गत बैशाख ४ गते पक्राउ गरेर तेल भराउन नुतल आयल स्टोरमा पुगी समातिएको मोटरसाइकललाई सशस्त्र प्रहरीले एक महिना खुटौना बेस क्याम्पमा राखेको खुलासा भएको छ।
फागुन १२ मा नुतन आयल स्टोरबाट चोरी भएको मोटरसाइकल भारतबाट सामानसहित ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले समातेर एक महिनासम्म खुटौना बेस क्याम्पमा राखेको खुलेको हो।
सशस्त्र प्रहरी खुटौना बेसले चोरिको मोटरसाइकल पक्राउ गरेको ठाउँमलंगवा नगरपालिका ९ घर भई नुतन आयल स्टोरमा कार्यरत कर्मचारी राकेश राउतको प्रदेश २–०२–००३ प ७७२९ नम्बरको मोटरसाइकल गत फागुन १२ मा पेट्रोल पम्पबाटै चोरी भएको थियो। सोही मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेको अवस्थामा खुटौना सशस्त्र प्रहरी बेसमा कार्यरत चालक तथा घुमुवा रोबिन पोखरेलले समातेर बेस क्याम्पमा पुर्याएका थिए।
करिब दुई हप्तासम्म मोटरसाइकलको बारेमा कसैले सोधखोज गर्न नआएपछि घुमुवा तथा चालक पोखरेलले बेसपति सशस्त्र प्रहरी निरीक्षक अंगद खड्कालाई कन्भिन्स गरेर मोटरसाइकल चढेका थिए।
सप्रनि खड्का र घुमुवा पोखरेलको मिलेमतोमा नै सर्लाही सदरमुकाम मलंगवाको जिविस चौकस्थित एक आर्ट तथा पेन्टर पसलमा हचुवाको भरमा प्रदेश २–०२–००३ प ७७२९ नम्बरको मोटरसाइकललाई बा २ ब ९७२६ बनाउन लगाएका थिए।
चोरीको मोटरसाइकलमा सरकारी नम्बर प्लेट पेन्टर पसलमा कम्प्युटरबाट नम्बर प्लेट बनाउन लगाई सप्रनि खड्का र घुमुवा पोखरेलले सरकारी नम्बर प्लेट कीर्ते जालसाजी गरेको बुझिएको छ। सरकारी नम्बर प्लेट लगाएर दुई हप्ताभन्दा लामो समय खुटौना बेसबाट निर्धक्क चढिरहेका सप्रनि खड्का र घुमुवा पोखरेल बैसाख ४ मा नुतन आयल स्टोर मलंगवामा समातिएका थिए।
समातिएको मोटरसाइकल लिएर सप्रनि खड्का र घुमुवा पोखरेल सधैँ मलंगवा नगरपालिका ९ स्थित ओम टे«डर्समा तेल भराउने गरेका थिए तर बैशाख ४ मा तेल नपाएपछि मलंगवा ४ शिवसागर चौकस्थित नुतन आयल स्टोरमा पुगेका थिए।
नुतन आयल स्टोरका कर्मचारी पटेलले आफ्नो मोटरसाइकलमा सरकारी नम्बर प्लेट देखेर आफूसित भएको कागजपत्रसित चेसिस नम्बर भिडाउँदा मिलेपछि सप्रनि खड्का र घुमुवा पोखरेल पहिले भाग्न खोजेका थिए तर स्थानीयले समातेपछि आफूहरुले मोटरसाइकल समातेर भन्सार बुझाउन लैजाने क्रममा तेल कम भएपछि भराउन आएको बताएका थिए।
खुटौना बेस क्याम्पनिकट घर भएका स्थानीय रामनाथ रायले एक महिना पहिले घुमुवा रोबिन पोखरेलले मोटरसाइकल समातेर ल्याएको र दुई हप्ता राखेपछि सरकारी नम्बर प्लेट चढाएको बताएका छन्। बेस क्याम्पका छिमेकी रायले सप्रनि खड्का र घुमुवा पोखरेलले मात्र बढी समय उक्त मोटरसाइकल चढ्ने गरेको आफूले देखेको बताएका छन्।
चोरीको मोटरसाइकललाई सरकारी बनाउने जस्तो कीर्ते जालसाजी गर्ने सप्रनि खड्का र घुमुवा पोखरलाई चोख्याउन सशस्त्र प्रहरी गण नम्बर १० का गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलाबहादुर भण्डारीले पनि आफ्नै निर्देशनमा फर्जी प्रतिवेदन बनाउन लगाएका थिए। बैशाख ४ मा मलंगवा नगरपालिका ६ स्थित भेडरहिया नाकाबाट सरकारी नम्बर प्लेट भएकै अवस्थामा मोटरसाइकल समातिएको भन्ने फर्जी प्रतिवेदन सशस्त्र एसपी भण्डारीले बनाउन लगाएका थिए।
फर्जी प्रतिवेदन बनाउनमा सशस्त्र एसपी भण्डारीको पनि संलग्न रहेको स्रोतले बताएको छ। सप्रनि खड्का र घुमुवा पोखरेललाई पनि सशस्त्र प्रहरी मधेश प्रदेश छिन्नमस्ता बाहिनी बर्दीबासमा तानिएको स्रोतको दाबी छ। एसपी भण्डारीले सप्रनि खड्का र सहायक हवलदार रोबिन पोखरेल बाहिनीमा गएका र छानबिन भइरहेको बताएका छन्।
बाहिनी प्रमुख सशस्त्र डिआइजी दीपेन्द्र शाहले सशस्त्र एसएसपी माधव पौडेलको नेतृत्वमा छानबिन टोली बनाएर घटनाबारे छानबिन भइरहेको जानकारी गराएका छन्।
नुतन आयल स्टोरमा कार्यरत कर्मचारी राकेश पटेलले आफ्नो मोटरसाइकल बैशाख ४ मा नै चिनेको भए पनि अहिलेसम्म मोटरसाइकल फिर्ता पाउन सकेका छैनन्। चोरी भएको मोटरसाइकल सशस्त्र प्रहरीसित फेला परेपछि सम्बन्धितलाई कारबाही नहुनु तथा धनीले मोटरसाइकल पनि नपाउनुले सर्लाही सदरमुकाम मलंगवाबासी निराश बनेका छन्। सप्रनि खड्का र घुमुवा पोखरेललाई चोख्याउने चलखेल भइरहेको आशंका मलंगवावासीको रहेको छ।
सशस्त्र प्रहरीसँग मोटरसाइकलको विषयमा मागेको विवरण अहिलेसम्म उपलब्ध नगराएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी नरेश राज सुवेदीको भनाइ छ।
कोसी प्रदेशका तराईका जिल्लामध्ये शान्ति सुरक्षाको हिसाबले सुनसरी संवेदनशील जिल्लामै पर्छ। भारतसँग खुला सीमा जोडिएको जिल्ला भएका कारण यहाँ अवैध क्रियाकलाप, लागुऔषध एवं हातहतियारको अवैध ओसारपसार, चोरी–तस्करी, मानव बेचबिखन लगायतका घटना हुने गरेका छन्। यस्ता घटना नियन्त्रणका लागि सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी बढाएको छ।
यसरी निगरानी सीमा क्षेत्रका नागरिकले शान्ति सुरक्षाको दरिलो अनुभूति गर्ने गरेका छन् भने भारतबाट अवैधरूपमा नेपाल भित्रयाएको सामान पक्राउ गर्ने क्रम बढ्दो छ।
कोसी प्रदेशका तराईका जिल्लामध्ये शान्ति सुरक्षाको हिसाबले सुनसरी संवेदनशील जिल्लामै पर्छ।
यसै क्रममा सशस्त्र प्रहरी बल, नेपाल ४ नं.गण सुनसरीका अनुसार विनाबिल–बिजक र अवैध रूपमा नेपाल ल्याएको सामान बरामद गरिएको छ। जसमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धरानबाट खटिएको टोलीले दुईवटा ट्रक, एक मारुती भ्यान र एउटा पिकअप जाँच गर्ने क्रममा विनाबिल–बिजकको ५ लाख ३१ हजार ८ सय ३० रूपैयाँ बराबरको सामान र सामान ढुवानी गर्ने ट्रक, मारुती भ्यान तथा एकवटा पिकअप गाडी नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा जिम्मा लगाएको छ।
यसैगरी, सीमा सुरक्षागुल्म कप्तानगञ्जबाट खटिएको टोलीले भारतबाट भन्सार छली अवैधरूपमा नेपालतर्फ ल्याउँदै गरेको ९ै लाख ८ हजार ७ सय रूपैयाँ बराबरको लत्ताकपडा र २ लाख बराबरको दुईवटा मोटरसाइकल बरामद गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको छ।
यसै क्रममा सशस्त्र प्रहरी बल, नेपाल ४ नं.गण सुनसरीका अनुसार विनाबिल–बिजक र अवैध रूपमा नेपाल ल्याएको सामान बरामद गरिएको छ।
यस्तै, सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट घुस्कीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ नै अवैधरूपमा ल्याउँदै गरेको १ लाख ३ हजार ७ सय ५५ रूपैयाँ बराबरको मोटर पार्टस् नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सुनसरी भन्सार कार्यालय कोसी ब्यारेजमा जिम्मा लगाएको सशस्त्र प्रहरी बल, नेपाल ४ नं.गण सुनसरीका डिएसपी प्रेम सिग्देलले बताए।
यस्तै, सशस्त्र प्रहरी बल, नेपालबोर्डर आउट पोष्ट अमडुवाले पनि अवैध रूपमा ल्याउँदै गरेको किराना तथा लत्ताकपडा बरामद गरी सुनसरी भन्सार कार्यालय कोसी ब्यारेज सुनसरीमा बुझाएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण सुनसरीले अवैध चोरी तस्करी नियन्त्रण गर्न तथा राजस्व वृद्धि गर्न सक्रिय रूपमा जुटेको डिएसपी सिग्देलले बताए।
उनका अनुसार गत सोमबार मात्रै अवैध चोरी तस्करीका विभिन्न सामान बरामद गरी १२ लाख ८१ हजार ७ सय ७५ रूपैयाँ बराबरको सामान सुनसरी भन्सार कार्यालय जिम्मा लगाएको छ। विनाबिलबिजकको विभिन्न सामान तथा सवारी साधन नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय इटहरीमा ३६ लाख ३१ हजार ८३० रूपैयाँ बराबरको सामान जिम्मा लगाएको छ।
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...