सुदूरपश्चिमको मौलिक पर्व बिसु मनाउन घर फर्किने दाजुभाईहरुको झुलाघाट नाकामा भीड लागेको छ । रोजगारीका लागि भारत पसेका सुदूरपश्चिम र कर्णाली प्रदेशका युवा झुलाघाट नाका भएर घर फर्किन लागेका हुन्।
सुदूरपश्चिम र कर्णालीमा नयाँ वर्षलाई बिसुपर्वका रूपमा मनाउने चलन रहीँ आएको छ। घर फर्किने अधिकांश मौसमी रोजगारीका लागि भारत पसेका छन्।
बिसुपर्वमा धार्मिक पूजाआजा सम्पन्न गरी नयाँ वर्षको दिन तितेपातीले नुहाएर मौलिक परिकार माडा, बटुकलगायत गतानी डुब्का खाने चलन रहेको छ ।
बिसुपर्वलाई विवाहित छोरी माइती घर आएर दुःखका व्यथा पोख्ने दिनका रूपमा पनि लिने गरिन्छ । कतैकतै देवरले भाउजू र भाउजूले देवरलाई सिस्नुपानी लगाउने पर्वका रूपमा पनि मनाउने गरेको चलन छ ।
तितेपातीले नुहाएर सिस्नो लगाएमा वर्षभरिको विष पखालिने जनविश्वास रहेको छ । यसैकारण सुदूरपश्चिममा एकले अर्कोलाई सिस्नो लगाउने चलन रहेको छ ।
झुलाघाट नाकाबाट चैत महिनाको अवधिमा मात्रै करिब पाँच हजार नेपाली स्वदेश फर्किएको प्रहरीको तथ्याङ्कमा उल्लेखछ । चैत १ देखि २४ सम्म झुलाघाट नाकाबाट तीन हजार ८९६ पुरुष र ८३८ महिला गरी चार हजार ७३४ जना नेपाली स्वदेश फर्किएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।
‘रोजगारीका लागि भारतमा रहेका नेपाली घर फर्किने क्रम बढेको छ, नाकामा भीडभाड छ’,उनले भने,‘भीडभाड बढेपछि सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएका छौँ।खेतीपातीको भित्र्याउने समय भएकाले पनि आउनेको सङ्ख्या बढेको छ ’ उनले अहिले भारत जानेभन्दा नेपाल आउनेको सङ्ख्या बढी रहेको बताए।
यस्तै, एक महिनाको अवधिमा ९३२ महिला र २१२४ पुरुष गरी जम्मा ३०५६ जना लबनेपााट भारत गएका उनले बताए। झुलाघाट नाकाबाट दैनिक दुई सयभन्दा नेपाली घर फर्किने गरेका छन् । स्वदेश फर्कने यात्रुको सहजताका लागि झुलाघाट सीमा प्रहरी चौकीको टोली नाकामा खटिएको उनको भनाई छ।
भारतबाट घर फर्किनेको चाप बढेपछि प्रहरीले गाडी भाडा लगायत विभिन्न समस्या समाधान गर्न प्रहरी कर्मचारी परिचालन गरिएको छ।