गृहमन्त्रीकी पत्नी संलग्न सहकारीमा महानगरको छापा
२२ चैत्र २०८०
•
४ मिनेट पाठ
गृहमन्त्रीकी पत्नी संलग्न सहकारीमा महानगरको छापा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल संलग्न रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाले निक्षेपकर्ताको रकम फिर्ता नगरेको पाइएको छ। सहकारीले बचतकर्ताको निक्षेप फिर्ता नगरेपछि काठमाडौं महानगरपालिकाको सहकारी विभागको टोलीले बुधबार सहकारीमा छापा मारी कागजात नियन्त्रणमा लिएको छ।




सहकारीमा बढ्दोबेथितिसँगै  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले  अनुगमन गरी कडाइ गर्न निर्देशन दिएपछि महानगरको सहकारी विभागले सक्रियता बढाएको हो। साई स्वागत सहकारीमा निक्षेपकर्ताको करिब पाँच करोड रूपैयाँ रहेको छ। निक्षेपकर्ताले रकम नपाएको गुनासो गर्दै गत असारमा महानगरमा उजुरी गरेका थिए।

साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष भरतजंगम थापा हुन्। निक्षेपकर्ताले रकम फिर्ता नपाएको गुनासो गर्न थालेपछि सहकारीको उपाध्यक्ष रहेकी निकिताले गतवर्ष राजीनामा दिएको सार्वजनिक रूपमा बताउँदै आएकी थिइन्। पौडेलले राजीनामा दिएको बताए पनि सो विषयमा उक्त सहकारीले काठमाडौं महानगरपालिकाको सहकारी विभागलाई जानकारी गराएको छैन।

साई स्वागत बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले रकम नपाएको भन्दै उजुरी परेकाले कागजात नियन्त्रणमा लिएको काठमाडौं महानगरपालिका सहकारी विभागप्रमुख बलराम त्रिपाठीले पुष्टि गरे। ‘निक्षेप फिर्ता नपाएको भन्दै सहकारीबारे उजुरी परेको थियो,’ त्रिपाठीले भने, ‘सहकारीका कागजात नियन्त्रणमा लिएका छौं।’ अहिले सञ्चालक समिति निष्क्रिय रहेर प्रबन्धकले सञ्चालन गरिरहेको समेत उनले बताए।

निकिताले सहकारीबाट करिब ५० लाख रुपैयाँ ऋणसमेत लिएको सहकारीका एक सञ्चालकले बताए। ‘निकिताजी नियमित कारोबार गर्नुहुन्थ्यो,’ ती सञ्चालकले भने, ‘सहकारीमा समस्या देखिन थालेपछि राजीनामा दिनु भएको हो।’

निकिताले ऋण तिरे-नतिरको विषयमा आफूलाई जानकारी नभएको ती सञ्चालकले बताए। ‘सहकारीको आर्थिक अवस्था बिग्रिएपछि उहाँ (निकिता) सहकारीबाट बाहिरिनु भएको हो,’ ती सञ्चाकलले भने। यो विषयमा जानकारी लिन पटक–पटक फोन गर्दा निकिता सम्पर्कमा आउन चाहिनन्।

गत असारमा माइतीघरमा धर्नामा बसेकी एक सहकारीपीडित बचतकर्ताले रास्वपाका सभापति लामिछाने पत्नी पनि सहकारी ठगीमा संलग्न रहेको आरोप लगाएकी थिइन्। एक भिडियोमा पीडित महिलाले निकितालाई आरोप लगाएपछि लामिछाने ती महिलालाई भेट्न पुगेका थिए। पीडितलाई भेटेर लामिछानेले पत्नीले सो सहकारीबाट राजीनामा दिइसकेको बताएका थिए।

साई स्वागत बचत तथा ऋण सहकारी संस्थामा रकम हिनामिना भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि अनुसन्धान गरेको थियो। सिआइबीले काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमार्फत गत असोजमा जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दर्ता गरेको थियो।

सिआइबीले सहकारीका तत्कालीन लेखा समिति संयोजक रामहरि अधिकारीलगायत विरुद्ध मुद्दा दायर गरेको थियो। विनाधितो ऋण प्रवाह गरेर बचतकर्ताको बचत जोखिममा पारेको आरोप लागेको थियो। सहकारीको अध्यक्षमा जंगम र उपाध्यक्षमा नकिता हुँदा लेखा समिति संयोजक अधिकारीको नाममा धितो नराखी ५८ लाख रूपैयाँ ऋण प्रवाह भएको प्रहरी अनुसन्धानमा देखिएको थियो।

सहकारी संस्थामा समस्या आएपछि काठमाडौं महानगरपालिकाले सहकारी संस्थामा अनुगमन सुरु गरेको छ। करिब ४० वटा सहकारीको पहिलो चरणमा अनुगमन गर्न लागिएको महानगरले जनाएको छ।

काठमाडौं महानगरपालिकाभित्रका धेरै सहकारी संस्थामा समस्या देखिएपछि कडाइ गर्न थालिएको महानगरले जनाएको छ। सहकारी संस्थाहरू नीति–नियमअनुसार नचल्दा बेथिति बढेको छ। उपत्यकामा सञ्चालित करिब ६/७ सयभन्दा सहकारी संस्थाले काठमाडौं महानगरपालिकालाई अटेर गरेर विवरण नबुझाएपछि पछिल्लो समय कडाइ गर्न थालेको छ। काठमाडौं महानगरपालिकाभित्र कार्यक्षेत्र रहेका साढे १९ सय सहकारी रहेका छन्।

सहकारी ऐन, नियमावली आएपछि संघीयता कार्यान्वयन गर्ने सिलसिलामा कार्यक्षेत्रका आधारमा सहकारीलाई स्थानीय तहमा हस्तान्तरण गरिएको थियो। सहकारीले नियामक निकायलाई प्रतिवेदन नबुझाएर आफूअनुकूल सञ्चालन गर्दा धेरै सहकारीमा समस्या आएको छ।

हिसाबकिताब बुझाउन अटेर गर्ने सहकारीलाई कानुनी दायरामा ल्याउन महानगरले सूचना प्रकाशन गरेको थियो। नियमनकारी निकायलाई अटेर गरेर सञ्चालनमा रहेका सहकारीमा धेरै समस्या देखिएको छ। ती सहकारीका सञ्चालकले आफूखुसी निक्षेपकर्ताको निक्षेप दुरूपयोग गरेका छन्।

महानगर कार्यक्षेत्र भएका साना सहकारीलाई काठमाडौं महानगरपालिकाको सहकारी विभागले नियमन गर्छ। नियनकारी निकायले सहकारी संस्थाहरूको नियमन नगर्दा निक्षेपकर्ताको अर्बौं रूपैयाँ रकम जोखिममा परेको छ।
अर्को समाचार
५० लाख ऋण लिनैका लागि निकिता सहकारी उपाध्यक्ष
३० चैत्र २०८०
•
४ मिनेट पाठ
५० लाख ऋण लिनैका लागि निकिता सहकारी उपाध्यक्ष
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले ५० लाख रूपैयाँ ऋण लिन मात्र सहकारीको उपाध्यक्ष भएको तथ्य फेला परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछाने न्युज २४ टेलिभिजनमा काम गर्र्दा ‘पारिवारिक व्यवहार मिलाउन’ भन्दै साई स्वागत बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौंमा उपाध्यक्ष बनेर निकिताले कानुनविपरीत ऋण लिएको तथ्य फेला परेको हो।




सहकारीका सञ्चालकले ऋण लिन नपाइने कानुनी व्यवस्था भए पनि लामिछानेले २०७५ सालमा निकितालाई सहकारीको उपाध्यक्ष बनाएर कानुनविपरीत धितोसमेत नराखी पति र पत्नीका नामबाट २५–२५ लाख रूपैयाँ ऋण लिएका हुन्। सहकारीबाट लिएको ऋण लामिछाने दम्पतीले तिरिसकेको छ। लामिछानेकै आग्रहमा निकितालाई सहकारी उपाध्यक्ष बनाएर ५० लाख ऋण दिएको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन अध्यक्ष भरतमणि जंगमले पुष्टि गरे।

२०७५ सालमा न्युज २४ टेलिभिजनमा कार्यक्रम चलाउँदा रविसँग आफ्नो मित्रता भएको जंगमले बताए। सहकारीमा पैसा नभएपछि आफूले ५० लाख रूपैयाँ जम्मा गरेपछि लामिछाने दम्पतीलाई बिनाधितो २५–२५ लाख रूपैयाँ ऋण दिएको उनले बताए।

‘रविले पैसा चाहियो भनेपछि सहकारीमा निकिता उपाध्यक्ष बनेर ऋण लगेका हुन्,’ जंगमले भने, ‘५० लाख रूपैयाँ लैजान रवि र निकिता दुवैले करिब चार/पाँच हजार रूपैयाँबराबरबरको मात्र सेयर हालेका थिए।’

एउटै टेलिभिजनमा काम गर्ने रविका दाइ हरिशरण लामिछाने र निकिताका बाबुसँग पनि आफ्नो राम्रो चिनजान र सम्बन्धका आधारमा ऋण दिएको अध्यक्ष जंगमले बताए।

कानुनबमोजिम धितो नराखी सहकारीकै सञ्चालकले ऋण लिन नपाइने व्यवस्थामा किन ख्याल नगरेको भन्ने प्रश्नमा जंगमले भने, ‘व्यावहारिक पक्ष हेरेर सञ्चालकले ऋण लिन नपाइने कानुनी व्यवस्थालाई त्यति ख्याल गरिएनछ।’

सहकारीबाट लगेको ऋण लामिछाने दम्पतीले तिरिसकेको उनले बताए। निक्षेपकर्ताको रकम फिर्ता नगरेपछि गत माघमा सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेको थियो। साई स्वागत सहकारीबाट तत्कालीन उपाध्यक्ष निकिता र अध्यक्ष जंगम सहकारीबाट बाहिरिइसकेका छन्। सहकारीबाट कानुनविपरीत लिएको ५० लाख रूपैयाँ ऋण तिरेपछि निकिताले २०७७ असोज ८ गते राजीनामा दिएकी थिइन्।

काठमाडौं महागरपालिकाले उक्त सहकारीमा छापा हानेको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि सेयर सदस्य रहेकी निकिताले नागरिक दैनिकलगायत सञ्चारमाध्यमविरुद्ध मुद्दा दायर गरेकी छन्। ‘आफूले ऋण तिरिसकेपछि पनि सञ्चारमाध्यमले ठग करार गर्ने गरी फोटो छापेर हेडलाइन बनाउने शिक्षा पत्रकारिताको कुन किताबको कुन पृष्ठमा छ ?’ भन्दै सामाजिक सञ्जालमार्फत उनले प्रश्नसमेत गरेकी थिइन्।

जंगम सहकारीबाट बाहिरिएपछि एक गिरोहले मासिक १५ हजार रूपैयाँ दिने प्रलोभन देखाएर सामान्य महिला निमकुमारी छन्त्याललाई सो सहकारीको अध्यक्ष बनाएको थियो। सहकारी समस्यामा परेपछि छन्त्याललाई अध्यक्ष बनाइएको थियो। ती महिला पनि अहिले सहकारीका आफू अध्यक्ष नभएको बताउँछिन्। ‘यो विषयमा म अहिले बोल्ने मुडमा छैन,’ छन्त्यालले भनिन्, ‘केही समयमा विस्तृत कुरा बाहिर ल्याउँछु।’

सत्कर्म गर्ने उद्देश्यले सहकारीको अध्यक्ष बन्दा आफूले राखेको ५० लाख रूपैयाँ पनि डुबेर पीडित भएको जंगमले बताए। ब्याजसहित सहकारीबाट ८० लाख रूपैयाँ आफूले पाउनुपर्ने जंगम बताउँछन्। ‘सहकारीबाट मैले ८० लाख रूपैयाँ लिनु छ,’ जंगमले भने, ‘एक गिरोहले सहकारी डुबायो। सत्कर्म गर्न खोज्दा आफ्नो पैसा पनि डुब्यो।’

जंगम भ्रष्टाचारविरुद्धका अभियन्ता हुन्। रामहरि अधिकारी नाम गरेका व्यक्तिको आग्रहमा आफू उक्त सहकारीमा प्रवेश गरेको उनले बताए। लेखा समिति संयोजक अधिकारी, सचिव शंकर खनाल र लेखापाल निशा थापा सहकारीका हर्ताकर्ता भएको उनी बताउँछन्। उक्त समूहले सहकारीको निक्षेप दुरूपयोग गरेको जंगमको दाबी छ।

भ्रष्टाचारविरुद्धको अभियानमा लागेका जंगम भगवान्को नाम जोडिएकाले पनि आफू भावनात्मक रूपमा प्रभावित भएर सहकारीको अध्यक्ष बनेको बताउँछन्। ‘साई स्वागत भगवान्को नाम भएकाले र म धार्मिक मान्छे भएकाले भावनाले पनि जित्यो,’ उनले भने, ‘बदमास गिरोहको चंगुलमा परिएछ।’

सहकारीका तत्कालीन लेखा समिति संयोजक र सचिवले सहकारी डुबाएको उनी बताउँछन्। सचिव दाहालले सहकारीको मासिक ४० हजार तलब लिने गरी प्रबन्धक भएर पनि काम गरेका थिए। लेखा समिति संयोजक अधिकारी र सचिव दाहालले बदमासी गरेपछि जंगमले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पनि उजुरी गरेका थिए। ‘सहकारीको रकम हिनामिना गरेको थाहा पाएपछि सिआइबीमा निवेदन दिएँ,’ उनले भने, ‘सहकारीको सबै आर्थिक हिसाबकिताबको जिम्मा संयोजक अधिकारी र सचिव दाहालले जिम्मा लिने सम्झौता गरेपछि सहकारीबाट बाहिरिएको हुँ।’

साक्षी जनक गौतमलाई राखेको उनले बताए। जंगम प्रवेश गर्दा २०७५ सालमा सहकारीमा करिब १ करोड रूपैयाँ थियो। उनले करिब ५० लाख रूपैयाँ राखेपछि सबैको विश्वास आर्जन गरेर करिब ४ करोड रूपैयाँ पुगेको थियो।

साई स्वागत सहकारी डुबाएका रामहरिसहितको समूहले सहकारीका तत्कालीन अध्यक्ष जंगमको हस्ताक्षर किर्ते गरेर ९५ लाख अन्तरसहकारी कर्जा लिएका थिए। त्यसविरुद्ध जंगमले मुद्दा दायर गरेका थिए। निक्षेपकर्ताले रकम नपाएको गुनासो गर्दै गत असारमा महानगरमा उजुरी परेपछि काठमाडौं महानगरपालिकाको सहकारी विभागले अघिल्लो बुधबार छापा मारेको थियो।

साई स्वागत बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले रकम नपाएको भन्दै उजुरी परेकाले त्यहाँको कागजात नियन्त्रणमा लिइएको काठमाडौं महानगरपालिकाका सहकारी विभाग प्रमुख बलराम त्रिपाठीले बताए। सहकारी संस्थामा रकम हिनामिना भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि अनुसन्धान गरेर लेखा समिति संयोजक अधिकारी लगायतविरुद्ध मुद्दा दायर गरेको थियो। 
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस