ग्रामिण क्षेत्रमा विकराल बन्दै पाठेघरको समस्या
२८ माघ २०७४
•
६ मिनेट पाठ
ग्रामिण क्षेत्रमा विकराल बन्दै पाठेघरको समस्या
गुल्मी – आङ खस्ने समस्याले पीडित इस्मा गाउँपालिका ४ की काली दर्जी उमेरले ६५ वर्षकी भइन । लामो समयदेखि पाठेघरको समस्या भएपनि लाज मानेर कसैलाई बताइनन् । 




उनी अहिलेसम्म आफ्नो समस्या बताउन अस्पताल समेत पुगेकी छैनन् । उनले जन्माएका तीन छोरीको विवाह भैसक्यौ । छोरा छैनन् । घरमा बिरामी श्रीमान, छोरीतिरका नातिनी र उनी मात्र छन्। इस्मा गाउँपालिकामा आङ खस्ने महिलाहरूको निःशुल्क स्वास्थ्य शिविर बसेपछि मात्र उनको त्यो समस्या बाहिर आयो । शिविर बस्ने भएपछि सोही स्थानकी स्वयम्सेविका कमला बस्नेतले गाउँमा खबर गर्दै जाँदा कालीको घर पुगिन्। स्वयम् सेविका कमलाको खबर सुनेपछि पीडित दर्जीले आफ्नो समस्या बल्ल सुनाइन् । चिकित्सकले उनको पाठेघरमा रिङ्ग प्रेसरी लगाए । जसका कारण उनको आठ/नौ वर्षसम्मको पीडा कम भएको छ । शिविरमा आएका सुझाव र सल्लाहपछि कालीले स्वयसेविका र स्वास्थ्यकर्मीलाई धन्यवाद समेत दिइन् । ‘म काम गरेर खाने मान्छे, मेरो दुख बुढोले सुनेन्,’ आँसु झार्दै उनले भनिन, ‘बाँच्नका लागि समस्या च्यापेरै मेलापात गरे ।’ उनले निःशुल्क उपचार नभएर धेरै पैसा लाग्ने ठानेर पनि समस्याका बारेमा धेरैलाई नभन्ने गरेको बताइन्। 

अशिक्षित तथा दलित समुदाय भएकाले आङ खस्ने समस्या भएका महिला धेरै हुन सक्ने भएपनि लाजका कारण कोही खुल्न नसक्ने स्वास्थ्य स्वम्सेविका कमला बस्नेतले बताइन् । सोही वडा कै हुमकला कुवंर पनि आङ खस्ने समस्याले थला परेकी छिन्। उनलाई यो समस्याले वर्षौ पिरोल्यौ । तर अस्पताल पुग्न र समस्या अरुलाई भन्न नसकेर उनी घरमै थिइन्। हुमकला पनि गाउँमै संचालन भएको क्याम्पसम्म श्रीमानसँगै बल्ल तल्ल आइपुगिन् । धेरैको सुझाव सल्लाह दिएपछि चिकित्सकहरूले कुवरको पाठेघरमा रिङ्ग प्रेसरी राखिदिए । इस्मा गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्र भुसालका अनुसार यो समस्या विपन्न र निरक्षर समुदायमा बढी छ। जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजना तथा इस्मा गाउँपालिकाको व्यावस्थापनमा (अब्स्ट्रेटिक फिस्टुला) अर्थात पाठेघर खसेका महिलाहरुलाई रिङ्ग प्रेसरी लगाउने तथा पाठेघरको मुखको क्यान्सरको जाँच सम्बन्धी शिविर शुक्रबार सम्पन्न भएको थियो। 

त्यस्तै रेसुंगा नगरपालिका २ को बलिथुममा शनिबार भएको शिविरमा ९२ जनाले पाठेघरको मुखको क्यान्सरको जाँच गराएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। जसमा तीन जना महिलाले रिङ्ग प्रेसरी लगाएका थिए। जिल्लाको विपन्न र विकटका महिलाहरूमा समस्या छ। जनचेतना अभाव छ । गाउँमा रोग पालेर बस्न बाध्य छन्। जनचेता अभावकै कारण तीन÷तीन महिनामा फेर्नु पर्ने रिङ्ग चार÷पाँच वर्षसम्म नफेरेर पाठेघर भित्रै सडेको अवस्थाका आमाहरू समेत क्याम्पमा आएको जिल्ला जनस्वास्थ्य कार्यालयको पब्लिक हेल्थ नर्श सुमन शर्माले बताइन् । 

आर्थिक अभावका कारण गाउँमा यस्ता शिविरहरू बिरलै मात्र हुने तथा उपचार निःशुल्क हुन्छ भन्ने जानकारी नभएका कारण गाउँमा यो समस्या विकराल रहेको शर्माले बताइन्। ग्रामीण क्षेत्रका महिलामा चेतना अभावले आङ खस्ने समस्या बढ्दै गएको छ। शिविरमा सहभागी रिडी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर दिवस सापकोटाका अनुसार धेरै बच्चा जन्माउने, घरमै सुत्केरी हुने, भारी बोक्ने कारणले पाठेघर खस्ने समस्या हुने बताए।

गाउँमा पाठेघरको समस्या भएका आमा दिदिबहिनीहरु धेरै भएकाले चेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता रहेको उनको भनाई छ । ‘गाउँको एउटा क्याम्पमा मात्र दुई÷तीन सय महिलाले समस्या लिएर आउनु सानो कुरा होइन,’ उनले भने, ‘प्रत्येक स्थानीय तहमा यसको अपरिहार्यता छ ।’ धेरै महिलाहरूले अप्ठेरो मानेर रोग लुकाउने गरेका छन् । यस्ता रोगी शिविरमा कम आउँछन । तर पहिलेको तुलनामा भन्दा महिलाको संख्या शिविरमा बढ्दै गएको उनले बताए ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस