६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

चार महिना पछि उच्च हिमाली भेगमा हिमपात, कृषक खुसी

हिमपात पछि जय पृथ्वी नगरपालिका-१ कैलास पिमि गाउँ। तस्बिर: जगत खडका

चार महिना पछि परेको पानीसँगै हिमपात भए पछि स्थानीय ग्रामीण भेगका कृषक खुसी भएका छन्।

खेत बारिमा लगाएको हिउँदे बाली पानी परे सँगै भएको हिमपातले ठिक समयमा पानी पाएको भएको भन्दै गहुँ ,जौ ,उवा र मुसरो मा राम्रो उब्जनी हुने आसामा स्थानीय ग्रामीण भेगका कृषक अमृत वर्षा भएको भन्दै खुसी भएका हुन्।

सिचाई गर्ने कुलो छैन आकासे पानीको भरमा भिरालो जमिनमा  अन्नबाली फलाउने हामी ग्रामीण भेगका कृषकलाई वर्षा सँगै परेको हिमपातले धेरै राहत भएको जय पृथ्वी नगरपालिका १ का स्थानीय कृषक ५५ कलक सिहंले बताए।

उनले भने, यो वर्षा हिमपात मात्र हैन हाम्रो लागी  अमृत हो असोजको अन्तिम साता देखि पानी परेको थिएन खेतमा लगाएको  गहुँ ,जौ  र उवा पानी अभावमा राम्रो सँग टुसाएको थिएन टुसाएका बोट पनि पानी अभावमा  सुक्न थालेका थिए। बुधवार रातीदेखि बिहीबार दिनभर बेसिमा पानी र लेकाली भेगमा भएको हिमपातले अन्न बाली अब राम्रो सँग  टुसाउने र उम्रेको बोट बाट राम्रो उब्जनीमा बृद्रि हुने भयो भन्ने आसले अहिले निकै खुसी लागेको छ।

पानी न पर्दा हामी निकै चिन्तित थियो  भएको सबै जमिन पाखो छ एक मुट्ठी जमिन खेत छैन कार्तिकमा लगाएको गहुँ बाली पानी अभावमा राम्रो सँग टुसाएको पनि छैन वर्षा सँगै परेको हिमपातले जमिनमा आद्रता भए र हिउँदे बाली टुसाउने भयो भनेर आफूलगायत १ सय ६७ परिवार गाउँ भरिकै सबै जना खुसी भएको जपृथ्बी नगरपालिका ११ धामीलेका महाँशंकर जोशीले बताए।

उनले भने, 'हाम्रा लागी वर्षा र हिमपात अमृत जस्तै भएको छ हामी भन्दा पछि लगाएको सदरमुकाम वरपरका सिचाई हुने खेत हरिया छन् हाम्रा सबै खेत बाँझा थिए फागुन चैतमा हिमपात भए गहुँ वाली नोक्सान हुथ्यो अहिले समयमै पानी सँगै हिमपात भएको छ। अब उब्जनी राम्रो हुने र खाद्य संस्थाको निर्भर कम गर्नु पर्न देखिन्छ।'

यति बेला कृषकले लगाएको गहुँ ,जहु ,उवा मुसरो, तोरी जस्ता हिउँदे बालिकालागि वर्षाको निकै आवश्यकता थियो पानी अभावमा कृषक निकै चिन्तित थिए गए राती देखि परेको पानी कृषकलाई अमृत भएको वरिष्ठ कृषि विकास अधिकृत टेक बहादुर विष्टले बताए।

उनले भने, 'जिल्लामा कुल खेत योग्य जमिन २८ हजार २ सय १४ हेक्टर रहेको छ। यस मध्य ६ हजार ४२ हेक्टर  पूर्ण सिचाई हुने र ३ हजार ९ सय १३ आशिंक रहेको छ भने १८ हजार २ सय ५९ हेक्टर सबै पाखो हो। यो वर्ष समयमै पानी परेकाले कृषकले खेतमा लगाएको सबै दाना टुसाउने र उब्जनी राम्रो हुन्छ।'

बझाङ्ग सबै भन्दा बढी आलु उत्पादन हुने जिल्ला पनि हो यो वर्षा र हिमपातले ११ हजार हेक्टर जमिन आलुको लागी जोत्न सजिलो हुनुका साथै सुक्न थालेका पानीका मुहान पनि सुक्नबाट रोकिने र फलफूलमा जस्तै ओखर,आलुपोखड, नास्पाती जस्ता फलफूल तरकारी लाई समेत राम्रो हुने भएको छ।

प्रकाशित: १८ माघ २०८० १२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App