भूकम्प पीडितलाई तिहार भन्दा आफू कसरी बाँच्नेको चिन्ता
२८ कार्तिक २०८०
•
३ मिनेट पाठ
भूकम्प पीडितलाई तिहार भन्दा आफू कसरी बाँच्नेको चिन्ता
भूकम्पबाट विस्थापित भएकी जाजरकोट, भेरी नगरपालिका वडा नम्बर १ निवासी दिलमाया राना। तस्बिर: अर्जुन ओली/नागरिक
जाजरकोट, रावत गाउँका धनबहादुर रानाको परिवारलाई भूकम्पले विस्थापित गरायो। अहिले विस्थापित जीवन बिताइरहेका उनलाई भाईटिका (तिहार) को रौनकताले खासै छोएको छैन। बिहान–साँझ कसरी छाक टार्ने? कसरी सित ओत्ने भन्ने चिन्ताले सताइरहेका बेला तिहार मनाउने कल्पना समेत गर्न नसकेको उनले सुनाए। रावत गाउँमा सबैको अवस्था भूकम्पपछि दयनीय बनेको धनबहादुरले बताए। ‘गाउँ पुरै विपदमा परेको बेलामा तिहार मनाउने कल्पना नै गरेका छैनौं, राहत सामाग्री नै पाएका छैनौं,’ उनले भने।




जाजरकोट, रिम्नाकी दिलमाया रानालाई यसपटकको तिहार खल्लो भयो। ‘तिहारको लागि केही सोचेका छैनौं, आफू त कसरी बाँच्ने, के खाने भन्ने बेलामा तिहार मनाउने कुरा सोचेका छैनौं,’ उनले भनिन् ‘भूकम्पका कारण गाउँ पुरै शोकमा परेका बेलामा तिहार मनाउने अवस्था नै छैन।’ भूकम्पले घर भत्किँदा भेरी नगरपालिका वडा नम्बर १ मा ३१ जनाको मृत्यु भएको थियो।

सोही वडामा पर्ने उनको गाउँ रिम्नामा मात्रै भूकम्पबाट ८ जनाको मृत्यु भएको थियो। एकातिर छिमेकी र आफन्त गुमाउँदाको पीडा, अर्कोतिर विस्थापित जीवन विताउनु पर्दा भूकम्प पीडितहरु वर्षमा एक पटक आउने आफ्नो महान पर्व भाईटिका मनाउन सक्ने अवस्थामा छैनन्। ‘भूकम्पमा मेरा घर अगाडीका बाबु छोरा, हाम्रै सन्ताका दिदी र छोरी, अंकलको बुढी, हाम्रै नातिनीको छोरा बित्यो,’ दिलमायाले भनिन् ‘हामी अहिले शोकमा छौं, तिहार मनाउने अवस्था छैन।’

घर भत्किदाँ आफुले विस्थापित जीवन बिताइरहेका बेला माईती घर पनि भूकम्पबाट अछुतो नरहेको उनले सुनाइन्। ‘माईततिर दाजुको घर पनि भत्किएको छ, दाजुको घर परिवार पनि विस्थापित हुनु भएको छ,’ उनले भनिन् ‘भूकम्पले सबैलाई पीडा दिएको छ।’

रिम्नाकी चित्रकला रानाले भूकम्पको पीडालाई भुल्न सकेकी छैनन्। गाउँको खुल्ला चउरमा निर्मित टेन्टमा अहिले ८ जनाको संयुक्त परिवार बसिरहेको छ। भूकम्पमा उनले दिदी र दिदीकी छोरीलाई गुमाइन्। एकातिर आफूले विस्थापित जीवन बिताउनु परेको, अर्कोतिर आफन्त र ईष्टमित्र गुमाउनु परेको पीडालाई भुल्न नसक्ने उनी बताउँछिन्। ‘बिहान खाएपछि बेलुका के खाने भन्ने चिन्ता लागेका बेला तिहार मनाउने कुरा सपना जस्तै हो,’ उनले भनिन् ‘गाउँ नै शोकमा छ, गाउँ ध्वस्त भएका बेला तिहार मनाउने हामी कल्पना नै गरेका छौं।’

भूकम्पले जाजरकोट र रुकुम(पश्चिम) का अधिकांस पुराना घरमा क्षति पुर्याएको छ। जाजरकोट, भेरी नगरपालिका–१ मा कुल १ हजार ४० घरधुरी मध्ये १ हजार १० वटा घरमा पूर्ण रुपले क्षति भएको वडा कार्यालयले जनाएको छ। उक्त वडाको रिम्ना गाउँका मात्रै २ सय ४० घर परिवार विस्थापित भएका छन्। वडाअध्यक्ष दिपक रानाले अझैपनि कतिपय पीडितहरु खुल्ला आकाशमुनि बस्नुपर्ने बाध्यता भएको बताए। भूकम्पले भत्केका घर तथा गोठमा अन्नपात, लत्ताकपडा तथा पशु चौपाया अहिले पनि पुरिएको सुनाउँदै यस्तो अवस्थामा चाडपर्व मनाउन सक्ने अवस्था नै नरहेको बताए।

भेरी नगरपालिकामा मात्रै कुल ८ हजार ३ सय ५१ घरधुरी (आंशिक र पूर्ण) प्रभावित भएको तथ्यांक रहेको छ। भूकम्पका कारण जाजरकोट जिल्लाभरी १ सय १ जनाले ज्यान गुमाएका छन्। भूकम्पबाट जाजरकोटका ३४ हजार ५ सय १ घरधुरी प्रभावित भएका छन्। जिल्लाका ७ वटा स्थानीय तहमा ९ हजार ९ सय ७४ घरमा पूर्ण र २४ हजार ७ सय ७ घरमा आंशिक रुपले क्षति भएको बताइएको छ।  
अर्को समाचार
भूकम्प पीडितलाई सुरक्षित गर्ने अभियानमा सरकार गम्भीरः अर्थमन्त्री डा महत
१८ पौष २०८०
•
२ मिनेट पाठ
भूकम्प पीडितलाई सुरक्षित गर्ने अभियानमा सरकार गम्भीरः अर्थमन्त्री डा महत
अर्थमन्त्री डा प्रकाशशरण महतले भूकम्प पीडितलाई सुरक्षित गर्ने अभियानमा सरकार गम्भीरताका साथ लागेको बताएका छन्। जाजरकोट रामीडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण सम्बन्धी वृहत् अन्तरक्रिया कार्यक्रममा मन्त्री डा महतले प्राविधिक रुपमा ऐन कानुनले साधनस्रोत परिचालनमा केही जटिलता थपेको स्पष्ट पारे।




‘स्थानीय सरकारको प्रत्यक्ष निगरानी, प्रदेश सरकारको सहयोग र सहभागितामा योजना कार्यान्वयन भएको छ। पुननिर्माण दोस्रो चरणमा आउँछ, सरकारले तत्काल पीडित परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ’ मन्त्री डा महतले भने, ‘विपद् अध्ययन जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखामार्फत् जिल्ला शाखाबाट वडा तहसम्म राहत पुर्याउने काम भएको छ। यद्यपि छिटो छरितो ढंगले राहत पुर्याउन केही समस्या आएका छन्।’

मन्त्री डा महतले सीमित बजेटभित्र काम गर्नुपरेको, तर विपद्मा हामीले अन्य आवश्यकतालाई कटौति गरेर पीडितको समस्या सम्बोधन गरेको बताए।उनले भूकम्प प्रभावित क्षेत्रका लागि सरकारले तत्काल १० अर्ब रुपैयाँ विनियोजन गरेको छ। सरकार, नागरिक समाज, निजी क्षेत्र, दातृ निकाय र आम नागरिकले जति सहयोग उपलब्ध गराए त्यो सहयोग पीडितसमक्ष पुग्ने क्रम जारी रहेको बताए।

आफ्नो श्रोतबाहेक जे जति आवश्यकता पर्छ, त्यो अर्थमन्त्रालयले जुटाउने जानकारी दिनुहुँदै मन्त्री डा महतले भने, ‘दातृ निकायसँग अन्तरक्रिया गरेका छौं। हामीले उहाँहरुलाई भनेका छौं, सुरुमा तपाईंहरुको सहयोग नपर्ला, हामी नै जुटाउन सक्छौं जस्तो लागेको थियो, तर प्रारम्भिक अध्ययनको नतिजा आएपछि हाम्रै श्रोतले पुग्ने देखिएन।तपाईंहरुको सहयोगको आवश्यकता छ। उहाँले सहयोगको तत्परता देखाउनु भएको छ। आपतकाल घोषणा गरे विश्व बैंकले सहयोग गर्न सकिने बताएको छ।’

मन्त्री डा महतले भने, ‘विपद् व्यवस्थापन विभागको आंकलनअनुसार ५५ करोड अमेरिकी डलर पुननिर्माणमा खर्च लाग्न सक्छ। अर्थात् ७५ अर्बभन्दा बढी रुपैयाँ पुनर्निर्माणका लागि जुटाउनुपर्ने हुन्छ। हाम्रो पूँजीगत खर्च नै ३ सय २ अर्ब हो। त्यसकारण बढीभन्दा बढी हामी विदेशबाट जुटाउने प्रयास गर्नेछौं।’

कर्पोरेट खर्च पनि भूकम्प प्रभावित क्षेत्रमा खर्च गर्न हामीले निजी क्षेत्रसँग आग्रह गरेको मन्त्री डा महतले बताए। निर्माण, प्रविधि र ढाँचाका सम्बन्धमा विपद् विभाग र शहरी विकास विभागले काम गरिरहेको उनले बताए। डा महतले भने , ‘अब बन्ने संरचना ठूलो भूकम्पको सामना गर्न सक्ने हुन्छ, वडामै प्राविधिकलाई खटाएर सुरक्षित घर निर्माणको व्यवस्था सरकारले गर्छ।’
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस