मदिरा ठगीमा पक्राउ परेका साहलाई सरकारी कागजात किर्तेमा मुद्दा
१३ मंसिर २०८०
•
३ मिनेट पाठ
मदिरा ठगीमा पक्राउ परेका साहलाई सरकारी कागजात किर्तेमा मुद्दा
पर्यटन बोर्डको शाखा अधिकृतको परिचय पत्र र रुटिन अफ धरान बन्दको परिचय पत्र। तस्बिर: नागरिक
‘फोन पे’ मार्फत रकम तिरेको भन्दै मदिरा ठगी गरेको आरोपमा पक्राउ परेका धरान-१९ का विकास साहलाई प्रहरीले सरकारी छाप किर्ते मुद्दा चलाएको छ।




पीडित व्यवसायीहरुले साह विरुद्ध जाहेरी नदिए पनि इलाका प्रहरी कार्यालय धरानले साहलाई बुधबार सरकारी छाप किर्तेमा मुद्दा दायर गरि म्याद थप गरेको हो।

साहलाई पक्राउ गरि पीडित व्यापारीहरुले नै प्रहरीमा बुझाए पनि ठगीको जाहेरी भने दिएनन्। व्यापारीहरुले जाहेरी नदिए पनि प्रहरी आफैले सरकारी छाप किर्तेको मुचुल्का प्रतिवेदन तयार गरी मुद्दा चलाएको हो।

‘पीडित व्यापारीहरुले जाहेरी ल्याउनुभएन। नेपाल पर्यटन बोर्डको कर्मचारी हुँ भन्दै परिचय पत्र पनि बोकेकोले सरकारी छाप दस्तखत किर्तेमा मुद्दा चलाएका छौं,’ इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक रञ्जन मिश्रले भने, ‘म्याद थप गर्न पठाएका छौं।’
पक्राउ परेका साहले विभिन्न पसलहरुबाट ‘फोन पे’ गरिदिएको भन्दै महँगो मूल्यको मदिरा लिएर जाने गरेका थिए। उनको साथबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको नेपाल पर्यटन बोर्डमा शाखा अधिकृत पदको परिचय पत्र पनि भेटिएको थियो। तर, पर्यटन बोर्डमा साह कर्मचारी नभएको खुलेपछि प्रहरीले सरकारी छाप किर्ते मुद्दा चलाएको हो।

साहले धरानका दर्जन पसलहरुबाट महँगो मूल्यका मदिराहरु ठगी गरेका थिए। उनले फोन पे मार्फत रकम भुक्तानी भएको स्क्रिनसट देखाएर समान लैजाने तर व्यवसायीको खातामा भने पैसा जम्मा नहुने पीडितहरुको भनाई छ। 

धेरै व्यापारीहरू ठगिएपछि उनीहरुले भित्रभित्रै साहको खोजी गरिरहेका थिए। साहले कहिले आफु पर्यटन मन्त्रालयको अधिकृत, कहिले वीपी प्रतिष्ठानको डाक्टर भएको परिचय दिने गरेको पनि खुलेको छ। उनको साथबाट रुटिन अफ घरान बन्द पेजको रिपोर्टर भएको परिचय पत्र पनि भेटिएको छ।

साहको मोबाइलमा ‘फोन पे’ गरेको देखिने तर आफूहरूको खातामा पैसा जम्मा नहुने भएकोले सिस्टम ह्याक गरेको पनि हुनसक्ने पीडित व्यापारी रमेश हतुवालीले बताए।

‘उसले मोबाइलमा पैसा तिरेको देखिन्छ, तर हाम्रोमा जम्मा हुँदैन। एउटा मात्र होइन, सबैलाई यसरी नै ठगेको देखिन्छ। कतै सिस्टम ह्याक गरेको पो हो कि ? गहिरो अनुसन्धान हुनुपर्ने देखिन्छ,’ उनले भने।
साह मंगलबार साँझ भानुचोकस्थित बाबा कोल्डड्रिक्समा ठगी गरेको मदिरा बिक्री गर्न पुगेको बेला व्यवसायीहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।

साहले विभिन्न ११ स्थानका व्यवासायीहरुबाट ५१ हजार बराबरको मदिरा ठगी गरेको खुलेको छ। तर व्यावसायीहरुले साह विरुद्ध ठगीको जाहेरी भने दिएनन्। मदिरा व्यवसायी संघसँगको छलफलमा साहका अभिभावकहरुले उक्त रकम तिरिदिने र एक पटकलाई सुधार्ने मौका दिन बारम्बार आग्रह गरेपछि जाहेरी नदिइएको मनोकामना कोल्डड्रिंसका प्रोपाइटर हतुवालीले बताए।

‘तत्काल ५१ हजार बराबरको ठगी भएको रकम तिरेर अभिभावकले धेरै रिक्वेष्ट गरेपछि जाहेरी नदिने निर्णयमा संघ पुग्यो। तर, प्रहरीले सरकारी कागजात किर्तेमा मुद्दा चलाएको छ,’ उनले भने।

यो पनि पढ्नुहोस्

पर्यटन मन्त्रालयकाे अधिकृत भन्दै पैसा नतिरी मदिरा खाएको आरोपमा एक पक्राउ
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस