इतिहासको साक्षी: चार सय वर्ष पुरानो भद्रिवम शिवालय
०३ चैत्र २०८०
•
५ मिनेट पाठ
इतिहासको साक्षी: चार सय वर्ष पुरानो भद्रिवम शिवालय
म्याग्दीको सदरमुकाम बेनी बजारमा चार सय वर्ष पुरानो भद्रीबम शिवालय तत्कालीन पर्वत राज्यको इतिहासको साक्षी बनेर रहेको छ।




विसं १७५० मा निर्माण गरिएको यो शिवालय तत्कालीन अवस्थाको इतिहास नियाल्ने आँखीझ्याल बनेको छ। शिवालय अहिले धार्मिक पर्यटकको मुख्य आकर्षणको केन्द्रसमेत बनेको छ।

शिवालयको छानोमा रहेको वरको ठूलो रुख र वरका जराले शिवालयको पर्खाल घेरिएको छ। देख्दै अनौठो लाग्ने यो शिवालयको इतिहास भाइ-भाइबीचको आपसी वैमनश्यता र त्यसपछि उत्पन्न परिणामसँग सम्बन्धित छ।

तत्कालीन पर्वत राज्यका राजा बलेबम मल्ल र भाइ भद्रीबम मल्लको आन्तरिक कलह तथा षड्यन्त्रका कारण कमजोर बनेको पर्वत राज्य र भद्रीबम मल्लको हत्यासँग यो शिवालयको गहिरो सम्बन्ध रहेको छ।

शिवालयको इतिहास

पर्वत राज्यको इतिहासमा उल्लेख भएअनुसार समाल शाही वंशी जुम्लाका राजा आनन्द देवका नाति डिम्बबम (दिलीप बम) मल्लले विसं १५४५ मा ताकम राज्यमाथि विजय गरेपछि राज्य विस्तार गर्दै क्रममा क्रमशः पुला, ढोलठान र ज्यामरुकमा पनि विजय प्राप्त गरेको इतिहास छ। राजा डिम्बपछि छोरा नाति नाग मल्ल, प्रतापीनारायण मल्ल, राज मल्ल, नर्सिङ मल्ल, नागवी मल्ल, नारायण मल्ल, कुँवर मल्ल, घनश्याम मल्ल र मलेबम मल्ल राजा भएको इतिहास छ।

नलैबमले आफ्ना भाइ भर्तिबमलाई ज्यामरुककोटको शासनभार (कजाइ खान) सुम्पेको बताइन्छ। पछि मलेबम र भर्तिबमबीच मनोमालिन्य उत्पन्न भई राजा मलेबमले भाइ भर्तीबमलाई ज्यामरुकबाट हटाउन खोज्दा भर्तिबमले ‘दियाँ पनि खान्न, धपाया पनि जान्न, ज्यामरुककोट छाड्दिन’, भनी अड्डी लिएपछि मलेबमले गुप्त षड्यन्त्र गरी भर्तिबमलाई पक्रन पठाएको बताइन्छ।

भर्तिबम उनका मित डिल्ली भुजेलसहित भागेर लामगरा (लुङ्दी) मा पुगेको इतिहासमा उल्लेख छ। भर्तिबमलाई दाजु मलेबमका सेनाले लामगरामा पक्राउ गरी शिरोच्छेदन गरी मारियो। यसरी उनलाई मारिएपछि शिर कालीगण्डकीमा बगाउँदा माथितर्फ बग्दै गलेश्वर नजिक पुग्यो भन्ने किंवदन्ती रहेको छ।

राजा मलेबम मल्ललाई गोत्र हत्याको पाप लागि दूध र भात खान लाग्दा रगत तथा किरा बग्ने भई खान नभएपछि गोत्र हत्याको प्रायश्चित्त गर्न भाइ भद्रीबमको शिर ल्याई बेनीमा शिवालय मन्दिर स्थापना गरी राजा मलेबमले पूजाआजा गरेको इतिहास छ।

उक्त शिवालय मन्दिरमा अद्यापि पूजाआजा गर्ने गरिन्छ। साथै मलेबमले आफ्ना गुरु प्रेमनिधि पन्तलाई ‘प्रायश्चित्त प्रदीप’ भन्ने पुस्तक लेख्न लगाएका थिए। त्यसपछि बल्ल राजा मलेबमलाई शान्ति मिलेको थियो भन्ने मान्यता रहेको छ।

भर्तिबम मल्लपछि राजा मलेबम मल्लका माइला छोरा अरिमर्दन मल्ल ज्यामरुककोटका राजा भएको मल्ल वंशावलीमा उल्लेख छ। उनको शासनकाल अर्थात् १८४३ मा बहादुर शाहले आठ हजार पर्वतका राजा कीर्तिबम मल्ललाई जितेपछि पर्वत राज्य पनि विशाल नेपालमा गाभिन पुग्यो। विसं १८४३ देखि जिम्मुवाल र नौ मुखियाद्वारा यहाँका राजनीतिक एव प्रशासनिक कार्य सञ्चालन भयो।

यसरी भयो भर्तिबम मल्लको हत्या

भर्तिबम मल्ल जिउँदो रहेसम्म ज्यामरुककोटको राज्य नछाड्ने भयो भनी चिन्तामा परेका राजा मलैबम मल्लले भाइ भर्तीबम मल्लको हत्या गर्ने षडयन्त्र रच्न थालेको इतिहास छ। सोअनुसार जयन्ती मङ्गलाकालीको कालीगण्डकी दोभानमा सबेरै नुहाउने समयमा भर्तीबम मल्लको शिर छेदन गर्ने योजना बनाइ उनी नुहाउन आउने र जाने समयको चियो गर्न मलैबमले गुप्तचर खटाए।

सोही योजना मुताबिक केही समयपछि राजा भर्तिबम मल्लको कालीगण्डकी किनारमा हत्या गर्न दाजु मलैबम मल्ल सफल भएको किंवदन्ती छ। भाइ भर्तीबम मल्लको शिर छेदन गरी गण्डकीमा फाल्दा गिड उधोँँ तिर र शिर माथितिर बग्न थाल्यो।

भाइको हत्यापछि पश्चातापमा परेका मलैबम मल्ललाई मुखबिनाको भाइको शरीरको गिडले ‘दाजु ! मेरो हत्या गर्नुभयो, म निर्दोषी भाइलाई शिर छेदन गरेर मारेकामा प्रायश्चित्त गर्न चाहनुहुन्छ भने मेरो शिर मङ्गला र कालीगण्डकी नदीको दोभानमा राखी शिवजीको स्थापना गर्नु र गिड लामाखेतमा लगि त्यस ठाउँमा उँघौली र उभौली गरी पूजा चलाउनु, शिवजी स्थापना गरेको ठाउँमा मन्दिर निर्माण गरी चौकुनामा गणेश, भगवती, नारायण आदि देवताको स्थापना गरी नित्य पूजा सञ्चालन गराइदिनु र नित्य पूजाका लागि गुठीसमेतको व्यवस्था मिलाइ दिनु’, भाइले भनेको भनाइ छ।

भाइको इच्छाअनुसार राजा मलैबमले (हालको बेनी शिवालयको गुठी) बागलुङको बागलुङ नगरपालिका–६ लहरेपीपलमा गुठीको व्यवस्था गरिदिए। सो गुठी अझैसम्म पनि रहेको छ।

भर्तीबम मल्लकै इच्छाअनुसार दाजु मलैबम मल्लले विसं १७५० मा बेनी शिवालय मन्दिरको निर्माण गरेको इतिहास छ। त्यसपछि विसं १७७२ मा मलैबम मल्लले ढलोटको घण्टी मन्दिरमा चढाउनूका साथै मन्दिरको पश्चिमतर्फबाट मन्दिरको मूल ढोकातर्फ फर्केको राजा मलैबम र रानी महल वसन्तको दुई हात जोडिएको मूर्ति राखेको बताइन्छ। त्यो आजसम्म पनि देख्न सकिन्छ।

राजा मलैबम मल्लले भाइको बिना कसुर हत्या गरेको हुँदा गोत्र हत्याको पाप लाग्ने डरले ‘पाञ्चायत प्रायश्चित्त प्रदीप’ नामक ग्रन्थ लेख्न लगाएको इतिहास छ। मलैबम मल्लको शासनकाल १७४३ देखि १७८९ सम्म रहेको थियो।

आफ्ना पति राजा भर्तीबम मल्लको हत्याको खबर पाएपछि रानी विश्वमता, महारानी श्यामसुन्दरी देवी स्वरुपिणी मल्ल, पुत्र गोरे मल्ल र भान्छे बाहुनीका साथ हालको मङ्गलाघाट बजारदेखि माथि कुरिलाखर्क भन्ने ठाउँमा आफ्नो राज्य (ज्यामरुककोट) देखिने ठाउँमा गई तीन जना नै अल्पिएको र हालसम्म उनै श्यामसुन्दरी देवी स्वरुपिणी महारानीको पूजा गर्ने गरेको पाइन्छ। उनीहरुले राज्य गरेको ठाउँ ज्यामरुकोटमा भने उनको कुनै वास्ता गरेको पाइँदैन।

राजा मलैबमले भाइ भर्तीबमको हत्या गरेपछि शिवलिङ्ग माथि मन्दिर निर्माण गर्दा भाइ भर्तीबमले सपनामा मेरो शिर राखिएको ठाउँमा जबसम्म हरियो रुख रहन्छ तबसम्म भर्तीबम जीवित छ र उ ज्यामरुककोटमा रहिरहन्छ भनेको भन्ने किंवदन्ती अझै पनि सुन्न पाइन्छ।

ऐतिहासिक शिवालयको संरक्षणमा समुदायको चासो

ऐतिहासिक महत्वको यो शिवालयको संरक्षणका लागि स्थानीयले सक्रियता देखाएका छन्। शिवालयको संरक्षण र मन्दिर व्यवस्थापन गर्न २०५८ मा बेनी शिवालय संरक्षण समिति दर्ता गरेर व्यवस्थापनको काम गर्दै आएको समितिका अध्यक्ष विक्रम श्रेष्ठले बताए।

मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य स्थलका रुपमा विकास गर्नका लागि समितिले मन्दिर परिसरमा पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवर्द्धनमूलक कार्य गर्दै आएको समितिका अध्यक्ष श्रेष्ठले बताए।

मन्दिर परिसरमा एक सय आठ शिवलिङ्ग स्थापना र यज्ञमण्डप निर्माण गरिएको छ। यस मन्दिरमा साउनको सोमबार, मङ्गलचौठी, जनै पूर्णिमा, ग्रहदशा पूजा, सत्यनारायणको पूजा, बालाचर्तुदर्शी, शिवरात्रिमा विशेष पूजाआजा हुने गर्छ। साथै नियमित पूजाआजाका लागि मन्दिरमा पुजारीको पनि व्यवस्था गरिएको छ।

ध्रुवसागर शर्मा/रासस
अर्को समाचार
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
१२ मिनेट अघि
•
१ मिनेट पाठ
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
बागलुङ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्।




बागलुङको प्रसिद्ध पर्यटकीय स्थल ढोरपाटनमा बिहीबार केन्द्रीय विद्युत् सेवा पुगेको उल्लेख गर्दै उनले त्यसको करिब ११ किलोमिटर टाढा अवस्थित निसेलढोरमा पनि यसै वर्ष विद्युत् पुर्याउने लक्ष्य रहेको बताए। यससँगै गण्डकी प्रदेशमा शतप्रतिशत विद्युतीकरण हुने उनको भनाइ थियो।

बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ पहिरो निरीक्षणपछि मन्त्री श्रेष्ठले निसेलढोरमा विद्युत् विस्तारको काम अघि बढाइने बताएका हुन्। 'चुनौतीका बीच ढोरपाटनमा केन्द्रीय विद्युत् पुगेको छ। त्यहाँबाट ११ किलोमिटर टाढा रहेको निसेलढोरमा सम्भवतः यसै वर्ष विद्युत् पुर्याउँछौँ। त्यसपछि गण्डकीमा शतप्रतिशत विद्युतीकरण हुन्छ,' उनले भने।

मन्त्री श्रेष्ठले दब्ल्याङ पहिरोको दिगो समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै नियन्त्रणका लागि बायोइन्जिनियरिङ विधिसमेत अपनाउनुपर्ने बताए।
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...
Whatsapp
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्।
Whatsapp
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका...
Whatsapp
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन्...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेट अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
Whatsapp
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...
Whatsapp
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
कर्णालीको पर्यटन प्रवर्धन र राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सुरु गरिएको टर्च तथा ट्रफी टुरले रारासम्मको यात्रा तय गरेक...
Whatsapp
लागूऔषधसहित चार जना पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
Whatsapp
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
प्रहरी निरीक्षक भएको भन्दै मुद्दा नचलाइदिने बहानामा दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
Whatsapp
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।
Whatsapp
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
बजार
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
Whatsapp
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदैछ।  
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस