बुटवल, जेठ १९ (नागरिक)- महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना २ ख ५८९८ नम्बरको बस मंगलबार नवलपरासीको वासामा दुर्घटना हुँदा एकको मृत्यु भएको छ।
घाइते आठ जनालाई उपचारका लागि लुम्विनी अञ्चल अस्पताल ल्याइएकोमा गम्भीर एकको उपचार गर्दागर्दै मृत्यु भएको हो। मर्नेको सनाखत भएको छैन। घाइते सशस्त्र प्रहरी जवान टेकराज पन्तको स्थिति गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं पठाएको लुम्विनी अञ्चल अस्पतालले जनाएको छ।
अन्य घाइतेको उपचार सोही अस्पतालमा भइरहेको छ। उनीहरुको अवस्था खतरामुक्त छ।
बस तीव्र गतिमा रहेकाले ब्रेक लगाउँदा सडक किनारामा पल्टिएको बुटवलस्थित क्षेत्रीय ट्राफिक कार्यालयले जनाएको छ।