बढ्दैछ वैवाहिक सम्बन्धविच्छेद
२६ असार २०७९
•
८ मिनेट पाठ
बढ्दैछ वैवाहिक सम्बन्धविच्छेद
दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँका ३० वर्षीय गोकर्ण विकले दाङकै घोराही उपमहानगरपालिका–५ धर्नाकी २८ वर्षीया कल्पना विकसँग २०६४ सालमा मागी विवाह गरे।  




विवाहको एक वर्षपछि छोरीको जन्म भयो। छोरी जन्मिएको केही समयपछि नै श्रीमान्–श्रीमतीबीच खटपट सुरु भयो। गोकर्णले कल्पनालाई घरछेउका छिमेकीको घरमा जाँदा पनि छिमेकीको छोरासँग लागेकी भनेर शंका गर्ने, छोरीलाई स्याहार नगरेको आरोप लगाउन थाले। 

आफूमाथिको आरोप कल्पनालाई सह्य नभएपछि घर झगडा सुरु भयो। घरको आर्थिक अवस्था कमजोर भएकाले कल्पना वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेट्सको दुबई गइन्।  

विदेशमा रहेको श्रीमती बिग्रेको हुन्छ भन्ने शंकाले गोकर्णलाई झनै पिर्‍यो। कल्पनाको भनाइ छ, 'विदेशमा भने जस्तो समयमा छुट्टी मिल्दैन नि,भनेको समयमा फोन उठाएन भने कोसँग कहाँ बसेकी छस् भनेर शंका गरेर गाली दिन थाले।' त्यसपछि श्रीमानले उजुरी दिएको घटना सम्झँदै कल्पना भन्छिन्, 'उनले मसँग सरसल्लाह नगरी आफूखुसी घर छोडी गएको, छ वर्षदेखि सम्पर्कमा नआएकाले अब तिमीसँग बस्न सक्दिन भनेका थिए। त्यही भनेर उजुरी दर्ता गरेछन्।'  

कल्पना विदेशमै रहेका समयमा गोकर्णले सम्बन्धविच्छेद गरिपाउँ भनी २०७८ मङ्सिर १४ गते दाङ जिल्ला अदालतमा मुद्दा दर्ता गरे। श्रीमान्–श्रीमतीबीच सल्लाह भएर नै आफू विदेश गएको कल्पनाको भनाइ छ।  

विदेशी भूमिमा आफूले परिवारकै लागि पसिना बगाउँदा बगाउँदै पनि श्रीमानले आफूमाथि अन्याय गरेको र सम्बन्ध विच्छेदको मुद्दा हालेको कल्पनाको भनाइ छ। यसैले झै–झगडा गरेर रातदिनको किचलो सहनुभन्दा अलग भएर बस्न उत्तम देखेर सम्बन्धविच्छेद गर्न तयार भएको कुरा पनि उनले अदालतमा दिएको प्रतिउत्तरमा उल्लेख छ।  

जिल्ला अदालतले मुद्दाको २०७८ चैत १२ गते उनीहरुकी छोरी बाबुसँगै रहने र सम्पत्तिमा कुनै दाबी नगर्ने गरी मुलुकी देवानी संहिता, २०७४ को दफा ९३ बमोजिम फैसला सुनायो।  

दाङकै शान्तिनगर गाउँपालिका–५ का २७ वर्षीया मनिषा खत्री र सोही पालिकाकै २८ वर्षीय विकास रावतको सामाजिक परम्पराअनुसार २०६९ सालमा विवाह भयो। बिहे भएको एक वर्षपछि छोरीको जन्म भयो। विकास वैदेशिक रोजगारीका लागि साउदी अरब जाने आउने गर्दथ्ये। मनिषा सासूससुरासँग घरमै बस्ने गर्दथीन्। विकासले आफ्नै साथीलाई मोबाइलमा कुरा गर्न लगाएको मनिसालाई थाहा भएन। त्यसपछि विकासले ‘अबदेखि मैले पैसा पठाउन सक्दैन तैले आफ्नो बाटो गर’ भन्ने गरेको मनिषाको आरोप छ।  

मनिषा भन्छिन्, 'फोनमा कुरा गरेको निउ पारेर रातदिन गाली खान सुरु भयो। श्रीमानले जिल्ला अदालत दाङमा २०७७ पुष २५ गते सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरे।' विसं २०७८ मङ्सिरमा सम्बन्ध विच्छेदको मुद्दा टुङ्गो लाग्यो। उनीहरुको आठ वर्षकी छोरी बाबुसँगै रहने र श्रीमानको सम्पत्ति तीन भाग लगाउने, त्योमध्येको एक भाग लिएर अलग भएर बस्न तयार रहेको फैसलामा उल्लेख गरिएको छ।  

मुद्दाको चाप बढ्दै

दाङ जिल्ला अदालतका मुख्य न्यायाधीश रितेन्द्र थापा पछिल्लो समयमा दाङमा सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको बताउँछन्। आव २०७४/७५ मा ६४० जोडीले सम्बन्ध विच्छेदका लागि दाङ जिल्ला अदालतमा मुद्दा दर्ता गराएकामा ४९५ जोडीको मुद्दा फर्छौट भएको थियो। 

आव २०७५/७६ मा ९१५ सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराएकामा ६४० जोडीको मुद्दा फर्छौट भएको थियो। आव २०७६/७७ मा ७८४ सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराएकामा ४४९ जोडीको मुद्दा फर्छौट भएको र आव २०७७/७८ मा सम्बन्धविच्छेदका लागि अदालतमा एक हजार ५४ मुद्दा दर्ता गराएकामा ७१३ जोडीको मुद्दा फर्छौट भएको अदालतले जनाएको छ ।  

त्यसैगरी आव २०७८/७९ को असार १७ सम्म सम्बन्ध विच्छेदका एक हजार ३४७ मुद्दा दर्ता भएकामा ९७८ को फैसला भैसकेको र ३७९ प्रक्रियामा रहेको सूचना अधिकारी राजेन्द्रकुमार शर्माले जानकारी दिए। अदालतमा सम्बन्ध विच्छेद गर्न आउनेमा महिलाको संख्या धेरै रहेको र २३ देखि २६ वर्ष उमेरसम्मका श्रीमान् श्रीमतीमा यो अवस्था आउने गरेको उनले जानकारी दिए।  

किन बढ्दैछ सम्बन्धविच्छेद ?

मुख्य न्यायाधीश थापाका अनुसार यसो हुनाका मुख्य कारण बसाइँसराइ र स्वतन्त्रता हुन्। गाउँ छाडेर सहरी वातावरणमा रमाउने, अर्काको देखासिकी गर्ने, राम्रो लगाउने, मीठो खाने र आम्दानीभन्दा खर्च धेरै गर्ने भएका कारण परिवारभित्र कलह सुरु हुन्छ र त्यो फैलिँदै गएर सम्बन्धविच्छेदमा परिणत हुने उनको ठम्याइ छ।

घोराही उपमहानगरपालिका–६ का ९१ वर्षीय चूडामणि पौडेल आधुनिकताका नाममा नेपाली संस्कारमाथि विभिन्न विकृति विसङ्गति थपिँदै गएका कारण पछिल्लो समयमा वैवाहिक सम्बन्धमा खटपट आउने गरेको बताउँछन्। पौडेलका अनुसार, पहिलेपहिले वरबधुको छनोट गर्दा दुवैतर्फको तीन पुस्तासम्मको सोधपुछ गरेर मात्र अन्तिम टुङ्गोमा पुग्ने गरिन्थ्यो।  

पहिला केटा वा केटीको मावलीतर्फको समेत सोधखोज गरेर मात्र विवाहको निर्कौल गरिने चलन थियो। 'कुल हेरेर विवाह गर्ने मूल हेरेर पानी खाने उखान लागू गरेर वरबधुको छनोट गर्ने त्यो बेलाको समाजमा वैवाहिक सम्बन्धविच्छेदका घटना छिटपुट मात्र हुन्थ्यो', उनी भन्छन्, 'अहिलेको वैवाहिक सम्बन्ध जोड्ने प्रक्रिया हेर्ने हो भने अधिकांश निर्णय फेसबुकबाट परिचय गरेर फेसबुकबाटै विवाह गर्ने अन्तिम टुङ्गोमा पुग्ने गरेको पाइन्छ।' बाँचुञ्जेलका लागि जोडिने वैवाहिक सम्बन्धलाई एक/दुई घण्टाको यात्राको साथी जस्तै हलुको पाराले हेर्ने गरेका कारण सम्बन्ध टिक्न नसकेको पौडेलको भनाइ छ।

अधिवक्ता लेखनाथ काफ्ले पारिवारिक बेमेल, आपसी समझदारीको अभाव, वैदेशिक रोजगारीका क्रममा उत्पन्न विवाद, वैदेशिक संस्कृतिको सिको, चाँडो उमेरको प्रेम विवाह आदिले वैवाहिक सम्बन्धविच्छेदका घटना दिनानुदिन बढ्दै गएको बताउँछन्। 

काफ्लेका अनुसार, पतिले अर्को विवाह गरेको, पत्नीको अङ्गभङ्ग हुने तथा मानसिक कष्ट हुने जाल प्रपञ्च गरेको, खान लगाउन नदिई घरबाट निकालिदिएको, अन्य महिलासँग यौन सम्बन्ध राखेको र पत्नीलाई जबर्जस्ती करणी गरेको ठहरेमा पत्नीले पतिसँग सम्बन्धविच्छेद गर्नसक्ने व्यवस्था छ। यस्तो व्यवस्था मुलुकी देवानीसंहिता, २०७४ ले गरेको हुनाले पनि अहिले वैवाहिक सम्बन्धविच्छेदका घटना बढ्न थालेको उनको तर्क छ।

अधिवक्ता अर्जुनकुमार अधिकारीको अवलोकनमा जति छिटो वैवाहिक सम्बन्ध जोडिन्छ, त्यतिकै छिटो सम्बन्धविच्छेद हुने गरेको देखिन्छ। यो तथ्यलाई प्रमाणित गर्न अदालतमा दिनहुँ दर्ता हुँदै गएका सम्बन्धविच्छेदका मुद्दालाई लिन सकिने उनी बताउँछन्। 

स्वदेशमा बढ्दो बेरोजगारीले गर्दा पति वा पत्नी विदेश गई कमाएर घर पठाएको पैसा आफू विदेशबाट फर्कंदा हिनामिना भएको, आफूले पठाएको पैसा लिइ बालबच्चालाई बिचल्लीमा पार्दै पति वा पत्नीले दोस्रो विवाह गरेको अवस्थाले पनि सम्बन्धविच्छेदको घटनामा वृद्धि भएको अधिवक्ता अधिकारी बताउँछन्।दाङमा सम्बन्धविच्छेदका घटनालाई महिलावादी दृष्टिकोणले पनि अध्ययन र विश्लेषण गर्ने गरिएको पाइँदैन।  

यस्तो छ कानुुनी व्यवस्था ?  

मुलुकी देवानी संहिताको दफा ९३ मा पतिपत्नी दुवैले चाहेमा सम्बन्धविच्छेद गर्न पाउने कानुनी व्यवस्था छ। साथै दफा ९४ मा पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पुरुषले सम्बन्धविच्छेद गर्नसक्ने व्यवस्था रहेको छ।  

त्यस्तै कानुनबमोजिम अंश लिई वा मानो छुट्टिइ पतिपत्नी छुट्टै बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिइ लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा पुरुषले सम्बन्धविच्छेद गर्नसक्ने व्यवस्था छ।

सोही संहिताको दफा ९५ मा कानुनबमोजिम अंश लिइ वा मानो छुट्टिइ पतिपत्नी भिन्न बसेका अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिइ लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पतिले पत्नीको अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा महिलाले सम्बन्धविच्छेद गर्नसक्ने व्यवस्था रहेको छ। पतिले अर्को विवाह गरेमा, पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा र पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा पनि पत्नीले सम्बन्ध विच्छेद गर्नसक्ने कानुनी व्यवस्था रहेको छ।  

दफा ९६ मा मेलमिलापको व्यवस्था पनि छ। सो बमोजिम सम्बन्धविच्छेदको लागि महिला वा पुरुषको निवेदन परेमा अदालतले दुबै पक्षलाई सकेसम्म सम्झाइबुझाइ मेलमिलाप गराउनुपर्ने हुन्छ। दफा ९७ मा चाहिँ सम्झाउँदा बुझाउँदा पनि पति पत्नीबीच मेलमिलाप गराउन नसकेपछि मात्रै सम्बन्धविच्छेद गर्न पाउने कानुनी व्यवस्था छ। दफा ९७ बमोजिम पति र पत्नीबीच मेलमिलाप गराउन अदालतले सम्झाउँदा बुझाउँदा पनि पति र पत्नीले मञ्जुर नगरेमा निवेदन परेको एक वर्षपछि अदालतले सम्बन्धविच्छेद गराउनुपर्ने व्यवस्था सो संहितामा उल्लेख गरिएको छ।

स्थानीय तह र व्यक्तिको भूमिका

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार झै–झगडाका, मानाचामल, सिमाना विवाद, घरभाडा, जग्गा रोक्कालगायतका मुद्दा न्यायिक समितिले हेर्ने गरेको छ। वैदेशिक रोगजारीमा गएका मानिसको प्रायःजग्गा रोक्काको मुद्दा आउने गरेको छ। न्यायिक समितिले तीन महिना मात्रै जग्गा रोक्का गर्न पाउने प्रावधान रहेको छ। 

स्थानीय सरकार सञ्चालन ऐनको कार्यविधिमा रहेर काम गर्ने गरेको चौधरी बताउँछिन्। थाहा नपाएकाहरू सम्बन्धविच्छेदका मुद्दा लिएर न्यायिक समितिमा आए पनि आफ्नो क्षेत्राधिकारभित्र नपरेका कारण सम्बन्धित निकायमा पठाउने गरेको उनी बताउँछिन्।  

घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले वैदेशिक रोजगारीलाई घटाएर युवा जनशक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी देशको आर्थिक समृद्धि गर्न सकिनेमा जोड दिन्छन्। उनका अनुसार देशमा रोजगारीका अवसर नहुँदा धेरै युवा विदेसिन बाध्य भएकाले तिनलाई आफ्नै ठाउँमा बस्ने र केही गर्ने अवसर सिर्जना गर्नका लागि घोराही उपमहानगरपालिकाले ध्यान दिइरहेको छ।  

बाँचुञ्जेलका लागि जोडिने वैवाहिक सम्बन्धलाई एक/दुई घण्टाको यात्राको साथी जस्तै हलुको पाराले हेर्न हुँदैन। साथै, आफूले भविष्यका बारेमा गम्भीरतापूर्वक विचार नगरी हतारमा विवाह गर्ने र फुर्सदमा पछुताउने अवस्था पनि आउन दिन हुँदैन। 
अर्को समाचार
छात्राबास जीर्ण हुँदा विद्यार्थी जोखिममा
२९ चैत्र २०८०
•
२ मिनेट पाठ
छात्राबास जीर्ण हुँदा विद्यार्थी जोखिममा
तुलसीपुर उपमहानगरपालिका–१८ स्थित नेपाल संस्कृत विश्वविद्यालय जनता विद्यापीठको छात्राबासको भवन जीर्ण भएको छ।  




पुराना भवनबम साथै भवनभित्र रहेका सुत्ने खाट पनि पुराना हुँदा विद्यार्थी जोखिम मोलेर बस्नुपर्ने अवस्था रहेको विद्यार्थी उद्यम पोख्रेलले बताए। ‘हावाहुरी लाग्दा भित्रै धुलो पस्ने अवस्था छ। यहाँ बस्ने विद्यार्थी पनि डराइडराई बस्नुपर्ने अवस्था छ’,उनले भने, ‘भवन पुरानो छ,भत्किन्छ कि भन्ने डरले बस्नुपर्छ।’  

भवनको वरिपरि घाँस उम्रिएका छन्। भित्तामा पानी चुहिएको जस्तो देखिन्छ। विसं २०४९ मा उक्त छात्राबासको भवन निर्माण भएको थियो। तीस वर्ष पुगिसकेको उक्त भवनका हरेक संरचना कमजोर बन्दै गएका छन्।  

आफूहरू बस्दा भवन राम्रै भए पनि अहिले आएर निकै जीर्ण भएको पूर्वविद्यार्थी भीमलाल मरासिनीले जानकारी दिए। ‘म सात वर्ष यही भवनमा बसेँ । विसं २०५५ देखि २०६२ सालसम्म छात्राबासमै बसेर उत्तर मध्यमादेखि आचार्यसम्म अध्ययन गरेँ’, उनले भने, ‘यो बीचमा भवन पनि राम्रै थियो। अहिले आएर हेर्दा भत्किएलान् भन्ने डर, वरिपरि उम्रिएका घाँसले सर्पको डर, धेरै समस्या रहेछ।’  

छात्राबासमा अहिले आठजना विद्यार्थी बसिरहेका छन्। उक्त छात्राबास जीर्ण भएपछि नयाँ भवन निर्माणको प्रक्रिया अघि बढाइएको विद्यापीठका प्राचार्य योगराज शर्माको भनाई छ। भारतीय दूतावासमा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेर पठाइएको भन्दै आगामी आर्थिक वर्षमा बजेट आउने आश्वासन पाएको उनको भनाइ छ।

विद्यार्थीहरू जीर्ण भवनमा रात कटाउन बाध्य हुँदा शिक्षकहरूको भने नयाँ भवन निर्माण भइसकेको छ। करिब एक करोडको लागतमा दुई वर्षअघि निर्माण भएको विजौरीस्थित भवनमा बाहिरबाट आएका शिक्षक बस्ने गरेका छन्।  

‘सहसचिव, उपसचिवस्तरका शिक्षक बाहिरबाट आएका छन्। उहाँहरूलाई गाउँमा कोठा खोज्न पनि समस्या, भनेको बेला नपाइने अवस्था थियो’, प्राचार्य शर्माले भने,‘त्यसैले शिक्षकका लागि प्राथमिकता दिएर भवन बनाइएको हो।’ विगत केही समय छात्राबासमा बस्ने विद्यार्थी पनि नभएकाले केही समय छात्राबास खाली थियो।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस