कागबेनीमा बाढीले पुर्याएको क्षतिको विवरण सङ्कलन सुरु
२९ साउन २०८०
•
१ मिनेट पाठ
कागबेनीमा बाढीले पुर्याएको क्षतिको विवरण सङ्कलन सुरु
आइतबार साँझ कागबेनीमा आएको बाढीले मच्याएकाे वितण्डा। तस्बीरः प्रमेश गुरूङ
हिमाल पारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले निम्त्याएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरिएको छ।




गएराति अविरल वर्षासँगै कागखोलामा आएको बाढीले कागबेनीमा रहेको प्रहरी चौकी भवनसहित २० घर बगाएको थियो। मुक्तिनाथ हुँदै झर्ने कागखोला पहिरोका कारण थुनिएपछि आएको बाढीले वितण्डा मच्चाउँदा कागबेनीमा ठूलो भौतिक क्षति भएको हो। प्रहरीका अनुसार अहिलेसम्म ३६ घरमा बाढीले क्षति पुर्याएको छ। प्रहरी, जनप्रतिनिधि र स्थानीयले बिहानैदेखि बाढीको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरेका छन्।  

अविरल वर्षासँगै आएको खोलाको बाढीले स्थानीयको घर, पसल, होटल, प्रहरी चौकी भवन, वडा कार्यालय लगायतका घर बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए। कागबेनीमै आएर कालीगण्डकीमा मिसिएको कागखोलामा आएको बाढीले पवित्र धार्मिकस्थल कागबेनीधाममा रहेका धर्मशाला, मन्दिरसमेत बगाएको छ।  

बाढीले कागबेनीमा रहेको एनएमबी बैंक रहेको घर र जनशान्ति माध्यमिक विद्यालयमा आशिंक क्षति पुर्याएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङले जानकारी दिए।  

“रातमा बाढी आएपछि भागदौड गरेर स्थानीय ज्यान जोगाउन सफल भए, बाढीको वितण्डाले पूरै कागबेनीको जनजीवन अस्तव्यस्त बनेको छ, क्षतिको विवरण सङ्कलन भइरहेको छ, घरबारबिहीनको आपतकालीन बसोबासका लागि पहल गरेका छौँ”, अध्यक्ष गुरुङले भने। बाढीले घरबारविहीन भएकाको आपतकालीन बसोबासको व्यवस्था मिलाउनसमेत गाउँपालिका र जिल्ला सुरक्षा समितिले आवश्यक तयारी अगाडि बढाएका छन्।

बाढीले घरहरु बगाएर बस्तीलाई बगरमा परिणत गरेको छ। त्यसैगरी बाढीले कागबेनी गाउँभित्र रहेका अस्थायी काठेपुल र जोमसोम—कोरला जोड्ने निर्माण सम्पन्न हुने क्रममा रहेको पक्की पुलसमेत बगाएको छ। पुल बगाएसँगै उपल्लो मुस्ताङको सिधा सवारी सम्पर्कविच्छेद भएको छ।  
अर्को समाचार
अपत्यारिलो बाढीसँगै बगेको कागबेनी
२९ साउन २०८०
•
३ मिनेट पाठ
अपत्यारिलो बाढीसँगै बगेको कागबेनी
हिमालपारीको जिल्ला मुस्ताङ, माटोको सहर। लेतेबाटै शुरु हुन्छ अनुपम प्रकृतिको भूवनोटको जिल्ला। जोमसोम हुदैं कागबेनीबाट पुल तरेपछि लोमान्थाङको यात्रा तय हुन्छ। कागवेनीबाट उक्लिएपछि पवित्र धार्मिकस्थल मुक्तिनाथ पुगिन्छ। प्रकृतिको अनुपम ठाउँ मुस्ताङलाई अहिले प्रकृतिले नै रुवाएको छ।  




मुस्ताङ आफैंमा ‘स्याडो रेन जोन’ हो। तर पछिल्लो समय मुस्ताङको परिचय फेरिदैं गएको छ। जलवायु परिवर्तनको असरले मुस्ताङ अहिले ‘रेन जोन’ भएको छ। पानी पर्न थालेपछि माटोको सहर विस्तारै कंक्रिटमा बदलिन शुरु भईसकेको छ। घर चुहिन थालेपछि जस्ता पाताले छाना छाउन शुरु भएको एकदशक जति भएको छ। त्यसभन्दा अघि अधिकांश घर माटोले छाईएको थियो। 

प्राकृतिक भूवनोटको अनुपम उपहार मुस्ताङ यतिबेला बाढीको चपेटामा छ। आइतबार मात्र आएको लेदो सहितको भेलबाढीले बगाउँदा वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४को कागबेनी तहसनहस भएको छ। मुक्तिनाथ मन्दिरपट्टिबाट झरेको झोङखोलाको बाढीले बगाउँदा कागबेनीमा ठूलो भौतिक क्षती पुर्याएको छ। कागबेनी आफै पनि धार्मिक क्षेत्र हो, जहाँ पितृलाई तर्पण दिने गरिन्छ।

तीनदिनयता लगातार परेको पानीले खोलामा बाढी आएको थियो। बाढीले घर, होटल, मन्दिर, आश्रम, विद्यालय तथा प्रहरी चौकी गरी ३१ वटा संरचना बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए। उनका अनुसार पानी पर्नेक्रम अझै रोकिएको छैन्।  

उनका अनुसार भर्खरै सम्पन्न भएको पक्की पुल समेत खोलामा आएको बाढीले बगाएको छ। झोङखोला तर्दै उपल्लो मुस्ताङ जान बनाईएको पुल भत्किएपछि आवातजावतमा समस्या उत्पन्न भएको छ। पुल गतवर्षसम्म निर्माणाधिन अवस्थामा थियो। पुल निर्माण सम्पन्न भएको केही महिना मात्रै भएको छ।  
बाढीले भौतिक क्षती बनाएपनि मानवीय क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी केसीले बताए। उनका अनुसार बाढीले झोङखोला र कालीगण्डकी नदी तटमा रहेको घर तथा होटल अझै जोखिमपूर्ण अवस्थामा रहेका छन। उनले निरन्तर पानी परेकै कारण दशवटा घरहरु अझै जोखिममा रहेको बताए। घरभित्र बाढीको हिलो पसेको छ। घरको एकतलासम्म हिलो पसेको अवस्था छ।  

गाउँपालिकाका प्रवक्ता प्रमेश गुरुङका अनुसार आइतबार बेलुकी ५ बजेतिर झोङखोला बढेको थियो। सामान्य बढेको खोलाले यो आकारको क्षति गर्ला भनेर कसैले अनुमान गरेका थिएनन। तर,एकाएक बेलुकी सातबजेतिर बस्ती नै सखाप पार्नेगरि बाढी आएको उनले बताए। ‘बेलुकी ५ बजेतिरै खोलाले बाढीको संकेत त दिएको थियो, तर, यो आकारमा बाढी आउला भनेर कसैले अनुमान गरेका थिएनन,’ गुरुङले भने, ‘तर, बेलकी सातबजेतिर सोहोर्दै आएको बाढीले एकाएक क्षति गर्यो।’

उनका अनुसार झोङखोलाको मुहान कागबेनीबाट करिब ८ किलोमिटर माथि झोङमा पर्छ। झोङ गाउँपालिकाको २ नम्बर वडामा पर्छ। झोङमा बस्ती भएपनि बस्ती खोला भन्दा निकै नै माथि छन। खोला किनारमा बस्ती नभएकोले पनि हत्तपत्ति थाहा नपाएको उनले बताए। ‘अघिल्ला वर्ष पनि यो खोलामा बेलाबेला बाढी आउँथ्यो। तर, योपटक भने अधिक नै आयो,’ उनले भने। उनका अनुसार कागबेनीमा रहेका घरहरु खोलाको निकै नै नजिक थिए। त्यसले गर्दा पनि बाढी पस्न सक्यो।’  

प्रवक्ता गुरुङका अनुसार खोलाबाट १० मिटरभित्रै घरहरु थिए। तिनै घरलाई क्षति गर्नेगरि अहिले बाढी आएको उनले बताए। ‘खोला किनारमा भएपनि व्यक्तिगत सम्पत्तिमा घर बनाएका थिए। तर, अहिले बाढीले क्षति ग¥यो,’उनले भने। स्थानीयका अनुसार खोलाको सिरान क्षेत्रमा आइतबार अलि नै बढी वर्षा भएको थियो। वर्षापछि बगेर आएको लेदो रोकिँदै र बग्दै गर्दा क्षति भएको उनले बताए। ‘लेदो एकैपटक बग्दैन, रोकिँदै बग्दै गर्दा भेलबाढी आएको हुनसक्छ,’ उनले भने, ‘अपत्यारिले लेदोले सखाप पा¥यो। झन्डै मानवीय क्षति हुन पाएन। धेरै नै रातिको समयमा बाढी आएको भए थप क्षति हुनसक्थ्यो।’
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस