विनिता कठायत राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद हुन्। २७ वर्षीय उनी २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गर्दै सांसद बनेकी हुन्।
जुम्लाको चन्दननाथ नगरपालिका–५, बजार टोलमा जन्मिएकी उनी अविवाहित सांसद हुन्। यसअघि महिला तथा बालबालिकासँग सम्बद्ध संघसंस्थामा काम गरेको अनुभव उनीसँग छ। त्यसैगरी उनीसँग ‘ग्यालेक्सी फोर के’ टिभीमा प्रसारण हुने ‘पर्खाल बाहिर’ भन्ने महिलाकेन्द्रित कार्यक्रमको प्रोड्युसर रहेर काम गरेको अनुभव समेत छ।
उनी कृषि सरकारी तथा प्राकृतिक स्रोत समितिमा छिन्। उनले ‘चपली हाइट २’, ‘चिसो मान्छे’ आदि चलचित्रमा ‘कस्ट्युम स्टाइलिस्ट’ भएर समेत काम गरेकी छन्। आफूलाई सांसद हुने सोच नभएपछि यसलाई विशेष परिस्थितिबाट प्राप्त भएको उपलब्धि ठान्छिन्। आफूसँग कर्णालीका पाँच जिल्लालाई चिनाउने गरी काम गर्ने हुटहुटी रहेको उनी बताउँछिन्।
प्रकाशित: २५ फाल्गुन २०८० १०:११ शुक्रबार