माडीको बैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध
१२ मंसिर २०८०
•
२ मिनेट पाठ
माडीको बैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध
चितवनको माडीस्थित पर्यटकीय गन्तव्य बैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ। यहाँ पौडी खेल्दा प्रत्येक वर्ष मानिसको डुबेर मृत्यु हुन थालेपछि बैकुण्ठ ताल व्यवस्थापन समितिले पौडी खेल्न रोक लगाएको हो।




समितिले ताल क्षेत्रमा बोर्ड राख्दै पौडी नखेल्न भनेको ताल व्यवस्थापन समितिका अध्यक्ष राजकुमार परियारले बताए।

माडी नगरपालिका–८ स्थित बैकुण्ठ सामुदायिक वनभित्रको बैकुण्ठेश्वर ताल घुमफिर गर्न दैनिक दर्जनौँ पर्यटक जाने गरेका छन्। धार्मिक महत्व बोकेको ताल भए पनि यहाँको मनोरम दृश्यकै कारण धेरै पर्यटक भित्रिने गरेका छन्। सुरक्षालगायतका अन्य तयारी भएपछि मात्र पौडी खेल्न दिइने परियारले जानाकारी दिए।

खरकट्टास्थित बैकुण्ठ चोकबाट करिब साढे तीन किमी दक्षिण लागेपछि बैकुण्ठ मेलास्थल आइपुग्छ। मेलास्थलबाट करिब २० मिनेटको पैदलयात्रापछि ताल पुग्न सकिन्छ। घाँघर खोलाको शिरमा रहेको यो तालमा दुई छहरा छन्। चारैतिरको हरियालीले तालको दृश्यलाई नै लोभलाग्दो बनाएको छ।

'केही वर्षयता ताल अवलोकन गर्न आउने क्रम बढेको छ', माडी–८ का वडाध्यक्ष वीरेन्द्रबहादुर भण्डारीले भने, 'अहिले समूहमा वनभोजमा रमाउन आउने धेरै छन्।' गर्मीयाममा अझै धेरै पर्यटक आउने गरेका छन्। प्रत्येक वर्ष पौडी खेल्दा मानिसको मृत्यु भएपछि पौडी नखेल्न अनुरोध गरिएको भण्डारीले बताए। यहाँ बालाचतुर्थीको अवसरमा मेला लाग्छ। यस वर्ष पनि मेलाको तयारी तीव्र पारिको छ। 

मेला लाग्ने चौरमा वनभोज खान मिल्ने व्यवस्था छ। करिब २०३५ सालतिर घाँस–दाउँरा काट्न जाने क्रममा फेला परेको यो ताल ३२ मिटर गहिराइको छ।  

'ताल जोगाउन ड्यामको खाँचो छ, छहरा पनि व्यवस्थित गर्नुछ', उनले भने, “कृत्रिम ताल यो होइन, अब संरक्षण गर्दा पनि कृत्रिमता झल्काइने छैन।' उनले तालको दक्षिणतर्फ पर्यटक लोभ्याउने केही गन्तव्यहरू भेटिए पनि प्रचार–प्रसार गर्न नसकिएको बताए। 

चौरमा संरचना बनाउनका लागि यस वर्ष बजेट विनियोजन गरिएको जनाउँदै उहाँले पर्यटक आकर्षण गर्ने खालका संरचना बनाइने जानकारी दिए। रासस
अर्को समाचार
पर्यटकीय गन्तव्य पाहुनाले भरिभराउ
३० चैत्र २०८२
•
४ मिनेट पाठ
पर्यटकीय गन्तव्य पाहुनाले भरिभराउ
अन्नपूर्ण आधारशिविरमा रमाउन पुगेका पाहुना। तस्बिरः नागरिक
नयाँवर्षको फेरोसँगै यतिबेला मुख्य पर्यटकीय क्षेत्र सहित आसपासका गन्तव्य आन्तरिक पाहुनाले भरिभराउ भएका छन्। पहाडी क्षेत्रदेखि हिमाली भेगका गन्तव्यमा पर्याप्त पाहुना रहेको त्यहाँका व्यावसायीले बताएका छन्।  




पोखरा र आसपासका क्षेत्रका सबैजसो पर्यटकीय गन्तव्यमा आन्तरिक पाहुना भरिभराउ भएको स्थानीय व्यावसायीको भनाई छ। ग्रामीण क्षेत्रमा संचालित होमस्टेमा पनि पाहुनाको भीडभाड रहेको छ। यतिबेला विदेशी पर्यटकको घुमघामको सिजन परेको तथा त्यसैमाथि भारतीय र आन्तरिक पाहुना थपिँदा पर्यटकीय क्षेत्रका होटल पनि खचाखच भएका छन्।  

स्थानीय व्यावसायीका अनुसार पोखरा सहर मात्र नभई अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गका होटल सहित हिमाली जिल्ला मनाङ र मुस्ताङमा पनि पाहुनाको उत्तिकै भीड रहेको छ। त्यस्तै घोरेपानी, घान्द्रुक सहित पोखरा आसपासका डाँडाकाँडामा पनि पर्याप्त पाहुना पुगेका छन। सरकारले हालै लागुगरेको दुइदिन बिदा सहित नयाँवर्षको बिदा पनि थपिँदा आन्तरिक पाहुनालाई घुमघाममा सहज भएको व्यावसायी बताउँछन्। यहिबेला विद्यालयमा पनि बिदा परेकोले परिवारसहित घुमघाममा जानेको संख्या बढेको उनीहरुको भनाई छ।

‘अहिले पोखरामा आन्तरिक पाहुनाको आगमन राम्रो छ। भारतीय पाहुना पनि योपटक पर्याप्त आएका छन्,’ होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन्, ‘भारतीय पाहुनाले गर्दा यो पटक पर्यटकीय क्षेत्रमा भीडभाड छाएको छ।’  
मध्यपूर्वका मुलुकमा देखिएको तनावका कारण तेश्रो मुलुकका विदेशीको आगमन केही प्रभावित भएपनि भारतीय र आन्तरिक पाहुनाले गर्दा पर्यटकीय क्षेत्र चलायमान बनेको उनले बताए। पाहुना पर्याप्त भित्रिएपछि अहिले पोखराका होटलको अकुपेन्सी पनि ९० प्रतिशत हाराहारीमा पुगेको उनले बताए।

‘यो बेला पदयाको सिजन पनि हो। पदयात्राका लागि आउने तेश्रो मुलुकका कतिपय पाहुना मध्यपूर्वको तनावले प्रभावित भए। तर, भारतीय र आन्तरिक पाहुनाले साथ दिँदा अहिले सबैतिरका पर्यटकीय गन्तव्यमा पाहुनाको भीड बढेको हो,’ उनले भने, ‘विद्यालयमा भएको लामो बिदाले परिवार सहित घुम्न आउने आन्तरिक पाहुना पर्याप्त भएका छन्। नजिकका गन्तव्यमा पारिवारिक घुमघाम बलियो देखिन्छ।’  

पदयात्रा क्षेत्रमा घुमघाममा गएका आन्तरिक पाहुनाका अनुसार अहिले त्यस क्षेत्रमा पर्याप्त पाहुना छन्। अन्नपूर्ण फेरोेको मनाङ घुम्न पुगेका पोखराका उमेश रेग्मीका अनुसार अहिले फेरोको पदयात्रामा तेश्रो मुलुकका विदेशी र आन्तरिक पाहुनाको भीड छ। ‘तेश्रो मुलुकका विदेशीहरु हिडेरै पदयात्रामा आएका छन्। आन्तरिक पाहुना भने गाडीमा चढेर माथिल्लो मनाङसम्म जाने पर्याप्त छन्,’ रेग्मीले भने, ‘पदयात्रा क्षेत्रमा पाहुनाको भीडभाड भएपनि खान र बस्नको कुनै समस्या छैन। मौसमले साथ दिएकोले पनि घुमघाम सहज बन्यो।’

माछापुच्छ्रे आधारशिविर (एमबिसी)का व्यावसायी दिलीप गुरुङ पनि अहिले पदमार्गका होटलमा पाहुना पर्याप्त रहेको बताउँछन्। अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्र अन्तर्गतका सबैजसो गन्तव्यमा अहिले सबैखाले पाहुनाको भीड रहको उनले बताए। एबबिसी पनि एबिसी पदमार्गमै पर्छ। ‘अहिले पाहुना अभाव छैन। पदमार्गका सबैजसो होटल पाहुनाले भरिएका छन्। तेश्रो मुलुकका विदेशी सहित भारतीय र आन्तरिक पाहुनाले गन्तव्यमा भीड छ,’ उनले भने, ‘पाहुना पर्याप्त भित्रिएपछि व्यावसाीलाई व्यस्त बनाएको छ।’  

उनका अनुसार मध्यपूर्वको तनावका बाबजुत पनि यो पटक तेश्रो मुलुकका विदेशी पाहुना नेपाल आएका छन्। त्यही आगमनमा दक्षिण एशियाली मुलुकका पाहुनाको आगमन पनि उत्साहजनक रहेको छ। आन्तरिक पाहुना पनि थपिएपछि पर्यटकीय क्षेत्रमा भीड बढेको उनले बताए। ‘बासै नपाउने भन्ने अवस्था होईन। तर, पाहुना पर्याप्त छन्। अझै दुईसाताका लागि पाहुना अभाव हुने देखिएको छैन,’ उनले भने।

उनका अनुसार यो पटक मौसमले साथ दिएको र पदयात्रा क्षेत्रमा कुनै अप्रिय घटना नघटेकोले पनि पाहुनाको घुमघाममा आत्मविश्वास बढेको हो। ‘हिमपातको प्रभाव पनि रहेन। अहिले मौसमले पनि साथ दिएको हो। त्यसैले पाहुना पर्याप्त भित्रिएका पनि हुन,’ उनले भने, ‘एकसातादेखि अन्नपूर्ण क्षेत्रका अधिकांश गन्तव्य पाहुनाले भरिभराउ छन्।’

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि पोखरा क्षेत्रमा अहिले पर्याप्त पाहुना रहेको बताउँछन्। उनका अनुसार पोखराका होटलमा अहिले तेश्रो मुलुकका विदेशी पाहुना सहित भारतीय र आन्तरिक पाहुनाले भरिएका छन्।

‘योपटक भारतीय पाहुनाको आगमन राम्रो रह्यो। भारतीय पाहुना आउँदा व्यावसायीलाई साथ मिलेको छ,’ उनले भने, ‘पोखरासम्मको पहुँच सहज भएकोले पनि अहिले पाहुना आगमनमा सहज भएको छ।’
लगातारको सार्वजनिक बिदाले पनि पोखरामा आन्तरिक पाहुना तान्ने गरेको उनले बताए। ‘योपटक सोमबारको एकदिन बिदा मिलाउने अवस्था रहेमा लगातार चारदिन बिदा पाइने अवस्था हुँदा सहज भएको हो। पाहुनालाई घुमघाममा निस्कन बिदा हुुँदा सहज भएको हो,’ पराजुलीले भने, ‘सार्वजनिक बिदा थपिएपछि यात्रामा निस्कनेको संख्या बढेको छ। तर इन्धन महंगो भएको र अभाव हुने त्रास भने उत्तिकै छ। इन्धन सहज हुँदो हो त यो बेला झनै बढी संख्यामा पाहुना घुमघामाम निस्कन्थे।’  

विद्यालयको बिदाले पनि परिवारसहित घुमघाममा निस्कन सहज भएको उनले बताए। पोखराका होटल र रेस्टुरेन्टलाई अहिले पाहुना अभाव नभएको पनि उनले बताए। ‘चहलपहल निकै नै बढेको छ। आन्तरिक पाहुनाले गर्दा पनि यत्तिको भीडभाड भएको हो। अहिले पोखरासम्मका आउजाउ पनि सहज बनेको छ,’ उनले भने।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस