नेपाल प्रहरीका विभिन्न पदमा कार्यरत २६ जना लामो समयदेखि सम्पर्कबिहीन छन्। तीन प्रहरीलाई तत्काल हाजिर हुन आउन नेपाल प्रहरी प्रधान कार्यालयले उर्दी जारी गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना प्रकाशित बाटोको म्याद बाहेक सात दिन भित्र हाजिर हुन उर्दी जारी गरेको हो।
यसरी उर्दी जारी गरिएका पदहरूमा वरिष्ठ हवलदारदेखि प्रहरी जवानहरू छन्।
आफूखुसी कार्यालयमा गैर हाजिर रहेको, खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय ९२०बमोजिम प्रक्रिया पुरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयमा सम्पर्कमा नआएकाले सूचना जारी गरेको जनाइएको छ।
‘कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा तपाईंहरू उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम ९१०को खण्ड ९च०को कसुरमा नियमावलीको नियम १०९ को देहाय (ख) ९१० बमोजिम सेवाबाट हटाउने कारबाही हुनेछु, सूचनामा भनिएको छ।
यसलाई प्रहरी नियमावली २०७१ को अनुसूची १४को भाग ४ को प्रयोजनार्थ सफाइको मौका प्रदान गरिएको कार्यालयले जनाएको छ।
सफ्टवेयर कम्पनि संचालन गर्ने निहुँमा घर भाडामा लिएर अनलाइन गेम तथा सट्टेबाजी सञ्चालन गरेको भन्दै प्रहरीले आठजनालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुले प्रहरी पुग्दा अनलाईन गेम खेलाइरहेका थिए।
पोखरा महानगरपालिका–१८ सेदीस्थित जीवन श्रेष्ठको घरलाई भाडामा लिएर अनलाइन गेम तथा सट्टेबाजी सञ्चालन भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। प्रहरी टोलीले उक्त घरमा खानतलासी गर्दा अनलाइन गेम तथा सट्टेबाजी सञ्चालन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले उक्त स्थानबाट खेल सञ्चालनमा प्रयोग भएका विभिन्न सामग्रीसमेत बरामद गरेको बताएको छ।
कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा दार्चुला घर भई हाल पोखरा–१८ सेदी बस्ने ३१ वर्षीय दिनेश सिंह बोहोरा, भारतको भूपा मानपुर स्थायी घर भई हाल पोखरा–१८ बस्ने ३४ वर्षीय सत्यम सिंह (मुख्य सञ्चालक), २४ वर्षीय हर्ष उसरेटे, २३ वर्षीय विशाल चाउ, २२ वर्षीय जमान सिं तमार, २७ वर्षीय विक्रान सिंह, २६ वर्षीय अजितेश कुमार मिश्र र २४ वर्षीय सत्यम राजपूत रहेका छन्।
प्रहरीले घटनास्थलबाट अनलाइन सट्टेबाजी सञ्चालनमा प्रयोग भएका विभिन्न कम्पनीका ७ वटा ल्यापटप, ६ वटा मनिटर, ३१ थान मोवाइल ३४ थान भारतीय सिमकार्ड लगायतका सामाग्री समेत बरामद गरेको छ। प्रहरीका अनुसार पक्राउ परेका उनीहरुले गत चैत १८ गतेदेखि सेदीस्थित सातकोठे घर भाडामा लिएर अनलाइन सट्टेबाजी सञ्चालन गर्दै आएको खुलेको छ।
‘उक्त घरलाई सफ्टवेयर कम्पनी सञ्चालन गर्ने भन्दै भाडामा लिइएको भए पनि त्यहीं बसेर खाना खाने, बस्ने तथा अनलाइन गेम र सट्टेबाजी सञ्चालन गर्ने कार्य भइरहेको थियो,’ प्रहरीले विज्ञप्तीमार्फत भनेको छ।
अनुसन्धानका क्रममा उनीहरुले विभिन्न समूहमार्फत मोबाइलमा लिंक पठाई सेवाग्राहीलाई रकम जम्मा गर्न लगाउने गरेको खुलेको छ। रकम प्राप्त भएपछि प्रयोगकर्ताको दतागरी अनलाइन गेम तथा सट्टेबाजीमा सहभागी गराइने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाई छ। क्रिकेट, फुटबल लगायत विभिन्न खेलमा अनलाइन सट्टेबाजी गराई हारजितका आधारमा रकमको कारोबार गर्ने तथा विजयी हुने व्यक्तिलाई रकम भुक्तानी गर्ने गरेको पनि प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका समूहले दैनिक ३ देखि ४ लाख भारतीय रुपैयाँसम्म कमाउने गरेको खुलेको छ। अनुसन्धानका क्रममा उनीहरुले भारतीय नागरिकका बैंक खाता भाडामा लिएर अनलाइन माध्यमबाट रकम जम्मा गर्ने तथा भुक्तानी गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ। साथै, यो नेटवर्कको मुख्य सञ्चालन भारतबाट हुने गरेको र पोखरास्थित केन्द्र उक्त सञ्जालको २७ औं शाखाका रुपमा सञ्चालनमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...