सिम्रौनगढ नगरपालिकामा सातौं नगर सभाको बिषयलाई लिएर उपप्रमुखको नेतृत्वमा असन्तुष्ट वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले शुक्रबार तालाबन्दी गरेका छन्।
नगर प्रमुख किशोरीप्रसाद कलवारले सातौं नगरसभा सम्पन्न भएको विज्ञप्ती निकालेर जानकारी गराए पछि त्यसको विरुद्धमा तालाबन्दी गरिएको हो।
गत असोज ३० गते पत्रचार गरी सातौं नगरसभा कात्तिक ३ गते बिहान ७ बजे देखि नगरपालिकाको सभा कक्षा गरिने र त्यसमा सहभागी हुन भनिएको थियो।
नगर सभामा सहभागी हुन आउँदा नगर प्रमुख कलवारले नगर सभामा उपस्थित नै नभई बाहिरबाटै विज्ञप्ती निकालेर नगर सभा सम्पन्न भएको जानकारी गराएपछि आफूहरु बाध्य भएर नगरपालिकामा तालाबन्दी गर्नु परेको कार्यपालिका सदस्य तथा वडा नम्बर ४ का वडा अध्यक्ष अवधेस सहनीले बताए।
सिम्रौनगढ नगरपालिकामा ५९ जना कार्यपालिका सदस्यहरु रहेकोमा ३९ जना नगरसभा सदस्यहरुले कित्र्ते नगर सभा खारेजीको माँग गर्दै तालाबन्दी गरेको वडा अध्यक्ष सहनीले बताए।
नगर प्रमुखले नगर सभा सम्पन्न भएको विज्ञाप्ती निकालेर सार्वजनिक गरे पछि उपमेयर नजमु शेहरको अध्यक्षतामा नगरपालिकाको सभाहलमा बसेको ३९ जना नगरसभा सदस्यहरुको नगर सभालाई स्थगीत गरिएको निर्णय गरेको पनी सहनीले जानकारी दिए।
स्थानीय सरकार सन्चालन ऐन नियमवालीमा उपप्रमुखले नगर सभामा बजेट , निति तथा कार्यक्रम प्रस्तुत गर्ने भनिए पनि नगर प्रमुखले उपप्रमुख लगाएत कार्यपालिका सदस्यहरुलाई नगर सभा हलमा बोलाउने र बाहिर नगर सभा भएको विज्ञप्ती लिकालेर जानकारी गराउनु कार्य अमान्य रहेको उप प्रमुख नजमु शेहरको भनाइ छ।
नगर सभा सम्पन्न भएको हल्ला गराउने नगर प्रमुख कलवारलाई कारवाही नगरिए सम्म नगरपालिकमा लगाइएको ताला नखोलिने उनले बताइन्।
नगर प्रमुख किशोरी प्रसाद कलवारले भने प्रक्रिया पुरा गरेर नै सातांै नगर सभाले आर्थिक वर्ष २०८०/८१ को लागि ७४ करोड ४६ लाखको अनुमानित बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको दाबी गरेका छन्।