चार दिनपछि शान्त बन्यो बाँकेको बालसुधार गृह
१७ पौष २०८०
•
१ मिनेट पाठ
चार दिनपछि शान्त बन्यो बाँकेको बालसुधार गृह
बैजनाथ गाउँपालिका–२ नौबस्तास्थित बालसुधार गृहमा शुक्रबारदेखि भएको तनाव शान्त भएको छ। सुरक्षा निकाय र बालसुधार गृहमा रहेका बालबिज्याई कर्ताहरुबीच उनीहरुका माग सम्बोधन गर्ने सहमति भएपछि सोमबार साँझदेखि बालसुधार गृहको अवस्था शान्त बनेको हो।




सफा पानी, उपचार प्रबन्ध, शिक्षा, सीप विकास, मनोरन्जनलगायतका मागमा मौखिक सहमति भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।

सुरक्षा कारबाहीतर्फ सुधारगृह पूर्णरुपमा खाली गरी चेकजाँच गरिएको छ। चेकजाँचका क्रममा चारवटा मोबाइल नियन्त्रणमा लिइएको पनि उनले बताए।

चेकजाँचपछि बालबिज्यांईकर्तालाई पुनः उक्त गृहमा राखिएको छ। यहाँ रहेका एक सय १६ बालबिज्याई कर्तामध्ये १५ जना फरार भएका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।

दुई समूहमा विभाजित भएका बालबिज्यांईकर्ताहरुबीच विवाद उत्पन्न हुँदा शुक्रबार झडप भएको थियो। उक्त झडपमा ६ जना बालबिज्याई कर्ताहरु घाइते भएका छन् भने एउटा सरकारी गाडीमा समेत तोडफोड भएको थियो।

साथै सोमबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले उक्त बालसुधार गृह उद्घाटन गर्ने कार्यक्रम स्थगित भएको थियो।
अर्को समाचार
शोकमा बैजनाथ गाउँपालिका, शव कुर्दै आफन्त
२८ चैत्र २०८०
•
३ मिनेट पाठ
शोकमा बैजनाथ गाउँपालिका, शव कुर्दै आफन्त
बैजनाथ गाउँपालिका ८ का वडाध्यक्ष भगन थारु मृतक तिलकराम थारुका बुहारीसँग विवरण लिँदै। तस्बिरः नागरिक
गाउँमा नजिकिँदै गरेको नयाँ वर्ष र चैते दसैँको रौनकता बढ्दै थियो। कामका लागि बाहिर गएकाहरु चाडपर्व मनाउन घर फर्किने क्रम सुरु भएको थियो। चाडपर्वको तयारी गरिरहेका बेला बाँके, बैजनाथ गाउँपालिका वडा नम्बर ८ रिहारपुरकी सबिता चौधरी छांगाबाट खसेझै भईन्, जब उनले भारतको नैनितालमा भएको सडक दुर्घटनामा परी आफ्ना ससुरा तिलकराम थारुसहितका व्यक्तिहरुको मृत्यु भएको खबर सुनिन्।




‘सुरुमा त हामीलाई विश्वास नै लागेन, समाचारमा नाम देखेपछि मात्र विश्वास लाग्यो,’ उनले नागरिकसँग भनिन् ‘नजिक आईरहेको नयाँ वर्ष र चैते दसैँ मनाउन ससुरा भारतमा काम गरेर घर फर्किदै हुनुहुन्थ्यो।’ सबिताका अनुसार तिलकराम गाउँका अन्य व्यक्तिसहित कामका लागि गत पुस १७ गते भारत गएका थिए। त्यहाँ उनीहरुले एक परियोजनामार्फत सडक छेउमा पाईप बिछ्याउने काममा खटिएका थिए।

नयाँ वर्ष र चैते दसैँ सँग–सँगै आएकाले उनीहरु चाडपर्व मनाउनका लागि घर फर्किदै थिए। ‘ससुराको निधन भएको खबर थाहा पाएपछि शव कुरेर बसिरहेका छौं, अहिलेसम्म उतै (भारत) अस्पतालमा राखेको छ भन्ने सुनेका छौं,’ उनले भनिन्। मृतक ससुराको शव बुझ्न जेठाजु सन्दिप चौधरी भारत गइसकेको र घरमा परिवारका अन्य सदस्य तथा आफन्तहरु जम्मा भएको सबिताले सुनाइन्।

उक्त दुर्घटनामा बैजनाथ–८ का मात्रै ७ जनाको मृत्यु भएको छ। एकै घरका दम्पत्तीसहित मृतकको संख्या ७ पुगेको छ। बैजनाथ–८ का वडाअध्यक्ष भगन थारुका अनुसार दुर्घटनाका घाइतेको मृत्यु भएसँगै संख्या थपिएको हो। मृत्यु हुनेमा बैजनाथ गाउँपालिका वडा नम्बर ८ फत्तेपुर निवासी दम्पत्ती ४६ वर्षिय रामधिराज थारु र ४५ वर्षिया ‘शान्ति’ भनिने लौटी थारु तथा सोही वडाको शान्ति टोली निवासी ५६ वर्षिय उदयराम थारु, ५८ वर्षका बिश्राम थारु रहेका छन्।

यस्तै बैजनाथ–८ कै थपुवा गाउँका ‘आइतराम’ भनिने ४२ वर्षिय अटराम थारु, ४२ वर्षकै बिनोदकुमार थारु र रिहारपुर गाउँका ५१ वर्षिय तिलकराम थारुको दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनामा परेर बैजनाथ–८ थपुवाका ३६ वर्षिय दशरथ थारु घाइते भएका छन्। उनको भारतको एक अस्पतालमा उपचार भइरहेको बताइएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार उक्त दुर्घटनामा बैजनाथका बाहेक अन्य ठाउँका पनि नेपालीको मृत्यु भएको बताएका छन्। उनका अनुसार दुर्घटनामा परी बर्दिया, बबई चेपाङका ६० वर्षिय तोकबहादुर र उचाकोट बेतालघाटका ४० वर्षका रमेश चन्दको पनि मृत्यु भएको छ।

बैजनाथ–८ का वडाअध्यक्ष भगन थारुले दुर्घटनामा भएको मानविय क्षतिले गाउँहरु पुरै शोकमा डुबेको बताए। ‘गाउँ पुरै शोकमा डुबेको छ, स्थिती एकदमै भयावह छ,’ उनले भने ‘मृतकका परिवारलाई भेटेर सान्त्वना दिने काम भइरहेको छ।’

बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले दुर्घटनाबाट गाउँपालिका नै शोकमा डुबेको बताइन्। ‘गाउँपालिका यतिबेला पुरै शोकमा डुबेको छ, एउटै वडाका यति धेरै जनाको मृत्यु हुँदा गाउँपालिकालाई अपुरणीय क्षति पुगेको छ,’ उनले भनिन्। मृतकका परिवारलाई काज किरिया खर्च दिने विषयमा पनि गाउँपालिकाले आवश्यक निर्णय गर्ने उपाध्यक्ष रोकायले बताइन्।

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले दुर्घटनामा भएको मानविय क्षतिले आफुहरु स्तब्ध बनेको बताए। मृतकको शवहरु ल्याउन गाउँपालिकाले आवश्यक समन्वय गरिरहेको उनले सुनाए। ‘भारतमा रहेको मृतकको शब कसरी ल्याउन सकिन्छ, गाउँपालिकाले कसरी समन्वय गर्न सक्छ भन्ने विषयमा छलफल भइरहेको छ,’ अध्यक्ष शाहीले भने।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस