ज्येष्ठ नागरिकको पीडा भुलाउने चौतारी: दिवासेवा केन्द्र
२० चैत्र २०८०
•
४ मिनेट पाठ
ज्येष्ठ नागरिकको पीडा भुलाउने चौतारी: दिवासेवा केन्द्र
चाउरी परेका अनुहार, कपाल पूरै फुलेर सेताम्मे, हिँड्न गाह्रो हुँदा लौरोको सहारा, जीवनको उत्तराद्र्धतर्फ उन्मुख यहाँका ज्येष्ठ नागरिकको अहिलेको दैनिकी हो– बिहानको खानापछि दिवासेवा केन्द्रमा पुग्ने, दुःखसुखका कुरा गर्ने तथा रमाउने।  

उनीहरु त्यहाँ पुगेपछि एकैछिन मनका बह पोख्ने गर्छन्। र सुरु सुन्छ मनोरञ्जनात्मक क्रियाकलाप। बजाउन जान्नेले मादल,खैजडी आदि बजाउने, केहीले गाउने र अरू बाजाका तालमा नाच्ने र गाउने। यो सुरु भएपछि आफ्ना सबै पीडा भुलिन्छ भन्छन् उनीहरु। यसरी आफ्ना पीडा भुलाउने चौतारो बनेको छ,नागरिक दिवासेवा केन्द्र,भन्छन्,यहाँ पुग्ने ज्येष्ठ नागरिकहरू।  

दाङमा  ज्येष्ठ नागरिकका लागि दिवासेवा केन्द्र सञ्चालन भएपछि उनीहरुको दैनिकी पनि फेरिएको छ। घोराही उपमहानगरपालिका–६ जजरागाउँका पदमप्रसाद अधिकारी ८८ वर्षका भए । उनी बिहान ११ बजे सोही वडाको गुरुवा गाउँमा अवस्थित ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमा दैनिक आउने गर्छन्। आफ्ना साथीभाइ, दौँतरीसँगको भेटघाट र भलाकुसारीले मन भुलाउने गर्छन् र बेलुका घर फर्किन्छन्।  

दिवासेवा केन्द्रमा आफ्नै उमेरका आफन्त, साथीसँग भलाकुसारी,भजनकीर्तन गर्ने, नाच्ने गाउने गर्दा उहाँलाई आनन्द लाग्ने गरेको बताउँछन्। ‘रामायण, महाभारतका श्लोेक सुन्दा मनमा आनन्द आउँछ,’ उनले भने,‘कोही तालीले साथ दिन्छौँ कोही गलाले साथ दिन्छौँ, अनि नाच्न जान्ने साथीहरु पनि नाचेरै रमाउनुहुन्छ। यो त हाम्रा लागि समय बिताउने ठाउँ मात्र होइन कि बिसाउने चौतारी पनि भएको छ । केन्द्रमा आउन थालेपछि समय बितेको थाहै नहुँदो रहेछ।’  

घोराही–६ गुरुवागाउँका गोकर्ण अधिकारी उमेरले ६८ वसन्त पार गरे। उनी शिक्षक सेवाबाट निवृत्त छन्। पहिले त दैनिक विद्यालय जाँदा समय बितेको थाहा हुँदैन् उनलाई। अवकाशपछि घरमा बसेर दिन बिताउन उनलाई पट्यार लागेको थियो। विसं २०७८ मा घर नजिकै दिवासेवा केन्द्र स्थापना भएपछि अहिले भने उनको दिनचर्या फेरिएको छ। आफ्ना कुरा सुनाउने अनि साथीका कुरा सुन्ने,भजनकीर्तन तथा नाचगान गरेर दिन बिताउने गर्न सजिलो भएको छ। ‘आफूसँगैका साथीसँग भेट हुन्छ। घरमै बस्दा अत्याश लाग्थ्यो यहाँ साथीभाइ र आफन्तीसँग भेट हुँदा छुट्टै आनन्द आउँछ’,उनले भने।

आफ्ना कुरा सुनाउने साथीका कुरा सुन्ने र नाचगान भजनकीर्तन गरेर दिन बिताउने गर्न सजिलो भएको उनको भनाइ छ। ‘आफूसँगैका साथीसँग भेट हुन्छ।  साथीभाइ र आफन्तसँग पनि भेट हुन पाउँदा पहिलेको समयको याद आउछ’, उनले भने,‘साँच्चै भन्ने हो भने दिवासेवा केन्द्र दुःख बिसाउने साझा चौतारी नै बनेको छ।’  

सेवा केन्द्र आउन थालेपछि ऊर्जा थपिएको उनको अनुभव छ। घरमै बसिरहँदा शरीर कुजिएजस्तो भएको र यहाँ आउन थालेपछि हलुङ्गो भएको उहाँले सुनाए। घोराही उपमहानगरपालिका वडा नं ६ ले भजन गाउँदा बजाउने सामग्री सहयोग गरेको छ। दैनिक १५ देखि १८ जना ज्येष्ठ नागरिक यहाँ आउने गर्छन्। यहाँ आउन कसैलाई पनि रोकतोक छैन। जम्मा हुनासाथ उनीहरुले आरती गर्छन्। र त्यसपछि भजन गाउने, गफ गर्ने, नाचगान गर्ने गरेको अधिकारीले बताए।  

साठी वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिक सेवा केन्द्रमा आउन र दिनभर मन भुलाउन सकिन्छ भन्छन् । वडा नं ६ का वडाअध्यक्ष विष्णुराम आचार्य। गत वर्षदेखि सञ्चालनमा आएको दिवासेवा केन्द्रमा भजनकीर्तनका लागि मादल, खैजडी, मुजुरा र हार्मोनियम जस्ता वाद्यवादनका सामग्री वडा कार्यालयले उपलब्ध गराएको छ। ती सामग्री प्रयोग गरेर ज्येष्ठ नागरिक दैनिक भजनकीर्तन नाचगान गराउछन्। आचार्य भन्छन्। केन्द्रमा विभिन्न दाताबाट विभिन्न किसिमका धार्मिक तथा आध्यात्मिक ज्ञानयुक्त पुस्तक राख्ने सामग्री पनि व्यवस्था गरिएको छ।  

यस केन्द्रमा धार्मिक ग्रन्थको पाठ र भजन कार्यक्रम समय तालिकाअनुसार गरिन्छ। बिहान ११ देखि बेलुकी ३ बजेसम्म केन्द्रमा ज्येष्ठ नागरिकले समय बिताउछन्। घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नगरभित्रका ज्येष्ठ नागरिक आफ्ना दौँतरीसँग भलाकुसारी गरेर रमाइलो तरिकाले समय बिताउँदा उनीहरुको जीवनमा परिवर्तन भएको देख्दा खुसी लागेको बताए।  

घोराहीमा सञ्चालन भएको दिवासेवा केन्द्र पछिल्लो समय ज्येष्ठ नागरिकको दिन काट्ने प्रभावकारी माध्यम बन्दै गएको छ। आफ्ना अनुभव साटासाट गर्ने, नाचगान गर्ने र विभिन्न विषयमा छलफल गर्ने भएपछि शारीरिक रुपमा काम गर्न नसक्ने र पीडा भुलाउन उक्त केन्द्र सबै वृद्धवृद्धाको रोजाइको ठाउँ बनेको नगरप्रमुख चौधरीले बताए।  

ज्येष्ठ नागरिक समाजका महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख मोतिकुमारी विश्वकर्माले घोराही उपमहानगरपालिकाका ११ वटा वडामा ज्येष्ठ नागरिक दिवासेवा केन्द्र सञ्चालनमा आएको बताए। नगरले उनीहरुको नियमित स्वास्थ्य परीक्षण पनि गर्ने गर्दछ। अहिले मानिसहरु व्यस्त बन्दै गएका छन्। एकातर्फ घरमा युवा पुस्ता नबस्ने गरेकाले गाउँघरका घरहरु वृद्धाश्रमजस्ता भएका छन्। अर्कातर्फ नेपालमै रहेका नयाँ पुस्ता पनि आ–आफ्ना काममा व्यस्त छन्, या सहर बजारतिर छन्। घरैमा भएका आफ्ना सन्तान पनि आफूसँग भन्दा सामाजिक सञ्जालमा बढी रमाउने गरेका कतिपय ज्येष्ठ नागरिकको गुनासो हुने गर्दछ।  

त्यसैले यसरी स्थापाना गरिएका नागरिक सेवा केन्द्रहरु नागरिकका दिन काट्ने र रमाउने माध्यम बन्ने गरेका छन्। यी केन्द्रहरु कतिपय ज्येष्ठ नागरिकको समय काट्ने, कतिका पीडा भुलाउने तथा कतिपयलाई मनोरञ्जन लिने स्थान पनि बन्न सफल भएका छन्। विभिन्न पेसा र व्यवसायमा रहेर निवृत्त भएका उनीहरुका ज्ञान, अनुभव र सीपबाट समाजले पनि धेरै शिक्षा तथा सहयोग लिन सक्छ।  -रासस
अर्को समाचार
शिविर राखेर साकेलाले बाँड्यो वृद्ध भत्ता
२१ वैशाख २०८१
•
२ मिनेट पाठ
शिविर राखेर साकेलाले बाँड्यो वृद्ध भत्ता
वृद्ध भत्ता लिन वडा कार्यालय आइपुगेका ज्येष्ठ नागरिक। तस्बिर : नागरिक
साकेला गाउँपालिकाले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएकाहरुलाई दिइने सामाजिक सुरक्षा भत्ता गाउँगाउँमा शिविर राखेर त्रैमासिक रुपमा वितरण गर्दै आएको छ। यसैअनुरुप पछिल्लो त्रेमासिक भत्ता पनि पाँचवटै वडा कार्यालयका पायक पर्ने ठाउँमा शिविर राखेर वितरण भइरहेको छ।

नेपाल एसबिआई बैंकसँग सहकार्य गर्दै बिहीबारदेखि शिविर आयोजना गरी तेस्रो त्रैमासिक भत्ता वितरण थालेको गाउँपालिकाले जनाएको छ, जसअनुसार पहिलो दिन १ नम्बर वडा कार्यालयमा आयोजित शिविरबाट ९० जना लाभग्राहीले ११ लाख २५ हजार रुपैयाँ भत्ता प्राप्त गरेका छन्।

गाउँपालिकाका सामाजिक सुरक्षा शाखा संयोजक डिएम चामलिङ राईका अनुसार शुक्रबार १ नं वडाको चण्डेश्वरी आधारभूत विद्यालयमा शिविर राखेर भत्ता वितरण गरेको छ।

वैशाख २३ गते २ नं वडा कार्यालय रतन्छामा शिविर राखिने छ भने २४ गते ३ नं वडा कार्यालय खिदिमा, २५ गते ५ नं वडा कार्यालय मात्तिमबिर्ता र २६ गते अन्तिम दिन बुधबार ४ नं वडा कार्यालय मात्तिममा शिविर राखेर भत्ता बाँडिने चामलिङले बताए।  

साकेलाले आर्थिक वर्ष ०७७-०७८ को दोस्रो चौमासिकदेखि नै बैङ्किङ प्रणालीमार्फत भत्ता वितरण कार्य थालेको हो। त्यसयता निरन्तर बैंकिङ प्रणालीमार्फत भत्ता दिइँदै आएको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म आइपुग्दा गाउँपालिकाभरका १ हजार ४ सय जना सामाजिक सुरक्षा भत्ताग्राही रहेका छन्। चालु तेस्रो त्रैमासिकमा भत्ताका लागि १ करोड ३३ लाख रुपैयाँ निकासा भई आएको पनि चामलिङले बताए।

गाउँपालिका अध्यक्ष रविप्रकाश राईले भौगोलिक कठिनाइले ज्येष्ठ नागरिक, वृद्धवृद्धा तथा अशक्तहरु गाउँपालिका केन्द्रको बैंकसम्म आएर भत्ता लिन नसक्ने देखिएकाले वर्षमा ३ पटक हरेक वडामा घुम्ती शिविर राखेर भत्ता वितरण गर्दै आएको बताए। 

भौगोलिक रुपमा टाढा र अफ्ठ्यारो बाटो धाएर भत्ता थाप्न वृद्ध बाबुआमा तथा अशक्त नागरिकलाई समस्या पर्ने भएकाले सहजरुपमा भत्ता दिने उद्देश्यले गाउँमै घुम्ती शिविर राखेर वितरण गर्ने व्यवस्था मिलाइएको अध्यक्ष राईले बताए।

टाढाटाढाका वडाबासी ज्येष्ठ नागरिकलाई बैंकसम्म धाएर भत्ता लिन शारीरिक दुःख र झन्झटिलो देखिएपछि लाभग्राहीलाई घरपायक सेवा दिन शिविर राएिको अध्यक्ष राईको भनाइ छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस