डा. केसीको स्वास्थ्य जोखिममा
३० असोज २०७४
•
७ मिनेट पाठ
डा. केसीको स्वास्थ्य जोखिममा
फाइल फाेटाे
काठमाडौं – आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य जोखिममा परेको छ । केसी ११ दिनदेखि अनशनमा छन् ।




स्वास्थ्यअवस्था खस्किएपछि आकस्मिक उपचारका लागि तत्कालै आवश्यक पर्नसक्ने स्वास्थ्य उपकरण र औषधि तयार गरिएको छैन । सहयोगी र विद्यार्थीले अस्पताल प्रशासनसँग आपत्कालका लागि आवश्यक उपकरण माग गरे पनि सुनुवाइ नभएको बताएका छन्।

जतिखेरै पनि मुटु बन्द हुनसक्ने र अन्य अंग सञ्चालन समेत जोखिम पर्नसक्ने भन्दै उनीहरूले ती अंग पुनः सञ्चालनमा सहयोग गर्ने उपकरण ‘डिसी सक’ र  कृत्रिम श्वासप्रश्वास यन्त्र ’भेन्टिलेटर’ व्यवस्था गर्नुपर्ने बताएका छन् ।

डा. केसीले चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने प्रमुख मागसहित १९ असोजमा अनशन थालेका थिए । विधेयक प्रवेश नै नगराई व्यवस्थापिका संसद्को आयु सकिएपछि अनशन अन्त्य अनिश्चित बनेको छ । ‘पटकपटकको अनशनले उहाँ धेरै गलिसक्नुभएको छ, डाक्टरहरूले पनि यसपटक धेरै दिन लम्ब्याउन सक्नुहुन्न भनेका छन्,’ डा.केसीका भाइ किशोरले भने । उपचारमा संलग्न चिकित्सकका अनुसार रगतमा क्याल्सियमको मात्रा निकै नै न्यून देखिएको छ । क्याल्सियमले मुटु सञ्चालनमा सघाउँछ । यसको कमीले अचानक मुटुको धडकन बन्द हुनसक्ने जोखिम रहेको चिकित्सक बताउँछन्। 

शरीरमा अक्सिजनको मात्रा निरन्तर कम हुन थालेपछि उनलाई २४सै घण्टा अक्सिजन दिइएको छ । एकैछिन मात्र पनि अक्सिजन माक्स निकाल्दा श्वासप्रश्वासमा समस्या देखिन थालिसकेको छ।

सुरुदेखि देखिएको छाती तथा टाउको दुख्ने, रिँगटा चल्ने, मांशपेशी बाउँडिने समस्या खप्नै नसक्ने अवस्थामा पुगेको चिकित्सक बताउँछन् । ‘अनुहार हेर्दा दुखाइ बढेको थाहा पाइन्छ,’ एक चिकित्सकले भने।

डा. केसीको रक्तचाप पनि कम भइरहेको छ । पछिल्लो समय केही बेर बोल्दा पनि रिँगटा लाग्ने र पसिना आउने समस्या देखिएको छ । रक्तचापसँगै रगतमा माइक्रोइलिमेन्टससमेत निरन्तर घटिरहेकाले प्रमुख अंगले जुनसुकै समय काम गर्न छोड्ने जोखिम रहेको चिकित्सक बताउँछन्।

आइतबारको रिपोर्टअनुसार शरीरमा सेतो रक्तकोशको मात्रा तीन हजारभन्दा कम भइसकेको छ । यसले संक्रमणको जोखिम बढाउँछ । संक्रमणको जोखिम कम होस् भनेर डा. केसीसँग अत्यन्त जरुरी बाहेकका भेटघाटमा कमी गरिएको उनी निकटका चिकित्सक डा. अभिशेक सिंहले बताए।

अघिल्लो अनशनदेखि सुरु भएको ‘ग्यास्ट्राइटिस’ को समस्या पनि निकै बढ्दै गएको र पेटको माथिल्लो भागको दुखाइसमेत बढिरहेको छ । तेस्रो दिनदेखि नै पिसाबमा किटोन बडी पोजेटिभ देखिएको छ । चिकित्सकका अनुसार शरीरमा ग्लुकोज, फ्याट (बोसो) टुक्रिएर मांसपेशी टुक्रिन थालेको छ । यसका कारण पाखुरा र गोडाको मांसपेशी दुब्लो देखिन थालेको चिकित्सक बताउँछन् ।

सहायक मागमा वार्ता सकारात्मक 

प्रमुख मागको रुपमा रहेको चिकित्सा शिक्षा विधेयकबाहेकका अन्य मागमा सरकार र डा. गोविन्द केसी पक्ष सहमतिनजिक पुगेका छन् । प्रमुख मागको रुपमा रहेको विधेयक पारित नगरी संसद्को आयु शनिबार सकिएको छ । 

मुख्य मागमा उच्च तहबाटै समाधान खोज्ने प्रयास भइरहेको आश्वासन सरकारी टोलीले दिएपछि शनिबारदेखि वार्ता जारी छ । सरकारले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नगेन्द्र उपाध्यायको संयोजकत्वमा वार्ता टोली बनाएको थियो । टोलीमा स्वास्थ्य सचिव डा. किरण रेग्मी र निमित्त शिक्षा सचिव डिल्लीराम रिमाल सदस्य छन् । 

डा. केसीका तर्फबाट डा. वाइपी सिंह, डा. अभिशेक सिंह, डा.कस्चेभ श्रेष्ठ र अधिवक्त ओम अर्याल छन् । स्रोतका अनुसार एमबिबिएस तहमा सरकारले तोकेभन्दा बढी शुल्क लिने काठमाडौं विश्वविद्यालयको निर्णय सच्याउने पहल गर्न सरकार सकारात्मक भएको छ । यसबारे सरकारी वार्ताटोलीले काठमाडौं विश्वविद्यालयका डिन डा. राजेन्द्र कोजुलाई बोलाएर सोधपुछ गरेको छ। 

केसीले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने त्रिवि पदाधिकारीलाई समेत बर्खास्त गर्न माग गरेका छन् । यस विषयमा पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजक रहेको आयोगले छानबिन गर्ने भएको छ । 

डा. केसीको अर्को माग कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन अध्यापन सुरु गर्नेगरी बजेट तथा अन्य व्यवस्था गर्नसमेत सरकार सकारात्मक भएको छ । स्वास्थ्य मन्त्रालयले पठनपाठन सञ्चालनकै लागि कार्यदल बनाएर काम गरिरहेको भन्दै हाल छुट्याइएकोमा नपुग बजेट थप्न तयार भएको छ। 
अर्को समाचार
डा. केसीको स्वास्थ्य जोखिममा
१३ माघ २०७५
•
२ मिनेट पाठ
डा. केसीको स्वास्थ्य जोखिममा
काठमाडौं - डा. गोविन्द केसीको उपचारमा संलग्न चिकित्सकले अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य जोखिममा परेको जनाएका छन्। डा. केसीको स्वास्थ्य अवस्था निरन्तर खस्किँदो अवस्थामा रहेको र शरीरमा सेता रक्त कोषको मात्रा पनि कम रहेको उपचारमा संलग्न डा. सुवास आचार्यले बताए। लामो समयदेखि डा. केसीका पेट खाली रहेकाले सेता रक्त कोषको मात्रा कम हुँदै गएको उनले जानकारी दिए।




डा. केसीलाई संक्रमणको उच्च जोखिम रहेकाले चिकित्सकले निरन्तर निगरानीमा राखेको डा. आचार्यले बताए। उनका अनुसार डा. केसीको स्वास्थ्यमा कुनै पनि बेला गम्भीर समस्या निम्तिने खतरा छ। डा. केसी पुस २५ देखि अनशनमा छन्।

चिकित्सक संघ आन्दोलनको तयारीमा

यसैबीच नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षाका साथै माग पूरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले आन्दोलनको तयारी गरेको छ। यसका लागि संले आइतबार बृहत् भेला आयोजना गरेको छ।

सरकारले डा. केसीसँगको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक पारित गरेको अवस्थामा उनको जीवनरक्षाका लागि छलफल गर्न उपत्यकाभरका अस्पतालका चिकित्सकलाई बोलाइएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। संघले सम्पूर्ण शाखालाई आन्दोलनका कार्यक्रमबारे छलफल गर्न र केन्द्रले गरेको निर्णय कार्यान्वयन गर्न यसअघि नै आग्रह गरिसकेको छ।

केसीको समर्थनमा प्रदर्शन

अनशनरत डा. गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै सोलिडारिटी फर डक्टर केसी एलायन्स, विवेकशील नेपाली दललगायतले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले सधैं सधैं झुक्याउने, कहिले सम्म हो लाज पचाउने, धोकेबाज ओली सरकार, किन बन्छौं माफियाको मतियारजस्ता नारा लगाएका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस