इतिहासमा सीमित जनकपुर चुरोट कारखाना
०७ साउन २०८०
•
७ मिनेट पाठ
इतिहासमा सीमित जनकपुर चुरोट कारखाना
पञ्चायत जन्मिनुअघि नै जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली) स्थापनाको योजना बन्यो। त्यो योजना प्रजातन्त्रबहालीपछि विसं २०१६ मा नेपाली कांग्रेसका सभापति बिपी कोइराला नेतृत्वको सरकारले बनाएको थियो तर जनकपुरमै कारखाना ल्याउने श्रेय भने सो सरकारका उद्योग तथा वाणिज्य मन्त्री रामनारायण मिश्रलाई दिने गरिएको छ।




योजना त बन्यो तर त्यसको कार्यान्वयन सुरु हुन नपाउँदै २०१७ पुस १ गते राजनीतिले अर्को मोड लियो। निर्दलीय पञ्चायतको उदयपछि त्यो योजना तुहिन्छ कि भन्ने धेरैलाई शंका थियो तर त्यसो भएन बरु योजनालाई मूर्त रूप दिन थालियो। त्यही क्रममा सबैभन्दा पहिले केही कर्मचारी नियुक्त गरियो। ती कर्मचारीमध्ये एक थिए महोत्तरीको मनरा सिशवा-४ जाउखका रामनरित शर्मा। उनले २०१८ असार ३१ गते स्टोर किपरको रूपमा जागीर थालेका थिए भने २०५० सालमा व्यक्ति व्यवस्थापन महाशाखा प्रमुख (निर्देशक) का रहँदा सेवानिवृत्त भए।

लगत्तै सोभियत रुस सरकारको आर्थिक तथा प्राविधिक सहायता र तत्कालीन श्री ५ को सरकारको पहलमा २०१९ मंसिर ८ गते तत्कालीन उद्योग वाणिज्य मन्त्री वेदानन्द झाले जचुकालि निर्माण कार्यको शिलान्यास गरे।

त्यसको दुई वर्षमै निर्माण कार्य सम्पन्न भयो। ‘दलमाथि प्रतिबन्धको अवस्थामा एक खालको निराशा थियो। जब तत्कालीन राजा महेन्द्रले २०२१ पुस २९ मा जचुकालिको उदघाटन गरे, यस क्षेत्रमा नयाँ उमंग फर्कियो। हजारौं मान्छे त्यो क्षणको साक्षी र हर्षबढाई गर्न आए’, शर्माले त्यो क्षण  सम्झिए, ‘त्यो बेला अहिलेको जस्तो काम लिने तर समयमा नसक्ने अवस्था थिएन। त्यही कारण दुई वर्ष नबित्दै जचुकालिको उदघाटन भयो।’

लगत्तै सोभियत रुस सरकारको आर्थिक तथा प्राविधिक सहायता र तत्कालीन श्री ५ को सरकारको पहलमा २०१९ मंसिर ८ गते तत्कालीन उद्योग वाणिज्य मन्त्री वेदानन्द झाले जचुकालि निर्माण कार्यको शिलान्यास गरे।
जनकपुरधाम उपमहानगरपालिका-९ मा करिब ३३ बिघा नौ कट्ठा क्षेत्रफलमा फैलिएको यो कारखाना सरकारको मात्र होइन, नागरिकको पनि जीवनको अभिन्न अंग बन्यो।

‘५० वर्ष पुरानो इतिहास बोकेको यो कारखानासँग चुरोट मात्र होइन, देशको अर्थतन्त्र जोडिएको थियो। मधेशका जनताको जीवन र नेपालीहरूको श्वास जोडिएको थियो। हुँदा खाँदाको त्यो कारखाना अहिले कंकाल जस्तै छ’, शर्माले एकछिन निःशब्द हुँदै भने।

विस्मृति र स्मृतिका ३२ वर्ष

सम्झिँदा पनि आजै हो जस्तो लाग्छ उनलाई जचुकालीको आँगनमा हाँसेको खेलेको र ३२ वर्ष लामो उर्बर समय बिताएको। उनी जचुकालिको सुरुदेखिकै साक्षी हुन्। त्यसको जन्म र अवसान हुँदासम्मका हरेक पलपलको हेक्का छ। त्यसैले त यो ठाउँसँग उनको अगाध प्रेम छ। त्यही प्रेमका कारण उनले कारखानाको मूलद्वार नजिकै घर बनाए तर अहिले खण्डहर जस्तो देख्दा उनलाई नमिठो लाग्छ।

कुनै समय नेपाली अर्थतन्त्रमा जगजगी र देश विदेशमा वाहवाही कमाएको त्यो संस्थाको कंकाल हरेर बस्नुपर्दा विगतका सम्झनाले सताउँछ। विगत ताजा बनेर आउँछ अनि मन भक्कानिन्छ। उफ! अहिले त यहाँ किन बस्नुपरेको होला जस्तो लाग्छ!

मनमनमा जचुकाली

‘हुम्ला/जुम्लामा चुरोटको अभाव’ भनेर त्यो बेला सञ्चार माध्यममा समाचार आउँथ्यो जसरी अहिले चामल र औषधिको आउँछ अनि खैलाबैला मचिन्थ्यो। तत्कालीन विभागीय मन्त्री र उद्योग मन्त्रालयको उच्च नेतृत्वबाट फोन आएपछि जचुकालिका महानिर्देशक र सम्बद्ध कर्मचारीमा एक खालको छटपटी हुन्थ्यो।

चेतनाको अभावले पनि होला त्यो बेला अहिलेको जस्तो थिएन। अधिकांश नेपाली धूमपानको अम्मली थिए। नागरिकको त्यो अम्मललाई पूरा गर्न ७५ जिल्लामा एक सय पाँच कार्यालय राखेर जचुकालिले आफ्नो उत्पादन जिल्ला जिल्लामा पुर्‍याउँथ्यो।

अधिकृत पुँजी ८ करोड र जारी तथा चुक्ता पुँजी चार करोड आठ लाख ३७ हजार रुपैयाँ रहेको यस कारखानाले दैनिक दुई अर्ब खिल्ली चुरोट उत्पादन गर्ने सामर्थ्य राख्थ्यो। पछि आफ्नो आम्दानीबाट उत्पादन क्षमता बढाई तीन अर्ब पुर्‍याइयो। जचुकालिबाट त्योबेला उत्पादित चुरोटमा देउराली, याक र गैंडा निकै चर्चित ब्राण्ड थिए।

‘हुम्ला/जुम्लामा चुरोटको अभाव’ भनेर त्यो बेला सञ्चार माध्यममा समाचार आउँथ्यो जसरी अहिले चामल र औषधिको आउँछ अनि खैलाबैला मचिन्थ्यो। तत्कालीन विभागीय मन्त्री र उद्योग मन्त्रालयको उच्च नेतृत्वबाट फोन आएपछि जचुकालिका महानिर्देशक र सम्बद्ध कर्मचारीमा एक खालको छटपटी हुन्थ्यो।
उत्पादन पनि राम्रो थियो। आकर्षण पनि थियो तर सडक बाटो विस्तार नभइसकेकाले माग अनुसार आपूर्ति गर्न निकै समस्या हुन्थ्यो। पूर्व-पश्चिम महेन्द्र राजमार्ग बनेको थिएन। सुरुमा रेलको माध्यमबाट जनकपुरबाट भारतीय बाटाको प्रयोग गरी (जयनगर) रक्सौल, वीरगञ्ज हुँदै काठमाडौं, पोखरा, नेपालगञ्ज, महेन्द्रनगर, धनगढी लगायतका मुख्य बजारमा ढुवानीको व्यवस्था मिलाइन्थ्यो। पछि पूर्व-पश्चिम राजमार्ग बनेपछि आफ्नै १० वटा जति ठूलो कन्टेनरको सहारामा ढुवानीको काम हुन थाल्यो।

यसमा स्थायी, करार, ज्यालादारी गरी झन्डै २९ सय कर्मचारी कार्यरत थिए। जचुकालिको कर्मचारी हुनुको मान, सम्मान र सान नै अर्कै थियो।

उनी भन्छन्, ‘त्यो बेला झन्डै तीन÷चार करोड रुपैयाँको त सुर्ती खरिद गरिन्थ्यो। त्यसका लागि महेन्द्रनगर, ढल्केवर, गोदार, मिर्चैया लगायतका स्थानमा स्थानीय किसानहरूले सुर्ती खेती गर्थे। यहाँबाट कच्चा पदार्थ नपुगेपछि छिमेकी भारतबाट आपूर्ति गरिन्थ्यो।’

सुरुमा राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेर पैसा राखिन्थ्यो तर उसले त्यसरी राखिने पैसाको ब्याज तिर्न नसक्ने बताएपछि नेपाल बैंक लिमिटेडलाई अनुरोध गरेर कारखाना परिसरमा शाखा राखिएको उनले बताए।

जचुकालीले कमाउने मात्र होइन, सामाजिक उत्तरदायित्वको नीति अनुसार कर्मचारीहरूका लागि अस्पताल, तिनका सन्तानका लागि विद्यालय र जनकपुरका धार्मिकस्थल स्तरोन्नतिका लागि सहयोग, १२ बिघा मैदानमा माटो भरान तथा पर्खाल निर्माण, सार्वजनिक स्थलमा बिजुली, खेलकुदको विकासका लागि छुट्टै क्लब स्थापना जस्ता काम गरेको थियो।

‘फापेन प्रजातन्त्र’

पञ्चायतको कडा अनुशासनमा उद्योग चलिरहेको थियो। उद्योगका कर्मचारीहरू घडीको सुई जस्तै अनुशासित थिए। उनी भन्छन्, ‘बिहान ठीक ६ बजे कारखानामा बज्ने साइरनसँगै कर्मचारी र कामदारहरू उठेर कामका लागि तयार हुन्थे। त्यसले कर्मचारीलाई मात्र होइन, जनकपुरलाई नै बिउँझाएको थियो, जनकपुरलाई नै एउटा लयमा हिंडाएको थियो। त्यो आवाज अहिले पनि कानमा गुञ्जिरहेको आभास हुन्छ।’

२०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि धेरैलाई पहिलो जननिर्वाचित प्रजातान्त्रिक सरकारको सपना जोडिएको यो संस्था राजनीतिक दल र त्यो सत्तालाई आफ्नो सन्तानजस्तै लाग्नेछ भन्ने लागेको थियो। कडा अनुशासनमा चलेको संस्थामा राजनीति घुस्न थाल्यो। कर्मचारीहरू राजनीतिक दलको सदस्यमा परिणत हुन थाले।

महाप्रबन्धक राजनीतिक प्रभावका आधारमा नियुक्त हुन थाले। पञ्चायतका अन्तिम महाप्रबन्धक देवेन्द्रबहादुर साह लगायतको त्यो लय र प्रजातन्त्रका पहिलो महाप्रबन्धक अमृतनाथ रेग्मी लगायतको बोली, व्यवहार र रवाफ नै फरक देखिएको उनी सम्झिन्छन्।

पञ्चायतको कडा अनुशासनमा उद्योग चलिरहेको थियो। उद्योगका कर्मचारीहरू घडीको सुई जस्तै अनुशासित थिए। उनी भन्छन्, ‘बिहान ठीक ६ बजे कारखानामा बज्ने साइरनसँगै कर्मचारी र कामदारहरू उठेर कामका लागि तयार हुन्थे।
पञ्चायतकालमा मन्त्रीहरू भ्रमणमा आएको बेला केही कार्टुन चुरोट चढाउने र वर्षमा एक दुई पटक उनी निकटका पत्रकार र पत्रपत्रिकालाई दुई/चार सयको विज्ञापन दिन हुकुम हुन्थ्यो तर प्रजातन्त्र आएपछि उद्योगको नियम अनुसार काम गर्नेभन्दा पनि आफ्नो चाहना अनुसार उद्योग चलाउन थालिएको उनी बताउँछन्।

कतिपयले त उद्योगलाई कमाउने र आफ्ना निकटस्थहरूलाई भर्ती गर्ने स्थल बनाए।

जनताको मनमनमा रहेको, नेपाली अर्थतन्त्रलाई चलायमान र यहाँका नागरिकको जीविकोपार्जनको भरपर्दो आधारस्तम्भ रहेको यो कारखाना २०६८ चैतदेखि उत्पादन र २०७० असार २० देखि सम्पूर्ण रूपमा बन्द भयो।

२०७० साल असार २० गते मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारले जचुकालिमा कार्यरत रहेका कर्मचारीहरूलाई अवकाश दिने निर्णयसँगै यो उद्योगमा ताला लागेको छ। सोही निर्णयका आधारमा कारखानामा कार्यरत स्थायी सात सय ५८ र ज्यालादारी तथा करारका दुई सय जति कर्मचारीलाई एकसाथ अवकाश दिइयो।

अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको एउटा शाखाले जीर्ण संरचना र मेसिनहरूको रेखदेख गरिरहेको छ। केही सुरक्षा गार्डले मेसिनहरूको सुरक्षा र निगरानी गरिरहेका छन् तर कारखानामा करोडौं मूल्यका मेसिन र उपकरणहरू खिया लागेर दिन प्रतिदिन प्रयोगहीन भएको शर्मा बताउँछन्।

जनताको मनमनमा रहेको, नेपाली अर्थतन्त्रलाई चलायमान र यहाँका नागरिकको जीविकोपार्जनको भरपर्दो आधारस्तम्भ रहेको यो कारखाना २०६८ चैतदेखि उत्पादन र २०७० असार २० देखि सम्पूर्ण रूपमा बन्द भयो।
बन्द रहेको जनकपुर चुरोट कारखाना क्षेत्रलाई मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक प्रयोजनमा प्रयोग गरिरहेको छ। अहिले यहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको प्रशासनिक कार्य र निवासहरू छन्। राज्यले फेरि चुरोट उत्पादन गरी बेच्ने होइन तर एउटा इतिहास बोकेको संस्थालाई राजनीतिको थलो बनाउनुभन्दा उद्यमशीलताको केन्द्र बनाउनु उपयुक्त हुने उनको भनाइ छ।  
अर्को समाचार
विदेशी लगानी आकर्षित गर्न दर्जन कानुन संशोधन गरिँदै
२६ माघ २०८०
•
४ मिनेट पाठ
विदेशी लगानी आकर्षित गर्न दर्जन कानुन संशोधन गरिँदै
स्वदेशमा विदेशी लगानीको अभाव खड्किरहेको अवस्थामा सरकारले वैदेशिक लगानी भित्र्याउन एक दर्जनभन्दा धेरै कानुन संशोधन गर्ने भएको छ। तेस्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा वैदेशिक लगानी आकर्षित गर्न एक दर्जनभन्दा धेरै कानुन संशोधनको तयारीमा सरकार जुटेको छ।




सरकारले वैदेशिक लगानी भित्र्याउनका लागि नीतिगत तथा व्यवहारिक जटिलतालाई अन्त्य गरेर विदेशी लगानी भित्र्याउने उद्देश्यसहित एक दर्जनभन्दा धेरै कानुन संशोधन गर्न लागेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत् ‘लगानी सहजीकरण गर्न केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ मन्त्रीपरिषद्को स्वीकृतिपश्चात् अनुमोदनका लागि संसदीय प्रक्रियामा प्रवेश गराइने भएको छ।

बिहीबार बसेको बैठकमा लगानी सम्मेलनलाई विचार गरी तयार भएको नीति, कानुन तथा संरचनागत सुधार सम्बन्धी प्रतिवेदन तथा परियोजनाहरूका सम्बन्धमा छलफल भएको थियो।

कार्यदलले उद्योग, व्यवसाय एवं लगानीमा देखिएका कानुनी तथा नीतिगत अवरोध हटाउने र निर्माण परियोजना कार्यान्वयनमा अनुभव गरिएका अप्ठ्यारा र ढिलासुस्ती हटाउने उद्देश्यले औद्योगिक व्यवसाय ऐन (२०७६), विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन (२०७५), विशेष आर्थिक क्षेत्र ऐन (२०७३), वन ऐन (२०७६) का प्रावधानहरूलाई संशोधन गर्न लागेको हो।

सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन (२०२९), भूमि सम्बन्धी ऐन (२०२१), जग्गा प्राप्ति ऐन (२०३४), वातावरण संरक्षण ऐन (२०७६), विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन (२०६३), नेपाल नागरिक उड्ययन प्राधिकरण ऐन (२०५३), विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली (२०७७) तथा वन नियमावली (२०७९) का विभिन्न प्रावधानहरूमा संशोधन प्रस्ताव गरेको छ।

अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा वैदेशिक लगानी भित्र्याउन अप्ठेरा भएका कानुनी तथा नीतिगत सुधार गरेरै भए पनि वैदेशिक लगानी भित्र्याउनुपर्ने बताए।
‘लगानी आकर्षण गर्न हाम्रा लागि अभूतपूर्व अवसर छ, विदेशीका साथै नेपाली लगानीकर्ता र गैरआवासीय नेपालीसमेतलाई आकर्षित गर्न कानुनी र नीतिगत सुधारमा सरकारले कुनै कसर बाँकी राख्ने छैन,’ अर्थमन्त्री महतले भने, ‘लगानी सहजीकरण, परियोजना कार्यान्वयन र सञ्चालन तथा नाफा फिर्ता लैजान सरल व्यवस्था गरी नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश विश्व समुदायमा पुर्‍याउने ध्येय लगानी सम्मेलनको हो।’

अर्थमन्त्री महतले आउँदो जुन महिनामा विश्व बैंकको सहुलियतपूर्ण ऋण दिने संस्था (आइडी) को सम्मेलन नेपालमा आयोजना गर्न विश्व बैंक तयार रहेको जानकारी दिँदै ‘औपचारिक पत्र केही दिनमा आउँदैछ र अहिलेसम्मको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुनेछ’, उनले भने।

विश्व बैंकका अध्यक्षलगायत ९२ भन्दा बढी देशको प्रतिनिधि सम्मेलनमा सहभागी रहनेछन्। सरकारले आगामी वैशाख १६–१७ गते लगानी सम्मेलन आयोजना गर्दैछ।
 ‘लगानी सम्मेलनलाई उपलब्धिमूलक बनाइयो भने नेपालमा बहुराष्ट्रिय कम्पनी मात्र होइन, निजी लगानी बढ्ने सम्भावना छ।’ अर्थमन्त्री महतले भने, ‘त्यसकारण हामीले छाती फराकिलो बनाउनुपर्ने आवश्यकता रहेको छ।’

नीति, कानुन तथा संरचनागत सुधार कार्यदलका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव एकनारायण अर्यालले कानुनी तथा नीतिगत सुधार सम्बन्धमा तयार भएको प्रतिवेदन प्रस्तुत गरेका थिए।

निजी क्षेत्र समेतको सहभागितामा प्रतिवेदन तयार भई मुख्य सचिव संयोजकत्वको लगानी सम्मेलन कार्यान्वयन समितिको बैठकमा प्राप्त पृष्ठपोषणसमेत समावेश गरी तयार भएको प्रतिवेदनमा आधारित भएर संशोधन प्रस्ताव पेश गरिनेछ।

तेस्रो लगानी सम्मेलनमा प्रस्तुत हुने परियोजनाहरूको तयारीका सम्बन्धमा प्राविधिक समितिका संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द निरौलाले प्रस्तुती दिएका थिए।
प्राविधिक समितिले परियोजना अध्ययनको विभिन्न चरणमा रहेका परियोजना वर्गीकरण गरी परियोजनाहरूको प्रारम्भिक सूची तयार गरी थप गृहकार्य अघि बढाएको छ। लगानी सम्मेलनसम्बन्धी समग्र तयारीबारे लगानी सम्मेलन सचिवालयका संयोजक तथा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले विस्तृत प्रस्तुत दिएका थिए।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा २२ अर्ब ३३ करोड रूपैयाँको वैदेशिक लगानीको प्रतिवद्धता आएको छ। सरकारले चालु आर्थिक वर्षमा ३८ अर्ब रूपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिवद्धता भित्र्याउने लक्ष्य राखेको छ।

विभागका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा वैदेशिक लगानीको प्रतिवद्धताका परियोजनाबाट करिब १२ हजार एक सय ६७ रोजगारी सिर्जना हुने बताइएको छ।
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस