भरतपुरको ल्यान्डफिल साइटको काम अन्योलमा
३० फागुन २०८०
•
३ मिनेट पाठ
भरतपुरको ल्यान्डफिल साइटको काम अन्योलमा
फाइल तस्बिर
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको आफ्नो पहिलो कार्यकालमा फोहोरको दीर्घकालीन व्यवस्थापन गर्ने प्रतिबद्धता थियो।




दाहालको सार्वजनिक कार्यक्रमको अधिकांश भाषण कोरियाली कम्पनी ‘सुडोकोन ल्यान्डफिल साइट म्यानेजमेन्ट’ को सहयोगमा फोहोर व्यवस्थापनको काम भइरहेको छ भन्ने हुन्थ्यो। तर, दोस्रो कार्यकालको झन्डै दुई वर्षमा पनि कामले गति लिएको छैन। उल्टै महानगरले ल्यान्डफिल साइट निर्माण गर्ने भनिएको जग्गामा वन विभागले स्वीकृत दिएको छैन।

वनको जग्गामा कानुनी प्रक्रिया पूरा नगरी काम अगाडि नबढाउन वन विभागले महानगरलाई दुई महिनाअघि पत्र काटेको छ। जसले गर्दा ल्यान्डफिल साइट निर्माणको कार्य थप अन्योलमा परेको देखिन्छ। महानगरले भरतपुर–२ स्थित आँपटारीमा रहेको जलदेवी सामुदायिक वनमा सट्टा भर्नामार्फत जग्गा उपलब्ध गराएर काम अगाडि बढाएको बताएको थियो।

सट्टा भर्नाका लागि दिने भनिएको जग्गामा वन विस्तार गर्न उपयुक्त नदेखिएको ठहर गर्दै वन विभागले स्वीकृत नगरेको वन डिभिजन कार्यालय चितवनका प्रमुख थिरबहादुर कार्कीले बताए।

‘जलदेवी सामुदायिक वनमा सट्टा भर्ना दिएर ल्यान्डफिल साइट निर्माण गर्ने कुरा अगाडि बढेको रहेछ। हामीलाई दिने भनिएको माडीको जग्गामा वन विकासका लागि उपयुक्त देखिएन,’ कार्कीले भने, ‘वनलाई दिने सट्टा भर्नाका जग्गा उपयुक्त जमिन नहुँदासम्म हामीले काम अगाडि बढाउन दिँदैनौँ।’ उनले महानगरले वनलाई १० हेक्टर जमिन उपलब्ध गराउनु पर्ने बताए।

भरतपुरले सट्टा भर्नाका लागि आठ वर्षअघि माडीमा ९ दशमलव ९ हेक्टर जमिन एक करोड ८० लाख रूपैयाँमा किनेको थियो। राष्ट्रिय वनसँग नजोडिएकाले वन विस्तारमा समस्या रहने भन्दै वन विभागले स्वीकृति नदिएको हो।

वनले स्वीकृति नदिएपछि महानगरपालिकाले उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा छानविन समिति बनाएको छ। जसले ल्यान्डफिल साइट निर्माणका लागि आवश्यक प्रक्रिया पूरा गर्ने प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले बताए।

‘हामीले डिपिआर तयार पारिसकेका छौँ। वातावरण प्रभाव मूल्यांकन स्वीकृत हुँदासम्म वनको समस्या समाधान अगाडि बढाउँछौं,’ उनले भने, ‘यसै आवमा टेन्डर निकाल्ने गरी काम अगाडि बढाएका छौं।’ सट्टा भर्ना नभए जग्गा किन्न पनि सकिने उनले बताए। 

डिपिआर, वातावरण प्रभाव मूल्यांकन, स्रोत व्यवस्थापन र जग्गाको सुनिश्चितता भएपछि ठेक्का प्रक्रिया अगाडि बढाउने उनले बताए। महानगरले ल्यान्डफिल साइट निर्माणको पूर्वाधारका लागि यस आवमा तीन करोड रूपैयाँ बजेटसमेत विनियोजन गरेको छ।

फोहोर व्यवस्थापनका लागि संघीय सरकार, प्रदेश सरकार र अन्तर्राष्ट्रिय संघसंस्थासँग सहयोग माग्ने उनले बताए। उनका अनुसार, सार्वजनिक निजी साझेदारी मोडेलमा जाने विषयमा समेत छलफल भएको छ।

भरतपुर महानगरपालिकाले यहाँबाट निस्कने फोहोर डेढ दशकअघिदेखि नारायणी नदी किनारमा फाल्दै आएको छ। त्यसअघि जलदेवी सामुदायिक वनभित्र फाल्ने गरिएको थियो। वनमा फोहोर फाल्न अदालतले रोकेपछि व्यवस्थित ल्यान्डफिल साइट बनाउन नेपाल सरकारले ०६८ मा तत्कालीन भरतपुर नगरपालिकालाई वनको १५ बिघा जग्गा दिने निर्णय गरेको थियो।

वनले दिएको जग्गाको सट्टा भर्ना दिनका लागि भरतपुरले माडीमा १५ बिघा जग्गा किनेको पनि आठ वर्ष नाघ्यो। तर जलदेवीमा ल्यान्डफिल साइट निर्माणको कामले गति लिएको छैन। महानगरले निजी क्षेत्रको सहकार्यमा फोहोर व्यवस्थापन आएकोमा दिगो व्यवस्थापनका लागि सार्वजनिक निजी साझेदारी मोडेलमा कार्य अगाडि बढाउने गरी अध्ययन गर्ने विषय आफ्नो बजेट वक्तव्यमा उल्लेख गरेको छ।

वातावरण तथा हरियाली प्रवर्धन महाशाखाका प्रमुख ओमप्रकाश पाण्डेका अनुसार यहाँ दैनिक ७८ टन फोहोर निस्कन्छ। सबै फोहोर अहिले नारायणी किनारमै पुर्ने गरिएको पाण्डेले बताए। फाहोर पुर्नका लागि मात्रै महानगरपालिकाले वार्षिक ३० लाख रूपैयाँको ग्राबेल खरिद गर्दै आएको छ।
अर्को समाचार
पृथ्वी जोगाउने वाचा तोड्दै धनी देश
२८ चैत्र २०८०
•
२ मिनेट पाठ
पृथ्वी जोगाउने वाचा तोड्दै धनी देश
जलवायु परिवर्तनका कारण उत्पन्न असर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका विश्वका धनी देशले अझै पनि गरिब देशमा खनिज इन्धन विकासमा अर्बाै डलर खर्च गरिरहेको पाइएको छ।




जी– २० समूहमा रहेका विकसित र विकासोन्मुख देश र यी देशहरूले सहयोग गरेका बहुपक्षीय विकास बैंकले खनिज इन्धन विकासका लागि गरिब देशहरूमा सन् २०२० देखि सन् २०२२ सम्म १४२ अर्ब अमेरिकी डलर लगानी गरेको देखिएको हो। ‘आयल चेन्ज इन्टरननेसनल (ओसिआई)’ र ‘फ्रेन्डस अफ अर्थ–अमेरिका’ ले संकलन गरेको तथ्यांकमा यस्तो देखिएको छ।  

यी दुई संस्थाले गरेको अध्ययनमा विगत तीन वर्षमा क्यानडा, जापान र दक्षिण कोरियाले यस प्रकारको लगानी सबैभन्दा बढी गरेका छन्। कोइला अथवा तेलभन्दा बढी ग्यास उत्खननमा धेरै लगानी गरिएको छ। जी– ७ समूहमा रहेका जापान र क्यानडाले सन् २०२२ मा विदेशी मुलुकमा खनिज इन्धनमा लगानी गर्ने प्रतिबद्धता गरेका थिए।

पछिल्ला वर्षमा कोइलामा हुने लगानी न्यून रहे पनि तेल र ग्यासमा लगानी तीव्र गतिमा बढेको समीक्षात्मक अध्ययनले देखाएको छ। खनिज इन्धन क्षेत्रमा गरिएको लगानीमध्ये केही अस्ट्रेलियामा भए पनि अधिकांश लगानी विकासोन्मुख देशमा भैरहेको देखिएको छ।

जी– ७ समूहले पनि सन् २०२२ को अन्त्यदेखि खनिज इन्धन क्षेत्रमा विदेशी राष्ट्रमा कुनै लगानी नगर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। अध्ययनअनुसार जापानले सन् २०२४ को मार्च मध्यसम्म विदेशमा यस प्रकारको लगानी गरेको देखिएको छ। तीन वर्षको अवधिमा विश्व बैंकले खनिज इन्धन विकासमा १.२ अर्ब अमेरिकी डलर लगानी गरेको र यो लगानीमध्ये दुई तिहाइ ग्याससँग सम्बद्ध परियोजनामा छ।

यसैगरी सन् २०२३ को अन्त्यसम्म अमेरिका, जर्मनी तथा इटालीले खनिज इन्धन विकासमा अन्य देशमा अर्बाै डलर लगानी गरेको पाइएको छ। बेलायतले पछिल्ला तीन वर्षमा हरेक वर्ष सरदर ६० करोड अमेरिकी डलर लगानी गरेको पाइएको छ।

यसैगरी क्यानडाले सन् २०२० देखि २०२२ सम्म हरेक वर्ष सरदर ११ अर्ब अमेरिकी डलर लगानी गरेको देखिएको छ। यसै अवधिमा दक्षिण कोरियाले १० अर्ब अमेरिकी डलर र जापानले सात अर्ब अमेरिकी डलर लगानी गरेका छन्।

अध्ययनअनुसार यही अवधिमा जी– २० समूहले स्वच्छ ऊर्जा विकास क्षेत्रमा अन्य देशमा १०४ अर्ब अमेरिकी डलर लगानी गरेका छन्।

‘एकातिर धनी राष्ट्रले न्यायपूर्ण ऊर्जा रूपान्तरणको क्षेत्रमा विश्वव्यापी लगानी गर्न नसक्ने बताएका छन् भने अर्कातिर क्यानडा, दक्षिण कोरिया, जापान, अमेरिका जस्ता राष्ट्रले जलवायु परिवर्तनका लागि जिम्मेवार खनिज इन्धन विकासमा संकोच नमानीकन लगानी गरिरहेका छन्,’ ओसिआइकी सार्वजनिक वित्त समीक्षक क्लेयर ओम्यानिक्युले भनिन्।

उनले यी राष्ट्रले तत्काल खनिज इन्धनमा लगानी बन्द गर्नुपर्ने र खनिज इन्धन प्रतिस्थापनमा जोड दिनुपर्ने बताइन्। –गार्जियन
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस