सर्लाहीमा कार र मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जना घाइते भएका छन्। उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
मंगलबार साँझ सर्लाहीको बरहथवा नगरपालिका-९ मुक्तेश्वर चौकमा कार र मोटरसाइकल एकापसमा ठोक्किएको हो।
बरहथवाबाट नयाँ रोडतर्फ जाँदै गरेको मधेश प्रदेश ०२ ००१ झ ०२४० नम्बरको सरकारी नम्बर प्लेटको स्कोरपिओ कार र विपरीत दिशाबाट आउँदै गरेको बा ४३ प १२६३ नम्बर प्लेटको मोटरसाइकल एकापसमा ठोकिँदा मोटरसाइकल सवार ३ जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी लिलाराज लामिछानेले जानकारी दिए।
मोटरसाइकलमा सवार घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको डिएसपी लामिछानेले बताए। घाइतेहरुको पहिचान खुल्न बाँकी रहेको उनले जनाए।