चैते दसैँलाई सजाइँदै कालिका मन्दिर
०९ चैत्र २०८०
•
४ मिनेट पाठ
चैते दसैँलाई सजाइँदै कालिका मन्दिर
ऐतिहासिक चैत्राष्टमी मेलाका लागि बागलुङ कालिका मन्दिरलाई सौन्दर्यकरण गर्न थालिएको छ। यही चैत ३० गतेदेखि आयोजना गरिने तीन सय वर्ष पुरानो मन्दिरमा चैते दसैँलाई लक्षित गरी पदमार्गमा विद्युतीय बत्ती तथा रङ्गीचङ्गीा बत्ती जोड्न थालिएको छ।

कालिका भगवती गुठी व्यवस्थापन समितिले रु २५ लाख खर्चेर घना जङ्गलको बीचमा रहेको पदमार्गलाई झिलीमिली बत्ती जोड्नका लागि भूमिगतरुपमा विद्युतीकरण गरेको छ। करिब २१ विद्युत्का खम्बामा बत्ती राख्ने तथा रुखमा विद्युत्का बत्ती जोड्ने कार्य भइरहेको छ।

सामान्य उज्यालोका लाइट जोडिएको भए पनि जङ्गलमा हावाहुरी लाग्दा विद्युत् अवरुद्ध हुने भएकाले चैते दसैँदेखि सुुरुवात गर्नेगरी भूमिगतरुपमा विद्युतीकरण गरिएको बागलुङ कालिका भवगती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए।

‘चैते दसैँ यहाँको ऐतिहासिक मेला हो, चैते दसैँका अवसरमा कालिका मन्दिरमा सर्वाधिक भक्तजन आउने गर्दछन्, भक्तजनको आगमनलाई दृष्टिगत गर्दै अत्याधुनिक सिसी क्यामेरा जडान गर्ने, भक्तजनको सङ्ख्या गणना गर्ने क्यामेरा जडान गर्ने कार्य सकिएको छ, अहिले कालिका मन्दिर प्रवेशद्वारदेखि कालिका मन्दिरसम्मको एक किमी पदमार्गमा विद्युतीकरण गर्न थालेका छौँ, सामान्य उज्यालो मात्रै नभएर अत्याधुनिक विभिन्न रङका बत्तीले रातको समयमा समेत पर्यटकहरुलाई थप आकर्षित गर्ने लक्ष्य लिइएको छ।’

कालिका मन्दिर परिसरका रुखमा लिपपोतस गरिएको उनको भनाइ छ। कालिका मन्दिरमा आउने भक्तजनको भीडलाई दृष्टिगत गर्दै सिसी क्यामेरा जडान भइसकेको छ। चैत दसैँका अवसरमा बागलुङमा आयोजना गरिने चैते दसैँ मेलाले स्थानीय सामग्रीको व्यापारमा ठूलो राहत दिँदै आएको छ। चैत ३० गतेदेखि वैशाख ६ गतेसम्म कालिका मन्दिर परिसरमा चल्ने चैते दसैँ मेलामा सर्वाधिक पुरस्कार राशिको कालिका कप, राष्ट्रिय लोक दाहोरी गीत प्रतियोगितालगायत रमाइलो मेला आयोजना गर्न थालिएको छ।

गण्डकी प्रदेशको उत्कृष्ट धार्मिकस्थलका रुपमा रहेको कालिका मन्दिरमा यस पटक चैत्राष्टमी मेला एक हप्तासम्म मनाउन थालिएको र त्यसका लागि स्वरुप पदमार्गमा विद्युतीकरणको कार्य गर्न थालिएको हो।

‘गन्तव्य बागलुङ कालिका ः कला र संस्कृतिको प्रवद्र्धन–स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ चैते दसैँ मेलाका लागि विभिन्न उपसमिति गठन गरिएको छ। मेलाका अवसरमा कालिका कप खुला भलिबल प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, छेलो प्रतियोगिता, रथ यात्रा, रमाइलो मेला, बाल उद्यानलगायत कार्यक्रम समावेश गरिएको छ।

बागलुङ सदरमुकाममा तीन सय वर्षदेखि चल्दै आएको चैते दसैँ मेलामा बर्सेनि पाँच लाख धार्मिक पर्यटक भित्रिँदै आएका छन्। चैते दसैँका अवसरमा बोका, हाँस, कुखुरा, राँगो सयौँको सङ्ख्यामा बलि दिने चलन छ। ऐतिहासिक रूपमा हुँदै आएको चैते दसैँ मेलामा विगतभन्दा यस वर्ष धेरै धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको अध्यक्ष खड्काले बताए।

उपसमिति गठन

ऐतिहासिक चैते दसैँ मेला भव्यरूपमा सफल बनाउन बागलुङ कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ। मेला सफल बनाउन गुठीका सचिव अर्जुन खड्कालाई भलिबल संयोजक, उपाध्यक्ष निशान खड्कालाई नृत्य प्रतियोगिता संयोजक, कोषाध्यक्ष रामबहादुर खड्कालाई आर्थिक स्टल र स्वयंसेवक संयोजक, विद्या खड्का तथा गीता खड्कालाई अतिथि सत्कार संयोजक, ध्रुव खड्कालाई स्टल र स्वयंसेवक संयोजक, राजेन्द्र शाक्यलाई  रथ यात्रा संयोजक, राजीन खड्कालाई रमाइलो मेला संयोजक, डम्बर खड्का र डम्बर थापा मन्दिर पूजा संयोजक, प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीलाई प्रचारप्रसार संयोजक तथा कानुनी सल्लाहकार संयोजकमा राम शर्मालाई जिम्मेवारी दिइएको छ।

राष्ट्रिय लोक दोहोरी प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु दुई लाख पुरस्कार र दोस्रो हुने टोलीलाई नगद रु एक लाख र तेस्रो हुनेलाइ रु ५० हजार तथा उत्कृष्ट स्वर हुने महिला र पुरुष तथा उत्कृष्ट वेशभूषा महिला र पुरुषलाई रु पाँच हजार पुरस्कार प्रदान गरिने कालिका गुठीका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताए।

यसैगरी, सर्वाधिक राशिको कालिका कप खुल्ला राष्ट्रिय भलिबल प्रतियोगितामा प्रथम हुने टोलीलाई रु तीन लाख, दोस्रो हुने टोलीलाई रु एक लाख ५० हजार र तेस्रो हुने टोलीलाई रु एक लाख, सर्वाेकृष्ट खेलाडी र अनुशासित खेलाडीलाई रु पाँच हजार पुरस्कार प्रदान गरिने छ।

अन्तर माविस्तरीय कक्षा १० सम्मका सामूहिक नृत्य प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रु २० हजार, द्वितीय हुनेलाई रु १० हजार र तृतीय हुने लाई रु पाँच हजार तथा सान्त्वना पुरस्कार रु दुई हजार पाँच सय रहेको छ। यसैगरी, छेलो प्रतियोगितामा प्रथम हुनेलाई रु ११ हजार एक सय ११ र द्वितीय हुनेलाई रु पाँच हजार पाँच सय ५५ पुरस्कार प्रदान गरिने भएको छ। रासस
अर्को समाचार
अन्नपूर्णमा १६५ मुलुकका पाहुना: पदमार्गले जोडेको विश्व
०७ साउन २०८३
•
४ मिनेट पाठ
अन्नपूर्णमा १६५ मुलुकका पाहुना: पदमार्गले जोडेको विश्व
अन्नपूर्ण क्षेत्रको पदयात्रामा पुगेका पाहुना।तस्बिरः नागरिक
अन्नपूर्ण क्षेत्रमा आर्थिक वर्ष २०८२/८३ मा अहिलेसम्मकै बढि ५ लाख ८ हजार ४ सय ७६ जना विदेशी पाहुना पुगे। यही आर्थिक वर्षमा ६ लाख बढि आन्तरिक पाहुना समेत उक्त क्षेत्रको घुमघाममा गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को भनाई छ।स्वदेशी र विदेशी गरेर आर्थिक वर्ष २०८२/८३ मा ११ लाख भन्दा बढि पाहुनाले अन्नपूर्ण क्षेत्र घुमेको एक्यापले बताएको छ।  

आर्थिक वर्ष २०८२/८३ अन्नपूर्ण क्षेत्र घुम्न पुगेका ती पाहुना १६५ मुलुकका थिए। एकवर्षमा १६५ मुलुकका पाहुनाले अन्नपूर्ण क्षेत्र घुमेको एक्यापका आयोजना प्रमुख डा. रविन कडरियाले जानकारी दिए।‘ अन्नपूर्ण क्षेत्रमा यतिधेरै मुलुकका पाहुना घुम्न पुगेका छन की ती हरेक मुलुकमा अन्नपूर्ण क्षेत्रबारेको जानकारी  पुगेको छ,’ कडरियाले भने, ‘अन्नपूर्ण क्षेत्रमा धेरै मुलुकको पहुँच पुगेको यसले देखाउँछ। सबै मुलुकका पाहुनाका लागि अन्नपूर्ण क्षेत्र पहुँचयुक्त रहेको सन्देश दिएको छ।एउटा मुलुकको पर्यटकीय रुटले विश्वलाई जोड्न सकेको यसले देखाउँछ ।’

कुनै पनि मुलुकका पर्यटकले अन्नपूर्ण क्षेत्र पहुँच भन्दा बाहिर रहेको भनेर भन्नु नपर्ने उनले बताए। यसले अन्नपूर्ण क्षेत्रमा आगामि वर्षमा अझ धेरै पाहुना भित्र्याउन सघाउने उनले बताए। 

‘जतिधेरै मुलुकका पाहुना आए, त्यत्ति नै बढि प्रचारप्रसार हुने हो। आएका पाहुनाले खिचेको फोटो र भिडियोमार्फत अन्नपूर्ण क्षेत्रको प्रवर्द्धन भएको छ,’ उनले भने, ‘सबैखाले मुलुकका पाहुनाको पहुँचको गन्तव्य रहेछ भनेर पनि यसले बुझाउँछ।’
एउटै पर्यटन क्षेत्रमा धेरै मुलुकका पाहुना घुमघामका लागि जाँदा सबै मुलुकका पाहुनाका लागि बसोबास र खानपिनको व्यवस्था रहेको भन्ने पनि यसले पुष्टि गरेको उनले बताए। अघिल्लो आर्थिक वर्ष अन्नपूर्ण क्षेत्र घुम्न गएका पाहुनामध्ये सबैभन्दा बढि भारतीय छन्।घुमघाममा गएका पाहुनामध्ये सबैभन्दा बढी भारतीय छन्। आर्थिक वर्ष २०८२/८३ मा भारतका मात्र ३ लाख ७५ हजार ७ सय ९७ जना पाहुना अन्नपूर्ण क्षेत्रमा घुमघामका लागि गएका छन्।

दोश्रो नम्बरमा रहेको चिनियाँ पाहुनाको संख्या १२ हजार ५ सय ३९ जना रहेको छ। तेश्रो नम्बरमा रहेको अमेरिकी पाहुनाको संख्या ९ हजार ८ सय ८४ जना रहेको छ।चौथो नम्बरमा रहेका बेलायतका ८ हजार ८ सय ५९ जना पाहुना अन्नपूर्ण क्षेत्र घुम्न पुगेका छन्।

त्यस्तै फ्रान्सका पाहुनाको संख्या ७ हजार ९ सय ३९ जना रहेको छ। मलेशियाका पाहुनाको संख्या ७ हजार ८ सय ४८, जर्मनी पाहुनाको संख्या ७ हजार ६ सय ३४ रहेको छ। बंगलादेशी पाहुनाको संख्या ७ हजार ४ सय ८४, अस्टेलियाका पाहुनाको संख्या ७ हजार ९५ र इजरायली पाहुनाको संख्या ६ हजार ३ सय ९८ रहेको एक्यापले बताएको छ।

‘पाहुनाको विविधताको पनि सम्मान भएको छ। धेरै भन्दा धेरै मुलुकका पाहुनाका कारण अन्नपूर्ण क्षेत्रको प्रवर्द्धन पनि त्यही अनुसार हुने गरेको छ,’ उनले भने, ‘घुम्न आएका पाहुनामा पनि विविधता छ। विविधताको सम्मान पनि भएको छ। विविधतायुक्त ती पाहुनाले फरक भाषा र तरिकाले प्रवर्द्धन गर्न पाउने भएकोले त्यसको लाभ अन्नपूर्ण क्षेत्रले लिएको छ।’ अन्नपूर्ण क्षेत्रमा विभिन्न मुलुकका पाहुना पुगेकोले विश्वका मान्छेलाई जोड्ने ठाउँ बनेको उनले बताए।

पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्य पनि बढि भन्दा बढि मुलुकका पाहुना घुमघाममा जाँदा त्यस क्षेत्रको प्रवर्द्धनमा सघाउ पुग्ने बताउँछन्। 

‘घुम्न आएका विदेशीले स्वदेश फर्केपछि परिवारका सदस्य र साथीभाईसँग घुमघामको अनुभव बाड्ने गर्छन। त्यसबाहेक सामाजिक सञ्जालमाफर्त पनि ती पाहुनाले तस्बिर तथा भिडियो शेयर गर्ने गरेका छन,’ उनले भने, ‘त्यसले गर्दा धेरै भन्दा धेरै ठाउँसम्म अन्नपूर्ण क्षेत्रको प्रचारप्रसार भएको छ ।’  
अन्नपूर्ण क्षेत्र सबै मुलुकका र सबैखाले पाहुनाका लागि उपयुक्त रहेको सन्देश यसले दिने उनले बताए।‘ विविधतायुक्त पाहुनाका लागि पनि त्यस क्षेत्रमा सेवा सुविधा पर्याप्त रहेको यसले पुष्टि हुन्छ।’ पदयात्राका लागि उपयुक्त भएपनि कतिपय रुटमा आफ्नो स्वादको खाना नपाउने अवस्थामा पाहुना नजान सक्ने अवस्था रहने भएपनि अन्नपूर्ण क्षेत्रमा त्यो लागु नभएको उनले बताए।

उनका अनुसार पछिल्लो समय बंगलादेशी पाहुना समेत पदयात्रामा जान थालेका छन्। पदयात्रामा जान थालेका ती बंगलादेशी पाहुनाका लागि उपयुक्त खाना पनि उपलब्ध रहेको सन्देश गएको छ।‘बंगलादेश जस्तै विभिन्न मुलुकका पाहुना जाँदा अन्नपूर्ण क्षेत्रको प्रवर्द्धनमा सबैभन्दा बढि सहज भएको छ। फरक फरक मुलुकका पाहुना फरक भाषामा त्यहाँको प्रवर्द्धन गरेका छन।नजानिदो तरिकाले अन्नपूर्ण क्षेत्रको प्रवर्द्धन भएको छ,’ उनले भने, ‘जति बढि मुलुकका पाहुना घुमघाममा आउँछन।त्यत्ति नै प्रवर्द्धनमा सघाउ पुग्छ। अन्नपूर्णको पहिचान विभिन्न मुलुकका कुनाकाप्चासम्म पुग्न पाएको छ ।’  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस