रौतहट र सर्लाही जिल्लाका सदरमुकामसमेत रहेका नगरपालिकाहरूले एक दिनका लागि नगर क्षेत्रभरि माछा-मासु बिक्री-वितरण तथा बधमा रोक लगाएका छन्।
माघ ८ का दिन भारतको उत्तर प्रदेशस्थित अयोध्या सहरको अयोध्या नगरमा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठा हुने अवसर पारेर रौतहट-सर्लाहीका हरेकजसो गाउँमा अनेकौं धार्मिक कार्य भइरहेकाले पशुपन्छी, जीवजन्तुको बध, मदिरा, माछा र मासुको बिक्री-वितरणलगायतमा रोक लगाइएको हो।
रौतहटको गौर नगरपालिका- ५ मा पुस ८ को दिन पारेर रामजानकी मन्दिरमा रामसहित विभिन्न देवदेवीको प्रतिमा स्थापना गर्न लागिएकाले सम्पूर्ण व्यवसायी तथा उपभोक्तालाई माछा-मासु सेवन तथा बिक्री गर्न रोक लगाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुरले जानकारी दिए। सूचनाको उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाहीसमेत गरिने ठाकुरले जानकारी गराए।
यसैगरी सर्लाहीको मलंगवा नगरपालिकामा भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको प्राण प्रतिष्ठाको अवसर पारेर माघ ८ कै दिन माछा-मासुको बिक्री वितरणमाथि रोक लगाएको जनाइएको छ।
वडा १० स्थित तीनबिघे मैदानमा ११ हजार दीप प्रज्वलन कार्यक्रम, भजनकीर्तन, हनुमान चालिसा र सांस्कृतिक कार्यक्रम आयोजना हुने बताउँदै नगर प्रमुख नागेन्द्रप्रसाद यादवले मलंगवा नगर क्षेत्रभित्र उक्त दिन कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको बध, मदिरा, माछा–मासुको बिक्री–वितरणमाथि रोक लगाएको जनाएका छन्। सूचनाको अवज्ञा गर्नेमाथि नियमानुसार कारबाही गर्ने नगर प्रमुख यादवले चेतावनी दिएका छन्।
माघ ८ गते सोमबारका दिन रौतहट र सर्लाहीका हरेकजसो गाउँमा भजन, कीर्तन, हनुमान आराधना तथा अष्टजामलगायत यज्ञका साथै सैकडौं मन्दिरमा प्राण प्रतिष्ठा भइरहेका छन्। माघ ८ मा यस वर्षको धार्मिक दिन रौतहट र सर्लाहीमा मनाउने तयारी जनस्तरबाट स्वतः भइरहेको जनाइएको छ।
राम मन्दिरको प्राण प्रतिष्ठा तथा स्थानीय रूपमा भइरहेको धार्मिक कामको तयारीका कारण रौतहट र सर्लाहीका लाखौं मानिस माघ ८ सम्मका लागि शाकाहारी बनेका छन् भने हजारौंको घरपरिवारमा माछा–मासु तथा अन्डा स्वतः बन्देज भइरहेको छ।