२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
जगत खड्का


जगत खड्काका लेखहरु :

बझाङ उपनिर्वाचनः १२ जनाको उम्मेदवारी दर्ता

आगामी वैशाख १५ गते हुने उप-निर्वाचनका लागि बझाङ प्रदेशसभा (क) मा १२ दलले मनोनयन दर्ता गरेका छन्।

हिमपातपछि चोरी सिकारी बढ्यो, चैनपुरमा खुलेआम वन्यजन्तुको मासु कारोबार

हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेपछि मानववस्ती नजिक न्यानो खौज्दै पुगेका जंगली जीवजन्तुको चोरी सिकारी बढेको छ ।

चार महिना पछि उच्च हिमाली भेगमा हिमपात, कृषक खुसी

चार महिना पछि परेको पानीसँगै हिमपात भए पछि स्थानीय ग्रामीण भेगका कृषक खुसी भएका छन्।

बझाङ जिप दुर्घटना: मृतकको संख्या ७ पुग्यो, १६ जना घाइते (अपडेट)

बझाङको मष्टा गाँउपालिकामा भएको जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ७ पुगेको छ भने १६ जना घाइते भएका छन्।

पहिरोले घर पुरिएपछि जंगलको बीचमा त्रिपाल मुनि दुई परिवार

'दुई परिवारका १३ जना सदस्य उन्यु (घाँसको ओछयान) र ढुङ्गाको सिरानीको साहारामा भेडा बाख्रको बथान झै सुत्ने गरेका छु। सहारा दिने कोही छैन। गाउँ बस्ती आधा घण्टा भन्दा टाढा छ। स्थानीय सरकाले हाम्रो पिडा सुने कै छैन। सदरमुकाम चैनपुर जाँउ भने बाटो र पैसा दुबै छैन कसरी जाने हाम्रो पिडा सुन्ने कोही भएन। त्रिपालमा खाउ भने एक मुठि अन्न छैन। कसरी बाँचने थाहा छैन।'

सुदूरपहाडका तीन विमालस्थलमा परीक्षण उडान

सुदूरपश्चिमका तीनवटा विमालस्थल अनुमगन गरिएको छ। डोटीको दिपायल, बझाङको चैनपुर र बैतडीको पाटन विमालस्थल कालोपत्रे गरिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले परीक्षण उडान गदै अनुगमन गरेका हुन्।

कालङ्गा हाइड्रोपावरको काम अन्तिम चरणमा

जिल्लाको बिकट तथा बिकासमा पछाडि पारिएको बुंगल नगरपालिका वा ५ को पाउँटामा संचालन गरिएको कालङ्गा हाइड्रोपावरको काम तीव्र रुपमा अघाडि बढि रहेको छ।

सम्झनाको हत्या गरेको राजेन्द्रले स्वीकारे

आफूसँग यौनसम्बन्ध राख्न र कानमा लगाएको सुनको मुन्द्रा दिन नमानेपछि जबरजस्ती करणी गरेपछि चिच्याउन थालेपछि कुटपिट गरी हत्या गरेको प्रहरीसमक्ष राजेन्द्रले स्वीकारेको एक प्रहरी उच्च अधिकारीले जानकारी दिए।

यस्तो छ सम्झनाका हत्या आरोपी राजेन्द्रको बयान

खिकाला गाउँदेखि १० मिनेट टाढा गाड नजिक राजेन्द्र बोहोराको भैसी गोठ छ। त्यहि बाटो भएर सम्झना कामी संधै आफ्नो गोठ र घर हिँड्ने गर्थिन्। । सम्झनाको चियो गदै राजेन्द्र कहिले गोठ त कहिले गाडमा रहेको मौका छोपी बस्ने गर्थे।

आठ दिनपछि आफन्तले बुझे शव

बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया सम्झना कामीको शव आठ दिनपछि आफन्तले बुझेर परम्पराअनुसार दाहसंस्कार गरेका छन्।

दण्डहीनताले दोहोरियो अपराध

१२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको घटनामा धेरै तथ्य प्रमाण फेला परिसकेको प्रहरीले जनाएको छ ।

प्रहरी भन्छ : बलात्कार आरोपमा मिलापत्रबाट छुटेका राजेन्द्र नै सम्झनाका हत्यारा

२६ महिना अघि कंचनपुरकी १३ वर्षिय निर्मला पन्तको बलत्कारपछि हत्या भएको घटनाले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चर्चा पायो। अपराधीलाई कारवाहीको मागराखि देशैभर प्रदर्शन भए। प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर महेन्द्रनगरमा एक युवकको ज्यान समेत गयो।

चारदिनदेखि सम्झनाको शव उठेन

मष्टा गाउँपालिका–२ खिकाला गाउँमाकी १२ वर्षीया सम्झना विक गाउँकै मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्दै थिइन्। कोरोनाका कारण विद्यालय बन्द भएकाले सम्झना घरायसी काम सघाउँदै आएकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्