गजेन्द्र बोहरा, दाङ फागुन २६ -मोटरसाइकल दुर्घटनामा परी दाङमा एक जनाको मृत्यु भएको छ। वा २ प ३९८८ नम्वरको मोटरसाइकल बिहीबार राति लमहीमा दुर्घटना हुँदा गोवरडिहा ८ निवासी १७ वर्षिय सम्राट चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ।
दुर्घटनामा परी घाइते भएका चौधरीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। यसैगरी मोटरसाइकलमा सवार चैलाही २ का आशिष चौधरी घाइते भएको प्रहरीले जनाएको छ। उनको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचार भैरहेको छ।