एम्बुलेन्स भाँडा महगो भएपछि सार्वजनिक गाडीमै अस्पताल जान्छन् बिरामी
२१ जेष्ठ २०८०
•
२ मिनेट पाठ
एम्बुलेन्स भाँडा महगो भएपछि सार्वजनिक गाडीमै अस्पताल जान्छन् बिरामी
नरहरिनाथ गाउँपालिका–४ का जयरुप सहकारीको गालामा क्यान्सर भयो। उनलाई उपचारको लागी चितवन लगियो। चितवनमा क्यान्सर पीडित सहकारीको उपचार भयो। आर्थिक अवस्था कमजोर भएका कारण उनलाई कालीकोट फर्किनुपर्‍यो।




उनी चितवनबाट कालीकोट सार्वजनिक गाडीमा आए,आउँदा आउँदै उनको अप्रेसन गरिएका गालाको टाका खुस्कीयो।  स्वास्थ्य सेवा कार्यालय कालीकोटले क्यान्सर पीडितको लागि लगाउने टाका  नभएपछि उनलाई पुनः  फिता गर्यो उनी मान्ममा आए उनलाई चितवनसम्म जाने भाडा समेत थिएन। उनले पुन उपचारमा नजाने अडान गरे। 

मान्ममा केही सामाजिक अभियान्ताले उनलाई चितवनसम्म जानका लागि विभिन्न निकायसंग सहयोगको अपिल गरे। केहीले आर्थिक सहयोग गरे भने केहिले नरहरिनाथ गाउँपालिकासंग एम्बुलेन्स सहयोगका लागि अनुरोध गरे तर नरहरिनाथ गाउँपालिकाले एम्बुलेन्स दिन आनाकानी गर्‍यो।

नरहरिनाथ गाउँपालिकादेखि मान्मसम्म आउने एम्बुलेन्समा तेल नभएको १५ हजार खातामा हाल्दिए एम्बुलेन्स दिने एम्बुलेन्स संचालक समितिका संयोजक एवं नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमलकुमार शाहले बताए। उनले १५ हजारमा सुर्खेतसम्म जाने जनाए।

गाउँपालिकाको एम्बुलेन्सले १५ हजार मागेपछि सहकारी सार्वजनिक गाडीमै उपचारका लागि चितवन गए।  

नरहरिनाथ गाउँपालिकाको एम्बुलेन्स गरिब असाहायका लागि कहिल्यै प्रयोगमा नआएको स्थानीय बताउँछन्। गाउँपालिकाकै  एम्बुलेन्स प्रयोग गर्न चर्को मुल्य तिर्नुपरेको स्थानीयको भनाइ छ।

नरहरिनाथ गाउँपालिकाका विरामीको सहजताका लागि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कालीकोटको सिफारिसमा केन्द्रीय कार्यालयले ९ख० वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको थियो। तर उक्त एम्बुलेन्समा बिरामी भन्दा पनि एम्बुलेन्समा अन्य नागरिक चढ्ने गरेको स्थानीयको भनाइ छ।

स्थानीय जीवन विश्वकर्मा एम्बुलेन्सले बिरामी भन्दा पनि अन्य नागरिक बोक्ने गरेको बताउँछन्। उनले भने, एम्बुलेन्स सुर्खेत जाँदा होस् या सुर्खेतबाट पालिकामा आउँदा होस आफन्तहरुलाई बोक्ने गर्छ। बिरामीलाई अहिले एम्बुलेन्स भन्दा पनि सार्वजनिक यातायात सस्तो लाग्ने गरेको छ। पालिकाको एम्बुलेन्सले सुर्खेतसम्मको १५ हजार भाडा लिने गरेको छ भने सार्वजनिक यातायातमा नागरिक २ हजार ५ सयले सुर्खेत पुगेर उपचार गरेर फर्किने गरेका छन्।
अर्को समाचार
किर्ते लाइसेन्स पेस गरी ड्राइभर नियुक्ति
१४ वैशाख २०८१
•
२ मिनेट पाठ
किर्ते लाइसेन्स पेस गरी ड्राइभर नियुक्ति
नरहरिनाथ गाउँपालिकाले किर्ते कागजात पेस गरेका स्काभेटर चालकलाई तलब दिँदै आएको छ। गाउँपालिकाले विगत दुई वर्षदेखि स्थानीय अनिल सहकारीको लाइसेन्स पेस गरी लाइसेन्स नभएका पुष्प विष्टलाई तलब दिने गरेको हो। गाउँपालिकाबाट अनिल सहकारीको खातामा अनिलको खातामार्फत पुष्पलाई दिने गरेको पाइएको छ।




तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भोलाराम पंगालीले किर्ते कागजात पेस गरी पुष्प विष्टलाई नियुक्त गरेका थिए। उनलाई वर्तमान प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले पनि म्याद थप गरी विष्टलाई रकम भुक्तानी गरिरहेको तथ्य फेला परेको छ।

अहिले पनि अनिल सहकारीको खातामार्फत पुष्प तलब विष्टले बुझ्ने गरेका छन्। नियमअनुसार कागजात हेरेर नियुक्ति पत्र दिनुपर्नेमा किर्ते कागजका भरमा गाउँपालिकाले उनलाई भुक्तानी दिइरहेको छ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पौडेलले अनिल सहकारीको खातामार्फत रकम भुक्तानी भइरहेको जानकारी दिए। उनले विष्टको नियुक्तिका बारेमा आफूलाई जानकारी नभएको बताए। ऐन र नियमको वकालत गर्दै आएका प्रमुख प्रशासकीय अधिकृत किर्ते कागजात पेस गरी तलब खाएको  टुलुटुलु हेरिरहेका छन्।

अनिल सहकारीले आफ्नो खातामा आएको पैसा विष्टलाई दिने गरेको बताए। उनले भने, ‘अहिले पुष्पले आफ्नो लाइसेन्स नभएकाले मेरो लाइसेन्स प्रयोग गरी जागिर खाइरहेका छन्। उनको तलब मेरो खातामा आउने गरेको छ।’ उनी दहीखोलामा स्काभेटर चलाउँछन्।

यस विषयमा विष्टसँग बुझ्दा जागिर खान्न भन्दाभन्दै गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट र उपाध्यक्ष  कमलकुमार शाहले जबर्जस्त किर्ते कागजात पेस गराउन लगाई जागिर दिलाएको बताए। 

गाउँपालिका अध्यक्ष विष्टले आफ्ना भान्जा नाता पर्ने पुष्पलाई बिनालाइसेन्स जागिर खुवाएका छन्। पुष्पले वार्षिक  एक लाख ५६ हजार नक्कली डकुमेन्टका आधारमा जागिर खाँदै आएका छन्।

यसअघि सोही गाउँपालिका ८ का अध्यक्ष लालबहादुर विष्टले आफ्नी पत्नी निर्मला विष्टलाई किर्ते कागजात पेस गरी जागिर खुवाएका थिए। कानुनविपरीत नियुक्ति पत्र दिएर जागिर खुवाउने कसैमाथि कानुनी कारबाही भएको छैन।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
यो पनि पढौँ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस