तीन पटक म्याद थप्दासमेत भएन कालोपत्र
१९ मंसिर २०८०
•
४ मिनेट पाठ
तीन पटक म्याद थप्दासमेत भएन कालोपत्र
गलकोट (), १९ मङ्सिर ः  




ठेक्का सम्झौताअनुरूप काम गरेको भए बागलुङको कुँडुले चोकदेखि मालिका हुँदै पञ्चकोटसम्मको १४ किलोमिटर कालोपत्र भइसकेको हुन्थ्यो। २०७६ असोज २८ गते दुई वर्षभित्र सो क्षेत्रीय रिङ्गरोड सडक कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको थियो। तर, सम्झौता भएपछि तीन पटक म्याद थप्दा समेत सकिएको छैन।

अहिले उक्त सडकमा पूर्वाधारको काम सकेर ग्राभेल गरिएपछि यात्रुलाई धुलोले सास्ती बनाएको छ। उक्त सडकमा १० महिनायता काम ठप्प छ। तीन पटकसम्म म्याद थप्दासमेत सडक कालोपत्र नहुँदा यहाँका स्थानीय आक्रोशित भएको बागलुङ नगरपालिका–५ का वडा अध्यक्ष हरिप्रसाद शर्माले बताए।

अध्यक्ष शर्माले दुई वर्षदेखि कालोपत्रका लागि आवश्यक ग्राभेल छरेर छोडेको सडकमा कालोपत्र नहुँदा समस्या भएको बताए।

“कुडुँलेदेखि मालिका हुँदै पञ्चकोट पुग्ने रिङ्गरोड सडक कालोपत्र भए धेरैलाई सहज हुने थियो, तर सडकको काम दुई वर्षदेखि अघि बढ्न सकेको छैन, निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याउने काम भइरहेको छ,” शर्माले भने, “ढिलै भए पनि कालोपत्र भइदिए शालग्राम सङ्ग्र संग्रहालय र पञ्चकोटमा आउने पर्यटकलाई समेत सहज हुने थियो।”

गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय बागलुङमार्फत ३१ करोड रुपैयाँ लागतमा १४ किमी सडक कालोपत्र गर्न थालिएको भए पनि ठेकेदार कम्पनीले समयमै काम गर्न नसक्दा सडक अलपत्र जस्तै बनेको छ।

ग्राभेल बिच्छ्याएको सडकमा खाल्टा पर्ने, धुलो उड्ने र सवारीसाधन दुर्घटनामा पर्ने जोखिम समेत भइरहेको छ। दुई वर्षमा सकिने ठेक्का चार वर्ष बित्दासमेत ७६ प्रतिशतमात्र भौतिक प्रगति भएको छ। अन्तिम पटकलाई आगमी चैत मसान्तसम्म म्याद थपेर निर्माण व्यवसायीलाई काममा बोलाइएको पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ।

कोरोनाका कारण सरकारले म्याद थप गर्न निर्देशन दिएपछि मात्रै निर्माण कम्पनीलाई म्याद थपिएको हो। क्षेत्रीय सडकका रुपमा रहेको बागलुङ नगरपालिका–४ कुडुले चोकदेखि काठेखोला गाउँपालिका जाने सडकमा कालोपत्रका लागि पूर्वाधारको काम तत्कालीन समयमा धमाधम भए पनि दुई वर्षदेखि कालोपत्र नभएर काम ठप्प भएपछि सडक झनै बिग्रिएको छ। ठाउँठाउँमा पहिरो खसेर झनै समस्या बनाएको छ।  

कुडुँले चोकदेखि–मालिका–पञ्चकोट हुँदै तितौरे काठेखोला गाउँपालिकाको सिमानासम्म जाने १४ किलोमिटर सडक पहिलो चरणमा कालोपत्र गर्नका लागि तत्कालीन गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटामार्फत बजेट विनियोजन भएको थियो।

उक्त सडक स्तरोन्नतिसँगै कालोपत्र गर्न लागिएको भए पनि समयमै तीनपटक म्याद थप्दासमेत नसकिएको हो। गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक आयोजना’ अन्तर्गत बागलुङ क्षेत्र नं १ को प्रदेशसभा ‘ख’ मा पर्ने बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकालाई समेट्ने गरी क्षेत्रीय चक्रपथका रुपमा यो सडकलाई विकास गर्ने योजनाअनुरुप स्तरोन्नतिसँगै कालोपत्र गर्ने काम थालिएको थियो।

पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर सुजन देवकोटाका अनुसार १४ किलोमिटर सडक आठ मिटरको मापदण्डअनुसार चौडा भइसकेको, एक मिटर नाली निर्माण र पाँच दशमलव पाँच मिटर चौडा सडक कालोपत्र हुनेछ। निर्माण व्यवसायीलाई पत्र पठाएर ताकेता गरेपछि १० महिनापछि व्यवसायी काममा फर्कन थालेको देवकोटाको भनाइ छ।

आगामी चैतभित्रै सडक कालोपत्र हुनेमा अझै आशङ्का पैदा भएको छ । उक्त सडकको ७६ प्रतिशत भौतिक प्रगति र ७४ प्रतिशत आर्थिक प्रगति भइसकेको भए पनि दुई वर्षमा सक्ने कालोपत्र सडक चार वर्षमा समेत नसकिएको देवकोटाले बताए।

पहिलो चरणमा बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमानासम्म कालोपत्रपश्चात दोस्रो चरणमा तितौरै भीमपोखरा, धम्जा, बिहुँ, लेखानी, रेश हुँदै बलेवा जोड्ने सडक विस्तार र कालोपत्र गर्ने योजना गण्डकी प्रदेश सरकारको हो।

यो सडक कालेपत्र भएसँगै प्रसिद्ध धार्मिकस्थल पञ्चकोट र कुडँुलेमा भएको भूमिगत शालिग्राम सङ्ग्र हालयमा धार्मिक पर्यटक बढ्नेमा विश्वास लिइएको छ ।  

गण्डकी प्रदेश सरकार अन्तर्गतका ११ जिल्लामा ३६ रणनीतिक क्षेत्रीय सडक छन् । बागलुङमा रहेका चार रणनीतिक सडकमध्ये यो सडक सबैभन्दा लामो हो । दुई वर्षभित्र कालोपत्र सक्ने गरी काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिले जिम्मा पाएको भए पनि कोरोना र मूल्यवृद्धिका कारण समयमै काम गर्न नसकिएको निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि उमेश रिजालको भनाइ छ ।  

ठेक्का अवधिमै कालोपत्र सक्ने गरी पूर्वाधारको काम गरे पनि कोरोनाका कारण समयमै काम नभएको र पछि मूल्यवृद्धिका कारण सडकको लागत वृद्धि भएपछि काम गर्न नसएिको रिजालले दाबी गरे।

“पूर्वाधारको काम सबै सकिएको छ, सरकारले मूल्य वृद्धिको केही प्रतिशत रकम थप गरोस् भन्ने आशा छ, ८० रुपैयाँ प्रतिलिटर डिजेलको मूल्य हुँदा सम्झौता गरेको ठेक्का अहिलेको डिजलेको मूल्यमा काम गर्न निकै कठिन छ, सरकारले हाम्रो माग पूरा गर्छ भन्नेमा आशावादी छौँ”, रिजालले भने, “चैतसम्म जसरी पनि कालोपत्र गरेर सडक बुझाउँछौँ, कम्तीमा २५ प्रतिशत मूल्य वृद्धि रकम थप होस् भन्ने हो।”
अर्को समाचार
तीन पटक म्याद थप्दासमेत भएन कालोपत्र
१९ मंसिर २०८०
•
४ मिनेट पाठ
तीन पटक म्याद थप्दासमेत भएन कालोपत्र
ठेक्का सम्झौताअनुरूप काम गरेको भए बागलुङको कुँडुले चोकदेखि मालिका हुँदै पञ्चकोटसम्मको १४ किलोमिटर कालोपत्र भइसकेको हुन्थ्यो। २०७६ असोज २८ गते दुई वर्षभित्र सो क्षेत्रीय रिङ्गरोड सडक कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको थियो। तर, सम्झौता भएपछि तीन पटक म्याद थप्दा समेत सकिएको छैन।




अहिले उक्त सडकमा पूर्वाधारको काम सकेर ग्राभेल गरिएपछि यात्रुलाई धुलोले सास्ती बनाएको छ। उक्त सडकमा १० महिनायता काम ठप्प छ। तीन पटकसम्म म्याद थप्दा समेत सडक कालोपत्र नहुँदा यहाँका स्थानीय आक्रोशित भएको बागलुङ नगरपालिका–५ का वडा अध्यक्ष हरिप्रसाद शर्माले बताए।

अध्यक्ष शर्माले दुई वर्षदेखि कालोपत्रका लागि आवश्यक ग्राभेल छरेर छोडेको सडकमा कालोपत्र नहुँदा समस्या भएको बताए।

“कुडुँलेदेखि मालिका हुँदै पञ्चकोट पुग्ने रिङ्गरोड सडक कालोपत्र भए धेरैलाई सहज हुने थियो, तर सडकको काम दुई वर्षदेखि अघि बढ्न सकेको छैन, निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याउने काम भइरहेको छ,” शर्माले भने, “ढिलै भए पनि कालोपत्र भइदिए शालग्राम सङ्ग्र संग्रहालय र पञ्चकोटमा आउने पर्यटकलाई समेत सहज हुने थियो।”
गण्डकी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय बागलुङमार्फत ३१ करोड रुपैयाँ लागतमा १४ किमी सडक कालोपत्र गर्न थालिएको भए पनि ठेकेदार कम्पनीले समयमै काम गर्न नसक्दा सडक अलपत्र जस्तै बनेको छ।

ग्राभेल बिच्छ्याएको सडकमा खाल्टा पर्ने, धुलो उड्ने र सवारीसाधन दुर्घटनामा पर्ने जोखिम समेत भइरहेको छ। दुई वर्षमा सकिने ठेक्का चार वर्ष बित्दासमेत ७६ प्रतिशतमात्र भौतिक प्रगति भएको छ। अन्तिम पटकलाई आगमी चैत मसान्तसम्म म्याद थपेर निर्माण व्यवसायीलाई काममा बोलाइएको पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ।

कोरोनाका कारण सरकारले म्याद थप गर्न निर्देशन दिएपछि मात्रै निर्माण कम्पनीलाई म्याद थपिएको हो। क्षेत्रीय सडकका रुपमा रहेको बागलुङ नगरपालिका–४ कुडुले चोकदेखि काठेखोला गाउँपालिका जाने सडकमा कालोपत्रका लागि पूर्वाधारको काम तत्कालीन समयमा धमाधम भए पनि दुई वर्षदेखि कालोपत्र नभएर काम ठप्प भएपछि सडक झनै बिग्रिएको छ। ठाउँठाउँमा पहिरो खसेर झनै समस्या बनाएको छ।

कुडुँले चोकदेखि-मालिका-पञ्चकोट हुँदै तितौरे काठेखोला गाउँपालिकाको सिमानासम्म जाने १४ किलोमिटर सडक पहिलो चरणमा कालोपत्र गर्न तत्कालीन गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटामार्फत बजेट विनियोजन भएको थियो।
उक्त सडक स्तरोन्नतिसँगै कालोपत्र गर्न लागिएको भए पनि समयमै तीन पटक म्याद थप्दासमेत नसकिएको हो। गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक आयोजना’ अन्तर्गत बागलुङ क्षेत्र नं १ को प्रदेशसभा ‘ख’ मा पर्ने बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकालाई समेट्ने गरी क्षेत्रीय चक्रपथका रूपमा यो सडकलाई विकास गर्ने योजनाअनुरूप स्तरोन्नतिसँगै कालोपत्र गर्ने काम थालिएको थियो।

पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर सुजन देवकोटाका अनुसार १४ किलोमिटर सडक आठ मिटरको मापदण्ड अनुसार चौडा भइसकेको, एक मिटर नाली निर्माण र पाँच दशमलव पाँच मिटर चौडा सडक कालोपत्र हुनेछ। निर्माण व्यवसायीलाई पत्र पठाएर ताकेता गरेपछि १० महिनापछि व्यवसायी काममा फर्कन थालेको देवकोटाको भनाइ छ।
आगामी चैतभित्रै सडक कालोपत्र हुनेमा अझै आशङ्का पैदा भएको छ । उक्त सडकको ७६ प्रतिशत भौतिक प्रगति र ७४ प्रतिशत आर्थिक प्रगति भइसकेको भए पनि दुई वर्षमा सक्ने कालोपत्र सडक चार वर्षमा समेत नसकिएको देवकोटाले बताए।

पहिलो चरणमा बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमानासम्म कालोपत्रपश्चात दोस्रो चरणमा तितौरै भीमपोखरा, धम्जा, बिहुँ, लेखानी, रेश हुँदै बलेवा जोड्ने सडक विस्तार र कालोपत्र गर्ने योजना गण्डकी प्रदेश सरकारको हो।

यो सडक कालेपत्र भएसँगै प्रसिद्ध धार्मिकस्थल पञ्चकोट र कुडुँलेमा भएको भूमिगत शालिग्राम सङ्ग्र हालयमा धार्मिक पर्यटक बढ्नेमा विश्वास लिइएको छ।

गण्डकी प्रदेश सरकार अन्तर्गतका ११ जिल्लामा ३६ रणनीतिक क्षेत्रीय सडक छन्। बागलुङमा रहेका चार रणनीतिक सडकमध्ये यो सडक सबैभन्दा लामो हो।

दुई वर्षभित्र कालोपत्र सक्ने गरी काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिले जिम्मा पाएको भए पनि कोरोना र मूल्य वृद्धिका कारण समयमै काम गर्न नसकिएको निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि उमेश रिजालको भनाइ छ।
ठेक्का अवधिमै कालोपत्र सक्ने गरी पूर्वाधारको काम गरे पनि कोरोनाका कारण समयमै काम नभएको र पछि मूल्य वृद्धिका कारण सडकको लागत वृद्धि भएपछि काम गर्न नसएिको रिजालले दाबी गरे।

“पूर्वाधारको काम सबै सकिएको छ, सरकारले मूल्य वृद्धिको केही प्रतिशत रकम थप गरोस् भन्ने आशा छ, ८० रुपैयाँ प्रतिलिटर डिजेलको मूल्य हुँदा सम्झौता गरेको ठेक्का अहिलेको डिजलेको मूल्यमा काम गर्न निकै कठिन छ, सरकारले हाम्रो माग पूरा गर्छ भन्नेमा आशावादी छौँ”, रिजालले भने, “चैतसम्म जसरी पनि कालोपत्र गरेर सडक बुझाउँछौँ, कम्तीमा २५ प्रतिशत मूल्य वृद्धि रकम थप होस् भन्ने हो।”
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस