जब ह्वेल माछामा रजोनिवृत्ति हुन्छ...
११ चैत्र २०८०
•
२ मिनेट पाठ
जब ह्वेल माछामा रजोनिवृत्ति हुन्छ...
पृथ्वीमा पाइने ६ हजारभन्दा बढी स्तनधारीमध्ये ६ प्रजातिमा मात्र रजोनिवृत्ति हुन्छ। रजोनिवृत्ति हुने स्तनधारीले त्यसपछि सन्तान जन्माउन सक्तैनन्। यस वर्गमा मानव र ह्वेल पर्छन्। यतिबेला वैज्ञानिकहरू ह्वेल माछाका अन्य चार प्रजातिमा हुने रजोनिवृत्तिमाथि अध्ययन गर्दैछन् ताकि रजोनिवृत्तिको खास कारण बुझ्न सकियोस्।




वैज्ञानिकहरूले चार ह्वेल प्रजातिका ३२ माछाहरूको जीवनचक्र अध्ययन गरे। अध्ययनमा के पाए भने पाँच ह्वेल प्रजातिहरू रजोनिवृत्तिबाट गुज्रन्छन्। किलर ह्वेल, फल्स किलर ह्वेल, बेलुगा ह्वेल, नारवाल्स र पाइलट ह्वेल अन्य ह्वेल प्रजातिभन्दा ४० वर्ष बढी बाँच्छन्।

रोचक के छ भने स्पर्म ह्वेल र बालिन ह्वेलमा रजोनिवृत्ति हुँदैन। अध्ययनका प्रमुख बेलायतको एक्स्टर विश्वविद्यालयमा प्राणी व्यवहारका प्राध्यापक स्याम एलिस भन्छन्, ‘रजोनिवृत्ति हुने ह्वेल र नहुने ह्वेलको प्रजनन चक्र अरूभन्दा फरक हुन्छ। जीवन पनि बेग्लाबेग्लै देखिन्छ।’

नेचर पत्रिकामा प्रकाशित अध्ययनअनुसार, जीवनविकासको प्रक्रियामा पोथीहरूको जीवन लामो हुन थाल्यो। लामो जीवनका कारण उनीहरूले आफ्ना सन्तान मात्र होइन, नातिनातिनाका लागि हेरचाह गर्न समय पाए।  यिनको ४० वर्षको उमेरमा प्रजनन बन्द हुन्छ तर ८० वर्षसम्म बाँच्छन्। उता ४० वर्षकै उमेरमा भाले ह्वेलहरूको जीवन समाप्त भइसक्छ।

अध्ययनले हजुरआमा भइसकेकी ह्वेलले आफ्ना नातिनातिनाको खान्कीका लागि लामो समयसम्म सहारा र सुरक्षा दिइरहन्छे। वृद्धा ह्वेलहरूले माछा पक्डन्छन् र तिनलाई आधा बनाएर अन्य सदस्यहरूलाई बाँड्छन्। यस्तो व्यवहार भने युवा पोथी ह्वेलमा देखिदैन। झन् भालेले त यस्ता कुरामा कहिल्यै पनि चासो दिएको देखिएन।

रजोनिवृत्ति मानिस र ह्वेल माछामा बेग्लाबेग्लै समयमा विकसित भएको मानिन्छ। यी दुवैका साझा पूर्वज नौ करोड वर्ष पहिले छुट्टिएका थिए। जीवन विकासका हिसाबले हेर्ने हो भने प्रजनन चक्र बन्द भएपछिको जीवन बुझ्नु निकै गाह्रो छ।

अधिकांश प्रजातिहरूमा पोथीको जीवनको अन्त्यसम्म प्रजनन गुण रहिरहन्छ। यसको मूल कारण, आफ्नो जीन आउँदो पिँढीमा सार्नु हो। तर मानिस र दाँतयुक्त ह्वेल माछामा भने रजोनिवृत्तिको विकास जीवनको अवधि बढेसँगै भएको हो। प्रजननको अवधि बढेन तर आयु भने बढ्यो। जसका कारण रजोनिवृत्तिपछि पनि यी प्राणीहरू बाँचिरहे।

प्रस्तुतिः अच्युत कोइराला
अर्को समाचार
निद्रा र उमेर
१६ चैत्र २०८०
•
२ मिनेट पाठ
निद्रा र उमेर
सक्रिय जीवनशैली रोज्नेहरूमध्ये ४२ प्रतिशतमा अनिद्राको समस्या कम देखिएको छ। खासगरी जसले सातामा कम्तीमा दुई पटक कसरत गर्छ उसलाई छ घण्टे निद्रा मज्जाले पर्ने बताइएको छ। सर्वसाधारणको कसरत गर्ने बानीमाथि अध्ययन गर्दा यस्तो अवस्था देखिएको हो।




बेलायत र युरोपेली संघका केही देशका ३९ देखि ६७ वर्ष उमेर समूहका मानिसहरूको १० वर्षयता दैनिकी चियो गर्दा देखिएको निष्कर्ष भएको द टाइम्स अखबारले जनाएको छ।

शारीरिक रूपमा सक्रिय मानिसहरू कम्तीमा बिहान हल्का दौडने वा स्विमिङ गर्ने गरी शारीरिक सक्रियता देखाएका खण्डमा उनीहरूको अनिद्राको समस्या समाधान हुने मात्र नभई अनिद्राको रोगलाई नै पछाडि धकेल्नेसम्म देखिएको हो। अध्ययनमा के देखिएको थियो भने, जो शारीरिक रूपमा सक्रिय छ, कसरत गरिरहेको छ, दौडिरहेको छ, उसलाई १० वर्षपछि पनि अनिद्राको समस्या कम देखियो।

बिएमजे ओपन जर्नलमा प्रकाशित अध्ययनअनुसार जो कम शारीरिक कसरत गर्छ उनीहरूमध्ये ४२ प्रतिशतलाई निद्राको समस्या देखिएको थियो। कसरत नगर्ने २२ प्रतिशतलाई अनिद्राको समस्या नभएको पनि देखिएको छ। कसरत गर्ने वा दौडिनेहरूमध्ये ५५ प्रतिशतलाई ६ देखि ९ घण्टासम्म निद्रा लाग्ने देखिएको थियो।

त्यसो त कसरतमाथि यसअघि भएका अनेकौँ अध्ययनमा कसरत गर्नेहरूको निद्रा राम्रो पर्ने, मज्जाले निदाउने, निद्रा नटुट्नेजस्ता फाइदा देखिएको थियो। यो पछिल्लो अध्ययनमा भने कसरत वा मोर्निङ वाकमा निस्कनेहरूमा अनिद्राको समस्यालाई अझ पछाडि धकेल्ने गरेको पाइएको हो। त्यसो त कसरतले यो समस्या पूरै समाधान भने नहुने अध्ययनले देखाएको छ।

निरन्तरको शारीरिक कसरत नगर्नेहरू यदि सामाजिक अन्तरक्रियामा छन्, उनीहरूको स्वस्थ जीवनशैली छ भने पनि उनीहरूको अनिद्रा समस्या कम देखिएको छ। यस्तै अर्को एउटा अध्ययनले निद्रालाई कम महत्व दिनेहरू तुलनात्मक रूपमा उसको उमेरभन्दा १० वर्ष बुढो देखिने देखिएको छ। यसले उच्च गुणस्तरको निद्रा र आराम अति जरुरी रहेको स्विडेनस्थित कारोलिन्स्का इन्स्टिच्युटले जनाएको छ। सो संस्थाले ४२९ सहभागीहरूलाई उनीहरूको वास्तविक उमेर र आफूलाई लाग्ने उमेर सोध्दा कम निदाउनेहरूले तुलनात्मक बढी उमेरको महसुस गर्ने बताएका थिए।

४२९ जनाहरूमध्ये दिनको चार घण्टा मात्र सुत्नेहरूले आफ्नो औसत उमेरभन्दा ४.४ वर्ष बढी महसुस गर्ने गरेका थिए। मज्जाले सुत्ने, निद्रा पुग्नेहरूले भने आफूलाई कम उमेरको महसुस गर्ने गरेको बताएका थिए।

प्रस्तुतिः अच्युत कोइराला
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
पानी खाने एआई
पानी खाने एआई
नागरिक नागरिक • · १८ फागुन २०८० · २ मिनेट पाठ
मार्को पोलोको परित्यक्त घर
नागरिक नागरिक • · २२ माघ २०८० · १ मिनेट पाठ
नक्कली शोधको हुण्डरी
नक्कली शोधको हुण्डरी
नागरिक नागरिक • · २३ माघ २०८० · २ मिनेट पाठ
किन फ्याँकिन्छन् ६४ टन खान्की?
नागरिक नागरिक • · १२ पौष २०८० · १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस