आज वर्षाको सम्भावना कति?
३० साउन २०८०
•
१ मिनेट पाठ
आज वर्षाको सम्भावना कति?
हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थान भन्दा उत्तरतिर रहेको छ। आज देशभरको मौसममा आँशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  




अहिले बिहान देशभर आँशिक देखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

त्यस्तै आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
अर्को समाचार
बिहीबारदेखि पश्चिम नेपालमा अति भारी वर्षाको सम्भावना, बाढी-डुबानको उच्च जोखिम
०४ असोज २०८३
•
९ मिनेट पाठ
बिहीबारदेखि पश्चिम नेपालमा अति भारी वर्षाको सम्भावना, बाढी-डुबानको उच्च जोखिम
बंगालको खाडीमा न्यूनचापीय प्रणाली विकसित हुँदै गएपछि आगामी बिहीबारदेखि नेपालमा त्यसको प्रभाव देखिन सक्ने मौसमविद्हरूले बताएका छन्। प्रारम्भिक मौसम मोडलहरूले पश्चिम नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखाएको उनीहरूको बताएका हुन्।




यद्यपी, मौसम मोडलहरूले प्रणालीको वास्तविक गति, दिशा र प्रभावबारे अहिले नै निश्चित निष्कर्ष निकाल्न नसकिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती बताउँछन्। उनले बंगालको खाडीमा न्यूनचापीय अवस्था विकास हुँदै गएको र त्यसको प्रभाव नेपालमा देखिन सक्ने प्रारम्भिक संकेत देखिएको बताए।

प्रमुख उप्रेतीका अनुसार आगामी बिहीबारदेखि नेपालमा मौसम प्रणालीको प्रभाव देखिन सुरु हुन सक्नेछ। शुक्रबारको मध्यरातदेखि पश्चिम नेपालमा यसको प्रभाव बढी देखिन सक्ने प्रारम्भिक अनुमान छ। 

विशेषगरी लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रदेखि बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसम्मका क्षेत्रमा शुक्रबार राति, शनिबार, आइतबार र सोमबारसम्म वर्षाको प्रभाव रहन सक्ने प्रारम्भिक आकलन गरिएको छ। तर अहिले विभिन्न मौसम मोडलहरूले वर्षाको मात्रा र प्रणालीको प्रभावबारे फरक–फरक अनुमान गरिरहेका छन्। त्यसैले तत्कालै भारी वा अति भारी वर्षा हुने भनेर निष्कर्ष निकाल्न नमिल्ने उप्रेतीको भनाइ छ।

‘विभिन्न मोडलले फरक–फरक अवस्था देखाएका छन्। कुनै मोडलले धेरै भारी वर्षा देखाएको छ भने अर्कोले कम देखाएको छ,’ उप्रेतीले नागरिकन्युजलाई भने, ‘प्रणाली आउने सम्भावना देखिए पनि यसको गति र प्रभाव कस्तो हुन्छ भन्ने कुरा अहिले नै निर्क्योल भइसकेको छैन।’

यस्तै, त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बिहीबारदेखि नेपालमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेका छन्।

पोखरेलका अनुसार भारतको उत्तरपश्चिमी क्षेत्र पञ्जाब, हरियाणा, राजस्थान र दिल्लीसम्म मनसुन सकिएका कारण त्यहाँबाट सुख्खा हावा आउने अवस्था बनेको छ। बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणालीलाई उक्त सुख्खा हावाले रोक्ने भएकाले प्रणाली नेपालतर्फ आउने र त्यसका कारण नेपालका विभिन्न क्षेत्रमा ठूलो वर्षा हुन सक्ने उनको भनाइ छ।

उनले सामाजिक सञ्जालमार्फत यो विषय डर सिर्जना गर्न नभइ सम्भावित जोखिमप्रति सचेत गराउन र पूर्वतयारीका लागि जानकारी गराइएको स्पष्ट पारेका छन्।

पोखरेलले आगामी असोज ८ देखि १२ गतेसम्म हुने भनिएको सम्भावित भारी वर्षाबारे धेरैले सोधिरहेको भन्दै हालको पूर्वानुमानअनुसार त्यस्तो सम्भावना देखिएको बताएका हुन्। आफूले विभिन्न मौसम पूर्वानुमान मोडलहरूको अध्ययन गरेपछि मात्रै उक्त जानकारी सार्वजनिक गरेको बताए।

'विभिन्न पूर्वानुमान मोडलहरूले सुरुदेखि नै वर्षाको अवस्था देखाइरहेका छन्। केही मोडलमा ४०० मिलिमिटरभन्दा बढी वर्षा हुने देखिएको र अधिकतम ७४१ मिलिमिटरसम्म वर्षाको पूर्वानुमान गरिएको छ,' उनले सामाजिक सञ्जालमार्फत निरन्तर सतर्क गराइरहेका छन्।

यद्यपि, यस्तो वर्षा नेपालको धेरै ठूलो भूभागमा वा केही निश्चित क्षेत्रमा मात्र सीमित हुन सक्ने भएकाले अहिले नै कहाँ कति वर्षा हुन्छ भन्ने निश्चित भन्न नसकिने उनले बताए।

‘यो गलत होस् भन्ने चाहना छ, किनकि नपरे राम्रो हुन्छ,’ पोखरेलले भनेका छन्, ‘तर सुरुदेखि ठाउँ फरक देखाए पनि पूर्वानुमान एउटै छ। सम्भावना बढी देखिएकाले सबैलाई तयारी गर्न सहज होस् भनेर जानकारी राखेको हुँ।’

जल तथा मौसम विज्ञान विभाग र विपद् प्राधिकरणबिच यस विषयमा छलफलसमेत भइसकेको प्रमुख उप्रेतिले बताए। प्रणालीको थप अध्ययनपछि सोमबार साँझसम्म पहिलो आधिकारिक बुलेटिन सार्वजनिक गर्ने तयारी गरिएको उनले जानकारी दिए।

प्राधिकरणले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आन्तरिक रूपमा सुरक्षा निकाय र जिल्ला विपद् व्यवस्थापन समितिहरूसँग समेत समन्वय तथा सञ्चार गरिरहेको जनाएको छ। यद्यपि पूर्वानुमान स्पष्ट नभइसकेको अवस्थामा तत्कालै आम नागरिकमा त्रास सिर्जना हुने गरी सूचना प्रवाह नगरी थप विश्लेषण र अनुगमन गर्ने नीति लिइएको छ।

उप्रेतीका अनुसार अहिलेको पूर्वानुमान मोडलमा आधारित भएकाले वर्षाको निश्चित मात्रा बताउनसमेत केही समय लाग्नेछ। प्रणालीले समुद्रबाट कति जलवाष्पयुक्त वायु बोकेर ल्याउँछ भन्ने स्पष्ट भएपछि मात्रै कुन क्षेत्रमा कति मिलिमिटरसम्म वर्षा हुन सक्छ भन्नेबारे तुलनात्मक रूपमा विश्वसनीय पूर्वानुमान गर्न सकिनेछ।

‘अहिलेको अवस्था मोडलमा आधारित पूर्वानुमान हो। मोडलले कहिलेकाहीँ वास्तविक अवस्थाभन्दा बढी वर्षा देखाउन सक्छ,’ उनले भने, ‘आज र भोलिको थप विश्लेषणपछि मात्रै वर्षाको मात्रा र प्रभावबारे थप स्पष्ट हुन सक्छ।’

मौसमविद् उज्वल उपाध्यायले पनि बंगालको खाडी र अण्डमानसागरका बिचमा तीव्र गतिमा विकसित भइरहेको न्यूनचापीय प्रणाली अब केही दिनमा चक्रवाती आँधी (साइक्लोन्) मा परिणत हुने सम्भावना बढेको बताए। यसो भएमा यस चक्रवातको नाम 'अर्नब' हुने र यसको प्रभाव नेपालमा असोजको ८, ९ र १० मा पर्ने देखिन्छ।

'अहिलेको लागि यति भनियो कि यी तीनदिन सुदूरपश्चिम बाहेकका क्षेत्रमा लामोदूरीको यात्रा स्थगनगर्नु उपयुक्त होला,' उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'वर्षाको तीव्रताकति हुने भन्नेबारे अझै प्रष्टसँग निर्क्योल हुन बाँकी छ।' 

काठमाडौंमा मध्यम वर्षाको सम्भावना

प्रारम्भिक अनुमानअनुसार काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भने पश्चिम नेपालमा जस्तो ठूलो वर्षाको सम्भावना देखिएको छैन। काठमाडौं क्षेत्रमा मध्यम खालको वर्षा हुन सक्ने र तुलनात्मक रूपमा पश्चिम नेपालमा बढी प्रभाव पर्न सक्ने देखिएको उप्रेतीले बताए।

यद्यपि मौसम प्रणालीको दिशा र तीव्रतामा परिवर्तन हुन सक्ने भएकाले काठमाडौंलगायत अन्य क्षेत्रमा हुने वर्षाबारे पनि थप विश्लेषण आवश्यक रहेको उनको भनाइ छ।

असोजभरि निरन्तर प्रणाली आउने सम्भावना कम

हाल विकास हुँदै गरेको प्रणालीपछि अर्को त्यस्तै शक्तिशाली मौसम प्रणाली आउने सम्भावना तत्कालका मोडलहरूमा स्पष्ट रूपमा नदेखिएको उप्रेतीले बताए। भारततर्फ मनसुन क्रमशः कमजोर हुँदै फिर्ता हुने क्रममा रहेकाले असोज महिनाभरि लगातार ठूलो वर्षा हुने अवस्थाबारे अहिले नै निष्कर्ष निकाल्न नसकिने उनको भनाइ छ।

बाढी-पहिरोकोजोखिम उच्च

आगामी बिहीबारदेखि नेपालमा प्रभाव पार्न सक्ने मौसम प्रणालीका कारण देशका अधिकांश क्षेत्रमा वर्षा हुने र नदी तथा खोलानालामा पानीको बहाव बढ्ने सम्भावनापनि देखिएको छ। प्रारम्भिक मौसम पूर्वानुमानअनुसार पश्चिम नेपालका तराई, चुरे तथा पहाडी क्षेत्रमा यसको प्रभाव बढी पर्न सक्ने देखिएको छ।

बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले प्रणालीको प्रभाव तीनदेखि चार दिनसम्म रहन सक्ने र लगातार वर्षा हुने सम्भावना रहेकाले बाढी तथा डुबानको जोखिम उच्च रहेको बताए।

'विशेषगरी तराई, चुरे तथा पहाडी क्षेत्रमा जोखिम बढी देखिएको छ। खोला तथा नदी आसपासका बस्ती, सडक, पुल, जलस्रोत आयोजना र निर्माणाधीन संरचनामा समेत सावधानी अपनाउनुपर्ने देखिएको छ,' उनले भने।

अहिलेको प्रारम्भिक अनुमानमा प्रणालीले देशका अधिकांश भूभागलाई प्रभाव पार्न सक्ने देखिएको उनको भनाइ छ। उनका अनुसार विशेषगरी नारायणीदेखि कञ्चनपुरसम्मको पश्चिमी क्षेत्रमा तुलनात्मक रूपमा बढी वर्षा हुन सक्ने भएकाले बाढीको जोखिम उच्च रहेको छ।

‘अहिलेसम्मको हिसाबले प्रणालीले नेपाललाई लगभग सबैतिर प्रभाव पार्न सक्ने देखिन्छ,’ उनले नागरिकन्युजसँग भने, ‘तर पाँच–छ दिनअघिको संकेत भएका प्रणालीमा तीन दिनअघिसम्म महत्वपूर्ण परिवर्तन आउन सक्छ। त्यसैले थप अवस्था हेरेर मात्रै विस्तृत पूर्वानुमान सार्वजनिक गर्छौँ।’

उनका अनुसार आगामी चार दिन नदीको बहाव उल्लेख्य बढ्न सक्ने भएकाले निर्माणाधीन पुल, सिँचाइ आयोजना, जलस्रोतसम्बन्धी संरचना तथा अन्य पूर्वाधारमा सम्भावित जोखिमलाई ध्यान दिन आवश्यक छ।

सोमबार विशेष बुलेटिन

मौसम मोडलहरूमा थप परिवर्तन नभएमा भोलि (सोमबार) विशेष बुलेटिन जारी गर्ने तयारी भइरहेको छ। विशेष बुलेटिनमा कुन–कुन क्षेत्रमा कस्तो प्रभाव पर्न सक्छ भन्ने विस्तृत विवरण समेटिनेछ।

अहिले सामाजिक सञ्जालमा विभिन्न मौसम मोडलका आधारमा भारी वर्षासम्बन्धी सूचना सार्वजनिक भइरहे पनि सरकारी निकायबाट आधिकारिक पूर्वानुमान सार्वजनिक गर्नुअघि थप अध्ययन आवश्यक रहेको प्रमुख उप्रेतिको भनाइ छ।

‘मोडलहरूका परिणाम फरक–फरक भएकाले अहिले नै ठ्याक्कै यकिन गरेर भन्न मिल्ने अवस्था छैन,’ उनले भने, ‘तर देशभरि प्रणालीको प्रभाव रहने देखिएको छ। थप अवस्था नबदलिए विशेष बुलेटिनमार्फत विस्तृत जानकारी दिन्छौँ।’

भोटेकोशीजस्तो हिमाली बाढीको जोखिम कम

हालको मौसम प्रणालीका कारण केही समयअघि भोटेकोशीमा देखिएको प्रकृतिको हिमाली बाढीको जोखिम भने तुलनात्मक रूपमा कम रहेको बाढी पूर्वानुमान शाखा प्रमुख पराजुलीले बताए।

भोटेकोशीमा आएको बाढी फरक कारणसँग सम्बन्धित रहेको भन्दै उनले अहिलेको प्रणालीको मुख्य प्रभाव तराई, चुरे र पहाडी क्षेत्रमा बढी देखिएको बताए। हिमाली क्षेत्रमा भने अहिलेसम्म मध्यमसम्मको वर्षा हुने अनुमान गरिएको छ।

यद्यपि हिमाली क्षेत्रमा अत्यधिक वर्षा भए जोखिममा रहेका हिमतालमा थप दबाब पर्न सक्ने सम्भावना भने पूर्ण रूपमा नकार्न नसकिने उनको भनाइ छ।

‘धेरै पानी परेमा जोखिममा रहेका हिमताललाई असर पर्न सक्छ, तर अहिलेको प्रणालीका कारण त्यस्तै ठूलो घटना हुने सम्भावना कम देखिन्छ,’ उनले भने।

काठमाडौंमा पनि बाढीको जोखिम

काठमाडौं उपत्यका पनि जोखिममुक्त नरहेको मौसमविद्हरूले बताएका छन्। काठमाडौंमा तुलनात्मक रूपमा कम वर्षा भए पनि सहरी क्षेत्रमा पानी निकासको समस्या र नदी–खोलाको अवस्थाका कारण बाढीको जोखिम रहने भएकाले सावधानी आवश्यक रहेको बताइएको छ।

प्रारम्भिक अनुमानमा काठमाडौंमा अति भारी वर्षाभन्दा पनि लगातार झरी पर्ने सम्भावना देखिएको छ। दक्षिणतर्फका क्षेत्रमा भने तुलनात्मक रूपमा बढी वर्षा हुन सक्ने संकेत देखिएको उनीहरूले बताए।

कृषि क्षेत्रमा पनि असर

लगातार तीन-चार दिनसम्म पर्ने वर्षाले कृषि क्षेत्रमा समेत असर पार्न सक्ने भएकाले कृषकले पूर्वतयारी गर्नुपर्ने सुझाव दिइएको छ।मध्यम खालको वर्षाले समेत कृषि उत्पादनमा असर पार्न सक्ने भन्दै खेतबारी तथा नदी–खोलाको आसपास रहेका कृषि उपजलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्नेमा जोड प्रमुख पराजुली बताउँछन्।

'बाढी आएमा नदी किनारका कृषि उत्पादन डुबानमा पर्न वा बग्न सक्ने भएकाले किसान तथा सम्बन्धित निकायले समयमै आवश्यक व्यवस्थापन गर्नुपर्ने देखिएको छ,' उनले भने।

अत्यावश्यकबाहेक यात्रा नगर्न सुझाव

लगातार वर्षाका कारण पहिरो खस्ने, नदी तथा खोलानालामा पानीको बहाव बढ्ने र सडक अवरुद्ध हुने जोखिम रहेकाले सर्वसाधारणलाई अत्यावश्यकबाहेक यात्रा नगर्न पराजुलीको सुझाव छ।

मौसमको अवस्था थप गम्भीर देखिएमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट विशेष एड्भाइजरी जारी हुन सक्ने उनले बताए। उनका अनुसार अवस्था हेरेर सार्वजनिक यातायात तथा सार्वजनिक सेवा सञ्चालनसम्बन्धी थप निर्णयसमेत हुन सक्ने छ। तर त्यसबारे तत्कालै निर्णय नभएको र मौसम प्रणालीको अवस्था थप स्पष्ट भएपछि मात्रै आवश्यक कदम चालिने उनको भनाइ छ।

'आजै थप छलफल तथा विश्लेषण भइरहेको छ। आज साँझ र भोलिसम्म आउने नयाँ मौसम सूचनाका आधारमा वर्षाको मात्रा, प्रभावित क्षेत्र र सम्भावित जोखिमबारे थप स्पष्ट विवरण सार्वजनिक गरिनेछ,' नागरिकन्युजसँग उनले भने।
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २३ सेकेन्ड अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस