कागबेनी बाढी- 'मुक्तिनाथबाट आफन्तले बाढी आयो भाग भनेर फोन गरेकाले हामी बाँच्यौँ'
३० साउन २०८०
•
४ मिनेट पाठ
कागबेनी बाढी- 'मुक्तिनाथबाट आफन्तले बाढी आयो भाग भनेर फोन गरेकाले हामी बाँच्यौँ'
आइतबार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैँझैँ कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै। एक्कासी बजारमा बाढी आयो, बाढी आयो भन्दै हल्ला मच्चियो। एकैछिनमा बजारका सबै स्थानीय बजारभन्दा माथि सुरक्षित स्थानमा निस्किए।  




माथिपट्टि निस्किएको केही मिनेटमै कागबेनी बजारमा बाढी पस्यो, बाढीले हर्दाहेर्दै बजारलाई बगरमा परिणत बनायो। स्थानीय आफ्नो भएभरको सम्पत्ति आँखै अगाडि बाढीमा परेको देख्न विवश भए। केहीले लत्ताकपडा, सुन तथा गरगहना निकाल्न भ्याए भने धेरैले सामान्य लत्ताकपडा पनि निकल्न पाएनन्।

बाढीले घर र सम्पत्ति बगाइदिएपछि कागबेनीका सयौँ नागरिक घरबारविहीन बनेका छन्। कागखोलामा करिब दुई घन्टा आएको बाढीले हेर्दाहेर्दै बजारलाई कालीगण्डकीमा मिसाएको स्थानीय धावा दोर्जे गुरुङले सुनाए। बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका वडा सदस्यसमेत रहेका गुरुङले बाढीमा कुनै पनि मानवीय क्षति नभएको जनाउँदै भौतिक सम्पत्ति ध्वस्त बनेको बताए। यो बाढी अहिलेसम्मकै ठूलो भएको र क्षति पनि धेरै पुर्याएको उनले बताए। माथिल्लो क्षेत्रबाट बाढी आएको खबर नभएको भए यहाँका सयौँ मानिस बाढीमा पुरिन सक्ने उनले बताए।

“दिनभरि काम गरेर साँझ खाना पकाउँदै थियौँ, एक्कासी मुक्तिनाथबाट कागखोलामा बाढी आयो भनेर आफन्तको फोन आयो, पकाउँदै गरेको खाना त्यत्तिकै छाडेर वरपरका छरछिमेकलाई हारगुहार गर्दै बस्तीभन्दा माथि पुग्यौँ, हेर्दाहेर्दै कागखोलामा आएको बाढी कागबेनी बजारमा बस्यो,” उनले भने,“एकै छिनमा सबै घर बगरमा परिणत भए, धन्न ज्यान बाँच्यो, मुक्तिनाथ क्षेत्रबाट धेरैले फोन गरेर बाढी आएको जानकारी गराइदिनुभयो र हामी बाँच्यौँ, नत्र सबै बाढीमा परिने रैछ ।”

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरुङले बाढीपीडितलाई सुरक्षित स्थानमा सारिएको बताए । उनका अनुसार बाढीले २९ घर बगरमा परिणत भएका छन्। तेह्र आंशिक क्षति भएको अध्यक्ष गुरुङको भनाइ छ। आंशिक क्षति भएका घरको पहिलो तलासम्म बाढी पसेको उनले बताए। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा उद्धारकार्यलाई जारी राखेको उनको भनाइ छ ।

सोमबार रातिसम्मको विवरणअनुसार चारपाङ्ग्रे दुईवटा सवारी, मोटरसाइकल ३०, एउटा पक्की मोटरेबल पुल, तीन काठेपुल बाढीले बगाएको उनको भनाइ छ। बाढीले प्रभु बैंकको घर नै बगाएको छ भने जनशान्ति माध्यमिक विद्यालयमा पनि क्षति पुगेको अध्यक्ष गुरुङले जानकारी दिए। मर्धशाला, गुम्बालगायतका संरचना पनि बाढीमा परेको उनी बताउँछन्। उनका अनुसार करिब २०–२५ वटा पशुचौपाया पनि पुरिएको आकलन गरिएको छ ।

कागबेनीमा जिल्ला बाहिरबाट सडक तथा विभिन्न ठाउँमा काम गर्ने ६० मजदुरको उद्धार गरी जोमसोम सामुदायिक हलमा स्थानान्तरण गरिएको अध्यक्ष गुरुङको भनाइ छ। बाढीपीडितलाई अहिले आफन्तकहाँ राखिएको भन्दै नेपाल सरकारको नीति नियमानुसार राहत सहायता दिने उनी  बताउँछन्। तत्कालका लागि गाँसबास, कपासको व्यवस्था गाउँपालिकाले गर्ने उहाँले बताए।

“अप्रत्यासित घटना भयो, बजारका घर देखिसक्नु छैनन्, धेरै घर बाढीले बगायो, बाढीले क्षति पुर्याएका घर पनि भत्किरहेका छन्, अहिलेसम्म मानवीय क्षति भएको पाइएको छैन, भौतिक क्षतिको त धेरै भएको छ, अहिले भर्खरै मूल्याङ्कन गर्न सक्ने अवस्था छैन, बाढीपीडितलाई अहिले अग्लो स्थानमा सुरक्षितरूपमा राखेका छौँ”, अध्यक्ष गुरुङले भने, “यहाँ धेरै कामदार पनि बस्थे, उनीहरूलाई घरपझोङ गाउँपालिकाले खाना बस्नको व्यवस्था गर्ने गरी जोमसोम सारिएको छ।”

बाढी कागखोलाको सहायक तिरीखोलामा पहिरो आएर थुनिएको आकलन गरिएको छ। मुक्तिनाथबाट सुरु हुने कागखोला कागबेनीमा आएर कालीगण्डकीमा मिसिन्छ। बाढीले पोल बगाउँदा विद्युत् अवरुद्ध भएको सहायक जिल्ला अधिकारी चन्द्रकान्ता बस्नेतले जानकारी दिए। खानेपानीको पाइपलाइन पनि बगाउँदा खानेपानी अभाव भएको उनको भनाइ छ । विद्युत् र खानेपानी सञ्चालनका लागि काम सुरु भएको उनी बताउँछन्। बाढीले पुल बगाउँदा उपल्लो मुस्ताङसम्मको यातायात ठप्प छ भने मान्छे हिँड्नका लागि अस्थायी काठको पुल निर्माण गरिएको उनले जानकारी दिए। अहिले बाढी रोकिए पनि स्थानीय त्रसित छन्।

सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, “बाढीले बिजुलीका पोल र पाइप लाइन पनि बगाएको छ, त्यसलाई तत्काल सञ्चालनमा ल्याउनका लागि विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेर काम सुरु भएको छ, उपल्लो मुस्ताङ जाने सडक त ठप्पै भएको छ, अहिले भर्खरै यो सडक खुलाउन सक्ने अवस्था पनि कम छ, विस्तारै यातायात सञ्चालनका लागि प्रयास गर्छौँ ।” वर्षा रोकिएको भए पनि कागबेनीवासी कागखोला हेर्दै झस्किने गरेका छन्। प्रशासनले तटीय क्षेत्रका बस्तीलाई सजगता अपनाउन आग्रह गरेको छ ।
अर्को समाचार
कागबेनी बाढीको वर्षदिनः उठ्दैछ कागबेनी
३० साउन २०८१
•
४ मिनेट पाठ
कागबेनी बाढीको वर्षदिनः उठ्दैछ कागबेनी
एकवर्ष अघि बाढीको चपेटामा परेको मुस्ताङको कागबेनी। फाइल तस्बिरः नागरिक
एकवर्ष अघि बस्ती नै तहसनहस बनाउनेगरि मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बजारमा बाढी पस्यो। स्थानीय झोङ्खोला कागबेनीको बस्तीमा पस्दा घर, होटल, मन्दिर, आश्रम, विद्यालय तथा प्रहरी चौकी सहित धेरै संरचना बगे। धेरैका घरभित्र बाढीमा बग्दै आएको लेदो पस्यो।  




कागबेनीमा भौतिक क्षति भएपछि ढलेका संरचना उठाउन स्थानीय जुटे। लेदो पसेर भरिएका घरका कोठाचोटा सफा गर्न स्थानीयले हातमा हात मिलाए। आर्थिक सहयोग देखि श्रमदान गर्न जिल्लाबासी ओइरिए। सरकारी कार्यालयदेखि निजी क्षेत्रका कर्मचारी, स्थानीयबासि, गाउँले, आसपासका गाउँका बासिन्दा कागबेनीलाई पहिलेकै स्वरुपमा फर्काउने पहलमा जुटे। सबैको साथ र हातमा हात जुट्दा कागबेनी बिस्तारै उठ्दैछ, कागबेनीले स्वरुप फेर्दैछ।

कागबेनीका स्थानीय फेन्चोक गुरुङ भन्छन, ‘पूर्ण रुपमा क्षति भोग्नेलाई त केही समस्या नै छ। तर, समान्य क्षति भएका संरचना भने पहिलेकै अवस्थामा फर्किएका छन्। हामीले पहिले भन्दा सुरक्षाको थप अनुभूति पनि गरेका छौ। आगामि दिनमा बस्तीमा बाढी पस्ने डर हामीलाई त्यत्तिधेरै छैन।’ 
फेन्चोकको घरको ढोकासम्म बाढी पसेको थियो। गाइ र च्यांग्रा गोठ बाढीमा बगेका थिए। ती संरचना पहिलेकै अवस्थामा फर्काउन स्थानीय प्रशासनदेखि गाउँपालिका र स्थानीयबासिले ठुलो सहयोग गरेको उनले बताए। ‘अहिले पनि खोलालाई नियन्त्रणमा लिनका लागि काम भईरहेको छ। पोहोर भन्दा निकै नै ठूलो बाढी आए त सबैतिर सखाप होला, नत्र सानोतिनो बाढीको डर छैन,’ उनले भने।  

मुक्तिनाथ क्षेत्रबाट आएको झोङखोलाले कागबेनीमा पोहोर वितण्डा मच्चाएको थियो। झोङखोलाको मुहान कागबेनीबाट करिब आठकिलोमिटर माथि झोङमा पर्छ। झोङ गाउँपालिकाको २ नम्बर वडामा पर्छ। झोङमा बस्ती भएपनि बस्ती खोला भन्दा निकै नै माथि छ। खोला नजिकै बस्ती नहुँदा भेल बढेको स्थानीयले पत्तै पाएका थिएनन्। एकाएक बस्तीमा भेल पसेपछि बल्ल सबैको होसहवास उडेको थियो। स्थानीयका अनुसार कागबेनीमा खोलाबाट १० मिटरभित्रै घरहरु थिए। तिनै घरलाई क्षति गर्नेगरि पोहोर बाढी आएको थियो।  तर, अहिले खोलाको वहाव क्षेत्र पनि फराकिलो बनाइएको छ भने घर पनि खोला किनार भन्दा केही पर बनाउनु पर्नेगरि मापदण्ड तोकिएको छ।

गाउँपालिकाका प्रवक्ता प्रमेश गुरुङ भन्छन, ‘सबैको सहयोगमा बाढी पीडितका संरचना उठाउन सकियो । त्यस्तै खोलाको वहाव फेर्न पनि सफल भयौं। खोलाको वहाव बस्तीमा पस्न नपाओस भनेर टेवा पर्खाल पनि लगाइएको छ। ‘छोटो समयमै कागबेनी उठिसकेको छ। एकवर्ष अवधिमा धेरै नै काम भयो। बाढीको लेदोले भरिएका घर पूर्ण रुपमा सफा पारियो भने बिस्थापितलाई पनि व्यवस्थापन गर्यौं। उनले भने, ‘पूर्ण रुपमा क्षति भएका केही बाहेक अरु घर पहिलेकै अवस्थामा फर्किएका छन्। पूर्ण रुपमा क्षति भएका घर भने अहिले पनि बन्दैछन्।’  

प्रवक्ता गुरुङका अनुसार सबैभन्दा महत्वपूर्ण काम त खोलाबाट बस्तीलाई पूर्ण रुपमा सुरक्षित पारिएको छ। ‘बाढी अघि खोला र घरको दूरी करिब १० मिटर मात्र थियो। तर, अहिले त्यो दूरी २५ मिटर बनाएका छौ,’ उनले भने, ‘भविश्यमा यस्तो भोग्नुनपरोस भनेर गाउँपालिका पूर्ण रुपमा सचेत छ।’ उनका अनुसार अहिले खोला गहि¥याएर पानीको वहाव एकैठाउँबाट बग्ने बनाइएको छ। बाढी आउनुअघि खोलाको वहाव एकनासको थिएन।  

‘चारैतिर छरिएर बगेको खोलाको कारणले बाढीले क्षति गरेका हो। तर, अहिले खोला नियमित रुपमा आफ्नो ठाउँबाट बगेको छ,’ उनले भने। उनका अनुसार खोलाले करिब २ सय मिटर दूरीमा क्षति गरेको थियो। अहिले क्षति नहोस भनेर करिब १ सय ५० मिटर दूरीमा बलियो र कंक्रिट पर्खाल बनाइएको छ। ‘भविश्यमा बस्तीमा बाढी नपसोस भनेर बलियो पर्खाल बनाएका छौ। सानोतिनो वहाव बस्तीमा पस्न सक्दैन,’ उनले भने।  प्रवक्ता गुरुङका अनुसार बाढीले क्षति गरेको कागबेनी सोचेभन्दा छिटो उठेको हो। सबैको साथ र सहयोगले कागबेनी उठाउन सहयोग पुगेको उनले बताए।

‘सोचे भन्दा धेरै नै छिटो कागबेनी उठ्यो। अन्यत्र यस्ता बाढी आउँदा त्यहाँका संरचना सुतेको सुत्यै गरेको हामीले देखेका छौ। तर, कागबेनीले त्यस्तो अवस्था बेहोर्नुपरेन। यसले यहाँका बासिन्दालाई खुसी तुल्याएको छ,’ उनले भने, ‘सतप्रतिशत सोचेजस्तो त सम्भव छैन। तर, कागबेनीले छोटो समयमा मुहार फेरेको पक्का हो। सबैको साथ र सहयोगले यो सम्भव भएको हो।’
हिमालपारीको जिल्ला मुस्ताङ, आफैमा माटोको सहर हो। लेतेबाटै शुरु हुन्छ अनुपम प्रकृतिको भूवनोटको यो जिल्ला। जोमसोम हुदैं कागबेनीबाट पुल तरेपछि मात्र माथिल्लो क्षेत्र लोमान्थाङको यात्रा तय हुन्छ। कागवेनीबाट उक्लिएपछि पवित्र धार्मिकस्थल मुक्तिनाथ पुगिन्छ। प्रकृतिको अनुपम ठाउँ मुस्ताङलाई अघिल्लो वर्ष प्राकृतिक प्रकोपको चपेटामा परेको थियो। प्राकृतिक प्रकोपको चपेटामा परेको कागबेनीलाई उकास्न निकै नै मेहनत गरेको मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेले बताए।  

‘कागबेनी क्षतविक्षत अवस्थामा थियो। तर, सबैको साथ र सहयोगले काबगेनी उठेको छ,’ कागबेनीले क्षति भोगेको एकमहिना पछि मुस्ताङको सुरक्षा कमाण्ड सम्हालेका डिएसपी पाण्डेले भने, ‘सुरक्षा निकायदेखि स्थानीय प्रशासन, गाउँपालिका, स्थानीयबासि सबैको पहलले कागबेनी उकासिएको हो।’ उनका अनुसार अहिले पनि कागबेनीमा पूर्ण रुपमा क्षति भएका संरचना निर्माणाधिन नै छन्।  

‘अन्यत्रको तुलनामा कागबेनीले निकै नै चाँडो टाउको उठाएको हो । सबैको सहयोगले सम्भव भएको हो। तर, गुरुयोजना बनाएर काम गर्न पाएको भए कागबेनी अझ बढी सुरक्षित हुन्थ्यो,’ उनले भने, ‘केही संरचना अझै पनि व्यवस्थित गर्न बाँकी नै छ। स्थानीयका संरचना सहित सार्वजनिक पूर्वाधार पनि संरक्षण गर्ने हो भने कागबेनी पूर्ण रुपमा व्यवस्थित हुनेछ। तर, विशेष गुरुयोजना बनाएर पूर्वाधार बनाउमा भने ध्यान दिनुपर्छ।’  
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस