काठमाडौं-चिकित्सा शिक्षाको विकृतिविरुद्ध छैटौंपटक आमरण अनशनमा बसेका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीको स्वास्थ्य अत्यन्तै जोखिमपूर्ण अवस्थामा पुगेको छ।
नर्मल स्लाइनबाहेक कुनै प्रकारका औषधि र मुखबाट पानीसमेत पनि नलिएका डा. केसीका अधिकांश महŒवपूर्ण जीवनदायी सूचकले जोखिमपूर्ण अवस्था संकेत गरिरहेको चिकित्सकहरूले बताएका छन्। नवांै दिनमा आइपुग्दा निरन्तर छाती, मासंपेशी र टाउको दुखाइ भइरहेको र श्वासप्रश्वास पनि छोटोछोटो भइरहेको स्वास्थ्य टोलीद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिअनुसार सोमबार राति एक्कासि रक्तचाप निकै कम भएको थियो। रगतमा सुगर र इलेक्ट्रोलाइट पनि निकै कम भइसकेको छ। 'उहाँ (डा. केसी) को भोक हडताल जारी रहँदा थप कमजोर भए जुनसुकै समयमा 'लाइफ थ्रेटनिङ' बन्न सक्छ,' विज्ञप्तिमा उल्लेख छ।
डा. केसीको स्वास्थ्यलाई नजिकबाट जाँच गरिरहेकी वरिष्ठ फिजिसियन डा. दिव्यसिंह शाहले पछिल्लो पटक रगतको मात्रा पनि निकै घट्न थालेको जानकारी दिइन्। 'रगतको मात्रा घटिरहँदा गम्भीर खालको संक्रमणको जोखिम पनि हुन्छ,' उनले भनिन्।
चिकित्सकहरूका अनुसार डब्लुबिसीको मात्रा सामान्य अवस्थामा पनि ४ हजारभन्दा बढी हुनुपर्नेमा ३ हजार ३ सयमा झरिसकेको छ। 'म्याग्नेसियम र पोटासियमको मात्रा पनि घटिरहेको छ,' उनले भनिन्।
डा. शाहले खानेकुरामा पाइने यस्ता लवणको कमीले गर्दा सबै मासंपेशीले काम गर्न कठिन हुने जनाइन्। 'यसको सबैभन्दा ठूलो असर मुटुको मांसपेशीमा पर्छ। मुटुको चाल केही बेरमै छिटोछिटो हुन्छ र कतिपय अवस्थामा निकै ढिला हुन्छ,' उनले भनिन्, 'त्यस्तो अवस्थामा मुटुको चाल एक्कासि बन्द हुने जोखिम हुन्छ।'
चिकित्सकहरूले अनशनस्थल आइसियु र भेन्टिलेटर उपलब्ध स्थानभन्दा निकै टाढा भएकाले पनि त्रास थपिएको बताएका छन्। 'कुनै गम्भीर अवस्था आए नियन्त्रणमा लिन पनि समय नहुने अवस्था आउन सक्छ,' डा. शाहले भनिन्, 'जतिसक्दो चाँडो उहाँको माग पूरा गरेर अनशन अन्त्य गराउनुपर्छ।'
उनका अनुसार डा. केसीले आफू बेहोस हुनु अगाडि कुनै पनि औषधि नचलाउन आग्रह गरिसकेका छन्।
बोली बन्द भए सहकर्मीले निर्णय गर्ने
डा. केसीले आफू बेहोस भए वा बोल्न नसक्ने अवस्था भए न्यूनतम विषयमा अडान एवं सहमति राख्न सहकर्मी डा. वाइपी सिंह, डा. जीवन क्षत्री र डा. रामचन्द्र सापकोटालाई जिम्मेवारी दिएका छन्।
डा. केसीले बेहोस नभए पनि सबै खालका पोषक तŒव कमी भएर आफू 'कन्फ्युजन' को अवस्थामा गए पनि टोलीले सम्झौता गर्नसक्ने गरी न्यूनतम आधारबारे अनुमति दिएका छन्। डा. केदारभक्त माथेमा नेतृत्व कार्यदलले तयार पारेको प्रतिवेदनको पूर्ण कार्यान्वयन, उपकुलपति नियुक्ति र यसअघिका सम्झौता कार्यान्वयनलाई डा. केसीले बटमलाइन बनाएका छन्।
डा. केसीलाई श्वासप्रश्वास र बोल्नसमेत कठिनाइ भएको छ। कतिपय अवस्थामा आफू कहाँ छु कहाँ भन्नेजस्तो महसुससमेत भइरहेको डा. केसीले जनाएका छन्।
बुधबारदेखि अस्पताल बन्द
डा. केसीको मागमा दबाब दिन त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकले बुधबारबाट ओपडी सेवा बन्द गर्ने भएका छन्।
अस्पतालमा कार्यरत २ सयभन्दा बढी फ्याकल्टी डाक्टरको संस्था फ्याकल्टी डक्टर्स एसोसिएसन र नेपाल प्राध्यापक संघ आइओएम इकाइका पदाधिकारी, विभागीय प्रमुखले पदाधिकारीलाई भेटेर ओपडी सेवालाई निरन्तरता दिन नसक्ने जानकारी गराएका थिए। एसोसिएसनका अध्यक्ष डा. रमेश आचार्यले एक सहकर्मी आमरण अनशनमा बसेको र अन्य रेजिडेन्टले सेवा छाडिसकेको अवस्थामा आफूले सेवा दिन सक्ने अवस्था नरहेको बताए।
सरकारलाई दबाब दिन बन्दहडतालको कार्यक्रम नगर्ने सोचमा पुगेका चिकित्सकहरू डा. केसीको स्वास्थ्य गम्भीर बन्दा पनि सरकार नबोलेपछि सोमबारदेखि आन्दोलित भएका हुन्। रेजिडेन्ट चिकित्सकको ओपिडीमा सहभागी नहुने घोषणासँगै अस्पतालको सम्पूर्ण सेवा प्रभावित भएको छ। अस्पतालले प्रदान गर्ने ओपिडी, इन्डोर र शल्यक्रिया लगायतका सेवा वरिष्ठ चिकित्सकको निरीक्षण र निर्देशनमा रेजिडेन्टको भरमा चलेको हुन्छ। वरिष्ठले समेत आकस्मिकबाहेक अन्य शल्यक्रिया बन्द गरे नयाँ बिरामी भर्नासमेत रोकिनेछ। सोमबार दिउँसोदेखि अस्पतालमा कार्यरत ३ सयभन्दा बढी रेजिडेन्ट चिकित्सकले सेवा बहिष्कार गरेका छन्। आइओएमका विभिन्न विषय र संकायमा अध्ययनरत विद्यार्थीले पठनपाठन छाडिसकेका छन्।
अस्पताल परिसरमा सोमबारदेखि रिले अनशन जारी छ। विद्यार्थीले दिनभर विभिन्न खालका 'मेडिकल माफिया' विरोधी र डा. केसीको समर्थनमा नाटक प्रदर्शन गर्दै आएका छन्। उनीहरू शिक्षण अस्पतालबाट मौन र्यााली सुरु गरेर बालुवाटार पुगी धर्ना बसेका थिए। विद्यार्थीले दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र पनि बुझाएका छ। साँझ अस्पताल परिसरमा दीप प्रज्वलनसमेत गरेका थिए।
यसैगरी, डा. केसीको समर्थनमा जनकपुरस्थित जानकी मेडिकल कलेज, काठमाडौंस्थित पिपल्स डेन्टल कलेज लगायतका विद्यार्थीले दीप प्रज्वलन गरेका थिए।
र्याली गरिँदै
अनशनरत डा. केसीको समर्थनमा सहकर्मी चिकित्सकले बुधबार र्यानली आयोजना गर्ने भएका छन्।
केसीको स्वास्थ्य अवस्था नाजुक हुँदै गए पनि सरकारको ध्यान नगएको भन्दै विद्यार्थी, सर्वसाधारण र चिकित्सकले बुधबार बिहान १० बजे माइतीघर मण्डलामा र्याोली तथा धर्ना गर्न लागेका हुन्। नयाँ बानेश्वरसम्म हुने र्याकलीमा १० हजारको सहभागिता रहने उनीहरूको दाबी छ।
चिकित्सक संघलाई कलेजको दबाब
निजी मेडिकल कलेज सञ्चालकहरूले आन्दोलनमा उत्रिए असफल बनाइदिने चेतावनी दिएपछि नेपाल चिकित्सक संघ अगाडि बढ्न हच्किएको छ।
संघले डा. केसीको अनशन सुरु भएको तेस्रो दिनमै उनको माग पूरा गर्न सरकारलाई आग्रह गरेको थियो। पुराना अनशनको हस्ताक्षरकर्तासमेत रहेको संघ नेतृत्वले भने आन्दोलनको कार्यक्रम घोषणा गरेको छैन।
पछिल्लोपटक साउन ८ मा अल्टिमेटम दिएसँगै विभिन्न सरोकारवालाको छलफलमा सहभागी भएको संघ निजी कलेजका सञ्चालकको दबाबमा पछाडि हटेको स्रोतले जनाएको छ। यसअघिका अनशनमा संघ आएसँगै हडताल लगायत कार्यक्रम चर्कने गरेको थियो।
आन्दोलनलाई कडा पार्न विभिन्न जिल्लाबाट चिकित्सकहरूले माग गरे पनि संघका अध्यक्ष डा. अञ्जनीकुमार झाले भने कलेजका सञ्चालक पनि चिकित्सक र डा. केसी पनि चिकित्सक नै हुँदा अप्ठेरो अवस्था आएको जवाफ दिने गरेका छन्। अध्यक्ष, महासचिव लगायतका पदाधिकारीले त्रिवि शिक्षण अस्पतालका चिकित्सकले आफूहरूसँग सल्लाह नै नगरी आन्दोलनका एकपछि अर्का कार्यक्रम घोषणा गरेको गुनासो गर्ने गरेका छन्।
संघ अध्यक्ष झाले संघले सरकार जिम्मेवार बन्ला भनेर धैयर्तापूर्वक पर्खिएको बताए। 'हामीले राष्ट्रपति र डा. गोविन्द पोखरेललाई समेत भेटेर दबाब दिइरहेका छौं,' उनले भने, 'धैर्यलाई कमजोरी ठान्नु भएन। मिडियाले पनि जति धेरै यो विषयमा सरकारको ध्यानाकर्षण गरायो, उति छिट्टै माग पूरा हुन्छ।'
संघका एक सदस्यले अघिल्लो पटक आउन लागेका मेडिकल कलेज विरोधमा रहे पनि चलिरहेका कलेजले समर्थन गरेकाले संघ कडा आन्दोलनमा उत्रिएको थियो।
संघले नवांै दिन मंगलबार जारी गरेको विज्ञप्तिमा माथेमा प्रतिवेदन कार्यान्वयनको माग उच्चारण गरेको छैन। संघले आफूसमेत सहभागी भएको पुराना सम्झौता कार्यान्वयनको माग गरेको छैन। 'माथेमा प्रतिवेदनको कुरा नै डा. केसीको पहिलो माग हो,' उनले भने।
पाँचांै अनशनमा पनि संघका अध्यक्ष डा. झा लामो समयसम्म घर बिदामा बसेका थिए। काठमाडौंका वरिष्ठ चिकित्सकले खुट्टा नकमाउन चेतावनी दिएपछि उनले आन्दोलन घोषणा गरेका थिए। त्यसपछि सरकार लचिलो भएको थियो।