एक वर्षमा जनप्रतिनिधिले खाए २ करोड ५० लाखको खाजा
१९ माघ २०८०
•
३ मिनेट पाठ
एक वर्षमा जनप्रतिनिधिले खाए २ करोड ५० लाखको खाजा
तस्बिर: नरहरिनाथ गाउँपालिकाको कार्यालय कालिकोट।
कालिकोटको नरहरिनाथ गाउँपालिकाका जनप्रतिनिधिहरूले एक वर्षमा दुई करोड ५० लाखको खाना र खाजा खाएका छन्। आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिका जनप्रतिनिधि र कर्मचारीहरूले दुई करोड ५० लाखको भात र खाजा खाएका हुन्।
 
महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदन २०७९/०८० अनुसार एक वर्षको अवधिका जनप्रतिनिधिहरूले दुई करोड पचास लाखको भात र खाजा खाएका हुन्। महालेखा परीक्षकको कार्यालयले ३५ दिनको समयसीमा दिएर परीक्षण गर्न गाउँपालिकामा पठाएको फाइलमा उक्त रकम उल्लेख छ। उक्त प्रतिवेदनमा जनप्रतिनिधि र कर्मचारीले दुई करोड ५० लाखको भात खाएको उल्लेख गरिएको छ।
 
यद्यपि, महालेखाले आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन सार्वजनिक गरेको छैन। महालेखाले प्रत्येक वर्षको चैत्रमा प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ। गाउँपालिकाको सबै शाखा र वडा कार्यालयको खाना तथा खाजा खर्चमा दुई करोड ५० लाख खर्च हुनु आएको उल्लेख छ। 
 
महालेखाको प्रतिवेदन अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधि औचित्यको आधार विविध खर्च गर्नुपर्ने व्यवस्था छ। यस स्थानीय तहले यो वर्ष खाना खाजालगायतका विविधतर्फ मात्र रू. २ करोड ५० लाख खर्च गरेको छ भने खर्चका प्रमाण हेर्दा बिल मात्र आएको देखिन्छ र त्यस प्रकारको खर्च विभिन्न वडा तथा पालिकाका विषयगत शाखाका कार्यक्रम भएको पालिकाले जनाएको छ।
 
यस्तो खर्चमा मितव्ययी कायम गर्नुपर्ने ऐनमा उल्लेख छ। त्यस्तै, बेरुजु ३ करोड ९२ लाख ४ हजार ६ सय ९४ रुपैयाँ ७३ पैसा रहेको ठहर गरेको छ। बेरुजुमा असुल गर्नुपर्ने रकम १६ लाख ४८ हजार ८ सय ५०.७ रहेको छ। अनियमितता भएको रकम २ करोड ४४ लाख ८८ हजार २ सय ८३ रहेको छ । यस्तै प्रमाणपत्र र कागजात पेस नभएको रकम १ करोड ३० लाख ८७ हजार ४ सय ६१.०३ रहेको छ।
 
यस्तै, पालिकाले महालेखालाई उपलब्ध गराएको विवरण अनुसार संस्थागत विकास,सेवा प्रवाह र सुशासनको क्षेत्रमा सबैभन्दा कम ४.०७ प्रतिशत र सामाजिक विकास क्षेत्रमा सबैभन्दा बढी ४३.५३ प्रतिशत बजेट विनियोजन गरी खर्च गरिएको छ। त्यसैगरी पूर्वाधार विकासमा पालिकाले २२.९६ प्रतिशत मात्र बजेट खर्च गरेको छ।
 
कागजात मिलाउन कर्मचारी र जनप्रतिनिधि काठमाडौँमा
 
महालेखा परीक्षकको कार्यालयले ३५ दिनको समयसीमा दिएर सम्परीक्षण गर्न समय दिएका कारणले अहिले लाखौँ खर्च गरेर गाउँपालिकाका २२ जना कर्मचारी र जनप्रतिनिधि काठमाडौँमा पुगेका छन्। गाउँपालिकामा महालेखा परीक्षकको कार्यालय हरेक विषयगत बजेटमा कैफियत देखाएका कारणले महालेखा परीक्षकको कार्यालयमा कागजात मिलाउन उनीहरू काठमाडौँ गएका हुन्।
 
गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट, उपाध्यक्ष कमलकुमार शाह, प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल, विषयगत शाखाका प्रमुख र ९ जना वडा अध्यक्ष अहिले काठमाडौँमा रहेका छन्। नरहरिनाथ गाउँपालिकाको विकासका लागि योजना माग्न आफूहरू काठमाडौँ गएको उनीहरूको भनाइ छ। महालेखा परीक्षकको कार्यालयले कैफियत देखाएपछि त्यसको हिसाब मिलाउन उनीहरू काठमाडौँ गएको स्रोतको दाबी छ। यो विषयमा गाउँपालिकाका प्रवक्ता प्रदीप बोहराले सँग बुझ्दा आफूहरू केबुलकारको विषयमा आएको बताए। उनका अनुसार अहिले महालेखा परीक्षकको कार्यालयले २५ लाखको प्रतिवेदन पठाएको  बताए।
 उनले पहिला टाइपमा मिस्टेक भएको र हाल सच्याइएको बताएका छन्। 



अर्को समाचार
किर्ते लाइसेन्स पेस गरी ड्राइभर नियुक्ति
१४ वैशाख २०८१
•
२ मिनेट पाठ
किर्ते लाइसेन्स पेस गरी ड्राइभर नियुक्ति
नरहरिनाथ गाउँपालिकाले किर्ते कागजात पेस गरेका स्काभेटर चालकलाई तलब दिँदै आएको छ। गाउँपालिकाले विगत दुई वर्षदेखि स्थानीय अनिल सहकारीको लाइसेन्स पेस गरी लाइसेन्स नभएका पुष्प विष्टलाई तलब दिने गरेको हो। गाउँपालिकाबाट अनिल सहकारीको खातामा अनिलको खातामार्फत पुष्पलाई दिने गरेको पाइएको छ।




तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भोलाराम पंगालीले किर्ते कागजात पेस गरी पुष्प विष्टलाई नियुक्त गरेका थिए। उनलाई वर्तमान प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले पनि म्याद थप गरी विष्टलाई रकम भुक्तानी गरिरहेको तथ्य फेला परेको छ।

अहिले पनि अनिल सहकारीको खातामार्फत पुष्प तलब विष्टले बुझ्ने गरेका छन्। नियमअनुसार कागजात हेरेर नियुक्ति पत्र दिनुपर्नेमा किर्ते कागजका भरमा गाउँपालिकाले उनलाई भुक्तानी दिइरहेको छ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पौडेलले अनिल सहकारीको खातामार्फत रकम भुक्तानी भइरहेको जानकारी दिए। उनले विष्टको नियुक्तिका बारेमा आफूलाई जानकारी नभएको बताए। ऐन र नियमको वकालत गर्दै आएका प्रमुख प्रशासकीय अधिकृत किर्ते कागजात पेस गरी तलब खाएको  टुलुटुलु हेरिरहेका छन्।

अनिल सहकारीले आफ्नो खातामा आएको पैसा विष्टलाई दिने गरेको बताए। उनले भने, ‘अहिले पुष्पले आफ्नो लाइसेन्स नभएकाले मेरो लाइसेन्स प्रयोग गरी जागिर खाइरहेका छन्। उनको तलब मेरो खातामा आउने गरेको छ।’ उनी दहीखोलामा स्काभेटर चलाउँछन्।

यस विषयमा विष्टसँग बुझ्दा जागिर खान्न भन्दाभन्दै गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट र उपाध्यक्ष  कमलकुमार शाहले जबर्जस्त किर्ते कागजात पेस गराउन लगाई जागिर दिलाएको बताए। 

गाउँपालिका अध्यक्ष विष्टले आफ्ना भान्जा नाता पर्ने पुष्पलाई बिनालाइसेन्स जागिर खुवाएका छन्। पुष्पले वार्षिक  एक लाख ५६ हजार नक्कली डकुमेन्टका आधारमा जागिर खाँदै आएका छन्।

यसअघि सोही गाउँपालिका ८ का अध्यक्ष लालबहादुर विष्टले आफ्नी पत्नी निर्मला विष्टलाई किर्ते कागजात पेस गरी जागिर खुवाएका थिए। कानुनविपरीत नियुक्ति पत्र दिएर जागिर खुवाउने कसैमाथि कानुनी कारबाही भएको छैन।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस