनेजस्ता समस्या उद्योगहरुले खपिरहेको उद्योगीहरुको भनाई छ। विद्युतको समस्या समाधानप्रति प्राधिकरणको स्थानिय ईकाईको ध्यान नभएको संघको आरोप छ। विद्युत समस्याका कारण उद्योगहरुउपर आर्थिक भार बढदै गएको र उत्पादन ह्रास भएको पत्रमा उल्लोख छ।

उद्योग हित र उत्पादकत्व अभिवृद्धिका राष्ट्रकै आर्थिक विकासको विषय भएको ध्यानाकर्षण गराइएको छ। बारा–पर्सा औद्योगिक कोरीडोरमा विद्युत सम्बन्धी समस्याहरु चाँडो समाधानका लागि संघले आग्रह गरेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस