बाटो नहुँदा चमेरे गुफा ओझेलमा
२० चैत्र २०८०
•
४ मिनेट पाठ
बाटो नहुँदा चमेरे गुफा ओझेलमा
तुलसीपुर उपमहानगरपालिका–४ मुलकोटमा रहेको सिद्ध चमेरे गुफासम्म पुग्नका लागि मोटर बाटो सहज नहुँदा र प्रचारप्रसार अभावका कारण गुफा ओझेलमा परेको छ।




करिब साढे दुई दशकपहिले पत्ता लागेको प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवद्र्धन गर्न सके बाह्य तथा आन्तरिक पर्यटकको प्रवद्र्धन हुने स्थानीयको भनाइ छ। चारतिर जङ्गल रहेको र सोही जङ्गलसँगै विकट स्थानमा पहाडको फेदमा रहेको गुफा तथा चारैतिर हरियाली स्वच्छ मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ। त्यति राम्रो दृश्य तथा गुफा अवलोकनका लागि जाने पर्यटक पैदल हिँडेर जानुपर्ने बाध्यता छ।  

चमेरे गुफासम्म पुग्नका लागि सामान्य कच्ची बाटो पुगेता पनि पर्याप्त रुपमा त्यसको विकास हुन नसक्दा गुफाकोे अस्तित्व नै सङ्कटमा पर्ने हो कि भन्ने चिन्ता बढेको स्थानीय बताउँछन्। तुलसीपुर–४ की ४५ वर्षीया भावना गौतमले चमेरी गुफाको विकासमा स्थानीय सरकारले ध्यान नदिँदा अहिले सो क्षेत्रमा आउने  आन्तरिक पर्यटकको सङ्ख्या न्यून रहेको बताइन्। उनले  यसको विकासमा ध्यान दिन सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने र त्यसले गाउँको मुहार फेरिने बताइन् ।

तुलसीपुर बजारदेखि करिब १२ किलोमिटरको दूरीमा रहेको यस गुफाको प्रचारप्रसार र संवद्र्धन गर्न सके पर्यटकीयस्थलका रुपमा विकास गर्ने सकिने यहाँका जानकारको भनाइ छ। प्राकृतिरुपमा रहेको गुफाको संरक्षण र यसलाई दिगो विकास गर्ने सके दाङको मुख्य पर्यटकीय क्षेत्रका रुपमा विकास हुने बताइएको छ।

हाल गुफामा दैनिक रुपमा ३० देखि ४० सम्म सर्वसाधारण अवलोकनका लागि आउने गरेका छन्। तीन तला रहेको उक्त गुफासम्म पुग्नका लागि यसअघि साबिकको जिल्ला विकास समिति दाङ,तुलसीपुर उपमहानगरपालिका, स्थानीय सामुदायिक वन र पर्यटन विकास कार्यालय भैरहवाको आर्थिक सहयोग तथा स्थानीयको सक्रियतामा गुफासम्म पुग्ने कच्ची बाटो,यात्रु प्रतीक्षालय, चमेना गृह तथा अन्य केही संरचना निर्माण भए पनि गुफाको पर्याप्त विकास तथा पक्की मोटरबाटो बन्न नसको स्थानीयको भनाइ छ।

गुफाभित्र विभिन्न देवीदेवता, शेषनाग र बाघको स्वरुप पनि देखिने भएकाले गुफाको अवलोकन गर्ने जो कोही पनि चकित पर्ने गर्दछन्। गुफाको बाहिरी भाग र भित्री भागमा ती स्वरुप देख्न सकिन्छ। गुफामा विभिन्न तीन तह रहेका छन्। प्रत्येक तहका भित्तामा विभिन्न स्वरुप देख्न पाइन्छ।

बाहिरबाट हेर्दा पहाड र त्यसभित्र अवस्थित चमेरे गुफामा चमेरा बस्ने भएका कारण यसको नाम चमेरे गुफा रहन गएको जानकार बताउँछन्। विसं २०५२ मा पता लागेको भए पनि गुफा कसले र कसरी पता लगायो भन्नेबारे सबै अनभिज्ञ रहेका छन्। जानकारहरु भने भिरमा घाँस काट्न जाँदा पत्ता लागेको बताउँछन्।

गुफासम्म पुग्न बाटोमा सिँढी पनि निर्माण गरिएको छ। राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यान सडकखण्डको हर्नेटीसम्म पक्की छ। हर्नेटीबाट भने गुुफासम्म पुग्न चार किलोमिटर कच्ची तथा साँघुरो सडक हुँदा बर्सातको समयमा यातायातका साधन चल्न नसके पनि हिउँदको समयमा साना सवारी साधन जाने गरेकाले  पर्यटकहरुको सङ्ख्यामा कमी आएको स्थानीय बताउँछन्। यसको विकास भए दाङको पनि विकास हुने भन्दै स्थानीय सरोकारवाला निकायलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सहयोग गर्नुपर्ने बताउँछन्।

सिद्ध चेमेरे गुफा संरक्षण समितिका अध्यक्ष भूपबहादुर पुनले गुफासम्म पुग्ने चार किलोमिटर बाटो साँघुरो र कच्ची हुँदा अवलोकन गर्ने आउने पर्यटकलाई कठिनाइ हुने गरेको बताए। कतिपय पर्यटक पैदल हिँड्नु परेपछि बीचै बाटोबाट फर्कनुले अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ। 

उनले भने, ‘केही दिनअघि बर्दियाबाट गुफा अवलोनका लागि बसमा आएको एक टोली बाटो साँघुरो भएका कारण बस जान नसक्ने भएपछि  हर्नेटीबाट फर्केको छ।’ यसको विकासका लागि सबै लाग्नुपर्ने अध्यक्ष पुन भन्छन्। चमेरे गुफासम्म पुग्ने बाटो निर्माण गर्नका लागि बजेटको व्यवस्था गरिदिन पटकपटक लुम्बिनी प्रदेश सरकार तथा उपमहानगरपालिकामा ध्यानाकर्षण  गराउँदा कुनै सुनुवाइ नभएको अध्यक्ष पुन बताउछन्।  

चमेरे गुफालाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्नका लागि गुफाभित्र बिजुली,  सिम्ढी, बाहिर प्रतीक्षालय, शौचालय, चमेना गृह पनि निर्माण गरिए पनि मुख्य बाटो सहज नहुँदा सास्ती हुने गरेको छ। हाल संरक्षण समितिले चमेरे गुफा अवलोकनका लागि प्रतिव्यक्ति २० लिने गरको छ। त्यसबाट सङ्कलित रकम गुफाको विकासमा लगाइँदै आएको छ।

यसैबीच, वडा नं ४ का वडाध्यक्ष तुल्सीथापा मगरले चमेरे गुफा संरक्षण र संवद्र्धन गर्नका लागि आफूले पनि पहल गरिरहेको बताइन्। ‘चमेरे गुफा आफ्नो वडाको गहनाका रुपमा लिएका छौँ, यसलाई पर्यटकीय गन्तव्य बनाउने योजना रहेको छ तर बजेट अभावका कारण पक्की बाटो निर्माण गर्न सकेका छैनौँ’,वडाध्यक्ष थापाले भने। उनले उपमहानगरपालिका,प्रदेश सरकार तथा केन्द्रीय सरकारसँग बाटो निर्माणका लागि बजेट माग गरिरहेको जानकारी दिइन्। उपमहानगरपालिकाले भने यस वर्ष चमेरे गुफाका लागि कुनै बजेट विनियोजन गरेको छैन। सन् २०११ मा चमेरे गुफामा स्थानीयको सहयोगमा महोत्सव पनि आयोजना गरिएको थियो। सो अवधिमा धैरै सङ्ख्यामा पर्यटकले गुफाको अवलोकन गरेका जनाइएको छ।- रासस
अर्को समाचार
छात्राबास जीर्ण हुँदा विद्यार्थी जोखिममा
२९ चैत्र २०८०
•
२ मिनेट पाठ
छात्राबास जीर्ण हुँदा विद्यार्थी जोखिममा
तुलसीपुर उपमहानगरपालिका–१८ स्थित नेपाल संस्कृत विश्वविद्यालय जनता विद्यापीठको छात्राबासको भवन जीर्ण भएको छ।  




पुराना भवनबम साथै भवनभित्र रहेका सुत्ने खाट पनि पुराना हुँदा विद्यार्थी जोखिम मोलेर बस्नुपर्ने अवस्था रहेको विद्यार्थी उद्यम पोख्रेलले बताए। ‘हावाहुरी लाग्दा भित्रै धुलो पस्ने अवस्था छ। यहाँ बस्ने विद्यार्थी पनि डराइडराई बस्नुपर्ने अवस्था छ’,उनले भने, ‘भवन पुरानो छ,भत्किन्छ कि भन्ने डरले बस्नुपर्छ।’  

भवनको वरिपरि घाँस उम्रिएका छन्। भित्तामा पानी चुहिएको जस्तो देखिन्छ। विसं २०४९ मा उक्त छात्राबासको भवन निर्माण भएको थियो। तीस वर्ष पुगिसकेको उक्त भवनका हरेक संरचना कमजोर बन्दै गएका छन्।  

आफूहरू बस्दा भवन राम्रै भए पनि अहिले आएर निकै जीर्ण भएको पूर्वविद्यार्थी भीमलाल मरासिनीले जानकारी दिए। ‘म सात वर्ष यही भवनमा बसेँ । विसं २०५५ देखि २०६२ सालसम्म छात्राबासमै बसेर उत्तर मध्यमादेखि आचार्यसम्म अध्ययन गरेँ’, उनले भने, ‘यो बीचमा भवन पनि राम्रै थियो। अहिले आएर हेर्दा भत्किएलान् भन्ने डर, वरिपरि उम्रिएका घाँसले सर्पको डर, धेरै समस्या रहेछ।’  

छात्राबासमा अहिले आठजना विद्यार्थी बसिरहेका छन्। उक्त छात्राबास जीर्ण भएपछि नयाँ भवन निर्माणको प्रक्रिया अघि बढाइएको विद्यापीठका प्राचार्य योगराज शर्माको भनाई छ। भारतीय दूतावासमा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेर पठाइएको भन्दै आगामी आर्थिक वर्षमा बजेट आउने आश्वासन पाएको उनको भनाइ छ।

विद्यार्थीहरू जीर्ण भवनमा रात कटाउन बाध्य हुँदा शिक्षकहरूको भने नयाँ भवन निर्माण भइसकेको छ। करिब एक करोडको लागतमा दुई वर्षअघि निर्माण भएको विजौरीस्थित भवनमा बाहिरबाट आएका शिक्षक बस्ने गरेका छन्।  

‘सहसचिव, उपसचिवस्तरका शिक्षक बाहिरबाट आएका छन्। उहाँहरूलाई गाउँमा कोठा खोज्न पनि समस्या, भनेको बेला नपाइने अवस्था थियो’, प्राचार्य शर्माले भने,‘त्यसैले शिक्षकका लागि प्राथमिकता दिएर भवन बनाइएको हो।’ विगत केही समय छात्राबासमा बस्ने विद्यार्थी पनि नभएकाले केही समय छात्राबास खाली थियो।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस