कालीकोटका चार स्थानीय तहबाटै नून वितरण
०२ वैशाख २०८१
•
२ मिनेट पाठ
कालीकोटका चार स्थानीय तहबाटै नून वितरण
कालीकोट जिल्लाका नौ स्थानीय तहमध्ये चार स्थानीय तहले साल्टट्रेडिङ कर्पोरेसन कालीकोटसँग समन्वय गरी स्थानीय तहबाट आयोडिनयुक्त नून बिक्रि वितरण सुरु गरेका छन्।  




जिल्लाका रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका,महाबै र सान्नी त्रिवेणी गाउँपालिकाले आफैँ नून खरिद गरी नागरिकलाई बिक्रि वितरण गर्न थालेका हुन्।

खाँडाचक्र नगरपालिका १ मान्ममा रहेको साल्टट्रेडिङ कर्पोरेसनमा नुन खरिद गर्न जाँदा लागत बढी र समय धेरै लाग्ने भएकाले स्थानीय तहबाटै बिक्री वितरण गर्न थालिएको हो।

सान्नी त्रिवेणीले नौवटै वडाका नागरिकका लागि पहिलो चरणमा एक सय ७५ क्विन्टल नून खरिद गरेर बिक्रि गर्न थालेको गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले बताए।

‘आयोडिनयुक्त नून गाउँमै उपलब्ध गराउने उद्देश्यले प्रत्येक वडामा नून ढुवानी गरी तत्काल वितरण थालिएको छ’, उनले भने,‘विगतमा नून लिन दुई हजारभन्दा बढी खर्च र पूरै एक दिन समय लगाएर सदरमुकाम पुग्नुपथ्र्यो।’

साल्ट ट्रेडिङ कर्पोरेसनसँगको सहकार्यमा नगरपालिका केन्द्रमै अस्थायी डिपो स्थापना गरी नून बिक्रि गरेको तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले जानकारी दिए। 

‘लामो प्रयासपछि स्थानीय तहबाटै नून बिक्रि वितरण हुन थालेको छ’, उनले भने,‘अहिले अस्थायी कार्यालय खोलेर वितरण थालेपनि यसलाई स्थायी बनाइ नियमित वितरणको  तयारीमा छौँ।’यसअघि रास्कोट नगरपालिकाले स्थानीय तहबाटै नून बिक्रि वितरण गर्दै आएको  थियो। ‘हामीले गत वर्षदेखि रास्कोटबाट नून वितरण गर्दै आएका छौँ’, रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले भने,‘यसले नागरिकको समयको बचत र नागरिकको खर्च बचत भएको छ।’

महाबै गाउँपालिकाले गाउँबाटै नून वितरण सुरु गरिसकेकोले नागरिकले नूनको लागि खेप्नुपर्ने सास्ती हटेको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए।

गाउँबाट सदरमुकाम नून लिन जान दुई हजारभन्दा बढी खर्च लाग्ने गर्छ। प्रतिकिलो नौ पर्ने नूनका लागि लागत खर्च धेरै भएको नरहरिनाथ गाउँपालिकाका-९ लालुका रामबहादुर शाहीको भनाइ छ।  

‘यहाँबाट सदरमुकाम जान एक दिन समय लाग्छ, पाँच किलो नून ल्याउन गाडी भाडा दुई हजार लाग्छ’, उनले भने, ‘गाउँमै नून उपलब्ध हुँदा हामीलाइ सजिलो भएको छ।’
अर्को समाचार
अलिनो वर्तमान
१७ माघ २०८०
•
३ मिनेट पाठ
अलिनो वर्तमान
कालीकोटको शुभकालिका गाउँपालिकाकी नान्दरा शाही पुरै हिँडेर जिल्ला सदरमुकाम आइन्। निकै लामो लाममा बसेपछि बल्ल नून पाइन्। त्यो पनि भने जति होइन, मात्र पाँच किलोग्राम। यसरी उनी आउँदा/बस्दा/खाँदा र जाँदा गरेर १५ सय रुपियाँ खर्च भयो। यसरी उनले किनेको नूनको मूल्य प्रतिकिलोग्राम दुई सय रुपियाँभन्दा बढी पर्‍यो।




संघीय राजधानीलगायत मुलुकका सुगम ठाउँका बासिन्दाका लागि यो मिथ्यांक पनि लाग्न सक्छ। तर लाखौँ नान्दराले भोगिरहेको वास्तविकताले भने बाँकी मुलुकलाई गिज्याइरहेको छ। अहिलेको जमानामा पनि पैसा तिरेर किन्छु भन्दा समेत चाहिए जति मात्रामा नून दिन नसक्ने सरकार वास्तवमै खराब हो। जसबाट प्रष्ट हुन्छ कि सरकार सर्वसाधारणलाई सामान्य सेवा दिनसमेत अक्षम छ।

त्यही नून पनि सहजै पाए त हुन्थ्यो। यसका लागि नागरिकताको प्रमाणपत्रको फोटोकपी पेस गर्नुपर्छ। बल्ल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड नून दिन तयार हुन्छ जबकि एउटा फोटोकपीका लागि तिर्नुपर्ने १० रुपियाँले थप एक किलोग्राम नून आउने भएकाले ती देहातीका लागि यो पनि ठूलो रकम हो भन्ने सरकारले बुझ्नै चाहेको छैन। जसको मारमा सर्वसाधारण परिरहेका छन्।

बजारमा नून नपाइने हैन तर व्यापारीले लगेका नून ढुवानी भाडा बढी भन्दै धेरै पैसा लिएर बेच्ने गर्छन्। उसै पनि क्रयशक्ति ठ्याम्मै नभएका जनताले महँगो भान्साको कल्पनासमेत गर्न सक्दैनन्। त्यसैले उनीहरू बरु दुई दिन लगाएर भए पनि सस्तो सामग्रीको खोजीमा भौतारिन बाध्य छन्। त्यतिमात्र हैन, ढिके नूनले गलगाँडलगायतका समस्या निम्त्याउने भएपछि सरकारले नै आयोडिनयुक्त नून प्रयोगमा प्रोत्साहन गर्दै आएको छ। यसका लागि अनुदानसमेत उपलब्ध गराउँछ। तर कर्णालीका बासिन्दाका लागि भने खानै जुटाउन समस्या भएका कारण स्वास्थ्य प्राथमिकतामा पर्दैन। त्यसैले उनीहरू दुई चार पैसा सस्तोका लागि ढिके नून किन्न बाध्य छन्। तर यस्ता समस्याप्रति पनि सरकार संवेदनशील नहुनु थप चिन्ताको विषय हो।

सुन्दै अचम्म लाग्छ, अहिले पनि सरकारले उपलब्ध गराउने कोटाको नूनमा बाँचेको छ जिन्दगी। सरकार टाढा गाउँठाउँका लागि चामल, नून आदिको कोटा तोक्छ। त्यही कोटामाथि पनि चरम राजनीति हुन्छ–ठेक्का लगाउने, ढुवानी गर्ने, भण्डारण गर्ने र वितरण गर्ने बेलामा। यही कारण नून खाना खाएर चुठिसकेपछि पुग्छ। यही क्रम कर्णालीलगायत दुर्गमका बासिन्दाले पुस्तौँदेखि भोगिरहेका यथार्थ हो।

सुविधा र विकास सहर र सुविधाकेन्द्रित ठाउँमै मात्र रुमल्लिइरह्यो भनेर संघीयता आवश्यक ठानिएको हो तर मुलुक संघीयतामा गएर दलका थुप्रै नेता/कार्यकर्ताले राम्रैसँग तर मारिरहे पनि यिनका लागि भने संघीयता कुन चराको नाम हो भनेर खोजीनीतिको विषय बन्नु शरमलाग्दो पक्ष हो। यसरी हेर्दा जसका लागि संघीयता र विकेन्द्रीकरण सबैभन्दा आवश्यक थियो तिनै वर्ग आज पनि उही अवस्थामा रहनु भनेको वास्तविक संघीयताको अभाव खड्किनु हो।

मुख्य कुरा सरकारले आफ्ना नागरिकका लागि दैनन्दिन आवश्यक वस्तु, सेवा सुनिश्चित गर्नुपर्छ । सामान्य ठानिएको तर प्रत्येकको भान्साका लागि अनिवार्य नूनको महत्त्व ख्याल गरी तत्काल चाहिए जतिमात्रामा उपलब्ध गराउन थालिहाल्नुपर्छ। यस्तो नून उनीहरूले दुई दिनको यात्रापछि हैन, दैलैअगाडिको पसलमा पाउने व्यवस्था मिलाउनुपर्छ। 

नून, सिटामोल, पिठो जस्ता सामान्य चिजबिज जुटाउनसमेत दिनौँ बिताउनुपरेपछि कसरी गरुन् गाउँलेको उन्नति ? के गाउँलेको उन्नति नभई मुलुकको समृद्धि सम्भव छ? त्यसैले आफ्नो मात्र समृद्धिलाई सिंगो मुलुकको समृद्धि ठान्ने रोगबाट मुक्त हुँदै भुइँतहका जनताको समस्या पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन् भन्ने नबुझेसम्म कालीकोट मात्र हैन, उसको जस्तै नियति बेहोरिरहेका कसैको पनि दुर्गति हट्नेवाला छैन। 
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस