पुङ्गीखोला अतिक्रमण: कब्जा गर्नेमा सांसददेखि क्लबसम्म
०४ फागुन २०८०
•
३ मिनेट पाठ
पुङ्गीखोला अतिक्रमण: कब्जा गर्नेमा सांसददेखि क्लबसम्म
तस्बिर : वसन्त ढुंगाना
भरतपुर महानगरपालिका २ स्थित रामकृष्ण टोलका रामकृष्ण गुरुङ २०२५ सालमा लमजुङबाट चितवन झरेका हुन्। त्यतिखेर नारायणगढ क्षेत्रमा फ्याट्टफुट्ट घर थिए। उनी हाल बस्दै आएको रामकृष्ण टोलछेउबाट पुङ्गीखोला फराकिलो हुँदै बग्थ्यो। हिजोआज त्यो फराकिलो खोला उनले देख्न पाएका छैनन्। खोला साँघुरिँदै गएको छ।




अहिले खोला मिचिँदै गएको छ। ‘यहाँ यो खोला कही साँघुरो र कही फराकिलो हुँदै बग्थ्यो’, पूर्वशिक्षकसमेत रहेका गुरुङले भने, ‘अहिले ठूलाठूला मान्छेले खोला अतिक्रमण गरेर संरचना बनाएका छन्।’ स्थानीय तहले खोलाको जग्गा संरक्षण गर्नुपर्ने बताए। यहाँ सांसदले नै खोला अतिक्रमण गरेको उनले बताए।

यसरी अतिक्रमण बढ्दै गएपछि भरतपुर महानगरपालिकाले पुङ्गीखोला सिमांकन तथा संरक्षण समितिसमेत बनाएको छ। अहिले यो समितिले सिमाना छुट्ट्याउने काम गरिरहेको छ। आधाभन्दा बढी नाप जाँच गर्दा पुङ्गीखोलामाथि ५० भन्दा बढी घर परेको महानगरपालिकाका नापी अधिकृत विकास देवकोटा बताउँछन्। उनका अनुसार पुङ्गीखोला अतिक्रमण गर्नेमा प्रतिनिधिसभा सदस्यदेखि विभिन्न क्लबसम्म रहेका छन्।

‘हामीले खोलाको पूरा विवरण ल्याउन बाँकी नै छ। यहाँ चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यले समेत जग्गा अतिक्रमण गरेको पाइएको छ’, उनले भने, ‘व्यक्तिदेखि क्लबहरुले खोला अतिक्रमण गरेर घर बनाएका छन्।’ चितवन ३ का प्रतिनिधिसभा सदस्य विक्रम पाण्डे जग्गा संरक्षण गर्ने सर्वोच्च तहमा पनि पुगिसकेका व्यक्ति हुन्।

पाण्डे पूर्व भूमिसुधार मन्त्रीसमेत हुन्। उनले नै खोला र सिँचाइको जग्गा अतिक्रमण गरी भवन निर्माण गरेर भाडामा दिएका छन्। उनले विक्रम मार्गमा पुङ्गीखोला र सिँचाइको जग्गा गरेर करिब दुई कठ्ठा जमिन अतिक्रमण गरेको देवकोटाले बताए। ‘हामीले अहिल्यैै यति भन्न सक्ने अवस्था छैन। प्रारम्भिक अनुमान गर्दा दुई कट्ठा हाराहारीमा अतिक्रमण भएको छ’, उनले भने।

पर्खाल र टप मात्र पर्ने घरहरुको संख्या धेरै रहेको उनले बताए।  खोला र नहरबाट तीन मिटर छाडेर भौतिक संरचना बनाउनुपर्ने हुन्छ, तर कतिपयले खोलाको सिमानाबाटै घर उठाएका छन्। सिमांकनको काम एक महिनाभित्र सकिने उनले बताए।  

भरतपुर महानगरपालिका ११ गणेशधामदेखि सुरु हुने यो खोला वडा नं. २, ३ र वडा नं. ४ को रामघाट बाह्रघरे हुँदै रामघाटमा पुगेर नारायणी नदीमा मिसिन्छ। साढे ६ किलोमिटर रहेको यस खोला सबैभन्दा बढी वडा नं. २ मा मिचिएको उनले बताए।

उनका अनुसार रामकृष्ण टोल, जलदेवि टोल, समता स्कुल, दुई नम्बर वडा कार्यालय, मिल्स एरिया, वडा नम्बर ३ को आनन्द मार्गमा बढी मिचिएको छ। भरतपुर महानगरपालिका २ को वडा कार्यालय पूरै खोलाको जमिन पर्दछ। वडाध्यक्ष मनोज रानाभाट महानगरपालिकाको कार्यापालिकाको बैठकले पारित गरेपछि भवन निर्माण गरिएको बताउँछन्। उनका अनुसार खोला र ऐलानी जग्गा गरेर पाँच कट्ठाको हाराहारीमा वडाले ओगटेको जग्गा छ।

यो खोलाको चौडाइ एकनासको छैन। सब्जी मण्डी र लायन्सचोकबाट पश्चिमतर्फको एनपिआई कलेज क्षेत्रमा नक्साको लगतसमेत भएको छैन। यस क्षेत्रमा खोला बगिरहेको क्षेत्रलाई हेरेर लगत संकलन गर्ने एक खालको मौखिक सहमति भएको छ। अन्य स्थानमा ६ देखि ६५ मिटरसम्म फराकिलो भएर खोला बगेको देवकोटाले बताए।

महानगरपालिकाले अतिक्रमणको चपेटामा परेको पुङ्गीखोलामा तलाउसहित दायाँबायाँ हरियाली पार्कसहित सौन्दर्यीकरणका लागि विभिन्न संरचना बनाउने योजना बनाएको छ। अहिले गणेशस्थानबाट कामसमेत सुरु भएको छ। प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम र भरतपुर महानगरपालिकाको साझेदारीमा एक करोड रुपैयाँको लागतमा तलाउ निर्माण र हरियाली पार्कसहित सौन्दर्यीकरणका काम गरिएको छ।

गुरुयोजनामा पार्क, फुटपाथ, साइकल ल्यान्डलगायतका संरचना बन्नेछन्। खोला अतिक्रमण गरेर बनाइएका सम्पूर्ण संरचाना हटाइने भरतपुर महानगरपालिका प्रमुख नरेन्द्र कुमार राना बताउँछन्। ‘खोला अतिक्रमण कसैले गर्न पाउँदैन। बनेका संरचना छन् भने सबै हटाइन्छ’, उनले भने ‘वडाको भवन बनेको भएपनि भत्किन्छ।’

तलाउ निर्माण ६६ लाख रुपैयाँमा सक्ने गरी कायाक कन्स्ट्रक्सनले कामको जिम्मा लिएको छ। तलाउ निर्माणपश्चात् खोलाको संरक्षण र पर्यटकीय स्थान निर्माण हुने बताइएको छ।
अर्को समाचार
प्रधानमन्त्री दाहालले आज भरतपुर भ्रमण वर्षको शुभारम्भ गर्ने
१८ फागुन २०८०
•
२ मिनेट पाठ
प्रधानमन्त्री दाहालले आज भरतपुर भ्रमण वर्षको शुभारम्भ गर्ने
‘भरतपुर भ्रमण वर्ष २०२४’ आजबाट सुरु हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहालले आज दिउँसो १ नारायणी नदी किनारमा भ्रमण वर्षको शुभारम्भ गर्नेछन्।




पाँच पूर्वप्रधानमन्त्रीका उपस्थितिमा उनले भ्रमण वर्षको उद्घाटन गर्न लागेका हुन्। यसका लागि प्रधानमन्त्री हिजै साँझ चितवन पुगिसकेका छन्।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसहित विशिष्टि व्यक्तित्व उपस्थिति रहेछ।

यसैगरी चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य एवं  पूर्व उपप्रधानमन्त्री रवि लामिछाने, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवाललगायतको उपस्थिति हुने दाहालले जानकारी दिइन्।

यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्कट्टेल, प्रदेश प्रमुख अमिक शेरचन र तिलक परियार उपस्थित रहनेछन्।

माल्टाको एम्सिदा नगरका नगरप्रमुख मारर्गेरेट सेफाइसँगै नेपालका महानगरपालिका पोखरा र वीरगञ्जबाट प्रमुख, चितवन र छिमेकी जिल्लाका उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख एवं अध्यक्षहरू कार्यक्रममा उपस्थित रहेनछन्।

यसैगरी मन्त्री, सांसदलगायतका विशिष्ट व्यक्तिहरूको कार्यक्रममा उपस्थिति रहने दाहालले जानकारी दिइन्। नारायणी नदी किनारमा ५० हजारभन्दा बढीको उपस्थितिमा भ्रमण वर्षको उद्घाटन गर्ने तयारी गरिएको छ।

भरतपुरको पर्यटकीय महत्वलाई स्वदेश र विदेशमा पुर्याउने लक्ष्यका साथ भ्रमण वर्षको आयोजना गर्न लागिएको हो। उपप्रमुख चित्रसेन अधिकारीका अनुसार भ्रमण वर्षमा आन्तरिक पाँच लाख पर्यटक र बाह्य दुई लाख पर्यटकले भरतपुर महानगरको भ्रमण गर्ने लक्ष्य राखिएको छ। सोहीअनुसार देश तथा विदेशमा समेत प्रचारप्रसारको काम गरिएको छ।

औपचारिक कार्यक्रमअघि र पछि राष्ट्रिय र स्थानीय कलाकारले नदी किनारमा साँझसम्म प्रस्तुति प्रस्तुत गर्नेछन्। भरतपुर महानगरभित्र सात मुख्य गन्तव्य तोकिएका छन्। यसका अतिरिक्त २१ गन्तव्यको समेत प्रचारप्रसार गरिएको छ। मुख्य गन्तव्यलाई ब्लक बनाएर अन्य गन्तव्यको प्रचार गरिएको उपप्रमुख अधिकारीले जानकारी दिए।

भ्रमण वर्षका अवसर पारेर चितवन राष्ट्रिय निकुञ्जभित्र खोरमा राखिएका हिंस्रक बाघलाई सर्वसाधारणले अवलोकन गर्न मिल्नेगरी महानगरको देवनगर खोरमा राखिँदै छ। सोही ठाउँमा एकसिङ्गे गैँडासमेत पर्यटकले हेर्न पाउनेछन्। ऐतिहासिक दियालो दरबारसमेत भ्रमण वर्षसँगै सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ।

भ्रमण वर्षका अवसरमा यहाँका होटल रेष्टुरेन्टले सहुलियतमा आफ्नो सेवा दिनेछन्। नारायणी र राप्ती नदीको बीचमा अवस्थित भरतपुर महानगर धार्मिकसँगै पर्यापर्यटनको हिसाबले महत्त्वपूर्ण छ। रासस
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस