रोल्पा–मोटर साइकल दुर्घटनामा सोमबार राति एक युवकको मृत्यु भएको छ। फगाम–१ लंग्रिका २८ वर्षीय वीरबहादुर बुढाथोकीको मोटर साइकल दुर्घटनामा ज्यान गएको हो।
बुढाथोकी सोमबार राति पौने दश बजे दुर्घटनामा परेका थिए। रुइनिबाङबाट फगाम तर्फ जाँदै बुढाथोकी मिझिङ–१ डम्फे स्थित रुइनिबाङ फुलिवन सडक खण्डमा दुर्घटनामा परेका हुन। दुर्घनामा गम्भीर घाइते बुढाथोकीलाई मिझिङ–७ सुलिचौर स्थित जीवन अनमोल हस्पितलमा उपचारका लागि भर्ना गरिएको थियो।
गम्भीर घाइते बुढाथोकीको राती दश ५५ बजे उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बुढाथोकीलाई आफ्ना साला देवी विष्टले उपचारका लागि अस्पताल पुर्याएका थिए। बुढाथोकी रा१प ३००८ को मोटर साइकलमा सवार थिए। मृतकको शवलाई पोस्तमातम पछि आफन्तको जिम्मा लगाइएको छ। तीव्र गतिमा मोटर साइकल चलाइएकाले दुर्घटना भएको हुन सक्ने प्रहरी अनुमान रहेको छ।