सुर्खेत–मोटरसाइकल दुर्घटना हुँदा पूर्वी सुर्खेतको हर्रेमा मंगलबार साँझ एक युवकको मृत्यु भएको छ । दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बा६४प ९०२८ नम्वरको मोटरसाइकल दुर्घटनामा परेर भेरीगंगा नगरपालिका–२० का तिलक पुनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा भेरीगंगा–१२ का कवीराज पुन र मित्रलाल पुन घाइते भएका छन् ।हर्रेमा होली मनाएर छिन्चु फर्कने क्रममा रत्न राजमार्गको हर्रे–छिन्चु खण्डमा मंगलबार बेलुका साढे छ बजेतिर मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र श्रेष्ठले बताए । प्रहरीका अनुसार तिब्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको हो । मोटरसाइकलमा तीन जना सवारी थिए । दुर्घटनामा घाइते भएका दुबै जनाको वीरेन्द्रनगरमा उपचार भइरहेको छ । दुबै खतरामुक्त रहेको प्रहरीले बताएको छ ।
अर्को समाचार
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
अर्को समाचार
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
काठमाडौँ – मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । गएराति १।३० बजे रोकिराखेको ना ६ ख ५२१६ नंको ट्रकमा बा ७३ प १८८२ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक बूढानीलकण्ठ नगरपालिका घर भएका २१ वर्षीय सन्तोष कार्कीको मृत्यु भएको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्रगतिमा आएको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जानकारी दिए। दुर्घटनामा पछाडि बस्ने नाम, थर नखुलेका एक युवा घाइते भएका छन्।
घाइतेको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकल र ट्रक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।