सशस्त्र प्रहरीको हर्दौनी बिओपीको भवन उद्घाटन
१९ वैशाख २०८०
•
१ मिनेट पाठ
सशस्त्र प्रहरीको हर्दौनी बिओपीको भवन उद्घाटन
कपिलवस्तुको महाराजगंज नगरपालिका– १० स्थित सशस्त्र प्रहरी वल बोर्डर आउन पोस्ट हदौनाको भवन र ब्यारेकको उद्घाटन गरिएको छ।




३ वर्ष अघि सशस्त्र द्धन्द्धकालीनमा विस्थापित छोटी भन्सारको कार्यालय परिसरमा २०७६ साल फागुनमा बिओपी स्थापना गरिएको थियो। सिमा क्षेत्रको अपराध नियन्त्रणका लागि ९३ किलोमिटर सिमा क्षेत्रमा कपिलवस्तुमा ९ वटा बिओपी स्थापना भएको सशस्त्र प्रहरी उपरिक्षक जिवन केसीले बताए। ३ कठ्ठा ७धुर जमिनमा ८३ लाख बढी लागतमा ३ वटा निर्मित भवनको बिन्दबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक बिदुर खडकाले उदघाटन गरेका हुन्।

सो अवसरमा उनले बिओपी स्थापना भए पछि सीमा क्षेत्रको शान्ति सुरक्षामा मद्दत मिल्ने बताए। उनले सिमा सुरक्षालाई प्रभावकारी बनाउन बिओपी थप्ने कार्य जारी रहेको भन्दै लुम्बिनी प्रदेश भित्र यस बर्ष १५ वटा बिओपी थपिने बताए। ‘बाीओपी स्थापनाले सिमा क्षेत्रको सुरक्षा मजबुत हुनेछ, जसले गर्दा शान्ति सुरक्षाको अनुभुति मिल्ने छ’ उनले भने। सो अवसरमा महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलामले हदौना लगायतका स्थानमा बिओपी स्थापना भए पछि जनतालाई शान्ति सुरक्षा मिलेको बताए।

उनले हर्दौना क्षेत्र बाणगंगा नदीको डुबान, बाढि र आगलागी जस्ता प्रकोप क्षेत्र भएकोले सो स्थानमा बिओपीको स्थापनाले नागरिकलाई राहत मिलेको बताए। उनले आफनो पालिकाले नेपाल र सशस्त्र प्रहरीलाई आवश्यक सहयोग गरी रहने बताए।  सो अवसरमा सशस्त्र प्रहरी उपरिक्षक जीवन केसीले नगरपालिकाको वडा नम्बर ८ र १० स्थित पर्ने मुख्य नाका नभएका अग्ली, मुझौनी, मुझाना करेलियालगायतका सहायक नाका समेतको सिमा सुरक्षा हेर्ने बताए। मुख्य र सहायक गरी ५ सिमा पिलरको ५ किमि क्षेत्र भित्रको सुरक्षा गर्ने उनले बताए। कार्यक्रम सशस्त्र प्रहरी नायब उपरिक्षक रामेश्वर श्रेष्ठको संचालनमा भएको थियो।  
अर्को समाचार
सीमा सम्हाल्दै सशस्त्र दम्पती
२० पौष २०८०
•
३ मिनेट पाठ
सीमा सम्हाल्दै सशस्त्र दम्पती
सशस्त्र प्रहरी निरीक्षक शीतल इटनी र दुर्गा कडायत (बायाँ) । तस्बिर : नागरिक
सुरक्षाका दृष्टिले संवेदशील मानिएको कपिलवस्तुमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) दम्पतीले दुई बोर्डर आउट पोस्ट (बिओपी) को कमान्ड सम्हालिरहेका छन्।




गत असोज पहिलो सातायता शीतल इटनी र उनकी पत्नी दुर्गा कडायत बिओपीको कमान्डिङमा छन्। तराईमा पर्ने जिल्ला कपिलवस्तुको सीमाक्षेत्र र त्यहाँ हुने आपराधिक क्रियाकलापका कारण निकै संवेदनशील मानिन्छ।

सीमामा हुने अपराध, तस्करी, लागुऔषध, मानव बेचबिखनलगायत समस्या कपिलवस्तुका मुख्य चुनौती हुन्। तर त्यस्ता चुनौतीका बाबजुद इटनी र कडायत दम्पती सीमामा हुने आपराधिक गतिविधि नियन्त्रणमा खटिएका छन्।

उनीहरू गत असारमा वैवाहिक बन्धनमा बाँधिएका थिए। विवाह गरेको तीन महिनापछि नै उनीहरूले बिओपीको कमान्ड सम्हालेका हुन्। इटनीले कृष्णगनर नगरपालिका- ६ भिल्मी र कडायतले महाराजगन्ज नगरपालिका- १० हर्दौना बिओपीको कमान्ड सम्हाल्दै आएका छन्।

ती दुवै बिओपीसँगै जोडिएका छन्। हर्दौनाको पूर्वतिर भिल्मी बिओपी छ। भारतसँग जोडिएको ९३ किलोमिटर सीमा नाकामध्ये हर्दौना बिओपीको ५ दशमलव ५ र भिल्मी बिओपीको ८ किलोमिटर क्षेत्र उनीहरूको कमान्डमा पर्छ।

हर्दौनामा आउजाउका लागि चारवटा र भिल्मीमा पाँचवटा सीमा नाका छन्। ती नाकाको नियमित गस्ती गर्दै निगरानी बढाएको उनीहरूले बताएका छन्।

सशस्त्र प्रहरीको गण नम्बर २८ को मातहतमा ती दुईसहित सात बिओपी छन्। जिल्लामा भने सशस्त्र प्रहरीका १६ युनिट छन्। जिल्लामै दम्पतीले बिओपीको कमान्ड सम्हालेको यो पहिलोपटक हो। यस्तै महिला इन्स्पेक्टरले बिओपीको कमान्ड सम्हालेको पनि यो नै पहिलो हो।

कडायतको माइतीघर अछाममा हो। पतिसँगै एकैसाथ बिओपीको कमान्ड सम्हाल्न पाउँदा आफूलाई नौलो अनुभव भएको कडायतले बताइन्। सीमा सुरक्षा, सीमास्तम्भको सुरक्षा, सीमा अपराध, तस्करी नियन्त्रण, सीमामा हुने कुनै पनि आपराधिक गतिविधि नियन्त्रण आफूहरूको मुख्य काम रहेको उनले बताइन्।

उनलाई अवधी भाषा बोल्न आउँदैन। भाषाका कारण भने केही समस्या झेल्नुपरेको उनले बताइन्। कक्षा १० सम्म अछाममै पढेकी कडायतले उच्च शिक्षा भने काठमाडौंमा हासिल गरिन्।

२०७२ सालमा नेपाल प्रहरीको असईमा नाम निकालेर एक वर्षजति त्यहाँ काम गरिन्। त्यसको एक वर्षपछि २०७३ भदौमा निरीक्षकका लागि परीक्षा दिइन्। २०७७ मा बल्ल उनी सशस्त्र प्रहरी निरीक्षक बनिन्। एक भाइ र चार दिदीबहिनी रहेकी उनी आफ्नो गाउँमा उच्च शिक्षा हासिल गर्ने र यो ओहोदासम्म पुग्ने पहिलो हुन्।

उनले मातातीर्थ, पोखरा कालिका गण र लामा पाटन, काठमाडौंको सिनामंगलमा उद्धारको तालिमसमेत लिइन्। हेडक्वार्टरमा तीन महिना तालिमपछि उनको पोस्टिङ हदौनामा भएको हो। ‘पतिसँगै कमान्डर पद सम्हाल्दा नयाँ अनुभव भएको छ,’ कडायतले भनिन्।

राम्रो सोचसहित तयारी गरे सफलता मिल्ने उनले बताइन्। अछामजस्तो विकट ठाउँबाट पनि आफूले मिहिनेत र परिश्रम गरी यहाँसम्म आइपुगेको उनले बताइन्। उनले पतिसँगै सीमाको सुरक्षा गर्न पाउँदा धेरै खुसी लागेको बताइन्।

धादिङस्थित गाउँकै विद्यालयबाट एसएलसी उत्तीर्ण इटनीले उच्च शिक्षा भने काठमाडौंबाट गरे। इटनी थर सुन्दा अचम्म लागे पनि ब्राह्मण भएको उनले बताए। २०७० साउन ३० गते असईमा नियुक्त भई २०७७ भदौ १४ गते उनी प्रहरी निरीक्षक बनेका हुन्। तालिम केन्द्र प्रशिक्षण इमिस्पी ६, प्रधान कार्यालय सीमा विभाग, तालिम निर्देशनालयमा उनले काम गरे।

गत असोज ६ गते उनी भिल्मीमा हाजिर भएका हुन्। पत्नी कडायतसँगै उनले तालिम लिएका थिए। उनले सशस्त्र प्रहरीको नीति, निर्देशनअनुसारै आफूले काम गरिरहेको बताए। पत्नीसँगै सीमा सुरक्षामा सहकार्य गरी काम अघि बढाएको उनले सुनाए।

भिल्मीमा झन्डै अढाई महिना बिताइसकेको उनले सीमा सुरक्षा र सीमा स्तम्भलगायत सीमासम्बन्धी काम सन्तोषजनक रूपमै बढेको बताए। सशस्त्र प्रहरीलाई दिइएको जिम्मेवारीअनुसार आफुहरूले सीमा स्तम्भको मर्मतसम्भारको काम सकिसकेको बताए।

सशस्त्र प्रहरी गण २८ का गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीले इन्स्पेक्टर दम्पतीले दुई बिओपीमा अहिलेसम्म राम्रो काम गरिरहेको बताए। दिइएको जिम्मेवारीअनुसार दुवैले कर्तव्य पालना गरेको उनको भनाइ छ।

भारतीय समकक्षीसँग समेत राम्रो समन्वय गरेर सीमा क्षेत्रको सुरुक्षामा दम्पतीले सही ढंगले काम गरिरहेको उनले जानकारी दिए।
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस